कुरा काट्नेलाई झापड -निरुता सिंह

कुरा काट्नेलाई झापड -निरुता सिंह


ध अझै पनि हिरोइन नै हुने भन्या… –
– किन र हिरोइन हुनुहुन्न ।
ध अब त उमेर ढल्किएन भन्या –
– कसले भन्या ।
ध बजारमा त अब निरुता बूढी भइन्, हिरोइनमा चल्दिनन् भन्छन् नि –
– आफूजस्तो अरूलाई पनि त्यस्तै देख्छन् मानिसहरू ।
ध अहिले आएका नयाँ नायिकसँग प्रतिस्पर्धा गर्न सकिन्छ भन्या –
– मैले प्रतिस्पर्धा गर्नैपर्दैन । म आफ्नै काममा व्यस्त छु । मलाई बूढी भन्नेहरूलाई देश, द गेम अनि मलाई मन पर्‍यो नामक चलचित्र हेर्ने सल्लाह दिन्छु ।
ध अझै पनि फिल्मवालाहरूले विश्वास गरेका छन् है … –
– -लामो हाँसो) किन नगर्नु – म आज पनि व्यस्त छु ।
ध बीचमा त निकै समय हराउनुभयो नि –
– केही काम सिक्नका लागि विदेश गएकी थिएँ । त्यतै व्यस्त भइयो ।
ध यहाँ त निरुता घरजम गर्नतिर लागिन् भन्ने हल्ला थियो नि –
– तपाईंले त यस्तो मात्र हल्ला सुन्नुभएछ । मैले अझै बढी हल्ला सुनेकी थिएँ । पछाडि कुरा काट्नेहरूलाई झापड भएन त म अहिले आएपछि ।
ध पहिलेभन्दा आफ्नो क्रेज घटेको कुरा स्वीकार्नु हुन्छ –
– यसमा स्वीकार गर्ने वा नगर्ने कुरै आउँदैनन् । यो समयको खेल हो । एउटा स्थान वा चुचुरोमा पुगेपछि झर्नैपर्छ । सबैको जीवनमा लागू हुन्छ यो । चलचित्रको निर्माणमा सङ्ख्यात्मक वृद्धिसँगै कलाकारहरूबीच प्रतिस्पर्धा चलेको छ र निर्माता, निर्देशकहरूले पनि छनोट गर्ने अवसर पाइरहेका छन् । क्रेज र बजार सबैको आफ्नै हुन्छ ।

आमा बन्दै मेलिना
निकै सुकुमारी छिन रे मेलिना मानन्धर । भन्नेहरू उनको तारिफ गरेर थाक्दैनन् । सुन्दरताको हिसाबले त उनलाई कसैले पनि भेटाउन सक्दैनन् । पहिलो चलचित्र ‘प्रेयसी’ खेलेको आज दुई दशक बितिसक्दा पनि मेलिनाको सुन्दरतामा ह्रास नआएकोमा अचम्म मान्नेहरू यतिबेला फेरि एकपटक अचम्ममा परेका छन् । आजभोलि मेलिनालाई कतै कहीँ नभेट्दा । प्रायशः सिनेकर्मीहरूको माझमा नै रहिरहने र सिनेमासम्बन्धी कार्यक्रम सकभर नछुटाउने मेलिनाको उपस्थिति केही समययता पातलिएपछि सबै भन्न थालेका छन्- यिनी पनि विदेश गइन् कि क्या हो – फेरि अर्को समूहको जवाफ छ- विदेश जाने भए त पहिले नै जान्थिन् । घरजम गरेपछि किन विदेश जानुपर्‍यो र मेलिनालाई -‘
यस्ता तर्क-वितर्कहरू चलचित्र बजारमा आइरहेको समयमा मेलिना सार्वजनिक समारोहमा नदेखिनु अनि प्रस्ताव आएका चलचित्रहरूमा अहिले फुर्सद छैन भनेर पन्छिनुको रहस्य भने अर्कै रहेछ । त्यो रहस्य हो अब मेलिना चाँडै नै आमा बन्ने तयारीमा रहिछिन् । यो कुराको जानकारी पाएपछि यो पङ्क्तिकारले मेलिनाका श्रीमान् एवम् अभिनेता मुकेश ढकाललाई सोध्यो- ‘अँ त्यस्तै भन्नु पर्‍यो’ निकै लजाउने भलाद्मी मुकेशले लाज मानीमानी जवाफ दिए ।
सधैंभरि सिनेमाकै रङ्गीन दुनियाँमा भुलेर र व्यस्त भएर मात्र जिन्दगी नचल्ने कुरालाई राम्ररी बुझेकी मेलिनासँग मुकेशको प्रेमविवाह हो । मेलिनालाई अति नै माया गर्ने मुकेश मेलिनासँग वैवाहिक बन्धनमा बाँधिएपछि आफूलाई फापेको अनि आफू पनि सिनेमातिर व्यस्त हुन थालेको कुरा स्वीकार गर्छन् । ‘मेलिना मेरो जीवनमा लक्की सावित भएकी छिन् । अब उनी चाँडै हाम्रो परिवारमा खुसी भित्र्याउने तयारीमा छिन्,’ मुकेशले भने । सिनेमाहरूको पर्दामा धेरैपटक आमा भइसकेकी मेलिना जीवनमा वास्तविक रूपमा भने पहिलोपटक आमा बन्दै छिन् । यतिबेला श्रीमान्कै साथ र बासमा आराम गरिरहेकी मेलिनाको आमा बन्ने खबर गोप्य राख्न खोजिए तापनि अब भने सार्वजनिक भएको छ । अबचाहिँ मेलिनाले किन फिल्म खेल्न मानिनन् वा अहिले फुर्सद छैन भनेर किन पन्छिन खोजिन् भन्ने कुरा भने फिल्मवालाहरूलाई र्छलङ्ग भएको छ ।

पहिले छीःछीः अहिले वाहवाही †
अलिकति चर्चामा आउन थालेपछि अनि सफलताको स्वाद चाखेपछि आफ्नै क्रेज, सम्मान र काममा नै धक्का पुग्ने हर्कतका नायकहरूको भीड बढिरहेको समयमा कलाकारितामा प्रवेश गरेदेखि नै एउटै रफ्तार र उस्तै व्यवहारका कारण यतिबेला नायक सुमन सिंह सबैको वाहवाही पाउन सफल भइरहेका छन् । उनको बारेमा कुनै पनि गलत हल्ला नफैलनु र त्यस्ता क्रियाकलापबाट सुमन टाढा रहनुले पनि यतिबेला सिनेमामा सुमनप्रति निर्माता/निर्देशकहरू आकरि्षत हुन थालेका छन् । यही मौका हो र मौकामा नै फिल्म खेलिहाल्नुपर्छ भन्ने गलत मानसिकता बोकेर दामका लागि हस्ताक्षर गरिहाल्ने तर पछि निर्मातालाई झुलाउनेजस्ता अव्यावसायिक व्यवहारमा कहिले पनि नमुछिएका सुमन यतिबेला निकै व्यस्त हुन थालेका छन् । दुईवटा चलचित्र खुसी र ग्यामलरमा व्यस्त भइरहँदा उनको बजार र क्रेजलाई नजिकबाट बुझेर निर्माता गोविन्द शाहीले पनि संसार आफ्नै नामक चलचित्रमा सुमनलाई लिएका छन् । स्थापित ब्यानरहरूबाट अफर आइरहेका छन् । यसले गर्दा मलाई राम्रै भइरहेको छ- सुमन दंग छन् ।
अहिले एकसाथ तीनवटा चलचित्रमा व्यस्त रहेका सुमनको स्वाभिमान, द गेम, पलपलमालगायत आधा दर्जनभन्दा बढी सिनेमा पर््रदर्शनका लागि तयार भएर बसेका छन् ।
सानो पर्दामार्फ दर्शक माझ आएका सुमनले ठूलो पर्दामा राम्रै पकड जमाएपछि कुनै समय सुमनलाई फर्केर नहेर्ने निर्माता-निर्देशकहरू आज आफैं सुमनलाई आफ्नो सिनेमामा लिने आतुर देखिन्छन् । ‘हेर्दाहेर्दै अगाडि बढे सुमन’ सुमनको बारेमा यसै भन्ने गरिन्छ अहिले ।

ँविक्रम योग’को आनन्दमा राजकुमार ह्यारी
बेलायती शाही परिवारका तेस्रो क्रमका उत्तराधिकारी राजकुमार ह्यारी यतिबेला ‘विक्रम योग’को आनन्दमा डुब्न थालेका छन् । ‘विक्रम योग’को फाइदाबारे राजकुमार ह्यारीका साथी डीजे गोल्डीले बताएपछि उनी यसतर्फ आकरि्षत भएका हुन् । जेम्स वण्डको फिल्ममा खलनायकको भूमिकासमेत निर्वाह गरिसकेका गोल्डीले एक ट्यालेन्ट सोका दौरान ‘विक्रम योग’को बारेमा ह्यारीलाई बताएका थिए । यो योग गर्ने व्यक्तिले एक सय ५ डिग्री फरेनहाइट तापक्रम भएको कोठामा समेत सहजसँग बिताउन सक्छ ।
आफ्नो जीवनलाई विभिन्न साँचोमा ढाल्दै चर्चा बटुल्दै आएका ह्यारी पछिल्लो समयमा ‘विक्रम योग’ गरेर चर्चामा आएका हुन् । विक्रम योगको फाइदाको बारेमा जानकारी गराउन राजकुमार ह्यारीलाई गोल्डीले आगोले अत्यधिक तातेको घरमा सँगै लगेर गएका थिए ।
राजन घिमिरे