‘ट्राफिक अंकल’ नाम फिल्म सार्वजनिक (भिडियो सहित)

‘ट्राफिक अंकल’ नाम फिल्म सार्वजनिक (भिडियो सहित)


प्रहरी निरिक्षक सीताराम हाछेथुले ट्राफिक व्यवस्थापनपछि चलचित्रको लेखनतिर पनि हात हालेका छन् ।उनको लेखनमा बनेको ‘ट्राफिक अंकल’ नामक छोटो चलचित्र आइबार विमोचन गरिएको छ । नेपाल पुलिस क्लबमा आयोजित एक कार्यक्रमबीच आइजिपी प्रकाश अर्यालबाट विमोचन गरिएको हो ।

यस छोटो चलचित्रमा बाटोमा सुरक्षित हिँड्ने तरिका, जेब्रा क्रसिङको प्रयोग, हेल्मेटको महत्व, तिव्र गतिको खतरा, मापसे, दूर्घटना, मोबाइल फोनको प्रयोग, सिटबेल्ट, आकाशे पुलको महत्व, क्षमताभन्दा बढी यात्रु बोक्दा हुने खतार, बस बिसौनीको प्रयोग, ट्राफ्रिक संकेतको महत्वलगायतका विषयहरु समावेश गरिएका छन्

ट्राफिक सम्बन्धि जनचेतना फैलाउन १२ वटा छोटो चलचित्र निर्माण गरिएको छ । स्कूल तथा कलेजका विद्यार्थीका साथै सर्वसाधारणलाई समेट्ने गरी यसलाई तयार गरिएको हाछेथुले बताए । ‘यो विशुद्ध जनचेतना फैलाउनका लागि गरिएको एक सानो प्रयास हो,’ विमोचन कार्यक्रमपछि रातोपाटीसँगको कुराकानीमा ललितपुर ट्राफिक प्रहरी प्रमुख समेत रहेका हाछेथुले भने, ‘यो सबैको लागि उपयोगी हुने विश्वास लिएको छु ।’

यसको परिकल्पना तथा लेखन प्रहरी निरिक्षक सीताराम हाछेथुको रहेको छ भने निर्देशक आर्यम नकःमि रहेका छन् । हाछेथुले छोटो चलचित्रमा आफै अभिनय पनि गरेका छन् । यसको छायाँकन दिपेन बस्न्यातले गरेका हुन् ।

भिडियो: