ट्रम्पबारे यस्तो खुलासा

ट्रम्पबारे यस्तो खुलासा


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘मुड’को विषयमा तरह–तरहका चर्चा चल्ने गर्छन् । आखिर ट्रम्पको मुड किन अस्वाभाविक रूपले परिवर्तन भइरहन्छ भन्ने सम्बन्धमा आमरूपमै चासो चलेको पाइन्छ । मेन्स जर्नलमा प्रकाशित रिपोर्टअनुसार Finasteride नामक औषधि यस्तो खतरनाक हुन्छ, जसको साइडइफेक्टस्का रूपमा डिप्रेसन, इनसोमनिया, ब्रेन फग, आत्महत्याको सोच एवम् यौन सम्बन्धमा कमजोरीजस्ता अवगुण पैदा हुन सक्छन् । ट्रम्पको ‘मुड’सँग यही औषधिको सोझो प्रभाव छ जो उनले सेवन गर्दै आएका छन् । लामो समयदेखि ट्रम्पको पर्सनल डक्टरको रूपमा सेवा दिँदै आएका हेरोल्ड एन बोर्नस्टिनले न्युयोर्क टाइम्सलाई बताएअनुसार ट्रम्प प्रतिदिन पुरुषको कपाल खुइलिनबाट रोक्न Finasteride नामक ड्रगको सानो डोज लिन्छन् । यो औषधि लामो समयसम्म लिएमा दिमागी कन्फ्युजन उत्पन्न हुने र सेक्स लाइफ प्रभावित गर्न सक्ने डक्टर हेरोल्डको भनाइ छ । ज्ञातव्य छ, बितेको पाँच वर्ष अवधिमा यौनिक तथा दिमागी दुस्प्रभावबारे प्रस्ट जानकारी नदिइएको आरोपमा औषधि निर्माण गर्ने विभिन्न कम्पनीहरूमाथि लगभग साढे बाह्र सयवटा मुद्दा परेको छ ।