रुसमा ७.७ रिक्टरको भूकम्प

रुसमा ७.७ रिक्टरको भूकम्प


रुसमा शक्तिशाली भूकम्प गएको समाचार छ । सोमबार साँझ करिब ७.७ रिक्टर स्केलको भूकम्प गएको एजेन्सीहरुले जनाएका छन् । रुसको पूर्वी तटीय क्षेत्रमा केन्द्रबिन्दु बनाएर गएको सो भूकम्प निकै शक्तिशाली महसुस गरिएको बताइएको छ । तथापि, यसबाट भएको मानवीय तथा भौतिक क्षतिको ठेट विवरण भने आइसकेको छैन ।

शक्तिशाली भूकम्पका कारण सुनामीको खतरा रहेको भन्दै वचाउको आवश्यक तयारी गरिए पनि पछि त्यस्तो सम्भावना नरहेको भनी जारी सूचना नै हटाइएको थियो । प्यासिफिक सुनामी वार्निङ सेन्टरले सो भूकम्पका कारण हुनसक्ने सुनामीको खतरा नरहेको भनी पछिल्लो सूचना जारी गरेको थियो ।

अमेरिकी भौगर्भिक सर्वेक्षण केन्द्रले उक्त भूकम्पको गहिराई ११.७ किलोमीटर मात्र रहेको बताएका थिए । भूकम्पको उद्वारकार्य भइरहेको जानकारी दिइएको छ ।