काँकडभिट्टा नाकामा ६० ट्रक अदुवा अलपत्र

काँकडभिट्टा नाकामा ६० ट्रक अदुवा अलपत्र


काँकडभिट्टाको मेचीनगर भन्सार कार्यालय परिषरमा अदुवा बोकेका ६० भन्दा बढी ट्रक अलपत्र परेका छन् । नेपाली पक्षले कागजी प्रक्रिया पूरा गरे निकासी नरोक्ने बताएको भारतीय पक्षले सर्भर बिग्रिएको भन्दै नेपाली अदुवाको भन्सार जाँचपास गर्न अस्वीकार गरेसंगै सो ट्रक भन्सार नाकामै रोकिन पुगेका हुन ।
सो नाकामा १० दिनदेखि ३५ वटाभन्दा बढी ट्रक थन्किएकोमा मंगलबारसम्ममा भन्सार अनुमति नपाएका ६० ट्रक अलपत्र परेका हुन ।