तपाईंको यो साता

तपाईंको यो साता


साप्ताहिक राशिफल (जेठ ३१–०६ असार)

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) :
आर्थिक कारोबारमा विवाद आउनेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । मुद्दामामिला आइपर्ला । प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । साताको अन्त्यबाट काम गर्ने जोस, जाँगर र हिम्मत बढ्नेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ आकासे नीलो हो ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) :
कूतनीतिक नियोगको सहयोग मिल्ला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । खाद्यान्नको करोबारमा फाइदा मिल्नेछ । वाहन लाभको योग छ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । साताको अन्त्यमा सरकारी निकाएको भय रहला । दुर्घटनाको भय भएकाले सचेत रहनुहोला । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि कालभैरवको स्मरण गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क २, ५ र घिउरङ हो ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) :
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । व्यवसायमा प्रसस्त लाभ मिल्नेछ । शुभ समाचार सुन्न पाइएला । काम गर्ने जोस, जाँगर र हिम्मत बढ्नेछ । वस्त्र लाभ हुनेछ । आइतबारबाट राजनीतिक विवाद बढ्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । चोटपटक लाग्न सक्नेछ । कुनै शुभकर्म गर्नुपूर्व सिद्धिविनायकायको ध्यान गरी आरम्भ गर्दा अत्यन्त लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क १, ६ र शुभरङ सुन्तला हो ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) :
अनुहारमा कान्ति र मनमा शान्ति छाउला । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । तरल पदार्थमा गरेको लगानीबाट सफलता मिल्नेछ । साताको अन्त्यबाट मनमा अविश्वास उत्पन्न हुनेछ । गलत निर्णय लिन पुगिएला । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महासरस्वतीको दर्शन गरी गरी आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ कलेजी हो ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) :
अरूको मन जित्न सफल भए पनि व्यापार व्यवसायमा लगानी नगर्दा वेश होला । मनमा चञ्चलता बढ्नेछ, महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सवारीसाधनको खरिद–बिक्री हुनेछ । मध्यसाताबाट अनावश्यक यात्राको साथै आर्थिक कारोबारमा मन्दी आउनेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ । दुर्गाजीको आराधना गरी यात्रा गर्नले सफलता मिल्नेछ । यो साताका लागि शुभअङ्क ५, ६ र शुभरङ आकासे नीलो हो ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) :
घरजग्गाको करोबारमा सफलता मिल्नेछ । शैक्षिक क्षेत्रबाट फाइदा लिन सकिनेछ । कीर्तिमानी काम गर्ने समय छ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । आइतवारबाट खर्चिलो यात्रा हुनेछ । वैदेशिक कार्यमा समस्या देखापर्ला । मनोरञ्जन र भ्रमणमा खर्च बढ्नेछ । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बगलामुखीको ध्यान गरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क २, ५ र शुभरङ रातो हो ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) :
यस साता नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ । मुद्दामामिलामा विजय प्राप्त हुनेछ । साताको अन्त्यबाट घरपरिवारमा झै–झमेलाको अवस्था आउला । प्रेममा बाधाका साथै मन कमजोर रहला । शुभकर्म गर्नुपूर्व वा भगवतीको दर्शन गरी कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ४, ७ र शुभरङ सेतो हो ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) :
पार्टी तथा सेमिनारमा सहभागी भइएला । चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । शत्रुहरू किनारा लाग्नेछन् । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि वरुण भगवान्का ध्यान गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क १, ५ र शुभरङ गुलाबी हो ।

धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे) :
जोसजाँगर र हिम्मत बढ्ला । यस साता व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । लामो समयदेखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । शत्रुहरू किनारा लाग्नेछन् । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि कालभैरवको दर्शनगरी कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क २, ८ र शुभरङ ध्वाँसे वा घुर्मैलो हो ।

मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि) :
यो साता लेनदेन तथा लगानी नगर्दा बेस होला । लेनदेनमा सजकता अपनाउनुपर्नेछ । पारिवारिक उल्झनमा परी आँटेको काम बिग्रने छ । साताको अन्त्यमा धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको लगानी लाभदायक हुनेछ । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि देवीजीको स्मरण गर्नाले सफलता हात पर्नेछ । यो साताका लागि शुभअङ्क १, ९ र शुभ रङ पहेँलो हो ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) :
बोलीको प्रभाव बढ्नेछ । ठूला व्यक्तिले तपाईंको मिहिनेतको प्रशंसा गर्नेछन् । राज्यबाट मानसम्मान मिल्नेछ । सजिलै अरूको विश्वास जित्न सकिनेछ । साताको अन्त्यबाट व्यवसायमा नोक्सानी व्यहोर्नुपर्नेछ । वैदेशिक कार्यमा समस्या देखापर्ला । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवाजीको ध्यान गरी कार्य आरम्भ गर्दा लाभ मिल्नेछ । यो साताका लागि शुभअङ्क २, ४ र शुभ रङ खैरो हो ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) :
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । घरमा अतिथिको आगमन हुनेछ । साताको अन्त्यतिर समय प्रतिकूल भई कुलतमा मन जानेछ । मुद्दामामिलामा झुटा आरोप लाग्न सक्छ । आर्थिक कारोबारमा विवाद आउनेछ । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को दर्शन गरी कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । यो साताका लागि शुभअङ्क ४, ६ र शुभरङ सेतो वा हरियो हो ।