जापानको फुकुओकामा आइएमई क्योदाईको नयाँ शाखा

जापानको फुकुओकामा आइएमई क्योदाईको नयाँ शाखा


जापानबाट नेपाललगायत विश्वका बिभिन्न देशहरुमा रेमिटेन्स कारोवार गर्दै आएको आइएमई क्योदाई रेमिटेन्सले जापानस्थित फुकुओकाको हाकातामा नयाँ शाखा विस्तार गरेको छ । आफ्नो सञ्जाल बढाउने क्रममा जापानको फुकुओका शहरको हाकातामा गत सातादेखि थप एक शाखा सञ्चालनमा ल्याइएको जानकारी दिइएको छ ।

आइएमईका प्रमूख कार्यकारी अधिकृत सुमन पोखरेल, क्योदाई रेमिटेन्सका प्रमुख एवम् एनआरएन जापानका उपाध्यक्ष टक गैरे लगायतको उपस्थितिमा नयाँ शाखाको शुभारम्भ गरिएको हो । शाखा कार्यालय उद्घाटनका क्रममा आइएमईका प्रमुख कार्यकारी अधिकृत पोखरेलले विदेशबाट पैसा पठाउने भन्ने बित्तिकै आइएमईको नाम आउने हुँदा यसको छुट्टै पहिचान रहेको बताउँदै पैसा पठाउने विश्वासिलो र भरपर्दो ब्राण्डको रुपमा आइएमईलाई लिएकोमा सबैलाई धन्यवाद दिए । टोकियोपछि नेपाली विद्यार्थीको बाहुल्यता फुकुओकामा रहेकोले नेपाली विद्याथी सहित सबैको लागि सहज होस् भन्ने उद्देश्यले पÞmुकुओकामा शाखा विस्तार गरिएको हाकाता शाखा प्रमुख रामकृष्ण श्रेष्ठको भनाई थियो । नयाँ शाखा विस्तारसँगै क्योदाई रेमिटेन्सले फुकुओकामा रहेका सम्पूर्ण नेपाली संघसंस्थाको लागि विशेष अवसरमा हुने छलफलमा निःशुल्क बैठक हल उपलब्ध गराउने समेत बताएको छ ।