नौवटा सहकारी खारेज

नौवटा सहकारी खारेज


डिभिजन सहकारी कार्यालय स्याङ्जाले निष्क्रिय सहकारी संस्थाको दर्ता खारेजी गरेको छ । आफ्नो उद्देश्यअनुसार काम नगरेर निष्क्रिय रहेका जिल्लाका नौवटा सहकारी संस्थाको दर्ता खारेज गरेको डिभिजन सहकारी कार्यालय स्याङ्जाका सहकारी निरीक्षक विष्णुप्रसाद ढकालले बताउनुभयो ।

ढकालका अनुसार कृषिसम्बन्धी तीन, बचत तथा ऋण दुई, दुग्ध उत्पादन दुई र तरकारी तथा फलफूल उत्पादन एक र मत्स्य तथा कृषि एक गरी नौवटा रहेका छन् । सेखाम सुधार बचत तथा ऋण सहकारी संस्था लिमिटेड चापाकोट नगरपालिका–५, उदयमान बचत तथा ऋण सहकारी संस्था लिमिटेड हरिनास गाउँपालिका–१, उन्नतिशील कृषि सहकारी संस्था चापाकोट नपा–४, सिर्जनशील कृषि सहकारी संस्था आँधीखोला गाउँपालिका–५, शुभयात्रा सहकारी वालिङ नपा–८, बाँस्टारी मत्स्य तथा कृषि सहकारी

कालीगण्डकी गाउँपालिका–५, आदर्श नमूना तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था पुतलीबजार नपा–११, गौमुख दुग्ध उत्पादक सहकारी संस्था गल्याङ नपा–९, सामूहिक गौशाला सहकारी संस्था वालिङ नपा–१ र बाँस्टारी मत्स्य तथा कृषि सहकारी संस्था कालीगण्डकी गाउँपालिका–५ खारेज भएका हुन् ।

सहकारी नियमअनुसार २ वर्षसम्म कुनै पनि कारोबार नगर्नु, गत आवको साधारणसभा, लेखा परीक्षण प्रतिवेदन र माग गरेका अन्य विवरण नबुझाउने सहकारी खारेज गरिएको हो । हाल स्याङ्जामा जिल्ला सहकारी सङ्घ, विषयगत सङ्घ र विभिन्न प्रकृतिका ३८० वटा सहकारी रहेका सहकारी निरीक्षक ढकालले बताउनुभयो । रासस