एउटै बैंकले कमायो वर्षदिनमा तीन अर्ब

एउटै बैंकले कमायो वर्षदिनमा तीन अर्ब


सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा अहिलेसम्मकै सर्वाधिक उच्च नाफा तीन अर्ब रूपैयाँ आर्जन गरेको छ । आर्थिक वर्ष ०७२-०७३ मा २ अर्ब २२ करोड खुद नाफा गरेको बैंकले ०७३-७४ मा ७८ करोड थप नाफा आर्जन गरेपछि नाफामा नयाँ कीर्तिमान कायम हुन पुगेको हो ।

आर्थिक वर्ष ०७२-७३ मा एक खर्ब ४६ अर्ब नगद मौज्दात रहेको राष्ट्रिय वाणिज्य बैंकले ०७३-७४ मा एक खर्ब ५३ अर्ब मौज्दात कायम गरेको छ । पहिलेको आर्थिक वर्षमा ८४ अर्ब मात्र ऋण लगानी गरेको बैंकले आर्थिक वर्ष ०७३-७४ मा एक खर्ब ६ अर्ब लगानी पु¥याएको छ । अघिल्लो आर्थिक वर्षमा ऋण लगानी र निक्षेपको अनुपात ६४ प्रतिशत रहेकोमा यसपटक ६९ प्रतिशत पुगेको छ । लगानी बढाएर पनि खराब कर्जा घटाउन बैंक सफल भएको छ । पहिले २.७ प्रतिशत खराब कर्जा रहेको बैंकले यसपटक २.५ प्रतिशतमा झार्न सफल भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा दशकअघि ६७ प्रतिशत रहेकोमा वित्तीय क्षेत्र सुधार कार्यक्रम लागू भएपछि दुई वर्षअघि २५ प्रतिशतमा सीमित भएको थियो । अन्तर्राष्ट्रिय मापदण्डअनुसार ५ प्रतिशतभन्दा तलको अनुपातमा खराब कर्जा पु¥याउन सक्नुलाई राम्रो मानिन्छ । राष्ट्रिय बाणिज्य बैंकको स्थिति सुधारको दिशातर्फ तीव्र गतिमा अघि बढेको पाइएको छ ।