उद्योगको समस्या हटाइदिने अर्थमन्त्रीको दाबी

उद्योगको समस्या हटाइदिने अर्थमन्त्रीको दाबी


अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उद्योग व्यवसायमा विद्यमान रहेका सवै समस्या हटाइदिने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको एक कार्यक्रममा अर्थमन्त्री कार्कीले सो कुरा बताएका हुन । उनले भने,‘विद्यमान अवस्थामा उद्योग व्यवसाय संचालन गर्न वित्तीय क्षेत्रबाट के–कस्ता समस्या तथा बाधा अड्चन छन त्यो म कहाँ लिएर आउनुस, र कुन तबरबाट समस्या समधान गर्न सकिन्छ बसेर छलफल गरेर हटाउने काम मेरो भयो ।’
चेम्बरले आयोजना गरेको ‘विद्यमान वित्तीय तथा मौद्रिक नीतिका समस्या’ कार्यक्रममा मन्त्री कार्कीले अगाडी भने, ‘कस्ता खालका समस्याले गर्दा काम गर्न सक्नु भएन भन्नुहोस म हटाईदिन्छु ।’

देशमा लगानीमैत्री वातावरण निर्माण गर्न सरकार लागि परेको जानकारी दिँदै अल्पकालिन भन्दा पनि दिर्घकालिन सोचबाट अघि बढ्न उद्योगव्यवसायीलाई मन्त्री कार्कीले आग्रह समेत गरेका छन् । देशमा विकासमा सरकारी लगानी उत्प्रेरक मात्र भएको बताउँदै निजी क्षेत्रको लगानी विना मुलुक विकास सम्भव नभएको उनको दाबी रहेको छ । विशेषगरी निर्यात प्रवद्र्धनका जोड दिनुपर्ने उनको भनाई रहेको छ । मन्त्री कार्कीले व्यापार घाटा कमगर्न चुनौती भइरहेको बेला आन्तरिक उत्पादन गर्नुपर्ने आवश्यकतामाथि समेत जोड गरेका छन् ।

गत आर्थिक वर्षमा ६ दशमलब ९ प्रतिशतको आर्थिक बृद्धि कायम रहेको स्मरण गर्दै यो वर्ष यसलाई ७ दशमलब २ प्रतिशत पु¥याउने लक्ष्य रहेको उनंले दोहो¥याए ।  चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले अबका दिनमा सरकारले व्यवसायीलाई उजुरीका आधारमा पक्राउने गर्ने व्यवस्था खारेज गर्नुपर्ने माग समेत राखेका छन् । अध्यक्ष श्रेष्ठले भने,‘अहिले सरकारले व्यवसायीलाई उजुरीका आधारमा पक्राउ गरी अनावश्यक दुःख दिने तथा उनीहरुको बेइज्जत गर्ने काम गर्दै आएका छन, ‘अबका दिनमा उजुरीको अधारमा होइन प्रमाणको आधारमा पक्राउ गर्नुपर्छ ।’ पछिल्लो समय सरकारका विभिन्न निकायले आफुखुशी नियम कानुन बनाउँदा पनि व्यवसायीलाई समस्या परेको श्रेष्ठले बताए । विशेषगरी नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले व्यवसाय गर्न कठिन भएको सम्बद्ध व्यवसायीहरुको गुनासो रहेको थियो ।

चेम्वरका अध्यक्ष श्रेष्ठले सफल स्थानीय निकायको निर्वाचनसँंगै सवैमा खुशी छाए पनि व्यापारीहरुमा भने दोहोर मारमा पर्ने हो कि भन्ने चिन्ता छाएको बताए । स्थानीय, प्रदेश र केन्द्र गरी तीनतिर कर तिनुपर्ने हो कि भन्ने चिन्ता व्यापारीमा छाएकोले यसलाई सरकारले स्वेतपत्र वा कानुन नै बनाएर स्पष्ट पार्नुपर्ने माग गरे ।

अध्यक्ष श्रेष्ठले लगानीको वातावरण वनिरहेको बेला फेरि लोडसेडिंग हुन थाल्ने हो कि भन्ने चिन्ता छाएको बताउँंदै लोडसेडिङ हुन नदिन अर्थ मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्न अर्थमन्त्री कार्की समक्ष माग समेत राखेका छन् ।

चेम्वर कार्य समिति सदस्य रणबहादुर श्रेष्ठले विद्यमान वितीय तथा मौद्रिक नीति एवं आर्थिक क्षेत्रका समसामयिक विषयबारे निजी क्षेत्रको अवधारणाको प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा अर्थ मन्त्रालय सचिव (राजश्व) शिशिरकुमार ढुंगानालगायतले आर्थिक क्षेत्रका विविध पक्षबारे चर्चा गरेका थिए ।