महाधिवेशनमा महाप्रतिस्पर्धा

महाधिवेशनमा महाप्रतिस्पर्धा


नेपाली काङ्ग्रेसका कार्यवाहक सभापति सुशील कोइरालालाई अर्को धक्का लागेको छ । सभापतिका उम्मेदवार शेरबहादुर देउवालाई सहजै परास्त गर्न सकिने स्थितिमा रहनुभएका कोइरालालाई पहिलो धक्का नेता भीमबहादुर तामाङको उम्मेदवारीले दिएको थियो भने दोस्रो धक्का अर्का नेता खुमबहादुर खड्काको भूमिकाले पुर्‍याएको छ । खड्काको साथ शेरबहादुर देउवालाई रहने भएपछि देउवाको स्थितिमा निकै सुधार आएको विश्वास गरिन्छ । देउवा र खड्का एकातिर उभिएपछि सभापतिको निर्वाचनमा तीव्र प्रतिस्पर्धा हुने सम्भावना बढाएको छ ।
पार्टीमा आदर्शवादी नेताका रूपमा स्थापित सुशील कोइरालाप्रति देशभरका काङ्ग्रेस कार्यकर्ताको सहानुभूति रहेको छ । जीवनभर लाभको पद नलिनुभएका कोइरालालाई एकपटक सभापतिका रूपमा हेर्न चाहनेहरूको सङ्ख्या धेरै ठूलो भएको विश्वास गरिन्छ । तर, महाधिवेशन नजिकिँदै जाँदा उहाँको शक्ति क्षीण तुल्याउने गरी घटनाक्रमहरू विकसित भएका छन् । पार्टीका अर्का आदर्शवादी नेता भीमबहादुर तामाङको उम्मेदवारीले पुर्‍याउनसक्ने क्षतिको आँकलन गर्न नपाउँदै खुमबहादुर खड्काले देउवालाई समर्थन गर्ने घोषणा गर्नुभएपछि कोइरालाले थप क्षतिको सामना गर्नुपर्ने स्थिति बनेको हो । देउवाको तर्फबाट महामन्त्रीमा विमलेन्द्र निधि र कोषाध्यक्षमा चित्रलेखा यादवको उम्मेदवारीले तर्राईमा कोइरालाको निम्ति प्रतिकूलता खडा गर्न सक्ने ठानिएको छ । तर्राईमा निधि र यादवको उचाइका नेता तत्काल नदेखिएको, कोइरालाले महामन्त्री र कोषाध्यक्षमा तर्राईका कुनै नेतालाई अघि सार्न सक्ने अवस्था नरहेको हुनाले चुनावी लहर कोइरालाको प्रतिकूल हुने हो कि भन्ने आशङ्का बढाएको छ । स्मरणीय छ, तर्राईमा पकड भएका काङ्ग्रेस नेताहरूमा खुमबहादुर खड्का र विमलेन्द्र निधिको नाम लिने गरिन्छ । चित्रलेखा महिला र यादव हुनुले तर्राईमा एकप्रकारको सहानुभूति प्रकट हुनसक्ने छ । सुशील कोइरालाले कदाचित टिम बनाउनुभएछ भने पनि महामन्त्रीमा तर्राईका कुनै नेता हुनसक्ने सम्भावना कम छ । हालसम्म उक्त पदका निम्ति डा. रामशरण महत, प्रकाशमान सिंह, अर्जुननरसिंह केसी र सुजाता कोइरालाको नाम चर्चामा आएको छ । उहाँहरूमध्ये एक जोकोहीलाई उम्मेदवार बनाए पनि तर्राईको मत हासिल गर्न मुस्किल पर्ने देखिन्छ । जब कि पहाडमा भन्दा तर्राईका जिल्लाहरूमा धेरै निर्वाचन क्षेत्र भएको हुनाले प्रतिनिधिहरूको झण्डै आधी सङ्ख्या तर्राईमै रहेको छ ।
शीर्षस्थ नेता कोइराला प्रजातन्त्रप्रति निष्ठावान एवम् दृढनिश्चयी र माओवादी अतिवादका कटु आलोचकका रूपमा स्थापित हुनुहुन्छ । तर, उहाँले झापाका कृष्ण सिटौलालाई आफ्नो वरिपरि राखेका कारण गिरिजाप्रसाद कोइरालाझैं सुशील कोइराला पनि फस्नुहुने हो कि भन्ने त्रास पैदा भएको छ । काङ्ग्रेसजनको मत माओवादीविरुद्ध छ । पार्टीमा माओवादीविरोधी नेताका रूपमा खुमबहादुर खड्का स्थापित भएझैं माओवादीपक्षीय व्यक्तिका रूपमा कृष्ण सिटौलालाई लिइन्छ । महाधिवेशनको मुखमा आएर सिटौलाले यदाकदा माओवादीको आलोचना गर्ने गर्नुभएको भए पनि कार्यकर्तापङ्क्ति उहाँसँग क्रूद्ध छ र काङ्ग्रेस तथा प्रजातन्त्रलाई यसरी सङ्कटपूर्ण अवस्थामा पुर्‍याउने प्रमुख चार व्यक्तिहरूमा सिटौला एक मानिनुहुन्छ । गृह मन्त्रालयमा रहँदा सिटौलाको भूमिकाले माओवादी बलियो बनाउन योगदान पुर्‍याएको कुरा कुनै काङ्ग्रेसीले पनि भुल्न सकेका छैनन् र महाधिवेशनमा सिटौलाले कार्यकर्ताहरूको कठोर प्रहारको सामना गर्नुपर्ने अवस्था विद्यमान छ । यस्ता सिटौलालाई बोकेर हिँड्नैपर्ने बाध्यतामा सुशील कोइराला हुनुहुन्छ र बोक्नुको परिणाम कोइरालाका निम्ति सुखद नहुने निश्चित मानिन्छ ।
महामन्त्री र कोषाध्यक्ष पदमा विमलेन्द्र निधि र चित्रलेखाभन्दा प्रभावी व्यक्ति प्रस्तुत गर्न सकेमा मात्र कोइरालाका निम्ति शुभ हुनसक्ने ठानिएको छ । तर, ती को हुनसक्छन्, खोजीको विषय बनेको छ । कथम्कदाचित सुजाता कोइरालालाई महामन्त्रीको उम्मेदवार बनाइयो भने त्यसले पार्टीमा सुन्दर सङ्केत दिनेछैन, पार्टीलाई परिवारको पेवा बनाउन खोजेको सन्देश प्रवाहित हुनेछ । अर्जुननरसिंह केसी जनसर्म्पर्क अत्यन्त राम्रो भएका क्षमतावान् नेता त हुनुहुन्छ, तर केसीको बाटो छेक्न सुजाता कोइराला तम्तयार रहनुभएको छ । प्रकाशमान सिंह उचाइदार नेता भए पनि राजधानीबाहिर र विशेषगरी तर्राईमा स्थापित हुन उहाँले अझै ठूलो सङ्घर्ष गर्नुपर्ने अवस्था छ । विवादहीन भएर पनि लोकप्रिय हुन बाँकी रहेका प्रकाशमान सिंह पनि महामन्त्रीको बलियो उम्मेदवार मानिनुहुन्न । डा. रामशरण महत योग्य, क्षमतावान र निष्ठावान प्रजातन्त्रवादी नेता हुनुहुन्छ र उहाँ माओवादीका प्रति पनि कठोर र स्पष्ट देखिनुहुन्छ । तर, डा. महतलाई महामन्त्रीको उम्मेदवार बनाइनसक्ने सम्भावना कम छ । उम्मेदवार बनाइएको अवस्थामा पनि विजयी बन्न धेरै ठूलो सङ्घर्ष गर्नुपर्ने देखिन्छ । विशेषगरी तर्राईमा डा. महतको प्रभाव कमजोर छ । शेरबहादुर देउवाप्रति अझै पनि पार्टीका एकथरी मानिसहरू सशङ्कित छन् । देउवा सभापति भएमा पार्टीमा पत्नी हावी हुनसक्ने चिन्ता एकथरीमा देखिएको छ भने अर्काथरीचाहिँ उहाँबाट असुरक्षित महसुस गर्छन् । देउवाले सबैलाई समेटेर लैजानसक्ने कुरामा उनीहरू विश्वास गर्दैनन् । जे होस्, पछिल्लो चरणमा देउवाको स्थितिमा सुधार भएको छ । तर, यो सुधारले सुशील कोइरालामाथि विजय हासिल गर्ने स्थिति बनाइसकेको भने मानिदैन । दुई नेताबीच तीव्र प्रतिस्पर्धाको अवस्था सिर्जना भएको छ ।

कुन नेता कता
नेपाली काङ्ग्रेसको बाह्रौँ महाधिवेशनमा सभापतिका निम्ति तीन नेताले उम्मेदवारी घोषणा गरेपछि नेताहरू पनि तीन खेमामा विभाजित हुन पुगेका छन् । सुशील कोइराला, शेरबहादुर देउवा र भीमबहादुर तामाङमध्ये कोइरालाका पक्षमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कुलबहादुर गुरुङ, डा. रामशरण महत, गोविन्दराज जोशी, अर्जुननरसिंह केसी, लक्ष्मणप्रसाद घिमिरे, सुजाता कोइराला र झापाका कृष्ण सिटौला रहनुभएको छ । यद्यपि नेता पौडेलले आफू तटस्थ रहने बताउनुभएको छ । देउवाका पक्षमा खुमबहादुर खड्का, चित्रलेखा यादव, विमलेन्द्र निधि, ओमकारप्रसाद श्रेष्ठ, डा. नारायण खड्का, पूर्णबहादुर खड्का, चिरञ्जीवी वाग्ले, बलबहादुर केसी, बालकृष्ण खाँण, डा. प्रकाशशरण महत, डा. मीनेन्द्र रिजाल, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेता देखिनुभएको छ भने भीमबहादुर तामाङका पक्षमा नरहरि आचार्य र चक्र बास्तोला रहनुभएको छ ।

विस्तारित बैठकमा ‘प्रचण्ड प्रतिवेदन’ मात्र †
सफल तिकडमवाज नेताको रूपमा पार्टीभित्र र बाहिर परिचित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड फेरि अर्को भ्रमको खेती गर्न सफल हुनुभएको छ । नौ भदौबाट सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले वैद्य र भट्टर्राईले उठाएको सामान्य मुद्दालाई समेटी राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो । उपाध्यक्ष भट्टर्राईले अध्यक्षको प्रतिवेदनप्रति विमति जनाउँदै फरक प्रतिवेदन पेस गर्नुभयो । भट्टर्राईले बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने सुइँको पाउनासाथ वैद्यले पनि अध्यक्ष प्रचण्डकै सल्लाहमा रातारात फरक प्रतिवेदन पेस गर्नुभएको बुझिन्छ । तर, केही मुद्दाबाहेक अधिकांश प्रचण्डले उठाएको मुद्दालाई वैद्यले समेट्नुभएको थियो ।
बैठकमा वैद्यले प्रस्तुत गरेको प्रतिवेदनलाई केन्द्रीय सदस्यहरूले प्रचण्डको संशोधित प्रतिवेदन पनि भनी आलोचन गरेका थिए । तर, वैद्यले प्रस्तुतिमा फरकपन देखाउँदै बेग्लै प्रतिवेदन भएको आभास दिलाउनुभयो ।
बैठकमा भट्टर्राईले पेस गर्नुभएको प्रतिवेदनको पक्षमा त्यति धेरै सदस्य नरहेपछि पछिल्लो समयमा प्रचण्ड निकै हौसिनुभएको बताइन्छ । पार्टी स्थापनादेखि नै दुई लाइनमा विभाजित रहे पनि भट्टर्राईको लाइन कमजोर देखिएपछि उहाँ आगामी कात्तिकको पहिलो साताभित्र गर्ने भनिएको विस्तारित बैठकमा पार्टी केन्द्रको तर्फबाट एउटमा मात्र प्रतिवेदन पेस गर्ने सोचमा रहनुभएको छ । बैठकमा तीन प्रतिवेदन आएपछि प्रचण्ड त्यसलाई केन्द्रीय समितिका साथै विस्तृत छलफलका लागि विस्तारित बैठकमा प्रस्तुत गर्ने भन्दै पन्छिनुभएको
थियो । तर, प्रचण्डले अनेक प्रपञ्च गरी विस्तारित बैठकमा ती फरक प्रतिवेदन लैजान नदिने हुनुभएको छ । माओवादी उच्च स्रोतका अनुसार विस्तारित बैठक कात्तिकको पहिलो सातामा हुने सम्भावना क्षीण हुँदै गएको छ । १० दिनसम्म चलेर गत १७ भदौबाट अनिश्चितकालसम्मका लागि स्थगित भएको बैठक २४ भदौमा बस्ने तयारी गरिएको छ । स्रोतका अनुसार जारी केन्द्रीय समिति बैठक लम्बिन सक्ने भएकोले विस्तारित बैठक कात्तिकको अन्तिममा गर्ने भन्नेबारेमा पनि पदाधिकारीहरूबीच छलफल सुरु भएको छ । तर, जे भए पनि विस्तारित बैठक बस्ने निश्चित छ । वैद्यको प्रतिवेदनमा उठाएका राजनीतिक र साङ्गठनिक मुद्दालाई आफूले उठाएको र दुवै प्रतिवेदनको निष्कर्ष एउटै भएकोले पनि संयुक्त प्रतिवेदन बनाउन सजिलो हुने प्रचण्डको ठम्याइ छ । उहाँले जारी केन्द्रीय बैठकमा वैद्यले फरक प्रतिवेदन पेस गरे पनि बहुमत सदस्यले वैद्य र प्रचण्डको प्रतिवेदनको सार एउटै भएकोले त्यसमा केही संशोधन गरेर पार्टी मूल प्रतिवेदन तयार गर्न सल्लाह पाएको भन्दै एउटै प्रतिवेदन बनाउने निष्कर्षमा पुगेको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार त्यसरी प्रस्तुत गरेको प्रतिवेदनलाई विस्तारित बैठकमा लैजानुअघि राज्य समितिको बैठकमा लैजाने र त्यसैबाट अनुमोदन गरी पार्टीको आधिकारिक नीति बनाउने प्रचण्डको योजना छ । प्रचण्डनिकट एक केन्द्रीय नेताका अनुसार राज्य समिति बैठकमा प्रचण्डले पार्टी केन्द्रको तर्फबाट प्रस्तुत गरिने प्रतिवेदनमा उपाध्यक्ष भट्टर्राईले उठाएका मुद्दालाई पनि सम्बोधन गर्नुहुनेछ । तर, भट्टर्राईले त्यसमा चित नबुझाई मौखिक रूपमा आफ्नो फरक प्रतिवेदन पेस गर्न सक्ने सम्भावना छ । राज्य समितिको बैठकमा पनि भट्टर्राईको फरक प्रतिवेदनले आकार लिन नसके विस्तारित बैठकमा सो प्रतिवेदन लैजान नदिने प्रचण्डनिकट एक नेताको भनाइ छ । ती नेताका अनुसार राज्य समिति तथा विस्तारित बैठकमा अहिलेको जस्तै फरक-फरक प्रतिवेदन लैजाँदा पार्टी विभाजन भएको सङ्केत देखिने भन्दै संयुक्त प्रतिवेदन लैजाने निष्कर्षमा पार्टी केन्द्र पुगेको हो ।

सात वर्षपछि सुजाता-अर्जुन गुप्त भेट, सुजाता मोटाएकोमा चिन्ता व्यक्त
नेपाली काङ्ग्रेसका प्रभावी नेता अर्जुननरसिंह केसी र नेतृ सुजाता कोइरालाबीच सम्बन्ध टुटेको सात वर्षपछि पुनर्मिलन भएको छ । २०६० साल माघ १० गते मण्डिखाटारस्थित सुजाता कोइरालाको निवासस्थानमा आयोजित रात्रिभोजमा दुईजनाबीच गम्भीर विवाद भएपछि टुटेको उहाँहरूको सम्बन्ध काङ्ग्रेसको बाह्रौं महाधिवेशनले जोडिदिएको छ र पुनर्मिलनको सूत्रधार रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला बनेका छन् । शहंशाह होटलका एक कर्मचारीले जनाएअनुसार गत सोमबार -भदौ २१ गते) साँझ साढे ६ बजे सुजाता कोइराला कलेजी रंगको कर्ुता-सुरुवाल लगाएर होटल पुग्नुभएको थियो भने त्यसको केही मिनेट मात्र अघि खैरो सफारी सुटमा सजिएर हिउँजस्तै सेतो कपालसहित अर्जुननरसिंह केसी त्यहाँ पुगिसक्नुभएको थियो । भेट हुनेबित्तिकै दुवैजना गफिन थाल्नुभयो । एक-अर्काको स्वास्थ्यका बारेमा दुवैले चासो राख्नुभयो । नेता केसीले नेतृ कोइरालाको तौल बढेको टिप्पणी गर्नुहुँदा कोइराला आफूले एक्सरसाइज गर्न समयले नभ्याएको बताउँदै तौल घटाउन प्रयत्नशील रहेको जवाफ दिनुभयो । केसीले ‘तपाईंलाई संर्घाईको कार्यक्रममा भाग लिएको टीभीमा देखेको थिएँ भन्नुहुँदा सुजाताले खुसी हुँदै ‘ए हो र ˜˜ †’ भन्नुभएको थियो । केहीबेर यस्तै नितान्त निजी कुरा गरेपछि उहाँहरू राजनीतिक विषयमा प्रवेश गर्नुभयो । नेतृ कोइरालाले भन्नुभयो, ‘मैले महामन्त्रीमा लड्ने विचार गरेकी छु, सुशील दादाले प्रकाशमान सिंहलाई उठाउने इच्छा राख्नुभएको छ र मलाई भन्नु पनि भएको छ, तर प्रकाशमानले चुनाव जित्न सक्दैनन् र म कसैलाई छोड्दिनँ पनि ।’ जवाफमा नेता केसीले ‘एकै परिवारका दुई प्रमुख पदमा लडेको भनेर ज्यादा आलोचना हुने हो कि – म त टिमकै लागि जेसुकै त्याग गर्न पनि तयार छु, मबाट तपाईंलाई पनि पूर्ण सहयोग रहन्छ, तर कार्यकर्ताहरूबाट ज्यादा नकारात्मक टिप्पणी र आलोचना हुने स्थिति बन्न दिनुहुँदैन’ भन्नुभयो । केसीका कुरा कोइरालालाई मान्य हुन सकेन, फेरि पनि उहाँले भन्नुभयो, ‘हर्ेर्नुस्, म त छोड्दै छोड्दिनँ, मलाई गिरिजाबाबुले पनि नछोड्नु भन्नुभएको थियो । गिरिजाबाबुले ‘आफ्नो स्थान आफैंले बनाउने हो, सङ्घर्ष गर्नुपर्छ, कसैले विरोध गर्‍यो या असहमति जनायो भन्दैमा विचलित हुनुहुँदैन’ भनेर मलाई बारम्बार भन्नुभएको थियो । त्यसैले म छोड्दिनँ, कसैलाई पनि छोड्दिनँ । महेन्द्रनारायण निधिको छोरा महामन्त्री बन्न मिल्ने, गणेशमानको छोरा उपसभापति बन्न हुने, अनि गिरिजाबाबुको एक्लो सन्तान मचाहिँ महामन्त्री हुन नमिल्ने -‘ यसरी सुजाता कोइरालाले दृढतापूर्वक आफू महामन्त्रीमा उम्मेदवार बनेर छाड्ने बताउनुभएपछि अर्जुननरसिंह केसीले त्यसमा विमति जनाएर सुजातालाई दुःखी बनाउन चाहनुभएन । उहाँले सान्त्वना दिँदै भन्नुभयो, ‘ठीक छ, तपाईंलाई मेरो पूर्ण साथ रहन्छ । तर पार्टीमा पहिले कुरा त मिलाउनुपर्‍यो, अब हामीले परि्स या निपरि्सतिर टिम घोषणा गर्नुपर्छ, त्योभन्दा अघि हामी एकपटक फेरि भेटेर छलफल गरौँला ।’ डेढ घण्टाको यो बसाइ फेरि भेट गर्ने वाचा गर्दै टुङ्गियो । भेटमा उहाँहरूले अण्डा, आलु र सलाद खानुभएको थियो भने पछि आइपुगेको चिकन मःम समय नरहेको भन्दै फिर्ता पठाइएको थियो ।
यसरी काङ्ग्रेसका दुई हस्थीहरूबीच मिलाप गराउन क्लबका अध्यक्ष ऋषि धमलाले कडा मिहिनेत गर्नुभएको बताइन्छ । पहिले सुजाताले केसीसँग भेट गर्न अस्वीकार गर्नुभएको थियो, पछि मण्डिखाटारस्थित आफ्नै घरमा भेटघाट गर्न सुजाता मञ्जुर हुनुभएको थियो । तर, अर्जुननरसिंह केसीले घरमा जान अस्वीकार गरेपछि शहंशाह होटलमा भेट गर्ने व्यवस्था मिलाएको थियो । दुई चर्चित हस्थीहरूको पुनर्मिलनले काङ्ग्रेस राजनीतिमा कस्तो प्रभाव पार्ने हो यो प्रतीक्षाको विषय बनेको छ ।

संविधानसभा भङ्ग गर्न माग
नेपका -संयुक्त माक्र्सवादी) ले वर्तमान संविधानसभा भङ्ग गरी संविधान निर्माणका लागि ताजा जनादेशमा जानुपर्ने ठहर गरेको छ । माओवादी, काङ्ग्रेस र एमाले दलहरूले सत्ता-स्वार्थमा जेलिएर मुलुकलाई अन्योलपूर्ण बनाएको र अन्य केही दलहरू पनि उनीहरूकै वरपर घुमेर मुलुकलाई बर्बादीतिर घच्याइरहेको आरोप सो पार्टीले लगाएको छ । पार्टी महासचिव प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा तीन दलको सत्तालिप्साकै कारण मुलुकको सुरक्षा-व्यवस्थासमेत धराशायी बनेको उल्लेख गर्दै ताजा जनादेशमा नगई नयाँ संविधान निर्माण नहुने ठोकुवा गरिएको छ ।
यसैबीच चाइनिज दूतावासले स्वतन्त्र युवा सङ्घ नेपालको मानमर्दन -बेइज्जत) गरेको छ । ज्ञापनपत्र बुझाउन समय दिएर पनि युवा सङ्घको नेतृत्वमा गएको टोलीसँग ज्ञापनपत्र नबुझी फर्काइदिएपछि यस्तो अनुभूति गरिएको युवा सङ्घका अध्यक्ष अरविन्द महतोले बताए । महरा टेप प्रकरणमा चाइनिजहरूको संलग्नतामाथि विरोधस्वरूप ज्ञापनपत्र बुझाउन र अडियो टेपको सत्यतथ्यको जाँच सम्बन्धमा बुझाउन लागिएको ज्ञापनपत्र लिन नमानेर चाइनिज दूतावासले कूटनीतिक मर्यादा र नेपाली सङ्घ-संस्थाको मानमर्दन गरेको महतोले बताए ।

बाबुरामलाई सिध्याइने
पटक-पटक पार्टीको कारबाहीमा पर्दै जोगिँदै आएका माओवादी नेता बाबुराम भट्टर्राईमाथि पुनः कारबाही गर्ने तयारी भएको छ । ‘पार्टी हितविपरीत विदेशीको इसारामा संसद्वादी दल र दरबारियाहरूको गोटी बनी पार्टीलाई संसद्वादी शैलीमा प्रस्तुत गर्न खोजेको आरोप लगाउँदै भट्टर्राईलाई कारबाही गर्ने तयारी अन्तिम चरणमा पुगेको छ,’ माओवादीका एक केन्द्रीय नेताले आफ्नो नाम नबताउने र्सतमा भने । प्रधानमन्त्री निर्वाचनमा पनि उपाध्यक्ष भट्टर्राईको भूमिका शङ्कास्पद भएको, आफू प्रधानमन्त्री हुन लालायित भएकोले पार्टी अध्यक्षलाई सहयोग नगरेको, बारम्बार राष्ट्रिय सहमतिका नाममा पार्टी हितविपरीत गएको आरोप उहाँमाथि छ । स्रोतका अनुसार भारतीय नेता र दरबारिया तथा संसद्वादी दलका नेताहरूसँग भेट गरी पार्टी हितविपरीत निर्णय गर्न खोजेकोले भट्टर्राईलाई किन कारबाही नगर्ने भनी केन्द्रीय सदस्यहरूले आवाज उठाउन थालेपछि उहाँमाथि भित्रभित्रै कारबाहीको प्रक्रिया सुरु भएको हो ।
जारी केन्द्रीय समितिमा भट्टर्राईले फरक प्रतिवेदन पेस गर्नुभएपछि उहाँको निगरानी सुरु गरिएको छ । स्रोतका अनुसार प्रधानमन्त्री चुनावका बेलादेखि नै पार्टीले भट्टर्राईको निगरानी गर्न थालेको थियो । प्रधानमन्त्री निर्वाचनमा भट्टर्राईको गतिविधि शङ्कास्पद भएकोले निगरानी गर्न थालिएको हो ।
स्रोतका अनुसार अध्यक्ष प्रचण्डनिकट नेता वर्षमान पुन अनन्त भट्टर्राईलाई कारबाहीका लागि आन्तरिक पत्रको तयारीमा लागेका छन् । उपाध्यक्ष भट्टर्राईले विभिन्न सार्वजनिक कार्यक्रममा पनि पार्टी लाइनविपरीत सम्बोधन गरेको, पार्टीको सिद्धान्तलाई बंग्याएर प्रस्तुत गरेकोलगायतका आरोपहरू अनन्तले आफ्नो पत्रमा लगाएका छन् । स्रोतका अनुसार पुनले कारबाहीका लागि आवश्यक पर्ने विभिन्न सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्ति, उहाँका लेख, विभिन्न दलहरूसँग उहाँले गर्नुभएको भेटघाटलगायतका विषयलाई समेटी कारबाहीका लागि प्रमाणहरू जुटाइरहेका छन् ।
माओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष मोहन वैद्य किरण भने पार्टीमा एक भएका छन् । निकै लामो छलफलपछि उहाँहरू भट्टर्राईलाई कारबाहीका तयारी हुनुभएको स्रोतको दाबी छ । प्रचण्ड र वैद्यकै सल्लाहअनुसार पार्टीमा भट्टर्राईलाई भूमिकाविहीन बनाउन वैद्यले केन्द्रीय समिति बैठकमा फरक राजनीतिक प्रतिवेदन पेस गर्नुभएको हो । वैद्यले फरक राजनीतिक प्रतिवेदन पेस गर्दा बैठकमा तीनवटा प्रतिवेदन हुने र त्यसमा भट्टर्राई पक्षका नेताहरू सजिलै छुट्याउन सकिने प्रचण्ड र वैद्यको ठहर थियो ।
बैठकमा प्रतिवेदनमाथि छलफल हुँदा भट्टर्राईको पक्षमा धेरै सदस्य नदेखिएपछि उहाँलाई कारबाही गर्न थप सजिलो हुने वैद्यनिकट एक केन्द्रीय सदस्यको भनाइ छ । उनका अनुसार भट्टर्राईलाई कारबाही गर्दा पार्टीभित्र पर्न सक्ने असर तथा तिनको समाधान गर्ने उपायका बारेमा समेत अध्यक्ष प्रचण्डले आफूनिकट नेताहरूसँग छलफल अघि बढाउनुभएको छ ।

ठूलामाथि पनि छानबिनको माग
प्रधानमन्त्री निर्वाचनका साथै पार्टीको भावी कार्ययोजना तय गर्न आयोजित एमाले पोलिटब्युरो बैठकमा सभासद् डोलबाहदुर कार्कीको घुसकाण्डले निकै महत्त्व पाउने भएको छ । अखिल नेपाल किसान सङ्घका केन्द्रीय नेतासमेत रहेका कार्की प्रहरी निरीक्ष्ँकमा रोजगारी लगाउने भन्दै सर्वसाधारणबाट पैसा लिँदै गर्दा पक्राउ परेका हुन् । उनी अहिले अख्तियारको हिरासतमा छन् । स्रोतका अनुसार पोलिटब्युरो बैठकमा कार्कीलाई सभासद् पदबाट निलम्बन गर्नुपर्ने प्रस्ताव ओलीनिकट सदस्य विष्णु पौडेलले तयार पारेका छन् । सभासद्जस्तो व्यक्तिले पैसा असुल्नेजस्ता घटनाले एमालेको साख गिरेको र सभासद्को गरिमा घटेको भन्दै उनलाई पार्टी सदस्यबाटै निकाल्नुपर्नेसम्मको प्रस्ताव लैजाने तयारी भएको स्रोतको भनाइ छ । स्रोतका अनुसार कार्की एक्लैले सो कार्य गरेको नभई एमालेका वरिष्ठ नेताको समेत संलग्नता भएकोले त्यसबारे छानबिन हुनुपर्ने माग पनि चर्को रूपमा उठिरहेको छ । उपाध्यक्ष वामदेव गौतमका दाहिने हातका रूपमा रहेका कार्कीलाई गौतमले साथ दिएको हुनसक्ने भन्दै उनीमाथि पनि छानबिन हुनुपर्ने केही केन्द्रीय नेताहरूको आवाज छ । गौतमले पनि यसअघि गृहमन्त्री हुँदा सरुवा र बढुवामा व्यापक पैसाको लेनदेन गरेको र त्यतिबेला पनि सर्वसाधारणबाट पैसा असुलेको हुन सक्ने भन्दै कार्कीका विगतदेखि वर्तमानसम्मकै आर्थिक अवस्था र संलग्नताबारे अनुसन्धान हुनुपर्नेमा पौडेलनिकट नेताहरूको जोड रहेको छ । तर, अध्यक्ष खनालले भने यसबारे केही बोल्नुभएको छैन । उहाँले कार्कीको मुद्दालाई बैठकमा उठाउने भए पनि कारबाहीका बारेमा भने अख्तियारको छानबिनपछि मात्र टुङ्गो लगाउने बताउनुभएको छ ।
गृहमन्त्री भीम रावल पनि कार्कीकाण्डबाट अछुतो नरहेको र उनीविरुद्ध पनि थुप्रै उजुरी परेकोले छानबिन हुनुपर्ने माग एमाले केन्द्रीय सदस्यहरूले अघि सारेका छन् । उपाध्यक्ष गौतमनिकट एक केन्द्रीय सदस्यले भने, ‘गृहमन्त्रीले पनि प्रहरी प्रशासनमा अनियमितता गरेको रिपोर्ट आएको छ, त्यसलाई पोलिटब्युरो बैठकमा प्रस्तुत गर्न आग्रह गर्दै हामीसँग भएका डकुमेन्ट बैठकमा पेस गर्छौं ।’ स्रोतका अनुसार गृहमन्त्री रावलले प्रहरी सरुवा-बढुवामा अनियमितता गरेको रिपोर्ट एमाले सभासद् रिजवान अन्सारीले तयार गरेका छन् ।

महरा टेप प्रकरण छानबिन गर्न किन डरायो माओवादी –
एनेकपा माओवादीमा अत्यन्त भद्र नेताका रूपमा स्थापित कृष्णबहादुर महरा, जो कहिल्यै विवादमा पनि आउनुभएको थिएन, यसपटक नराम्रोसँग विवाद र सन्देहको भुमरीमा पर्नुभएको छ । मन्त्री बनेर पनि राजनीतिमा आफ्नो उचाइ बढाउन सफल अत्यन्त सीमित व्यक्तिमध्ये एक महरा निजी कारणले भन्दा पनि पार्टीले दिएको जिम्मेवारी पूरा गर्ने क्रममा यसरी विवादमा पर्नुभएको हो । संविधानसभाका कम्तीमा पचास सदस्यहरूलाई खरिद गर्न पचास करोड रुपैयाँबराबरको आर्थिक सहायता चिनियाँसँग माग गरिएको टेलिफोनवार्ताको रेकर्ड सार्वजनिक भएपछि महरा र माओवादी विवादमा आएको मात्र नभई नेपालमा चिनियाँ गतिविधि कसरी बढेको छ र सत्ताका लागि कतिसम्म घृणित क्रियाकलाप हुँदै छ भन्ने रहस्योद्घाटन पनि हुन पुगेको छ ।
साढे बाह्र मिनेट लामो टेलिफोनवार्ताको रेकर्ड सार्वजनिक भएपछि महराले आफ्नो र आफूसम्बद्ध पार्टीको चरित्र हत्या गर्ने प्रयास भनी खण्डन गर्नुभएको छ । तर, उहाँले सत्यतथ्य छानबिनको माग भने गर्नुभएको छैन । यदि उक्त संवाद महरा र चिनियाँ अधिकारीबीच भएको थिएन भने उहाँले अवश्य छानबिनको माग गर्न हिचकिचाउनुपर्ने थिएन । संवादमा सुनिने आवाज कृष्णबहादुर महराको भन्नेबारेमा शङ्का गरिरहनुपर्ने स्थिति छैन । स्वयम् महराले पनि उक्त आवाज आफ्नो नभएको बताउन सक्नुभएको छैन । संवादका क्रममा ‘दक्षिण’ लाई तटस्थ तुल्याउनुपर्ने उल्लेख गर्दै पन्ध्र-बीसजना सांसद ‘स्ट्याण्डबाई’ छन्, पचासजनाका लागि पचास करोड नेपाली रुपैयाँबराबरको सहयोग माग्नुहुने महराको उक्त आवाज नक्कली थियो भने उहाँले आफ्नो ‘स्वर जाँच’का लागि पहल सुरु गर्न सक्नुपर्दथ्यो । महराले ‘भ्वाइस टेस्ट’ गरियोस्सम्म पनि भन्न सक्नुभएको छैन । बरु तीर भारतीय राजदूतावासतर्फ सोझयाएर आफूहरूलाई
पानीमाथिको ओभानो तुल्याउने प्रयास माओवादीका तर्फबाट भइरहेकोे छ । यस सम्बन्धमा सरकारले समेत छानबिनमा चासो नलिनु आर्श्चर्यजनक एवम् दुःखद् विषय हुन पुगेको छ ।
कृष्णबहादुर महरा माओवादीको विदेश विभाग प्रमुख हुनुहुन्छ र उहाँ चीनको अत्यन्त निकटका व्यक्तिका रूपमा चिनिनुहुन्छ । एक महिनाअघि नारायणकाजी श्रेष्ठको नेतृत्वमा चीन भ्रमणमा जानुभएका महरासँग खुलेर कुराकानी गर्न चिनियाँहरूले अप्ठ्यारो मानेपछि चीन पुगेको भोलिपल्टै प्रचण्डले नारायणकाजी श्रेष्ठलाई कुनै वहानामा नेपाल बोलाएर महरा र चिनियाँलाई सजिलो तुल्याइदिनुभएको थियो । ज्ञातव्य छ, चिनियाँहरू महरासँग जसरी खुलेर कुराकानी गर्न सक्छन् नारायणकाजी श्रेष्ठसँग सक्दैनन् । प्रचण्डपुत्री रेणुसहित संलग्न माओवादी नेताहरूको भ्रमणलाई त्यसबेला रहस्यमयी मानिएको थियो । कृष्णबहादुर महराको पछिल्लो समयमा चिनियाँहरूसँग विशेष घनिष्टता बढेको छ । संर्घाईबाट चिनियाँ भाषामा प्रकाशित हुने वेन हर्ुइ वाओ नामक दैनिक पत्रिकाको संवाददाताका रूपमा विगत साढे ६ वर्षदेखि काठमाडौंमा रहँदै आएका मिष्टर छेनसँगको महराको मित्रता विशेष रहस्यमयी मानिन्छ । मिष्टर छेन चिनियाँ गुप्तचर भएको विश्वास गरिन्छ, त्यसैले उनी चिनियाँ राजदूतभन्दा शक्तिशाली मानिन्छन् पनि । एमालेकार् इश्वर पोखरेल र नयाँ माओवादीका नेता मातृका यादवसँग पनि निज गुप्तचरको घनिष्ट सम्बन्ध रहेको छ । स्मरणीय छर्,र् इश्वर पोखरेल पाकिस्तानी र चिनियाँहरूसँगको यस्तै रहस्यमयी सम्बन्धका कारण अहिले प्रजातान्त्रिक गठबन्धनको सरकार बन्न नदिन विशेष रूपले खटिएका छन् । महराको मिष्टर छेनबाहेक नेपालमा ठेक्कापट्टा र अन्य विभिन्न नाममा खोलिएका चिनियाँ कम्पनीसम्बद्ध मानिसहरूसँग पनि घनिष्टता रहेको छ । यसरी देशको जिम्मेवार पार्टीका नेताको भूमिका सन्देहास्पद हुँदा र देशको सरकार बनाउनसमेत चीनसँग आर्थिक सहयोग मागेको तथ्य सार्वजनिक हुँदासमेत सरकार तथा जनता मौन रहनुले अर्को आर्श्चर्यको स्थिति पैदा गराएको छ । कतिले प्रश्न गरेका छन्- ‘यदि महराको जस्तै प्रसङ्ग अमेरिका या भारतसँग जोडिएको भए राष्ट्रियताका नाममा यो देशमा कति ठूलो हङ्गामा सिर्जना गरिन्थ्यो होला – माओवादी र चाइनाको प्रसङ्ग भएको हुनाले वामपन्थी तथा अन्य कथित राष्ट्रवादीहरूले यस घटनाको विरोध गर्न आवश्यक ठानेका छैनन् । २०५३/०५४ सालतिर सरकार ढाल्ने र बनाउने नाममा भएका सुरा, सुन्दरी र सांसद खरिद-बिक्री काण्डलाई पनि बिर्सा यस घटनाका बारेमा सत्यतथ्य छानबिन गरी जनतालाई जानकारी गराउने र भविष्यमा यसप्रकारका घटना हुन नदिने स्थिति बनाउन सरकारले विशेष तत्परता लिन आवश्यक देखिएको छ ।
यसैबीच प्राप्त अर्को एक समाचारअनुसार आगामी शनिबार -भदौ २६ गते) इतिहासमै सबैभन्दा ठूलो टोली लिउर चिनियाँ कम्युनिस्ट पार्टीको एक प्रतिनिधिमण्डल नेपाल आउने भएको छ । पार्टीको स्थायी समिति सदस्य र केन्द्रीय अनुशासन आयोगका सचिवसमेत रहनुभएका उपप्रधानमन्त्रीसरहका नेता हे योङको नेतृत्वमा नेपाल आगमन गर्ने टोली तर्ेइस -२३) सदस्यीय हुने बुझिएको छ । भनिन्छ, चिनियाँ -राजनीतिक) प्रतिनिधिमण्डलको यति ठूलो टोली अहिलेसम्म नेपाल आएकै थिएन । महरा टेप काण्ड भएको दुई साताभित्रै आउन लागेको उक्त टोलीले माओवादीको मागबमोजिम पचास करोड रुपैयाँ लिएर आउने हो कि होइन सो भने स्पष्ट हुन सकेको छैन । तर, योङको भ्रमणले माओवादीमा आत्मविश्वास र उत्साह वृद्धि गर्ने विश्वास भने गरिएको छ ।

‘चट्टान’ माथि ‘घन’ बज्रिने
एमालेकै कारण मुलुकले नयाँ प्रधानमन्त्री नपाएको भन्ने चौतर्फी आरोप लागिरहेको भए पनि एमाले अध्यक्ष झलनाथ खनाललाई त्यसले कुनै प्रभाव पारेको छैन । दलहरूबीच राष्ट्रिय सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्नुको विकल्प नभएको भन्दै पार्टी बहुमतीय खेलमा नफस्ने अडानमा कायम खनाल भोलि बिहीबारदेखि तय गरिएको पोलिटब्युरो बैठकको एजेण्डा तय गर्न गोप्य छलफलमा जुट्नुभएको छ ।
प्रधानमन्त्री निर्वाचनमा तटस्थ बस्ने निर्णयमा पुनरि्वचार गर्न खनाललाई चौतर्फी दबाब परेको छ । एमाले उच्च नेताका अनुसार खनाललाई तटस्थ बस्ने निर्णय फितर्ँ लिएर माओवादी वा काङ्ग्रेस कुनै एकलाई मतदान गर्न पार्टीभित्र तथा बाहिरबाट चर्को दबाब परेको छ । तर, खनालले राष्ट्रिय सहमतिलाई लत्याएर बहुमतीय प्रणालीमा जाँदा आफ्नो र पार्टीको प्रतिष्ठामा आँच आउने भएकोले कुनै पनि अवस्थामा अहिलेको निर्वाचन प्रणालीमा सहभागी हुन नसक्ने अडान दोर्‍याउँदै आएका छन् । उनले पोलिटब्युरो बैठकमा पनि पार्टी प्रधानमन्त्री निर्वाचनमा तटस्थ नै बस्ने एजेण्डालाई नै पुनः अघि सार्ने भएका छन् ।
पार्टीका प्रभावशाली नेता केपी शर्मा ओलीले अध्यक्ष खनाललाई तटस्थताको अडान त्याग्न दबाब दिँदै निर्धारित मितिभित्र नयाँ संविधान र शान्तिप्रक्रिया निष्कर्षमा नपुगे त्यसबाट उत्पन्न हुने समस्याको दोष पार्टी अध्यक्षले लिनुपर्ने चेतावनीसमेत दिएको एमालेका एक उच्च नेताको भनाइ छ । नेता ओलीले पार्टी अध्यक्ष कसैको इसारामा चलेको आरोप लगाउँदै आफू प्रधानमन्त्री हुन एमालेलाई अनिर्णयको बन्दी बनाएको आरोपसमेत लगाउनुभएको छ । उहाँले बैठकमा पार्टी तटस्थ बस्ने निर्णय बदल्न दबाब पुग्ने गरी प्रस्तुत हुन आफूनिकट पोलिटब्युरो सदस्यहरूलाई निर्देशन दिनुभएको बुझिएको छ ।
अध्यक्ष खनालले दुई महिना बित्न लाग्दा पनि एमालेले आफ्नो एजेण्डाबारे अन्य दलहरूलाई विश्वासमा ल्याउन नसकेको र मुलुकलाई अनिर्णयको बन्दी बनाएकोले तत्काल उपयुक्त निकास दिनुपर्ने ओलीको भनाइ छ । नेता ओलीलाई प्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता माधवकुमार नेपालले साथ दिनुभएको छ । तर, ओलीको पक्षमा खुलेर भने उहाँ लाग्नुभएको छैन ।
नेता ओलीलेे पोलिटब्युरो बैठकबाट पार्टीलाई नयाँ दिशामा लैजाने भन्दै पार्टीको तटस्थ बस्ने निर्णय बदल्ने दाबी गर्नुभएको छ । तर, अध्यक्ष खनालले केन्द्रीय कमिटीबाट मात्र प्रधानमन्त्री चुनावबारे नयाँ निर्णय लिन सक्ने बताउनुभएको छ । खनालको भनाइ छ, ‘राष्ट्रिय सहमतिका लागि एमाले नेतृत्वमा रहेको सरकारले राजीनामा दिएको हो, त्यसैले कसैलाई बहुमत पुर्‍याउने खेलमा एमाले सहभागी हुँदैन ।’ दिल्लीमा स्वास्थ्य परीक्षण गरी फर्केलगत्तै नेता ओलीले छैटौं चरणको निर्वाचनपछि पार्टी निरीह भएर तटस्थ नबस्ने बताउनुभएको थियो । तर, सातौँपटकको निर्वाचनमा समेत एमालेले पुरानै अडान कायम राख्ने निर्णय गर्‍यो । नेता ओलीले पार्टी नेतृत्व रमिते भएको र माओवादीको इसारामा चलेको आरोप लगाउँदै आउनुभएको छ ।
अबको एमाले बैठकमा ‘चट्टान’झैं बाटो छेकेर बसिरहनुभएका झलनाथ खनालमाथि प्रधानमन्त्री माधव नेपाल र नेता केपी ओलीले ‘घन’ चलाउनुहुने विश्वास गरिएको छ ।
एमालेको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्न नसके ठूलो दलको हैसियतमा माओवादीको नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने खनालको भनाइ छ । यसमा उहाँलाई उपाध्यक्ष वामदेव गौतमले राम्रो साथ दिनुभएको छ । खनालनिकट एक नेताका अनुसार पार्टीले माओवादीलाई सहयोग गर्ने प्रस्ताव बहुमतले पारित गरे एमालेले आफ्नो तटस्थ बस्ने निर्णयमा समेत पुनरि्वचार गर्न सक्छ । तर, काङ्ग्रेसलाई कुनै पनि हालतमा सहयोग नगर्ने र काङ्ग्रेस नेतृत्वमा बन्ने प्रभानमन्त्री पनि स्वीकार नगर्ने खनालको अडान छ ।

‘पार्टीमा घाउ लगाउने काम नहोस्’
नेपाली काङ्ग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले आफू सदस्य पदमा उम्मेदवारी दिने निर्णय गर्दै सभापति पदका प्रत्याशी शेरबहादुर देउवालाई समर्थन गर्नुभएपछि काङ्ग्रेसभित्र हलचल पैदा भएको छ । यस घटनाबाट सुशील कोइरालालाई सभापति र खुमबहादुर खड्कालाई महामन्त्रीको रूपमा हेर्न चाहने पङ्क्ति निराश हुन पुगेका छन् । माओवादीका कटु आलोचक एवम् पार्टीलाई माओवादी प्रभावबाट मुक्त गर्न क्रियाशील खड्काले सभापतिमा देउवा तथा महामन्त्री र कोषाध्यक्षमा क्रमशः विमलेन्द्र निधि र चित्रलेखा यादवलाई समर्थन गर्ने हुनुभएपछि पार्टीका एकथरी कार्यकर्ता निराश भए पनि अर्कोथरीमा भने धेरै ठूलो उत्साह पैदा गरेको छ । देउवालाई सभापति बनाउन चाहने कार्यकर्ताहरू खड्काको साथ पाएपछि यति उत्साही भएका छन् कि अब देउवाले चुनाव जित्ने कुरामा उनीहरू ढुक्क हुन पुगेका छन् । धेरै लामो समयदेखि खड्का र देउवा एकै ठाउँमा भनी प्रचार हुँदै आएको भए पनि धेरैलाई त्यस्तो प्रचारमा विश्वास थिएन । अन्ततः सुशील कोइरालालाई सभापतिमा समर्थन गर्दै आफू महमन्त्रीको उम्मेदवार बन्नुहुने अनुमान आमकाङ्ग्रेस कार्यकर्ताको थियो । एक सूत्रले जनाएअनुसार खुमबहादुर खड्का सुशील कोइरालासँगै मिलेर जाने पक्षमा हुनुहुन्थ्यो र एउटा दर्बिलो टिम बनाएर अघि बढ्नका लागि खड्काले कोइरालासँग अनेकौंपटक भेटघाट तथा छलफल गर्नुभएको पनि थियो । तर, अत्यन्त सरल नेता सुशीलको वरिपरि रहेका केही जटिल व्यक्तिहरू खड्का र कोइरालाबीच बाधक बनेर तेरि्सए । खासगरी बितेका करिब पाँच वर्षअघिदेखि काङ्ग्रेसमा रहेर पनि माओवादीका निम्ति काम गर्ने भनी आरोप लाग्दै आएका कृष्ण सिटौलाले सुशील र खड्काबीचको सम्बन्धमा अड्चन पैदा गरेको बताइन्छ । आफू महामन्त्री बन्न इच्छुक सिटौलाले गिरिजाप्रसाद कोइरालाको पालामा पनि खड्काविरुद्ध असङ्ख्य भूमिका निर्वाह गर्नुभएको थियो । संविधानसभाको निर्वाचनको समयमा खुमबहादुर खड्कामाथि दाङमा भएको साङ्घातिक हमलामा पनि सिटौलाको संलग्नता रहेको बताइन्छ । खड्का र सुशील एकै ठाउँमा हुँदा आफ्नो राजनीतिक भविष्य सङ्कटमा पर्ने ठानेर सिटौलाले न्वारानदेखिको बल निकाली कोइराला र खड्कालाई एक हुन नदिएको चर्चा अहिले काङ्ग्रेसभित्र चल्न थालेको छ । सुशील कोइराला एक निष्ठावान, इमानदार, समर्पित र बीपीवादी नेता जो माओवादीसँगको प्रश्नमा कहिल्यै डगमगाउनुभएको छैन । गिरिजाप्रसाद कोइरालालाई अलमल्याउन सफल माओवादीले सुशील कोइरालालाई भने छल्न या झुक्याउन सकेका थिएनन् । एक दृढ र निष्ठावान नेता सुशील र खुमबहादुर खड्काजस्ता जुझारू एवम् कार्यमुखी नेताबीच समन्वय हुँदा माओवादीलाई धेरै ठूलो क्षति पुग्ने ठानेर हुनसक्छ, सिटौलालगायत केही तगारो बनेर उभिए । परिणामस्वरूप खुमबहादुर खड्का शेरबहादुर देउवासँग समझदारी बनाएर अघि बढ्न बाध्य हुनुभएको छ । एउटा विशेष उपस्थितिमा शेरबहादुर देउवासँग समझदारी बनाएर अघि बढ्नुपरेको भए पनि नेता सुशील कोइरालाप्रतिको सम्मानमा आफ्नो कुनै कमी नहुने विश्वास खुमबहादुर खड्काले प्रकट गर्नुभएको छ । खड्काको भनाइ छ, ‘मेरो अबको भूमिका सभापतिको उम्मेदवार बन्नुभएका नेताहरूबीच समझदारी र समन्वयको वातावरण बनाउनु पनि हुनेछ ।’ घटना र विचारसँगको सङ्क्षिप्त भेटमा उहाँले भन्नुभयो, ‘सुशील कोइरालाजी निर्वाचनमा पराजित हुनुहुँदा पनि पार्टीमा उहाँको स्थान उच्च रहनेछ । सबै साथीहरूको साझा थलोको रूपमा काङ्ग्रेसलाई राख्न देउवाजीको भूमिका फराकिलो हुने विश्वास मैले लिएको छु । यो पार्टीमा कसैलाई काखा र कसैलाई पाखा गर्न अब दिइने छैन ।’
० तपाईं अचानक देउवालाई साथ दिने निष्कर्षमा पुग्नुभयो, किन –
– म सुशील कोइराला र शेरबहादुर देउवा दुवै नेताहरूसँग निरन्तर छलफलमा थिएँ । माओवादीहरूको यति ठूलो दबदबा रहेको यस घडीमा पार्टीलाई कसरी सुदृढ, दर्बिलो र गतिशील तुल्याउन सकिन्छ भन्ने मेरो चिन्ता हो । यही चिन्ताका बीच म देउवाजीको पक्षमा उभिनुपर्ने अवस्था आएको हो । निर्वाचनका क्रममा एउटाको पक्ष लिनु स्वाभाविक भए पनि अस्वस्थ पक्षधरताको स्थिति पार्टीमा रहनुहुँदैन भन्ने मेरो मान्यता छ । मेरो पहिलो कर्तव्य पार्टीलाई अतिवादीहरूका हरेक चुनौतीसँग सामना गर्नसक्ने अवस्थामा पुर्‍याउनु हो भने त्यसपछि पार्टी एकतालाई सुदृढ तुल्याउनु मेरो अर्को कर्तव्य हो । पार्टी एकीकरण भएको लामो समय भइसक्दा पनि अनेकताका अवशेषहरू जीवित रहनु दुःखद् कुरा हो, म त्यस्ता अवशेषहरू मेट्न चाहन्छु । देउवालाई मेरो समर्थन सामूहिक नेतृत्व प्रणालीलाई संस्थागत तुल्याउन र दर्बिलो नेतृत्व स्थापित गर्नका लागि हो ।
० अब सभापतिमा देउवा विजयी हुन सक्नुहोला त –
– सबैलाई समेटेर अघि बढ्ने विश्वास साथीहरूलाई दिलाउन सक्नुभयो भने देउवाजी विजयी नहुने कुरै छैन । देउवामा सबैलाई समेट्न सक्ने क्षमता देख्छु म । सबैको साथ भयो भने माओवादीलाई ठीक ठाउँमा ल्याउनसक्ने सामर्थ्य पनि उहाँले राख्नुहोला जस्तो लाग्छ मलाई । सुशील कोइरालाज्यूको धेरै कुराहरू राम्रो भए पनि अहिलेको अवस्थामा सुदृढ नेतृत्वको आवश्यकता भएकोले हाम्रो प्राथमिकतामा देउवा पर्नुभएको हो । माओवादीसँग भिड्न सक्ने सामर्थ्य पार्टीमा विकास हुनुपर्छ भन्ने आमकार्यकर्ताको चाहना छ, जुन चाहनाअनुरूप पार्टीलाई अघि बढाउन सकिन्छ भन्ने विश्वास मलाई छ । त्यसैले साथीहरूको छनोटमा देउवा नै पर्नुहुने ठान्दछु ।
० पार्टीमा अहिले पनि प्रजातान्त्रिक र संस्थापन भन्ने भावना देखिँदै छ नि †
– पार्टी एकीकरण भइसकेपछि त्यस्तो भावनाको पनि विर्सजन भइसकेको छ । अहिले पनि पार्टीमा कोही प्रजातान्त्रिक र संस्थापनको भावना-धारणा राख्छन् भने ती काङ्ग्रेसका शत्रु हुन् या मित्र छुट्याउनुपर्ने हुन्छ । हाम्रो एउटै पार्टी छ- नेपाली काङ्ग्रेस । यहाँ छुट्याएर बुझनेहरूको नियतलाई सफा मान्न सकिँदैन । काङ्ग्रेसका आमकार्यकर्ता घुलमिल भइसकेका छन् । कार्यकर्ताबाट टाढिएका कसै-कसैले टेक्ने-समाउने ठाउँ नपाएर संस्थापन र प्रजातान्त्रिक भनिने काल्पनिक लहराको सहारा लिएका हुनसक्छन् । यस्ता व्यक्तिहरूबाट आमकाङ्ग्रेस कार्यकर्ता सचेत रहन जरुरी छ ।
० तपार्इंको उम्मेदवारी के मा – सदस्यमै हो –
– साथीहरूसँग छलफल चलिरहेको छ । मेरो उम्मेदवारी अहिलेलाई केन्द्रीय सदस्यमै हो ।
० केन्द्रीय सदस्यमै लड्न त देउवासँग सम्झौता गर्नुपथ्र्यो र –
– मैले केन्द्रीय सदस्य बन्नका लागि देउवाजीसँग समझदारी बनाएको होइन, पार्टीका आमसाथीहरू नेतृत्वमा मेरो पनि स्थान होस् भन्ने चाहनुहुन्छ । देउवा मात्र होइन, सुशील कोइरालाज्यू पनि मेराप्रति सकारात्मक हुनुहुन्छ । चुनाव हुने भएपछि उम्मेदवार हुन्छन्, उम्मेदवारहरू भएपछि को कता, कोही कता त लागिहाल्छन् । मेरो सुशीलज्यूसँग समझदारी भएको भए पनि कतिपयको ‘तपाईं किन देउवापटि्ट नलाग्नुभएको’ भन्ने प्रश्न हुनसक्थ्यो । प्रजातान्त्रिक पार्टीमा यस्ता कुराहरूलाई सामान्य रूपमा लिइनुपर्छ । पार्टीलाई घाउ लाग्ने गरी कसैले पनि चुनाव या कुनै पनि गतिविधि गर्न मिल्दैन र पाइँदैन पनि । एउटा सशक्त टिम बनोस् र साथीहरूमा उत्साह जागोस् भनेर मैले यसप्रकारको निर्णय लिएको हुँ । पार्टीका सबै साथीहरूलाई समेट्न सकेनन् र कसैलाई काख र कसैलाई पाखा पार्न खोजियो भने म नेताहरूलाई खबरदारी गर्नेछु ।

उम्मेदवारी दिन अभूतपूर्व उत्साह
नेपाली काङ्ग्रेसको बाह्रौं महाधिवेशनमा शेरबहादुर देउवाले सभापतिमा, विमलेन्द्र निधिले महामन्त्रीमा र चित्रलेखा यादवले कोषाध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा भएको छ भने अब यसै साताभित्र सुशील कोइरालालगायतका नेताहरूले पनि आफ्नो उम्मेदवारी घोषणा गर्ने तयारी भएको छ । सभापति पदमा कोइरालाको उम्मेदवारी निश्चित भए पनि महामन्त्री र कोषाध्यक्षमा भने क-कसको उम्मेदवारी रहने भन्ने निश्चित भइसकेको छैन । महामन्त्रीमा प्रकाशमान सिंह, डा. रामशरण महत, अर्जुन नरसिंह केसी र सुजाता कोइरालाले इच्छा राख्नुभएको भए पनि सुशील कोइराला प्रकाशमान सिंहलाई महामन्त्रीको एक्लो उम्मेदवार बनाउन चाहनुहुन्छ । तर, सुजाता कोइराला आफू गिरिजाप्रसाद कोइरालाको छोरी भएको हुनाले पनि आफू महमन्त्रीको ‘एक्लो’ उम्मेदवार बन्न पाउनुपर्ने दावी गर्दै हुनुहुन्छ । महामन्त्री पदका लागि भइरहेको प्रतिस्पर्धाले सभापतिका उम्मेदवारहरू सुशील कोइरालालाई निकै अप्ठ्यारो परिरहेको छ । तर, अब यस्तो अवस्था धेरै दिन नरहने बताइएको छ । कोषाध्यक्ष पदमा भने रामचन्द्र तिवारी या तर्राईका कुनै नेतालाई उठाउने सोच बनेको बुझिएको छ ।
काङ्ग्रेस केन्द्रीय समितिमा पाँच दर्जन बढी सदस्यहरू निर्वाचनद्वारा चयन हुने भएपछि यसपटक केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन सैयुँ व्यक्तिहरू अग्रसर भएका छन् । खुलातर्फको पच्चिस सीटमा नेपाली काङ्ग्रेसका नेताहरू खुमबहादुर खड्का, तारानाथ रानाभाट, रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, ओमकारप्रसाद श्रेष्ठ, विपिन कोइराला, कुलबहादुर गुरुङ, चक्र वास्तोला, दीपकुमार उपाध्याय, डा. नारायण खड्का, पूर्णबहादुर खड्का, डा. मिनेन्द्र रिजाल, चिरञ्जीवी वाग्ले, बलबहादुर केसी, बालकृष्ण खाण, प्रकाशशरण महत, शशांक कोइराला, शेखर कोइराला, गोविन्दराज जोशी, लक्ष्मणप्रसाद घिमिरेले उम्मेदवारी दिनुहुने भएको छ । पच्चिस सिटका लागि हुने निर्वाचनमा चन्द्र भण्डारी, हरि अधिकारी, देवप्रकाश त्रिपाठी, एनपी साउद, केशवराज कँडेल, गगन थापा, विनयध्वज चन्द, गोविन्द भट्टर्राई, सुनिल भण्डारी, गोपाल पहाडी, रामकृष्ण ताम्राकार, प्रदीप पौडेल, कुमार रेग्मी, गुरु घिमिरे, अर्जुन खड्का, शुक्रराज शर्मा, बलदेव शर्मा मजगैया, रमेश लेखक, ज्ञानेन्द्र कार्की, शंकर भण्डारी, दिलबहादुर घर्ति, ध्रुव अधिकारी, होमनाथ दाहाल, महेश आचार्य आदिले पनि उम्मेदवारी दिनुहुने बुझिएको छ ।
त्यसैगरी अञ्चलबाट उम्मेदवारी दिनुहुनेहरूमा मेचीबाट विश्वप्रकाश शर्मा, दीपकप्रकाश वास्कोटा, बेनुप प्रसाइँ, सुरेन्द्र तिम्सीना, सुधिर शिवाकोटी र केशवकुमार बुढाथोकी, कोशीबाट अजितनारायण सिंह थापा, बसन्त भट्टर्राई, उमेशजंग रायमाझी, आमोद उपाध्याय, शम्भु पोखरेल, दिलिप सापकोटा, रामबहादुर बस्नेत, अशोक कोइराला र हरि अधिकारी, सगरमाथाबाट बालाराज कार्की, मित्रसेन दाहाल, रामहरि खतिवडा र शिव बस्नेत, जनकपुरबाट लक्ष्मणप्रसाद घिमिरे, आनन्द ढुंगाना, उज्ज्वल बराल, रामचन्द्र तिवारी, शिवबहादुर खड्का र देवीप्रसाद न्यौपाने, नारायणीबाट शेषनाथ अधिकारी, शोभाकर पराजुली, माइकल रामचन्द्र अर्याल, तिर्थ खनियाँ र दिनेश कोइराला, वागमतिबाट इन्द्रमणी अधिकारी, मधुप्रसाद आचार्य, रमेशप्रसाद धमला, लोकेश ढकाल, धु्रव अधिकारी, चिरञ्जिवीनिधि तिवारी र नविन्द्रराज जोशी, गण्डकीबाट सुरेन्द्र पाण्डे, चीनकाजी श्रेष्ठ, डिकेन्द्र कँडेल, रघुनाथ पौडेल, खगेन्द्र रेग्मी, देवराज चालिसे, जीवनपे्रम श्रेष्ठ, ठाकुर पुडासैनी र सोभियत अधिकारी, लुम्विनीबाट त्रैलोक्यप्रताप सेन, गोकर्ण पौडेल, महेन्द्रध्वज जिसी, राजनप्रसाद पन्त, कृष्णचन्द्र नेपाली, हरि नेपाल र भरत शाह, धवलागिरीबाट हरि आचार्य, अर्जुन जोशी, मणिभद्र शर्मा कँडेल र रोमी गौचन, भेरीबाट हृदयराम थानी, शिवराज जोशी, किशोर सिंह राठौर, महेन्द्र शर्मा, गणेशबहादुर खड्का, मुक्ति आचार्य र शिवराज जोशी -सर्ुर्खेत), राप्तीबाट माधव आचार्य, दीपक गिरी, कृष्णकिशोर घिमिरे, ध्रुव पुरी, सुरेन्द्र हमाल र लेखनाथ आचार्य, सेतीबाट नरेशबहादुर सिंह, गोविन्द शाह, अर्जुनजंगबहादुर सिंह, डा. रणबहादुर रावल, दर्ीघराज भाट, हेम रावल, देवराज जोशी र बलबहादुर कुँवर, कर्ण्ाालीबाट जीवनबहादुर शाही, दीनबन्धु श्रेष्ठ, हस्तबहादुर मल्ल र तिलक न्यौपाने, महाकालीबाट रमेश लेखक र दिलेन्द्र बडु उम्मेदवार बन्नुहुने भएको छ । त्यसैगरी आदिवासी जनजातिमा गमप्रसाद गुरुङ, कर्मा छिरिङ्ग शर्ेपा, जीप छिरिङ्ग लामा, पूर्णकुमार शर्ेमा, भिष्मराज आङ्दम्वे, इन्द्रबहादुर गुरुङ, सुशीलमान शेरचन, ङमिा ग्याल्जेन शर्ेपा, सीवी लामा, विनोदकुमार गुरुङ, नरेन्द्र गुरुङ, ध्यानगोविन्द रञ्जित, धनराज गुरुङ, दर्ुगाबहादुर राना, आनन्द सन्तोषी र्राई, विनोद र्राई, नविन चित्रकार, कुमार र्राई, विनोद गुरुङ, अमर पुन, पे्रमराज र्राई, मोहन र्राई, दिलमान पाख्रिन, पाल्तेन गुरुङ र र्सर्ूयमान गुरुङ तथा महिलामा सीता गुरुङ, लक्ष्मी र्राई, सुवर्ण ज्वारचन, महेन्द्र सुब्बा, बुद्धलक्ष्मी लामा, ममता थेवे, कृष्णा अमात्य, रत्ना शेरचन, दिलकुमार र्राई र प्रमिला र्राई, दलितमा विजुल विश्वकर्मा, हरि गान्धारी, मानबहादुर विश्वकर्मा, स्थिरबाबु परियार, हरिशरण नेपाली, शम्भु हजारा पासवान, जोगेन्द्र विश्वकर्मा, मीन विश्वकर्मा, विजल विश्कर्मा, हरि गान्धारी, मानबहादुर विश्वकर्मा र विजय विश्वकर्मा तथा महिलामा राजन विक, आशा विक, लक्ष्मी परियार, सुजाता परियार, कविता सरदार, मधेशीमा दुर्योधन सिंह चौधरी, वीरेन्द्र कनौडिया, सुरेन्द्रप्रसाद चौधरी, स्मृतिनारायण चौधरी, पद्मनारायण चौधरी, अजय चौरसिया, अजय द्विवेदी, शिवचन्द्र मिश्र, रामकृष्ण यादव, राकेश सिंह, सुशील नहाटा, सुरेन्द्र सिंह, उमाकान्त चौधरी, सीताराम मेहता, महादेव गुप्ता, जितेन्द्र महतो, जयप्रकाश मल्लिक र रामकुमार चौधरी, मधेशी महिलामा किरण यादव र मिनाक्षी झा, मुस्लिममा अब्दुल सतार, फर्मूल्लाह मन्सुर, हाजिनशिवदिन मिया, आफ्ताव आलम र मुख्तार अहमद, महिलामा रिता खनाल, उमा रेग्मी महालक्ष्मी डीना उपाध्याय, अम्विका बस्नेत, मिना पाण्डे, सुप्रभा घिमिरे, प्रसिस महरा, कमला पन्त, कल्याणी रिजाल, पुष्पा भुसाल, जया पाठक, सरिता प्रसाइँ, अनिता देवकोटा, इन्द्र कार्की, निर्मला प्रसाइँ, चेतकुमारी दाहाल, उर्मिला केसी, विना पौडेल, कान्त रिजालर्,र् इश्वरी, न्यौपाने, उमा दाहाल, डिला संग्रौला, शारदा पौडेल, रुक्मिनी कोइराला र शान्त शर्मा उम्मेदवारका रुपमा चर्चामा आउनुभएको छ ।

चुनाव प्रचार गर्न एफएम
गौर । रौतहटका राजनीतिक दलका नेताहरूमा एफएम रेडियो सञ्चालन गर्ने होड चलेको छ । राजनीतिक दलका नेताहरूले सञ्चालन गरेका एफएम रेडियोहरूले स्वीकृत क्षमताभन्दा बढी ट्रान्समिटर जडान गरेर सञ्चार मन्त्रालयको नियमसमेत मिचेका छन् । यहाँका केही एफएम रेडियोले सामुदायिक एफएमको नाम दिए पनि व्यावसायिक मुनाफामा सञ्चालित रहेका छन् । जसको कारण सरकारी राजस्वसमेत चुहावट भइरहेको छ ।
मन्त्रालयबाट अनुमति पाएभन्दा बढी क्षमताको ट्रान्समिटर जडान गरेर सदरमुकाम गौरमा रहेका एफएम रेडियोहरूले नियम मिचेका छन् । गरुडा बजारमा रहेको मधेस जनआवाज एफएफले स्थान र नामसमेत आफूखुसी परिवर्तन गरेको जिल्ला हुलाक कार्यालयले जनाएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयले ०६७ जेठ ६ गते श्री संस्कृति ट्रस्ट -गुठी) अर्न्तर्गत रेडियो संस्कृति लाई ९८ दशमलव २ मेगाहर्जमा प्रसारण गर्न पाँच सय वाटको अनुमति दिए पनि सो एफएममा एक हजार वाट क्षमताको ट्रान्समिटर जडान गरिएको स्थानीय पत्रकार रवीन्द्र साहले बताए । उक्त एफएम सदरमुकाम गौरको ८ नम्बर वडामा सञ्चालन अनुमति भए पनि वडा नम्बर ५ मा सञ्चालनमा रहेकोसमेत साहले बताए । उता सो एफएमका पत्रकार प्रेमचन्द्र झाले आफ्नो एफएमले त्यसो नगरेको बताए ।
यस्तै सामुदायिक अभियान तथा जनउत्थान केन्द्रले सखुअवा गाविसमा सञ्चालन अनुमति लिए पनि नाम र स्थान परिवर्तन गरी मधेस जनआवाजको नामले विगत एक वर्षदेखि गरुडा बजारबाट सञ्चालनमा आएको छ । मन्त्रालयको अनुगमन नहुँदा एफएम रेडियोहरूले क्षमता थप्ने काम गरेको आरोप स्थानीय बासिन्दाले लगाएका छन् ।
रेडियो ऐन, २०१४ तथा रेडियो सञ्चार लाइसेन्स नियमावली २०४९ अनुरूप एफएम सञ्चालन गर्न लाइसेन्स लिनुपर्ने हुन्छ । मन्त्रालयको प्रिmक्वेन्सी व्यवस्थापनले एफएम प्रसारण गर्दा राष्ट्रिय प्रसारण ऐन २०४९ तथा राष्ट्रिय प्रसारण नियमावली, २०५२ एवम् निजी क्षेत्रका एफएम प्रसारणसम्बन्धी निर्देशिका २०६० को पूर्ण रूपमा पालना हुनुपर्ने जनाएको छ
जिल्ला हुलाक कार्यालयका प्रमुख प्रेमलाल झाले जिल्लामा ६ वटा एफएम सञ्चालन गर्न अनुमति पाएको जानकारी दिए । सदरमुकाम गौरमा रहेको रौतहट एफएम प्रधानमन्त्री माधवकुमार नेपालका सभासद् सल्लाहकार रेवन्त झा को हो भने संस्कृति एफएम सद्भावना पार्टीका महासचिव तथा सभासद् अनील झाको हो । त्यस्तै गरुडामा रहेको मधेस जनआवाज एफएम माओवादीका नेता प्रभु साहको लगानीमा सञ्चालन भएको हो । चन्द्रनिगाहपुरमा सञ्चालनमा आउन लागेको नुनथर एफएममा समेत एमालेका केही नेताको लगानी रहेको बताइएको छ । सो एफएमको अध्यक्षमा एमाले रौतहटका अध्यक्ष रामकुमार भट्टर्राई रहेका छन् । सदरमुकाम गौरमा सञ्चालन हुन लागेको ज्योति एफएममा केही माओवादीका स्थानीय नेताको लगानी रहेको बुझिएको छ ।
राजनीतिक दलका नेताहरूले यसरी धमाधम एफएम रेडियोमा लगानी गर्नुले यहाँको सञ्चार जगत्लाई नै बिगार्ने स्थानीय सञ्चारकर्मी मनोज तिमल्सिना बताउँछन् । चुनावी प्रचारप्रसारका लागि समेत नेताहरूले एफएम रेडियोमा लगानी गरेको बताइएको छ । राजनीतिक पहुँच भएकाहरूले खोलेका एफएम रेडियोहरूले नियम-कानुन मिच्ने गरेको देखिएबाट सञ्चार क्षेत्रको विश्वसनीयतामा आँच पुग्ने देखिएको छ ।
– नरहरिराज आचार्य

महिला बेच्ने १८ वर्षपछि प्रहरीफन्दामा
भारतमा बेचिएका तीन महिलाको उजुरीका आधारमा प्रहरीले अभियुक्तलाई १८ वर्षपछि फेला पारेको छ । रोजगार दिलाइदिने प्रलोभन देखाई ०४९ सालमा बेचिएका झापा तोपगाछीका २ दीदी-बहिनीसहित तीन महिलाले ०५३ सालमा दिएको उजुरीको आधारमा प्रहरीले अभियुक्त प्रक्राउ गरेको हो । पक्राउ पर्नेमा झापा तोपगाछी- ५ का मणिकुमार नेम्वाङ रहेका छन् । नेम्वाङलाई काठमाडौंबाट प्रहरीको विशेष टोलीले एक साताअघि पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय दमकले पत्रकार सम्मेलन गरी घटनामा संलग्न अझ एक अभियुक्त फरार रहेको जनाएको छ ।
पत्रकार सम्मेलनमा प्रहरी निरीक्षक नवीन कार्कीले फरार रहेका मोरङ शनिश्चरेका तिलक र्राईको खोजी भइरहेको जानकारी दिए । अभियुक्तद्वयले तोपगाछी- ५ का रूपा मुखिया, अमृता र्राई र मुखियाकी दिदीलाई भारतको मुर्म्बईमा २५ हजार भारुका दरले बेचेको बयानमा क्रममा स्वीकारेको प्रहरीले जनाएको छ । यसरी बेचिएकामध्ये रूपा र अमृताको यसअघि नै ज्यान गइसकेको छ । प्रहरीले २०५३ सालमा दर्ता भएको सो मुद्दा पुनः प्रक्रिया अघिबढाइएको कार्कीले जानकारी दिए ।
यसैबीच डेढ महिनाअघि झापाको दमक-३ स्थित हम्से-दुम्से सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा फेला परेका एक किशोरको हत्यामा संलग्न २ अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । गएको असार ३० मा १४ वषर्ीय ती मंगोलियन अनुहारका बालकको हत्यामा संलग्न बेलडागी- ३ सेक्टर सी ३ छाप्रा नम्बर ३५ र ३६ का गोपीनाथ दर्जी र अमरबहादुर दर्जीलाई प्रहरीले पक्राउ गरेको हो । मृतक बालकको अझै सनाखत हुन सकेको छैन । बयानका क्रममा उनीहरूले सुन चोरेको खुलासा गरिदिने डरले हत्या गरेको स्वीकारेका छन् ।

गोलढुङ्गामा अनाथको अस्पताल बन्ने
नेपालमा रहेका सडक तथा अनाथ बालबालिकाका लागि छुट्टै अस्पताल बनाउने उद्देश्यले काठमाडौंस्थित गोलढुङ्गा गाविसले हालै सर्वदलीय सहमतिका आधारमा आफ्नो स्वामित्वमा रहेको १५ रोपनी जग्गा लर्ड बुद्ध चिल्ड्रेन हेल्थ फाउन्डेसन सेन्टर नामक संस्थालाई प्रदान गरेको छ । करिब ६ करोड रुपैयाँ मूल्यबराबरको उक्त जग्गा सो गाविसमा भएको सर्वदलीय सहमतिअनुरूप प्रतिनिधिद्वय हरि सापकोटा र भरत तामाङले सेन्टरका अध्यक्ष डा. सुमित्रा सिंहलाई जग्गा प्रदानबारे गाविसको सिफारिसपत्र प्रदान गरेको कुरा सेन्टरका प्रमुख सल्लाहकार डा. महेन्द्रबहादुर विष्टले बताए ।
न्यू एरा नामक अन्तर्रर्ााट्रय संस्थाको तथ्याङ्कअनुसार नेपालमा कुल १० हजार पाँच सयभन्दा बढी सडकमा जीवन बिताउने वा अनाथ बालबालिका छन् । तीमध्ये पाँच हजार ३६० यस्ता बालबालिका काठमाडौं उपत्यकामै छन् । गाउँबाट बहकिएर वा भागेर सहरमा आइपुगेका तथा अवैध रूपमा काममा लगाइएका तर स्थानीय संरक्षक कोही नभएका बालबालिकाको सङ्ख्या योभन्दा बढी हुन आउँछ । प्रमुख सल्लाहकार डा. विष्टका अनुसार प्राप्त भएको उक्त जग्गामा सो सेन्टरले निकट भविष्यमै ५० शय्याको अनाथ बालबालिका अस्पताल बनाउने भएको छ । त्यस्ता बालबालिकालाई निःशुल्क औषधोपचार सेवा पुर्‍याउनु, स्वास्थ्यसम्बन्धी अन्य प्रतिरोधात्मक उपचार, खोप र जनचेतना फैलाउनु, यस्तै अन्य सरकारी वा गैरसरकारी संस्थासँग मिली सहकार्य गर्नेजस्ता उद्देश्य लिएर सन् २००६ मा यो सेन्टर स्थापना गरिएको थियो । नौ सदस्यीय सञ्चालक समिति रहेको सेन्टरका संस्थापक अध्यक्ष डा. सुमित्रासिंह लामा हुन् ।
बेलायतको एबरडिन विश्वविद्यालयबाट अनाथ बालबालिकामै पीएडी पूरा गरेकी डा. लामालाई नेपालमा विद्यमान यससम्बन्धी समस्याको गहिरो ज्ञान र समाधानको उपाय पनि थाहा छ । सल्लाहकार डा. विष्ट यसअघि स्वास्थ्यसेवा विभागको महानिर्देशक, सो विभागकै बालस्वास्थ्य महाशाखा र सरुवा रोग महाशाखाको निर्देशकलगायत तीस वर्ष सरकारी सेवा पूरा गरी सेवानिवृत्त भएका वरिष्ठ चिकित्सक हुन् ।

तस्करीको मल झन्डै छ्यालब्याल †
रौतहट । भारतीय मल लोड भएको एक मालबाहक ट्रक केही दिनअघि रौतहटको डुमरिया बजारनजिकै रहेको विद्युत् पोलमा ठोक्किएर दुर्घटनाग्रस्त भएपछि मल तस्करीको थप पर्दाफास हुन पुगेको छ । लामो समयदेखि अवैध रूपमा भारतीय मल तस्करी गरी तर्राईका विभिन्न जिल्लाका बजारहरूमा पुर्‍याइरहेका वीरगञ्जका तस्कर राजकुमार गुप्ताको मल बोकेको ना.२ख ३१८८ उक्त ट्रक दुर्घटना भएपछि जम्मा भएका किसानले मल झिकेर लाने प्रयास गरेको भए पनि प्रहरीले चोरी हुनबाट रोकेको छ । आवश्यक कागजातहरू नभएको उक्त परिमाणको मल पुरानो कागजातका आधारमा रौतहटका ग्रामीण बजारहरूमा खुद्रा रूपमा बिक्री-वितरण गर्न ल्याएको हुनसक्ने आशङ्का प्रहरीले गरेको छ । रौतहट तथा बारा-पर्सा प्रहरी प्रशासनलाई मासिक रूपमा रकम बुझाएर तस्करी लाइन चालू गर्दै आएका वीरगञ्जका राजकुमार गुप्ताले मलखाद तथा अन्य सामग्रीको तस्करी गर्दै आएका छन् ।

नेपाल प्रहरी सूक्ष्म अध्ययनमा ः प्रवक्ता शर्मार्
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायव महानिरीक्षक विज्ञानराज शर्माले नेपाल प्रहरीबाट पक्राउ गरी भन्सार बुझाइएका सामानको अनुमानित मूल्य विवरण, अदालतबाट सजाय पाई फरार भएपछि पक्राउ परेका व्यक्तिहरू, प्रहरी इकाइ पुनरि्नर्माण योजना, १६औं एसियन गेममा नेपाल प्रहरीको तर्फबाट छनोट भएका १७ जनाको विवरण, अवैध भ्वाइस ओभर इन्टरनेट प्रोटोकलविरुद्ध अपरेसन भ्वाइस फक्स कारबाहीबारे सञ्चारकर्मीहरूलाई जानकारी गराउनुभएको छ । गत आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित उहाँले गत असार र साउन महिनामा देशभर भएका प्रमुख घटनाहरू सवारीचालक अनुमतिपत्र अनियमित गर्ने पक्राउ, भ्वाइस ओभर प्रोटोकल सञ्चालक पक्राउ, अपहरणकारी पक्राउ, अपहरितको उद्धार, लुटपाट गर्ने पक्राउ, हत्या गर्ने पक्राउलगायतका घटनाबारे विस्तृत रूपमा जानकारी गराउनुभयो ।
पत्रकार सम्मेलनमा सञ्चारकर्मीले राखेका जिज्ञासाहरूबारे प्रस्ट पार्दै प्रहरी नायव महानिरीक्षक शर्माले देशमा भएका विभिन्न घटनाको नेपाल प्रहरीले सूक्ष्म अध्ययन गरिरहेको, अपराधमा संलग्न अपराधी छिट्टै पक्राउ पर्ने, चोरी नियन्त्रण गर्न भिक्टिम रेस्पोन्स टिम सक्रिय रहेको जानकारी दिनुभयो । हालै एक महिलालाई प्रहरीले कुटपिट गरेको तथा प्रहरी निरीक्षक बनाइदिन्छु भनी पैसा लिने दुईजना प्रहरी सहायक निरीक्षकका सम्बन्धमा छानबिन भइरहेको उहाँले बताउनुभयो ।
यसैबीच चोरीको गाडीलाई एम्बुलेन्सका रूपमा प्रयोग गरिएको आशङ्कामा ललितपुर जिल्ला चापागाउँ- ४ बस्ने ४० वषर्ीय रमेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीबाट सादा पोसाकमा खटिएको प्रहरीे टोलीले लगनखेल बसपार्क अगाडिबाट बा.४ च ७११४ नम्बरको महिन्द्रा बलेरो एम्बुलेन्स शङ्का लागी चेकजाँच गर्नेक्रममा चोरीको खुल्न आएपछि श्रेष्ठलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर बुझाइएको थियो ।

ँतिहारपछि मुलुकमा सङ्कट आउने’
मातृका यादवको नेतृत्वमा रहेको नेकपा माओवादीसँग पार्टी एकताको सैद्धान्तिक सहमति जनाएको जनमोर्चा नेपालको पोखरामा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट भरत दाहालको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । मातृका नेतृत्वको माओवादीसँग पार्टी एकताको प्रक्रियालाई प्रक्रियागत रूपमा अघि बढाएर छिटो पूर्णता दिन अध्यक्ष भरत दाहालको नेतृत्वमा सचिव रीता मानुषी र केन्द्रीय सदस्य अमृत विक सदस्य रहेको तीन सदस्यीय समिति गठन गरिएको पनि बताइएको छ । नवनिर्वाचित जनमोर्चा नेपालका अन्य पदाधिकारीहरूमा उपाध्यक्ष सन्तबहादुर घिसिङ, सचिव रीता मानुषी र कोषाध्यक्ष विश्वम्भर थारू रहेका छन् ।
सम्मेलनले शान्तिप्रक्रिया, संविधान निर्माण र सरकार गठनको बहानामा जारी रहेको ‘नाटक’को पर्दा उघार्दै राष्ट्रिय मुक्ति सङ्घर्षको बाटोबाट संयुक्त क्रान्तिकारी सरकारको गठन गरी त्यसको नेतृत्वमा जनसंविधान निर्माण गर्ने दिशामा अघि बढ्न माग गरेको छ । आगामी दशैं र तिहारपछि देशमा ठूलो सङ्कटका साथमा मुठभेड हुनसक्ने तथ्यहरू उल्लेख गर्दै जनमोर्चा अध्यक्ष भरत दाहालले त्यसतर्फ सबै नेपालीलाई सचेत रहन आग्रह पनि गरेका थिए ।
नेकपा माओवादीसँग पार्टी एकीकरण भएपछि एउटा पार्टी र अर्को मोर्चा गरी दुई तरिकाले अघि बढ्ने सहमति भएको उल्लेख गर्नुहुँदै दाहालले आगामी असोजभित्र केन्द्रीय समिति एकीकृत पार्टीको केन्द्रीय समिति बनाइने र त्यसको तीन महिनाभित्र अन्य सङ्गठनहरू समाहित गरिने जानकारी दिनुभयो ।

दोषीमाथि कारबाहीको माग
देशमा पछिल्लो चरणमा सञ्चारकर्मीहरूमाथि बढ्दै गएको आपराधिक क्रियाकलापप्रति गणतान्त्रिक सञ्चारकर्मी मञ्च नेपालको गम्भीर ध्यानाकर्षण भएको मञ्चका अध्यक्ष राजु लामाले जनाएका छन् । नुवाकोटबाट प्रकाशित हुने गतिशील समाचार दैनिक र इमेज साप्ताहिकमा प्रकाशित समाचारलाई लिएर स्थानीय केही व्यक्तिले सञ्चारकर्मी बद्री प्याकुरेलमाथि कुटपिट गरेको र कार्यालयमा तोडफोड भएको घटनाका दोषीलाई छानबिन गरी तत्काल कानुनी दायरामा ल्याएर कारबाही गर्न सरकारसँग मञ्चले माग गरेको छ ।

घुस प्रकरण छानबिन गर्न प्रहरीमा आयोग
प्रहरी इन्स्पेक्टरमा जागिर मिलाइदिने भन्दै सभासद्ले घुस खाएको र छोरालाई इन्स्पेक्टर बनाउन सभासद्ले घुस खुवाएको भनी पत्रपत्रिकामा समाचार प्रकाशन भएपछि प्रहरी प्रधान कार्यालयले तथ्य पत्ता लगाउन प्रहरी नायव महानिरीक्षक वीरेन्द्रबाबु श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । छानबिन समितिमा प्रहरी नायव उपरीक्षक प्रकाश अधिकारी र प्रहरी निरीक्षक दिनेश मैनाली रहेका छन् । यसैगरी आमाको राहदानी बनाउन परराष्ट्र मन्त्रालय जाँदा धरानकी ३२ वषर्ीया उमा र्राईलाई कुटपिट गरेको आरोपमा महानगरीय प्रहरी नारायणहिटी सुरक्षा गारत गुल्म दरबन्दीका प्रहरी नायव निरीक्षक लेखबहादुर कार्कीलाई महानगरीय प्रहरी आयुक्तको सिफारिसमा प्रहरी प्रधान कार्यालयले निलम्बनमा राखी आवश्यक अनुसन्धान गरिरहेको छ ।

बारामा जता पनि हतियार मात्र
वसन्त खतिवडा
बारा/ खुलेआम अवैध हातहतियार लिएर निर्धक्क हिँड्नुलाई बारामा अब सामान्य रूपमा लिन थालिएको छ । हातहातमा हतियार लिएर हिँड्ने क्रमले व्यापकता पाएपछि राजमार्ग तथा गाउँ-गाउँमा धमाधम हतियारहरू पक्राउ पर्न थालेको हो ।
यसरी पक्राउ गरिएको हतियारमा अमेरिकामा निर्मित अत्याधुनिक हतियारदेखि छिमेकी राष्ट्र भारतमा बनेका घरेलु हतियारसम्म रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । केही दिनअघि जिल्लाको राजमार्गमा पर्ने जितपुर बजार क्षेत्रबाट प्रहरीले दुई थान कटुवा पेस्तोल तथा सोमा प्रयोग हुने एसएलआरको गोली ५ थान र थ्रीनटथ्री राइफलमा लाग्ने १ थान गरी ६ राउण्ड गोली बरामद गरेको थियो ।
यसरी हतियारसहित पक्राउ पर्नेमा जिल्लाकै पथरहट्टी ९ निवासी सानु यादव, लोसण्डा ८ का गौरीशङ्कर यादव र सोही ठाउँ बस्ने इन्द्रदेव पासवान रहेको इलाका प्रहरी कार्यालय, सिमराले जनाएको छ ।
केही महिनाअघि मात्रै पथलैयामा करैया ८ का २४ वषर्ीय रोहित कुशवाह, हरैया ६ का ३० वषर्ीय काशीप्रसाद तिमल्सिना, रौतहट कटहरियाका २३ वषर्ीय वीरबल कुशवाहसँग अमेरिकन पेस्तोल, नलकटुवा र त्यसमा लाग्ने गोलीसहित प्रहरीले पक्राउ गरेको थियो ।
यस्तै जिल्लाको उत्तरी क्षेत्र अमलेखगञ्जमा मोटरसाइकल दुर्घटनामा परी सडकमै बजारिँदा सिमराका सुमन लामाको शरीरबाट पेस्तोल उछिटि्टएपछि प्रहरीले लामालाई हतियारसहित पक्राउ गरेको थियो । जिल्लाभरि अवैध हतियार बोकेर हिँड्ने कार्यले व्यापकता पाएको स्वयन् प्रहरीहरू नै स्वीकार गर्छन् । सशस्त्र भूमिगत सङ्गठनका बाहेक पनि आमनागरिकले आफ्नै सुरक्षाका लागि समेत प्रयोग गर्नाले हतियार बोक्ने कार्यले व्यापकता पाएको हो । प्रहरीले जिल्लामा केही महिनायता कुडुवा गाविसका किसोरी यादव, अमरपटी- ५ का विश्वनाथ साह, आशिकलाल यादव, प्रि्रा वसतपुर- ३ का दसै सहनीलगायतकालाई साना नलकटुवा पेस्तोल गोलीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यद्यपि हतियार बोक्ने सङ्ख्याभन्दा पक्राउ पर्नेको सङ्ख्या ज्यादै न्यून रहनु, कतिपय अवस्थामा प्रहरीले नै संरक्षण दिनु, प्रहरीले खुलेआम हातहतियारसहित पक्राउ गरेर अपराधीलाई जिल्ला ल्याइनपुर्‍याउँदै स्थानीय नेतादेखि सभासद्सम्मले छोड्न दबाब दिने गरेकाजस्ता कारणले गाउँ-गाउँमा हतियार बोक्नेहरूको मनोबल बढेको हो ।
अब हतियार नबोक्नेहरू असुरक्षित हुन पुगेको भन्दै राष्ट्रिय जनमोर्चाका कर्ण थापाले भने- प्रजातान्त्रिक मुलुकमा हतियार नहुनेचाहिँ असुरक्षित हुनुपरेको छ, यो राष्ट्रको नै बेइज्जत हो । राजनीतिक तरलता, फितलो प्रशासन, राजनीतिक संरक्षण, खुला सिमानाले गर्दा भारतको रक्सौल क्षेत्रबाट सजिलै र सस्तो रकममा साना हतियार किन्न पाइने हुँदा हतियार बोक्नेहरूको सङ्ख्यामा वृद्धि भएको हो ।
त्यसो त सहायक प्रमुख जिल्ला अधिकारी सुन्दरराज अर्याल भन्छन्- हामीसँग पर्याप्त स्रोत र साधनको कमी छ, प्रहरी जनशक्तिको पनि अभाव छ । अवैध हतियार बोकेर हिँड्ने गरेको भन्ने सुनेको छु, भएकै स्रोत, साधन र जनशक्ति परिचालन गरी चेकजाँच कडा बनाउन निर्देशन दिएको छु ।
केही महिनाअघि हतियारसहित प्रहरीले पक्राउ गरेको दुई व्यक्तिलाई छुटाउन गाउँले सदरमुकाम आई कलैया बन्द गराएपछि प्रहरीले बाध्य भई तिनीहरूलाई सामान्य कागज गर्राई छाडेको थियो ।
हतियारकै कारण सशस्त्र भूमिगत सङ्गठनबाहेक अन्यबाट जिल्लामा शिक्षक, वकिल, पत्रकार, व्यापारी राजनीतिक कार्यकर्तालगायत दर्जनौं सर्वसाधरणको हत्या भइसकेको छ भने केही घाइते भएको जिल्ला प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
गत पुस २२ को राति मात्रै माओवादी भोजपुरा राज्य समिति सदस्य रामप्रकाश यादव, जिल्ला कार्यसमिति सदस्य दाराप्रसाद यादव र गजभवानीपुर गाउँ कमिटी सदस्य अम्बिका महतोको हत्या भएको थियो ।
सदरमुकामलगायत जिल्लाका प्रायः ग्रामीण भेगमा सुरक्षाका कारण पनि सबैसँग हतियार रहेको प्रहरीको दाबी छ ।