ग्लोबल आइएमइ बैंकको निक्षेप एक खर्ब नाध्यो

ग्लोबल आइएमइ बैंकको निक्षेप एक खर्ब नाध्यो


ग्लोबल आइएमइ बैंकको निक्षेप १ खर्ब रुपैयाँ नाघेको छ। धेरै वटा संस्थाहरु मर्ज गरेर ब्यापार विस्तार गरिरहेको ग्लोबल आइएमइ बैंकले गत असार मसान्तका दिन कुल निक्षेप एक खर्ब २ अर्ब रुपैयाँ नघाएको जनाएको छ ।  निक्षेप उच्च हुने निजी क्षेत्रका बैकमध्ये हामी तेस्रो नम्बरमा पुगेका बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।

बैंकले गत आर्थिक बर्ष खुद नाफा दुई अर्ब रुपैयाँ नघाएको छ। चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पु¥याएको बैंकले गत बर्ष नाफा दुई अर्ब ८ करोड रुपैयाँ पुगेको ढकालले बताए ।  पछिल्लो पटक रिलायवल डेभलपमेन्ट बैंकलाई एक्वायर गरेपछि ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड रुपैयाँ पुगेको हो। बैंकको कर्जा लगानी ८५ अर्व रुपैयाँ हाराहारी पुगेको छ।  बैंकको कुल शाखाहरुको संख्या अब ११२ पुगेको छ। भारत तथा अस्ट्रेलियामा प्रतिनिधि कार्यालय, ११४ वटा एटिएम तथा ५ वटा एक्सटेन्सन काउण्टर र ४६ शाखारहित बैंकिङ्ग सेवा उपलब्ध गराइरहेको छ।