प्यारागनका जुत्ता नेपाली बजारमा

प्यारागनका जुत्ता नेपाली बजारमा


भारतीय ब्रान्डको प्यारागन जुत्ता नेपाली बजारमा प्रवेश गरेको छ । नेपालका लागि प्यारागनको अधिकृत विक्रेता प्रिन्सा इम्पेक्सले सो ब्रान्ड नेपाली बजारमा भित्र्याएको हो । राजधानीमा पत्रकार सम्मेलन गरी नेपालमा यसको बिक्री सुरु गरेको कम्पनीले जनाएको छ । सन् १९७५ मा भारतको केरलामा स्थापना भएको सो कम्पनीले भारतमा चारवटा प्लान्ट स्थापना गरेर जुत्ता उत्पादन गरी विदेशमा समेत निर्यात गर्दै आएको सम्मेलनमा वितरित पे्रस विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा प्यारागनका भाइस प्रेसिडेन्ट नवीन थोमसले यो ब्रान्ड भारतमा निकै लोकप्रिय रहेको बताए । उनका अनुसार कम्पनीले वार्षिक १४ करोड जोर जुत्ता उत्पादन गर्दै आएको छ ।

निकट भविष्यमै राजधानीका विभिन्न स्थानमा चारवटा सोरुम स्थापना गरी बिक्री–वितरण गर्ने नेपालका लागि अधिकृत बिक्रेता प्रिन्साले सो अवसरमा जानकारी दियो । देशका अन्य प्रमुख सहरहरूमा पनि क्रमशः आउटलेट विस्तार गरी बिक्री–वितरण गर्र्ने कम्पनीले जनाएको छ ।

तुलनात्मक रूपमा बलियो र किफायती मूल्यमा भारतमा ख्यातिप्राप्त प्यारागनका जुत्ताहरू उत्तिकै स्टाइलिस पनि रहेका छन् । स्कुल, पार्टी, अफिसियल, इन्डस्ट्रियललयायतका फेसनेबल जुत्ता उत्पादन गर्दै आएको कम्पनीले आफ्ना उत्पादनमा सोल र पेस्टिङमा एक वर्षको वारेन्टी दिएको छ ।