नम्रताको भिसामा गोलमाल-राजन घिमिरे

नम्रताको भिसामा गोलमाल-राजन घिमिरे


नम्रता श्रेष्ठले अभिनय गरेका सिनेमाहरूले व्यावसायिक रूपमा खासै सफलता हात पार्न सकेनन् । उनीसँगै उनका सिनेमाहरू पनि नाम र दाम कमाउनबाट वञ्चित रहे ।
नम्रताले अभियन गरेका सिनेमाहरूको अवस्था यस्तो हुँदाहुँदै पनि व्यक्तिगत रूपमा भने उनी निकै चर्चित र हिट रहिछिन् भन्ने कुराको हेक्का यतिबेला सबैमा भएको छ । उनी हिट हुनु र सबैको ज्रि्रोमा उनको नाम झुण्डिनुको कारण भने नम्रताको अश्लील भिडियो नै भयो ।
कुनै बेला निकै शालीन, भद्र र शिष्ट कलाकारको नामले चिनिने नम्रताको परिचय यतिबेला फेरिएको छ उनलाई ‘त्यही भिडियो कि नम्रता होइन’ भनेर सम्बोधन गर्ने गरिन्छ । चलचित्र प्रेमी र म्युजिक भिडियोप्रेमी दर्शकहरू माझ मात्र होइन नम्रता अहिले राजदूतावासमा पनि हिट भएकी रहिछिन् भन्ने कुरा गत हप्ता र्छलङ्ग भएको छ ।
मलेसियामा कार्यक्रम पनि गर्ने र एउटा सिनेमाको छायाङ्कन पनि गर्ने उद्देश्यका साथ निर्माता अनि नायक दिलीप रायमाझीको योजना झण्डै तुहिन पुगेको थियो । गत हप्ता मलेसिया जानका लागि मलेसियन एम्बेसी पुल्चोकमा चलचित्रसँग सम्बन्धित सबैले भिसा आवेदन फराम बुझाएका थिए । भोलिपल्ट सबैको भिसा निस्कियो तर नम्रताको पासपोर्ट नै आएन । मलेसियन एम्बेसीको नियमअनुसार भिसा आवेदन दिएको भोलिपल्ट भिसा लाग्ने नियम छ तर सबैको भिसा निस्किँदा पनि नम्रताको निस्किएन । एक दिन दुई दिन मात्र होइन करिब एक हप्ता नम्रताको पासपोर्ट एम्बेसीमा नै रहेपछि यो सुटिङ युनिटमा खैलाबैला मच्चियो र नम्रतालाई भिसा नलाग्ने निश्चित भएपछि यो युनिट अर्की नायिका खोज्नतिर पनि लाग्यो । नम्रतालाई भिसा नलाग्नुको कारणबारे सुटिङ युनिटले एम्बेसीमा सम्पर्क गर्दा ‘निगरानीमा राखेको’ र ‘भिसा निश्चित छैन’ भनेपछि आत्तिएको थियो यो युनिट । उता मलेसियामा नम्रता आउने प्रचार सुरु हुनु र यता एम्बेसीले भिसा दिने आनाकानी गर्नुले कार्यक्रम बिथोलिने निश्चित भयो ।
अन्ततः निकै हारगुहार गरेपछि नम्रताका हातमा आवेदन दिएको सात दिनपछि मात्र भिसा हातमा पर्‍यो । महिलाहरूको मामिलामा निकै संवेदनशील र उच्च सोच राख्ने मलेसियन सरकारले विवादमा आउने र समाजमा उच्छृङ्खल कार्य गर्ने जोकोहीमाथि पनि निकै र्सतर्क हुने गर्दछ । त्यही कारणले पनि समाजमा नकारात्मक असर पार्ने क्रियाकलापकी धनी नम्रता श्रेष्ठलाई निगरानी गरेको र उसलाई भिसा दिन आनाकानी गर्न आफू बाध्य भएको स्पष्ट जवाफ आएपछि दिलीप रायमाझीको युनिट ‘कन्भिन्स’ भएको थियो ।
यसरी एम्बेसी-एम्बेसीमा पनि नकारँत्मक प्रभाव छाड्दै हिँडेकी नम्रता श्रेष्ठ मलेसियामा रहेका कर्मठ अनि सोझा नेपालीमाझ कसरी उभिन सक्लिन् – सबैजना यतिबेला यही प्रश्न गर्न थालेका छन् । हरेकको मोबाइल र कम्प्युटरमा आज पनि नम्रताको सो अश्लील भिडियो सुरक्षित रहेको छ तर अझै पनि उनलाई गल्ती गरेको महसुस भएको छैन र यस्तालाई सिनेमाजस्तो सांस्कृतिक झल्कने विधामा अवसर दिएरै ठूलो काम गरियो भनेर नाक ठड्याउनेहरूलाई थोरै चेतना पनि आएको छैन । अरू नायिका नै छैनन् जस्तो गरी निकै सति सावित्रीलाई सिनेमामा उतारेको जस्तो मान गरेर नम्रतालाई काँधमा बोकेर हिँड्नेहरूको जय होस् ।

‘मलाई मन पर्‍यो’ थाइल्याण्डतिर
यतिबेला नेपाली सिनेमाको कथा र निर्माणमा मात्र नौलोपन देखिएको छैन सिनेमालाई धनी बनाउन अनि दर्शकहरूको आँखालाई आनन्द तुल्याउन र सिनेमाकै पर्दामा देश-विदेशका रमणीय दृश्यहरू देखाउन चलचित्र निर्माताहरू लागिपरेका छन् ।
यसैक्रममा अब चाँडै नेपाली चलचित्र ‘मलाई मन पर्‍यो’मा चलचित्रप्रेमी दर्शकहरूले बैंकक र थाइल्याण्डका रमणीय दृश्यहरू हेर्न पाउने भएका छन् । सो दृश्य आफ्नो सिनेमामा कैद गर्न यसै साता चलचित्र ‘मलाई मन पर्‍यो’ का निर्माता रमेशजंग रायमाझी आफ्नो सिनेमाको युनिट बोकेर बैंकक जाने निश्चित भइसकेको छ ।
आफूले पहिलोपटक निर्माण गरेको चलचित्र ‘नाइँ नभन्नु ल’ ले दर्शकहरूको मन जितेपछि निकै हौसिएका रमेशजंग अब दर्शकहरूलाई सिनेमामार्फत नौलो सहरको भ्रमण गराउने उद्देश्यसहित चलचित्र ‘मलाई मन पर्‍यो’ को छायाङ्कन बैंककमा गर्न लागेको कुरा बताउँछन् ।
रमेशले निर्माण गरेको पहिलो चलचित्र ‘नाइँ नभन्नु ल’ यतिबेला नेपालभरका हलहरूमा प्रदर्शन भइरहेको छ भने ‘मलाई मन पर्‍यो’ उनको दोस्रो चलचित्र हो ।
चलचित्र ‘मलाई मन पर्‍यो’लाई भद्र भुजेलले निर्देशन गरेका हुन् । बैंककमा केही गीत र दृश्यहरूको छायाङ्कन गरिने कुरा निर्देशक भुजेलले बताए । निर्देशक भद्र भुजेल, निर्माता रमेशजंग रायमाझी, नायकद्वय राजबल्लभ कोइराला र जीवन लुइँटेल, नायिका निरुता सिंह, छायाकार शम्भु सापकोटा र दृश्य निर्देशक कविराजको साथमा अन्य केही प्राविधिकहरू पनि बैंकक जाने भएका छन् । ‘चलचित्र मलाई मनपर्‍यो’ ले बैंककमा एक हप्ता छायाङ्कन गर्नेछ ।

सिनेमा जुद्धा निर्माता भिड्ने
एक त नेपाली सिनेमा हेर्ने दर्शकहरू सङ्ख्या कम । अर्को कुरा सिनेमा प्रदर्शन भने धेरै अनि नेपाली सिनेमा चल्ने हलहरू पनि सीमित । यस्तो अवस्थासँग जानकार हुँदा-हुँदै पनि निर्माताहरू एक-आपसमा भिड्न तयार हुन्छन् भने त्यसलाई के भन्ने – ‘भीरबाट लड्न लागेको गोरुलाई रामराम भन्न सकिन्छ तर काँध थाप्न सकिन्न’ यस्तै भएको छ अहिले ।
केही दिनको सार्वजनिक छुट्टी देखियो भने वा आयो भने निर्माताहरू आफ्नो सिनेमा चलाउन तँछाड-मछाड गरिहाल्छन् । तर, विडम्बना यही मारामारमा थुपै्र सिनेमा नराम्ररी डुबेको इतिहास पनि छ । यस्तो इतिहास हुँदाहुँदै पनि अब फेरि पुरानो इतिहास दोहोर्‍याउन उद्यत् देखिएका छन् अहिले केही निर्माता । सुन्दा पनि अचम्म लाग्छ कि तिजको बिदा खाने ठूलो सपना बोकेर भदौ २५ गते एकसाथ पोखरामा सिनेमाहरू भिड्ने भएका छन् हलहरूमा । यसरी एकसाथ भिड्न लागेका सिनेमाहरूमा हिम्मत-२, दीपशिखा, सिन्दूर र पलपलमा रहेका छन् ।
एकसाथ प्रदर्शनमा आउन लागेका यी चार सिनेमामध्ये कुनै न कुनै सिनेमा व्यावसायिक रूपमा पछारिने कुरा त निश्चित नै भइसकेको छ । सीमित दर्शकहरूमाझ फिल्म चलाउनुपर्दा चारवटैलाई असर पर्ने देखिन्छ नराम्ररी ।
त्यसो त एक-आपसमा देखापरेको ‘इगो’का कारण पनि सबै निर्माता आफ्नो सिनेमाको प्रदर्शन अघि वा पछि नगर्ने मनस्थितिमा पुगिसकेका छन् । यसरी कोभन्दा को कमको अवस्थामा पुगेका निर्मातालाई हामी भन्न यो मात्र सक्छौँ कि आफ्नै खुट्टामा बन्चरो नहान्नुस् ।

बोस्टनमा सामूहिक तिज हुने
अमेरिकाको बोस्टन र वरपरका क्षेत्रमा बसोबास गरेका नेपाली समुदायले नेपाली संस्कृतिभित्र महिलाको विशेष र महान् चाडको रूपमा रहेको तिज सामूहिक रूपमा मनाउने निर्णय गरेको छ । यस क्षेत्रका मूलतः नेपाली समावेश रहेको हिमालयन लाइन्स क्लबको प्रायोजन तथा नेपाली महिला दिदीबहिनीहरूको संयोजनमा हुने तिज समारोहमा बृहत् उत्साहसाथ सहभागी भइदिन क्लबले हारि्दक आह्वान पनि गरेको छ । केही समयअघि मात्र गठन भएको हिमालयन लाइन्स क्लबले स्थापनाकालदेखि नै स्कुल र्फक कार्यक्रम, गरिब तथा जेहेन्दार विद्यार्थी सहयोग कार्यक्रम सञ्चालन गरेको छ । यसरी नै नेपाली सांस्कृतिक र परम्परालाई सर्म्बर्द्धन र पर््रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपाली महिला दिदीबहिनीको पहिचान गराउन सहयोग पुर्‍याउने उद्देश्यले महिला विशेष तिजलाई क्लबले वारि्षक कार्यक्रमको रूपमा संयोजन गरी नेपाली महिलाको अगुवाइमा आयोजना गर्ने कुरा क्लबका द्वितीय उपाध्यक्ष विष्णु कार्कीले बताएका छन् । कार्यक्रममा हरितालिका तिजको महिमा, तिजसम्बन्धी विभिन्न मनोरञ्जनात्मक प्रस्तुति, तिजका गीत, नृत्य तथा प्रहसन प्रस्तुत गरिने कुरा क्लबका कार्यक्रम निर्देशक राम थापाले बताएका छन् । – कृष्णराज खनाल