सानिमा बैंकको पहिलो सामुहिक लगानी कोष

सानिमा बैंकको पहिलो सामुहिक लगानी कोष


सानिमा बैंकले आफ्नो पहिलो सामुहिक लगानी कोष योजना सञ्चालनमा ल्याउने तयारी गरेको छ । बैंकको प्रवद्र्धन र सानिमा क्यापिटलको सञ्चालनमा पहिलो योजना ‘सानिमा इक्विटी फण्ड’ का इकाई निष्काशनको तयारी चलिरहेको छ ।

बैंकका अनुसार इकाइको निष्काशनको क्रममा मागभन्दा बढि आवेदन परेमा २५ प्रतिशतसम्म कोषको आकार बढाउन सकिने नीतिगत व्यवस्था रहेको छ । त्यसर्थ, कोषको आकार १ अर्ब २० करोड हुनेछ । कोषमा प्रवद्र्धक र सञ्चालकको १५ प्रतिशत बिउ पुँजी रहनुपर्ने व्यवस्था छ । कोषको व्यवस्थापकहरूमा चार्टर्ड एकाउन्टेन्ट तिर्थराज उपाध्याय, ललितबहादुर बस्नेत, ख्याम नारायण ढकाल, डा. हेमन्तकुमार दवाडी र माधवप्रसाद ढकाल रहेका छन् ।

यस कोषमार्फत उठ्ने रकममध्ये ८० देखि ९० प्रतिशत लगानी सेयरमा हुनेछ र अन्य लगानी निक्षेप लगायतका वित्तीय उपकरणमा हुनेछ । बन्दमुखी सो योजना सेयर बजारमा सूचीकृत भएपछि भने हरेक दिन किनबेच गर्न सकिने बताइएको छ । यो योजनाको अवधि ७ वर्षको रहेको छ भने। कोषको लगानीमा नाफा भएमा लगानीकर्ताहरुले प्रतिफल पाउने छन् । दोस्रो बजारमा हुने मूल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने बताइएको छ । ७ वर्षको परिपक्व अवधिमा कायम हुने अन्तिम लगानीकर्ताले कम्पनीको नेटपर्थ प्रति सेयर जति हुन्छ त्यही आधारमा आफ्नो लगानी फिर्ता पाउने छन् ।