रिलायवल डेभलपमेन्ट बैंक ग्लोबलमा विलय हुने

रिलायवल डेभलपमेन्ट बैंक ग्लोबलमा विलय हुने


ग्लोबल आइएमई बैंक लि.को हालै सम्पन्न विशेष साधारणसभाले रिलायवल डेभलपमेन्ट बैंक हासिल गर्नेसम्बन्धी विषेश प्रस्ताव पारित गरेको छ । यही असार ९ गते बसेको बैंकको विशेष साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । विगत ११ वर्षदेखि बैंकिङ कारोबार गर्दै आएको रिलायवल डेभलपमेन्ट बैंकको चुक्ता पूँजी १ अर्ब १ करोड ४ लाख रहेको छ ।

काठमाडौंमा बसेको सो सभाले रिलायवल डेभलपमेन्ट बैंक लि. को १०० कित्ता शेयरलाई ग्लोबल आइएमई बैंक लि. को ८२.९० कित्ता शेयर दिने गरी शेयर स्वाप अनुपात कायम गर्नेसहितको विषेश प्रस्ताव सर्वसम्मतिले पारित गरेको बताइएको छ । उक्त बैंकप्राप्ति पश्चात् ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी ८ अर्ब ८ करोड ३ लाख पुग्नेछ भने शाखा संख्या ११२, एटिएम ११४, ५ वटा एक्सटेन्सन काउण्टर, ४६ शाखारहित बैंकिङ सेवा तथा ग्राहक संख्या ७ लाख भन्दा बढि पुग्ने छ । साथै यही असार मसान्त सम्ममा दुवै बैंकबीच एकीकृत कारोबार गर्ने लक्ष्य ग्लोबल आइएमई बैंकले लिएको छ ।