पात्र : राजा त्रिभुवन (०७ सालसम्म)

पात्र : राजा त्रिभुवन (०७ सालसम्म)


sn-karki-5

– स्वयम्भूनाथ कार्की

कुनै पात्रको उल्लेख गरिँदा यसरी भाग लगाएर गरिने कुरा अलि अनौठो लाग्नु स्वाभाविक नै हो । तर, यो नौलो भने होइन । आलेखको कलेवरमा समेट्नुपर्ने बाध्यताको साथै हरेक आलेखको स्वतन्त्र पाठकत्व रहोस् भन्ने प्रयत्न गर्नुपर्दा विषयलाई त्यसको कुनै न कुनै किसिमको वर्गीकरण गरेर भाग लगाउनुपर्ने नै हुन्छ । यसमा पनि त्यस्तै आधारमा भाग लगाउने प्रयत्न भएको छ ।

०७ सालको शाही घोषणासम्म बीपीको राजा त्रिभुवनसँगको प्रत्यक्ष कुराकानी हुने गरेर केवल एक भेट मात्र भएको उल्लेख आत्मवृत्तान्त किताबमा छ । राजाको नाममा वा काँधमा राखेर चलाइएको क्रान्तिमा क्रान्तिनायक र नामले काँध दिनेबीच संवादहीनताको अवस्थामा पनि कसरी क्रान्ति सफल भयो यो चर्चा रोचक नै हुनेछ । राजा त्रिभुवनलाई राणाहरूको चङ्गुलबाट मुक्ति पाउन नेपाली काङ्ग्रेसबाहेक अन्य विकल्प थिए वा थिएनन् त्यो कुराभन्दा नेपाली काङ्ग्रेसले सञ्चालन गरेको क्रान्तिलाई उचित ठह¥याउन राजाको काँध नै आवश्यक थियो भन्ने कुरा यही किताबमा पनि निकै स्थानमा स्वीकार गरिएको छ ।

परिच्छेद २६ मा बीपीले राजा त्रिभुवनसँग सम्पर्क भएको कुरा उल्लेख गरेका छन् । तर, यो सम्पर्क राष्ट्रिय काङ्ग्रेस घटकको थिएन, डेमोक्रेटिक काङ्ग्रेस घटकको थियो । बीपी भन्छन्, ‘म काठमाडौंमा लुकेर आउँदा राजाका छोराहरूले मसँग सम्पर्क गरेका थिए, भेट्न चाहन्छु भनेर । पछि डराएर भेटेनन् । हामीहरूको, नेपाली राष्ट्रिय काङ्ग्रेसको सम्पर्क राजासँग थिएन । तर, डेमोक्रेटिक काङ्ग्रेसको थियो ।’ यति भनेपछि पनि शायद डेमोक्रेटिक काङ्ग्रेसले त्यसबेला बीपीलाई भरोस गर्न हुन्छ भन्ने सन्देश पठाउन नभ्याएकाले पो भेट भएन कि भन्ने शङ्काको लाभ दिन पनि खोजेका छैनन्, सीधै डरले भेटेनन् भनेर पैmसला सुनाएका छन् । सुवर्णजीले अप्रत्यक्ष रूपमा आफूमार्पmत नै बीपीको राजासँगको संवाद रहोस् भनेर चाहेको कुरा त्यही बीपीले गरेको अर्को उल्लेखले देखाउँछ । उनी भन्छन्, ‘सुवर्णजीले मलाई के भन्नुभयो भने राजासँग मेरो सम्पर्क छ, केही संवाद छ, पठाउने हो भने पठाऊँ । मैले भने पठाउनुस् ।

यो संवाद पठाउने तरिका जासुसी सिनेमा वा उपन्यासको जस्तो थियो । हुन त त्यसबेलाको समयमा यस्तै तरिकाले गोप्य सन्देश आदानप्रदान गर्ने प्रचलन नै थियो । राजा त्रिभुवनलाई कोलकाताबाट सिग्रेट पठाइन्थ्यो वा उनको निमित्त कोलकाताबाट सिगरेट मगाइन्थ्यो । त्यो सिगरेटसम्म सुवर्णजीको पहँुच थियो । तीमध्ये कुनै एक सिगरेटको सुर्ती झिकेर नेपाली कागजमा लेखिएको सन्देश राखेर सिगरेटलाई फेरि सुर्ती भरेर डिब्बामा फेरि सिल गरेर सन्देश पठाइन्थ्यो । यसरी पठाएको सन्देश प्राप्त गर्नेले मात्र चिन्ने सिगरेटमै हुन आवश्यक पर्छ । यसको सीधा अर्थ के भने चाहे बीपी घटकको काङ्ग्रेसले राजाको भूमिका नदेखोस्, तर डेमाक्रेटिक काङ्ग्रेसमा राजा त्रिभुवनको कुनै न कुनै किसिमको असर भने थियो । इतिहासबाट लष्केको तथ्य के पनि हुन सक्छ कि शायद राजा त्रिभुवनकै निर्देशमा महावीरशमशेर र सुवर्णशमशेरले आफ्नो पार्टी नेपाली डेमोक्रेटिक काङ्ग्रेस हुँदाहँुदै बीपीलाई पार्टी गठन गर्न सबै प्रकारको सहायता आपँैmले बोलाएर दिए ।
राजा त्रिभुवन
कुनै अन्तरिम लाभ हुनेबित्तिकै त्यो लाभमा आफ्नो हक खोज्ने प्रवृत्ति रहने गर्दछ । यो सधैँभरि देखिने गरेको प्रवृत्ति हो । वीरगञ्जको हमलामा थीरबम मल्ल गुमाएर पनि पचास लाख हात परेको थियो । यो पैसाले सङ्गठन नै छिन्नभिन्न हुनेजस्तो परिस्थिति जन्म्यो । परिच्छेद ३० मा बीपी भन्छन्, ‘त्यसबेलामा पैसाको कटुपक्षको पहिला अनुभव भयो । त्यो ५० लाख रुपैयाँ लिएर आएपछि, त्यसमा मेरो नियन्त्रण बेसी हुनुपर्छ भनेर तेजबहादुर अमात्य आयो ।’ नभन्दै यो पैसाको कारणले नेपाली काङ्गे्रसको क्रान्ति त्यहीँ तुहिन सक्ने थियो । तर, यो झन्डै हलाहलभैmँ भएको त्यो विषपान गर्न राजा त्रिभुवनको नाम काम लाग्यो । तर, बीचैमा भारतले त्यो पैसा जफत गरिदिएकाले राजासम्म पुग्नै पाएन । यदि पुगेको भए सम्भवतः नेपाली राजतन्त्रले त्यसैमा पनि अर्को अवगाल पाउने थियो कि भनेर भन्न सकिए पनि आवश्यकताचाहिँ परेन ।

राजालाई हेलिकोप्टरबाट पाल्पा पु¥याएर त्यहाँबाट नयाँ सरकार बनाउने कुरा असफल भयो । जुन पाल्पाका कमान्डर इन चिफमा सम्पूर्ण भरोसा गर्नुपर्ने थियो तिनले र तिनका छोराहरूले गर्दा नै केआई सिंहले केन्द्रीय नेतृत्वसँग विद्रोह नै गर्नुप¥यो भने त्यो कुरा सफल भएको भए केसम्म हुन सक्थ्यो भनेर कल्पना गर्न सकिन्छ । त्यसैले राजा त्रिभुवनले नेहरूको अतिथि हुन सबैभन्दा उत्तम विकल्प देखे । सम्भवतः नेपाली काङ्ग्रेसको बीपी घटकभन्दा सुवर्ण घटकलाई ज्यादा भरोसा गरे । त्यसैले वार्ताको आह्वानमा वार्ताको वातावरण नबनुन्जेल बीपीसँगको भेट टारे । वार्तास्थलको चुनावमा बीपीको तथ्यमा भन्दा सोचाइ र मान्यतामा आधारित तर्कले गर्दा सम्भवतः राजा त्रिभुवनले आपैmँ बीपीसँगको एक भेटपछिको अन्य भेटमा अनिच्छा गरेका हुन सक्छन् । त्यसैले त पछि नेपाल फर्किने बेलासम्म न बीपीले राजा भेट्न चाहे न राजले नै भेट्ने चासो दिए । जुन कुरा राजासँग र राणासँग हुनुपर्ने थियो त्यो कुरा बीपीले नेहरू र नेहरूका मान्छेसँग गरे । किताबमा राजा बीपीको भेटमा न राजा त्रिभुवन नै उत्साहित देखिए न बीपी नै । दिल्लीमा तयार राजाले गर्ने भनिएको शाही घोषणाको अनुवाद गर्ने जिम्मा भने बीपीले पाए, तर त्यसमा उनले डेमोक्रेसीको अनुवाद गणतन्त्र गरेको स्वीकार गरेका छन् । यसरी सात सालको धोखा नहुन्जेल राजा त्रिभुवनको जुन रूप छ त्यसपछि भने त्यसको ठीक विपरीत छ ।