हिगर मिनी बसको नेपालमा बिक्री सुरु

हिगर मिनी बसको नेपालमा बिक्री सुरु


आक्र्स गु्रप प्रालिले चीनको हिगर बस कम्पनी लिमिटेडद्वारा निर्मित २७ सिट क्षमताको हिगर मीनी बसको बिक्री वितरण सुरु गरेको छ । परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सो बसको एक कार्याक्रमका बिच शुभारम्भ गरेका छन् ।


आक्र्स गु्रप प्रालिका प्रमुख कार्यकारी अधिकृत रजुल श्रेष्ठले आयात गरिएको हाइगर मिनि बस तथा उत्पादक कम्पनीबारे जानकारी दिएका थिएका छन् । मीनीबसमा एसी हिटर, वाइफाइ, रेफ्रिजेरेटर, टिभी साइडलगेजलगायत सुबिधा रहेको दाबी कम्पनीको रहेको छ ।

विशेष गरी हिगर बसहरु सुबिधायुक्त भएकोले लामो दुरी, अफिस, स्कुल तथा पर्यटन उद्योगमा रुचाइएको कम्पनीले जानकारी दिएको छ । नाटाका अध्यक्ष मधु आचार्यले पर्यटकहरुका लागि सुबिधायुक्त अत्याधुनिक बसहरु आवश्यक रहेको अवस्थामा हाइगर भित्रिएकोमा खुशि व्यक्त गरेका छन् । सन् १९९८ मा चीनमा स्थपना भएको हिगर बस कम्पनी लिमिटेडले बार्षिक ३५ हजार भन्दा बढी बसहरु उत्पादन गर्दै आएको छ ।