सामान आयातदेखि खुद्रासम्म एउटै मूल्य

सामान आयातदेखि खुद्रासम्म एउटै मूल्य


चालू आर्थिक वर्षदेखि सामान आयातदेखि बिक्रीसम्मको एकिकृत तथ्याङक राख्ने प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको अर्थ मन्त्रालयका राजस्व सचिव शिशिर ढुंगानाले बताएका छन् । सरकारले मूल्य अभिबृद्धि कर (भ्याट) संकलनमा कडाई गर्ने भएको छ ।

कतिपय व्यापारीले न्युनबिजकीरण गरेर भ्याट छली गरेको गुनासो आएपछि चालू आर्थिक बर्षमा भ्याट असुलीमा कडाई गर्न लागेको अर्थमन्त्रालयले जनाएको छ । राजस्व सचिब ढुंगानाले भने,‘यो प्राणाली लागू भएपछि कुनै पनि व्यापारीले भन्सारबाट सामाय आयात गरेदेखि उसले बिक्री गरेसम्मको तथ्याङक एकद्वार प्राणालीमा आउँछ, सो व्यवस्था कार्यान्वयनमा आएसँगै कुनै पनि व्यापारीले भ्याट छल्न सक्दैन ।’

सो प्रणाली लागू भएसँगै व्यापारीले सामान आयात गरेदेखि बिक्री गर्दासम्मको मूल्य उक्त प्राणलीमा देखिनेछ भने मूल्यमा समेत एकरुपकता देखिने दाबी राजस्व सचिब ढुंगानाको रहेको छ । मन्त्रालयले भ्याट कार्यान्वयनमा आए नआएको विषयमा पनि अनुगमन गर्ने भएको छ ।