भारतीय नागरिक सुमन सुनसहित पक्राउ

भारतीय नागरिक सुमन सुनसहित पक्राउ


अबैधरुपमा भन्सार छलि गरि ल्याउदै गरेको डेढ किलो भन्दा बढी सुनसहित एक भारतीय नागरिक मकवानपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहारको पूर्वी चम्पारण जटियाही पोष्ट जकीयारी बस्ने ३५ वर्षीय सुमन कुमार रहेका छन् ।

काठमाडौंबाट वीरगञ्ज तर्फ जाँदै गरेको ना १ ज ४०२९ को टाटा सुमोलाई हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेस्थित प्रहरी चेकपोष्टमा शुक्रबार बिहान साढे सात बजे जाँच गर्दा सुनसहित भारतीय नागरिक पक्राउ परेका हुन् । उनको साथबाट १ किलो ५१६ ग्राम सुन बरामद भएको र यसको बजार मूल्य ७० लाख ५९ हजार रुपैयाँ पर्ने बताइएको छ ।

पक्राउ परेका व्यक्तिलाई सुनसहित राजश्व अनुसन्धान बिभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय बारा पथलैयामा बुझाइएको बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता बामदेब गौतमले जानकारी दिए ।