ग्लोबल आइएमई बैंकले कमायो २ अर्ब नाफा

ग्लोबल आइएमई बैंकले कमायो २ अर्ब नाफा


ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाशमा मुनाफा २ अर्ब ३ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको तुलनाभन्दा ४७ दशमलव ४५ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको वर्षको सोहि अवधिमा मुनाफा १ अर्ब ३८ करोड २२ लाख रुपैयाँ रहेको थियो । हाल बैंकको चुक्ता पूजी ८ अर्ब ८ करोड ३ लाख रुपैयाँ पुगेको बैंकले यसपटकको नाफा पछि २० प्रतिशत लाभांश दिन सक्छ ।

बैंकले जगेडकोषमा ४ अर्ब ९ करोड ९८ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ३६ दशमलव ४५ प्रतिशतले वृद्धि गरी १ खर्ब १ अर्ब ९१ करोड ४ लाख रुपैयाँ संकलन गरी कर्जामा ८० अर्ब ८१ करोड ९८ लाख रुपैयाँ लगानी गरेको छ । जुन गत वर्षको तुलनाभन्दा ३२ दशमलव ८३ प्रतिशत कर्जा प्रवाह गरेको हो । बैंकको खुद व्याज आम्दानी २३ दशमलव ४३ प्रतिशतले वृद्धि गरी ३ अर्ब ५६ करोड ६७ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ४६ दशमलव ७५ प्रतिशतले वृद्धि गरी २ अर्ब ७१ करोड ५९ लाख रुपैयाँ पुगेको छ । बैंकको फि कमिशनबाट भएको आम्दानी, अन्य आम्दानी र विदेशी मुद्राको सटहीबाट भएको आम्दानी पनि वृद्धि भएको छ । यी तीन शिर्षकबाट भएको आम्दानी नै १ अर्ब बराबर छ ।

बैंकको कर्मचारी खर्च र अन्य खर्चमा केही वृद्धि भएको छ । बैंकको यसअघि राखिएको सम्भावित जोखिम वापतको व्यवस्थाबाट ३८ करोड फिर्ता भएको छ । यद्यपी यस्तो फिर्ता रकम अघिल्लो पटकभन्दा ५३ दशमलव १७ प्रतिशत वृद्धि भएको हो । यसले नाफामा रकममा ठुलो योगदान देखिन्छ । त्यस्तै यस पटकलाई भने बैंकले ४२ दशमलव ७३ प्रतिशतले रकम घटाएर ३४ करोड ७८ लाख रुपैयाँ सम्भावित जोखिमको लागि व्यवस्था गरिएको छ । बैंककौ पूँजी कोष पर्याप्तता अनुपात १२।५० प्रतिशत, पूँजी कोष लागत घटेर ५।३७ प्रतिशत, शेयरमा प्रतिफल ९आरओइ० करीब १६ दशलव ७३ रुपैयाँ, प्रतिशेयर आम्दानी २५ दशमलव २२ रुपैयाँ, पीइ रेसियो १५ दशमलव ३८ गुणा, नेटवर्थ प्रति शेयर १ सय ६१ दशमलव ३१ रुपैयाँ रहेको छ ।