आन्तरिक राजस्व कार्यालयमा ग्लोबल आईएमईको शाखा

आन्तरिक राजस्व कार्यालयमा ग्लोबल आईएमईको शाखा


ग्लोबल आईएमई बैंकले आन्तरिक राजस्व कार्यालयमा राजस्व संकलन गर्ने सेवा शुरु गरेको छ । बैंकले चार वटा आन्तरिक राजस्व कार्यालय लाहान, जनकपुर, धरान र तुल्सीपुरमा काउन्टर स्थापना गरी राजस्व संकलन सेवा शुरु गरेको हो ।

यसअघि बैंकले यातायात व्यवस्था कार्यालय गण्डकी, कोसी र नारायणीमा पनि राजस्व संकलन गरिरहेको छ । त्यस्तै बैंकले राहदानी विभाग, महानगरीय ट्राफिक प्रहरी प्रभाग, त्रिभुवन विश्वविद्यालय, अध्यागमन विभाग, उद्योग विभाग, यातायात व्यवस्था कार्यालयलगायतका सरकारी कार्यालयमा पनि राजस्व संकलन सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले १ सय १२ शाखा, १ सय १४ एटीएम, ५ वटा एक्सटेन्सन काउन्टर, ४६ वटा शाखारहित बैंकिङ सेवामार्फत् आफ्ना ७ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।