उच्च पदस्थ ब्यक्तिहरुको कारोबारमा थप कडाइ गर्न राष्ठ्र बैंकको निर्देशन

उच्च पदस्थ ब्यक्तिहरुको कारोबारमा थप कडाइ गर्न राष्ठ्र बैंकको निर्देशन


नेपाल राष्ट्र बैंकले नयाँ आर्थिक बर्ष २०७४/०७५ को शुरुवातसँगै वित्तीय क्षेत्रमा नयाँ ब्यवस्था लागू गरेको छ । राष्ट्र बैंकले साउन १ गतेबाटै लागू हुनेगरी उच्च पदस्थ ब्यक्तिहरुको कारोबारमा थप कडाइ गर्न सम्बद्ध बैंक वित्तीय संस्थालाई निर्देशन दिएको छ । सम्पती शुद्धिकरण तथा आतंकबादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी ब्यवस्थालाई थप परिमार्ज गरी कुनै पनि उच्च पदस्थ ब्यक्ति तथा उनीहरुको परिवारले दैनिक १० लाख रुपैयाँभन्दा बढीको कारोबार गरेमा अनुसन्धान गरी सोको बिवरण वित्तीय जानकारी इकाइमा पढाउन निर्देशन दिएको छ ।

नयाँ आबको शुरुवातसँगै नेपाल धितोपत्र बोर्डले सेयर आवेदन दिँदा आस्वा प्रणालीलाई अनिवार्य गरेको छ । धितोपत्र बाँडफाँड प्रक्रियालाई सरल, व्यवस्थित र पारदर्शी बनाउन बोर्डले आजैदेखि आस्वा अनिवार्य गरेको छ । आस्वाको पूर्ण कार्यान्वयनसँगै आवेदन दिएको २० दिनभित्र सेयर बाँडफाँड हुनेछ । यस अघि प्राथमिक सेयर भरेको ६० दिनमा मात्र बाँडफाँड हुँदै आएको थियो । जसले गर्दा लगानीकर्ताको सेयर आवेदन दिएको रकम लामो समयसम्म होल्ड भएर बस्ने प्रबृतिको अन्त्य हुनेछ । यस अघि सवारीसाधन खरिदमा लागेको ५० प्रतिशतको सीमा पनि आजबाट हटेको छ ।

नेपाल राष्ट्र बैंकले सवारी साधन खरिदमा बैंक वित्तीय संस्थाले ५० प्रतिशतमात्र लगानी गर्न पाउँने ब्यवस्थालाई चालू आर्थिक बर्षको मौद्रिक नीतिले मापरिमार्जन गर्दै लगानीको सीमा ६५ प्रतिशतसम्म पुर्याएको छ । यसैगरी सरकारले आजैदेखि १४ वटै अञ्चल यातायात कार्यालयबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) को स्मार्ट कार्ड वितरण शुरु गरेको छ ।