पीएलओको डिलर भेट बैंककमा

पीएलओको डिलर भेट बैंककमा


पूर्वाञ्चल ल्यूव आयल (पीएलओ) ले यसपटक नेपालभरका डिलरहरुको मीट (सम्मेलन) थाइल्याण्डमा गर्ने भएको छ । यसका लागि ६० डिलर र २० जना कर्मचारीसहित ८० जनाको टोली बैंकक प्रस्थान गरेको छ ।

साउन १५ गतेबाट १९ गतेसम्म ५ दिन चल्ने डिलर्स मीटसँगै थाइल्याण्डका विभिन्न शहरको अवलोकन गराउने कार्यक्रम रहेको पीएलओ लुब्रिकेन्टसका निर्देशक कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् । पीएलओ, मेगा, स्टार लुब्रिकेन्टसको उत्पादन तथा वितरण गर्दै आएको पूर्वान्चल ल्यूब आयलले आफू नेपाली उत्पादनमध्ये पहिलो नम्बरमा रहेको दाबी गर्दै आएको छ ।

उच्च बजार हिस्सा ओगट्ने गरी प्रवद्र्धनमा जुटिरहेको पीएलओले केही समयभित्रै स्वदेशी उत्पादनको ४० प्रतिशत हिस्सा आफू मातहत रहने दाबी गरेको छ । मोरङको बिराटचोकमा उत्पादन प्लान्ट राखेको पिएलओले आफ्ना उत्पादन नेपालभर बिक्री वितरण गर्दै आएको छ । यसअघि पीएलओले आफ्ना उत्कृष्ट डिलरलाई सिंगापुर, मलेसिया, थाइल्याण्ड र इन्डोनेसियाको भ्रमण गराइसकेको छ ।