चेम्बरद्वारा परिच्छेद ९ को दफा ५१ को आपत्ति

चेम्बरद्वारा परिच्छेद ९ को दफा ५१ को आपत्ति


नेपाल चेम्वर अफ कमर्सको एक प्रतिनिधि मण्डलले दुई जना उच्च पदस्थ सरकारी अधिकारीहरुसँंग भेटघाट गरेका छन् । चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले राजश्व सचिव शिशिरकुमार ढुंगाना र वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्ययसँंग सिंहदरवारमा छुटाछुटै भेटवार्ता गरेको हो ।
राजश्व सचिव ढुंगानासंँगको भेटमा चेम्वरका अध्यक्ष श्रेष्ठले बैंकको व्याजदर वढिरहेको प्रति ध्यानाकर्षण गराएका छन् ।  ७ प्रतिशतमा सिमित बैंकको व्याजदर वढेर अहिले १७ प्रतिशतसम्म पुगेको भन्दै यसले व्यापारीलाई मर्कामा पारेको बताए ।

वाणिज्य सचिव उपाध्यायसँंगको भेटमा चेम्वर अध्यक्ष श्रेष्ठले हाल ड्राफट अवस्थामा रहेको उपभोक्ता संरक्षण सम्वन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अनुसार कानुन बनेमा व्यापार व्यवसायलाई चौपट पार्ने बताए । उपभोक्ता संरक्षण सम्वन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको परिच्छेद ९ को दफा ५१ ग मा दश वर्षसम्म कैद वा दश लाखसम्मको जरिवाना वा दुवै सजाँंयको व्यवस्था भएको भन्दै उक्त दफाप्रति आपति जनाए ।

सचिवद्वयले उद्योगी व्यवसायीसँंग सहकार्य गरेर अगाडि वढ्न सरकार सदैव तत्पर रहेको बताए ।
चेम्वरका वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छा, द्वितीय उपाध्यक्ष राजेन्द्र मल्ल, सचिव देवेन्द्रभक्त श्रेष्ठ, सन्तोषकुमार पाण्डेलगायतका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु सहभागी थिए ।