एक रुपैयाँ जम्मा गर्दा चाहिने स्रोतको सिमा हटाउ: अर्थ

एक रुपैयाँ जम्मा गर्दा चाहिने स्रोतको सिमा हटाउ: अर्थ


बैंकमा रकम जम्मा गर्न जादाँ समेत स्रोत र परिचय खोज्दा ग्राहकलाई बढि नै हैरानी भएको भन्दै त्यसको सीमा तोक्न अर्थमन्त्रालयले राष्ट्र बैंकलाई आग्रह गरेको छ। नेपाल राष्ट्र बैंकले सम्पति शुद्धीकरण तथा आतङ्कबादी क्रियाकलपामा वित्तीय लगानीलाई रोक्न भन्दै ‘एक रुपैयाँ’ जम्मा गर्दासमेत परिचय खुल्ने कागजपत्र अनिवार्य गरेको छ। नयाँ ब्यवस्थाले सर्वसाधारण ग्राहकहरु मर्कामा परेपछि त्यसलाई केही सहज बनाउन अर्थले राष्ट्र बैकलाई आग्रह गरेको हो।

अर्थले एक लाख रुपैयाँभन्दा कमको निक्षेप कारोबारमा स्रोत र परिचय नखोज्ने ब्यवस्था मिलाउन राष्ट्र बैंकलाई आग्रह गरेको मन्त्रालयले जनाउको छ । अर्थको आग्रह अनुसार निक्षेप कारोबारको सीमा छिट्टै तोक्ने राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

आतङ्कबादी आर्थिक कृयाकलाप रोक्न भन्दै राष्ट्र बैंकले गरेको नयाँ ब्यवस्थाले बैंकहरुमा सानो सानो रकमको स्रोतसमेत खोज्न थालेको हो। खासगरी ग्राहकवाहेक अन्य ब्यक्तिले उसको खातामा नगदै जम्मा गर्न आएमा रकम जम्मा गर्ने ब्यक्तिले आफ्नो पहिचान हुने विवरण पनि बैंकलाई दिनु पर्छ। नत्र बैकले एक रुपैयाँ पनि जम्मा गर्दैनन्।

यो ब्यवस्थाले वित्तीय प्रणालीभन्दा बाहिर कारोबार हुने जोखिम बढेर गएको अर्थ मन्त्रालयको ठहर छ। अहिले निक्षेप जम्मा गर्न जाँदा भरिने फारममा पनि बैक खातामा गरिएको हस्ताक्षर मिल्नु पर्छ, त्यो नमिले बैंकले रकम नै जम्मा गरिदिँदैनन्। जस्तो, ग्राहकले खाता खोल्दा जुन हस्ताक्षर गरेका छन्, रकम जम्मा गर्न जाँदा भरिने फारममा पनि अब त्यही हस्ताक्षर गर्नु पर्छ। हस्ताक्षर तलमाथि भए बैंकमा पैसा जम्मा हुँदैन।
साउन १ गतेबाट लागू भएको नयाँ ब्यवस्थापछि सामान्य रुपमा पैसा जम्मा गर्न जानेहरु नगदै बोकेर फर्किनु पर्ने अवस्था आएको छ।