व्यापारीलाई थुन्ने होइन : चेम्वर

व्यापारीलाई थुन्ने होइन : चेम्वर


नेपाल चेम्बर अफ कमर्सले उद्योगी व्यवसायीहरुले बजार अनुगमनपछि व्यवयायीहरुलाई पहिला थुन्ने नभई उनीहरुको कुरा सुन्ने काम हुने पर्ने त बताएका छन् । चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलाई भेटी सो माग गरेका हुन । उनीहरुले बजार अनुगमनको नाममा उद्योगी व्यवसायीहरुलाई त्रसित पार्ने काम भइरहेको बताए ।

चेम्वरका अध्यक्ष श्रेष्ठले बजार अनुगमनका नाममा व्यवसायीहरुलाई त्रसित पार्ने काम भइरहेको छ त्यो तत्काल रोक्न समेत माग गरेका छन् । उनले भने,‘गल्ती गरे कारबाही गर्नुपर्छ भन्ने पक्षमा हामी पनि छौं, तर गल्ती नै नगरी थुन्ने काम भने गर्नुहुँंदैन, पहिला उनीहरुको कुरा सुन्नुपर्छ, अनि मात्रै कारबाही प्रक्रिया अगाडि वढाउनुपर्छ ।’

अध्यक्ष श्रेष्ठले हालै मात्रै प्लाष्टिकको चामल बेचेको आरोपमा एकजना व्यापारीमाथि अन्यायमा पारेको बताए । उनले भने, ‘चामल भन्दा प्लाष्टिक धेरै महँंगो छ, यसो हुँंदा कसले घाटा खाएर यो काम गर्छ ? तर कुनै अध्ययन अुनसन्धान नै नगरी कारबाही प्रक्रिया अगाडि बढाइयो ।

मुख्य सचिव क्षेत्रीले प्रतिनिधिमण्डलले उठाएका विषयप्रति आफू सकारात्मक रहेको बताए । उनले चेम्वर प्रतिनिधिमण्डलले राखेको विषयमा आफू सकारात्मक रहेको बताए । भेटघाटमा चेम्वरका वरिष्ठ उपाध्यक्ष लोकमान्य गोल्छ, द्वितिय उपाध्पयक्ष राजेन्द्र मल्ल, सचिवद्वय देवेन्द्रभक्त श्रेष्ठ, सन्तोषकुमार पाण्डेलगायत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।