साढे ३ प्रतिशत मात्र आर्थिक वृद्धि

साढे ३ प्रतिशत मात्र आर्थिक वृद्धि


काठमाडौं विश्वविद्यालय अन्तर्गतको इन्स्टिच्युट फर इन्ट्रिगेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस) ले चालु आर्थिक बर्षमा सरकारले लक्ष गरे भन्दा आधा मात्र आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको छ। इन्स्टिच्युटले सार्वजनिक गरेको ‘नेपाल इकोनोमिक आउटलुक २०१६–१७ मा चालु आर्थिक बर्ष २०७४/७५ मा आर्थिक वृद्धिदर ३ दशमलव ५४ मा सिमित हुने अनुमान गरेको छ।

सरकारले बजेट मार्फत चालु आर्थिक बर्षको वृद्धिदर ७ दशमलव २ प्रतिशत पु¥याउने लक्ष्य राखेको छ। गत आर्थिक बर्षमा ६ दशमलव ९ प्रतिशतको वृद्धि हासिल भएपछि उत्साहित बनेको सरकारले उक्त लक्ष्य राखेको थियो। राष्ट्रिय नीतिमा कुनै परिवर्तन नआए सरकारी लक्षको आधा भन्दा कम मात्र वृद्धिदर हासिल हुने इन्टिच्युटले निस्कर्ष निकालेको हो। आगामी आर्थिक बर्ष २०७५/७६ मा पनि ३ दशमलव ७९ प्रतिशत मात्र वृद्धिदर कायम हुने पुर्वानुमान सो प्रतिबृदनमा गरिएको छ।

उक्त अध्ययन अनुसार चालु आर्थिक बर्षमा ६ दशमलव ५ प्रतिशतले मूल्य वृद्धि हुने र आउँदो आर्थिक बर्ष यो ६ दशमलव ३ प्रतिशतमा सिमित रहने पुर्वानुमान समेत गरिएको छ। सरकारले मुद्रास्फीतिलाई ७ प्रतिशतमा सिमित राख्ने प्रक्षेपण गरेकोमा आउटलुकले यो विश्लेषण सार्वजनिक गरेको हो। अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त आउटलुक सार्वजनिक गरेका हुन ।