एकै रातमा कुरा फेर्‍यो माओवादीले

एकै रातमा कुरा फेर्‍यो माओवादीले


माओवादी, काङ्ग्रेस, एमाले र मधेसकेन्द्रित दलहरूबीच गत आइतबार सम्पन्न बैठकको समझदारी तोड्न माओवादीले गरेको प्रयत्न असफल भएको छ । भदौ सात गतेको निर्वाचनले पनि नयाँ प्रधानमन्त्री चयन गर्नसक्ने स्थिति नरहेपछि भदौ ६ गते आइतबार दलहरूबीच एक छलफल कार्यक्रमको आयोजना गरिएको थियो । बैठकमा दलहरूबीच अलिक लामै समय लिएर भए पनि सहमतिको प्रयास गम्भीर रूपमा गर्ने भन्ने समझदारी बनेको थियो । त्यस निम्ति दर्ुइ साताको समय लिने र भदौ २० गते आइतबारलाई प्रधानमन्त्री निर्वाचनको तिथि निर्धारण गर्ने सहमति सो बैठकमा भएर दलहरू छुटेका थिए । उक्त बैठकको विषयलाई लिएर सञ्चारमाध्यमहरूले पनि सकारात्मक रूपमा समाचार सम्प्रेषण गरेका थिए । तर, सोमबार माओवादीहरूले अचानक कुरा बदले । उनीहरूले दर्ुइ साता होइन दर्ुइ/चार दिनभित्रै अर्को निर्वाचन हुनुपर्ने प्रस्ताव राखे । भदौको बाह्र/तेह्र गतेभित्रै निर्वाचनको तिथि तोक्नुपर्‍यो भनेर माओवादीले काङ्ग्रेस, एमाले र सभामुखसमक्ष प्रस्ताव गरेपछि सबैले त्यस प्रस्तावलाई अस्वीकार गरे । सात दलको बैठकले एउटा समझदारी बनाइसकेको हुँदा यसलाई बदल्ने काम नगरौं भनेर सभामुखसहित दलहरूले अडान लिएपछि माओवादी पनि भदौ बीस गते नै प्रधानमन्त्री चुनावको तिथि स्वीकार गर्न बाध्य भएको थियो । माओवादी यसरी एकै रातमा किन बदलियो – अन्य पक्षका अघिल्तिर यो प्रश्न गम्भीर बनेर उभियो । वास्तविकता पत्ता लगाउने प्रयास काङ्ग्रेस, एमाले र अन्य दलका तर्फबाट हुँदा एउटा रहस्य खुल्न पुगेको छ । प्राप्त जानकारीअनुसार सात दलको बैठकपश्चात् आइतबारै राति मधेसी जनअधिकार फोरमका नेता उपेन्द्र यादवसँग माओवादी नेताहरूको वार्तालाप भएको थियो र उक्त वार्तालाप सहमतिमा पुगेर टुङ्गिएको थियो । सहमतिअनुसार उपेन्द्र यादवले अर्को चरणको निर्वाचनमा मोर्चाबाट बाहिरने र प्रचण्डलाई मतदान गर्ने भएका छन् । ढिलो गर्दा परिस्थिति प्रतिकूल हुनसक्ने भएकोले यादवले प्रचण्डलाई अर्को तिथि टाढा पुर्‍याउन नहुने भनी सुझाएका थिए । यसरी यादवले आफूलाई मतदान गर्ने बताएपछि प्रचण्ड अघिल्लो दिन -आइतबार) बनेको समझदारी तोड्न तयार हुनुभएको थियो । ज्ञातव्य छ, फोरमका दर्ुइ दर्जन सभासद्मा आधाभन्दा बढी नेता जयप्रकाश गुप्तासँग रहेका छन् भने एघारजना मात्र यादवका पक्षमा देखिएका छन् । यादवले मधेसी मोर्चा मात्र तोडेर माओवादीसँग जाने भनेका हुन् या पार्टी नै फुटाएर जाने भनेका हुन् सो भने स्पष्ट हुन सकेका छैन । तर, माओवादी सूत्रले जनाएअनुसार आगामी निर्वाचनमा -भदौ २० गते) उपेन्द्र यादवले पूर्ण साथ दिने विश्वास प्रचण्डले गर्नुभएको छ । यसैबीच प्राप्त अर्को एक जानकारीअनुसार गत शनिबार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार र प्रचण्डले सँगै ‘बे्रकफास्ट’ लिनुभएको थियो । सो ‘बे्रकफास्ट’ बैठकमा बनेको सहमतिअनुसार भोलिपल्ट बिहान माओवादीका देव गुरुङ, विजय गच्छदार र उपेन्द्र यादवबीच ललितपुरको सातटोबाटोमा एक विशेष बैठक भएको थियो । बैठकमा प्रचण्डको नेतृत्वमा सरकार बनाउने हो भने त्यसमा कुन-कुन मन्त्रालय कसले लिने र सरकारलाई कसरी पूर्णता दिने भन्नेबारेमा छलफल भएको बताइएको छ । गच्छदारले वरिष्ठ उपप्रधानमन्त्रीसहित गृह मन्त्रालयको जिम्मेवारी लिने र कम्तीमा चार मन्त्रालय प्राप्त गर्ने स्थिति देखिएपछि उपेन्द्र यादव आफू एक्लै माओवादीसँग जान उत्प्रेरित थिए । उक्त बैठकपश्चात् उपेन्द्र यादव माओवादीलाई एक्लै भए पनि साथ दिन तत्पर भएको बताउन थालिएको छ ।

पार्टी फुटाउन बेग्लै कार्यालय †
नेपाली काङ्ग्रेसलाई सुदृढ, संस्थागत र एकताबद्ध तुल्याउन कटिबद्ध कार्यकर्ताहरू पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको व्यवहारका कारण चिन्तित र क्रोधित हुन पुगेका छन् । सानेपामा विशाल र भव्य पार्टी कार्यालय भवन हुँदाहुँदै देउवाले काठमाडौंमा छुट्टै कार्यालय खोलेपछि काङ्ग्रेस कार्यकर्ता तथा शुभचिन्तकहरू चिन्तित हुन पुगेका हुन् । वि.सं. २०५९ सालमा काङ्ग्रेस विभाजन गर्नुअघि पनि देउवाले काठमाडौंमा आफ्नो बेग्लै सर्म्पर्क कार्यालय खोल्नुभएको थियो । केही समय बेग्लै समूहको अभ्यास गरेपछि देउवाले काङ्ग्रेसबाट अलग्गिएर अर्कै पार्टी गठन गर्नुभएको थियो । बाह्रौं महाधिवेशनको सङ्घारमा देउवाले आफ्नो छुट्टै कार्यालय खोल्नुलाई काङ्ग्रेसका तमाम कार्यकर्ता तथा नेताहरूले स्वाभाविक रूपमा लिएका छैनन् । पुनः पार्टी विभाजनको अभ्यासका रूपमा यसलाई लिइएको छ ।
काङ्ग्रेसको हालै सम्पन्न जिल्ला तथा क्षेत्रीय अधिवेशनहरूको परिणाम शेरबहादुर देउवाका निम्ति अत्यत निराशाजनक रहेपछि बाह्रौं महाधिवेशनबाट आफू सभापति निर्वाचित हुन नसक्ने निष्कर्षमा देउवा पुग्नुभएको छ । निर्वाचन परिणामले सुशील कोइरालालाई सबैभन्दा बलियो देखाएको छ भने त्यसपछि खुमबहादुर खड्कालाई । आफ्नो हैसियत सुशील कोइराला, खुमबहादुर खड्काको भन्दा कमजोर देखिएपछि देउवाले महाधिवेशनमा भाग लिए पनि त्यसपछि आफ्नो छुट्टै समूह लिएर काङ्ग्रेसबाट अलग्गिने सम्भावना बढेको छ । महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा जिल्ला सभापतिहरूको विवरणको अध्ययन गर्दा सुदूरपश्चिमाञ्चलबाहेक अन्यत्र देउवाको स्थिति लज्जास्पद देखिएको छ । पाँच विकास क्षेत्रमध्ये सबैभन्दा कम मत रहेको सुदूरपश्चिममा देउवाका पक्षमा साठी प्रतिशत, खुमबहादुर खड्काका पक्षमा पच्चीस र सुशील कोइरालाका पक्षमा पन्ध्र प्रतिशत मत रहेको विश्वास गरिन्छ । बाँकी चारवटै विकास क्षेत्रमा देउवाको स्थिति अत्यन्त नाजुक छ, खुमबहादुर खड्काका समर्थकहरू जहाँ विजयी बनेकाछन् तिनैलाई आफ्ना मान्छेका रूपमा गणना गरेर चित्त बुझाउने अवस्थामा देउवा पुग्नुभएको छ । पश्चिम नेपालका अछाम -पुष्पबहादुर शाह), कपिलवस्तु -सुरेन्द्र आचार्य), गुल्मी -चन्द्र केसी), पाल्पा -वीरबहादुर राना), नवलपरासी -देवेन्द्र कँडेल), कालिकोट -कालिबहादुर सहकारी), मुगु -ऐनबहादुर शाही), सर्ुर्खेत -तप्तबहादुर विष्ट), दाङ -घनश्याम रेग्मी), प्यूठान -सुरेश केसी) र मनाङ -टेकबहादुर गुरुङ) लगायतका जिल्लामा सभापति पदमा विजयी भएका खड्का समर्थकहरूलाई देउवाले आफ्नो पक्षको भनी गणना गर्नुले पनि देउवाको स्थिति र मनस्थितिको उजागर गरेको छ । तर्राईका पर्सर्ााबारा, रौतहट, महोत्तरी र सर्लाहीलगायतका जिल्लामा पनि खुमबहादुर खड्काको स्थिति देउवाको भन्दा राम्रो मानिन्छ । मध्ये तथा पर्ूर्वीनेपालमा सुशील कोइरालाको तुलनामा देउवा अत्यन्त कमजोर देखिनुभएको छ । परिणामको सूक्ष्म विश्लेषण गर्दा देउवाको स्थिति खड्काको भन्दा कमजोर देखिएपछि उहाँ विचलित हुनुभएको र बाह्रौं महाधिवेशनपछि आफ्ना समर्थकलाई लिएर छुट्टै दल गठन गर्ने रणनीतिक योजनाका साथ उहाँ लाग्नुभएको बताउन थालिएको छ ।
यसैबीच भीमबहादुर तामाङ र नरहरि आचार्यहरूले निर्वाचनमा आफ्नो बेग्लै समूह खडा गरेर भाग लिने घोषणा गर्नुलाई भने शेरबहादुर देउवाले अत्यन्त सकारात्मक रूपमा लिनुभएको छ । तामाङले छुट्टै उम्मेदवारी दिँदा त्यसले कोइरालाको मत काट्ने र आफूलाई लाभ पुग्ने विश्वास देउवाले गर्नुभएको छ । खुमबहादुर खड्काको समर्थन प्राप्त गर्न लामो समयदेखि प्रयासरत देउवाले खड्कालाई महामन्त्रीसहित कोषाध्यक्ष र बहुसङ्ख्यक सदस्यका लागि आफ्नो समर्थन रहने विश्वास दिलाउनुभएको छ । देउवा उपयोगवादी र धोखेवाज भएकोले उहाँसँग गठबन्धन नगर्न खड्कालाई उहाँका समर्थकहरूले दबाब दिइरहेका छन् । देउवाको स्थिति अलिक बलियो भएमा उहाँ पुनः पार्टी विभाजन गराउन अग्रसर हुनसक्ने भएकोले पनि खड्काका समर्थकहरूले देउवासँग गठबन्धन नगर्न खड्कालाई सचेत गराइरहेका छन् । तर, सुशील कोइरालाले देउवाले झैं तत्काल आफ्नो कुनै मोर्चा निर्माण गर्ने मानसिकतामा नरहनुभएकोले आगामी रणनीतिबारे खड्का आफ्ना मित्रहरूसँगको छलफल तथा परामर्शमा रहनुभएको छ । धेरैले उहाँलाई देउवासँग मिल्नुहुने अनुमान गरेका छन् । खड्काका निकटवर्तीहरूले जनाएअनुसार उहाँ आफूले लिने निर्णयले पार्टीको भविष्य र समर्थकहरूको मनोभावनामा धक्का नपुर्‍याओस् भन्नेमा विशेष रूपले सचेत हुनुहुन्छ । माओवादी र झलनाथ खनाल तथा मित्रराष्ट्रसँग निकटको सम्बन्ध राख्न सफल भएको ठान्नुहुने देउवा आफूले प्रधानमन्त्री या पार्टी सभापति दर्ुइमध्ये एक जिम्मेवारी पाउनुपर्छ भनेर लडिबुडी गर्दै हुनुहुन्छ । तर, उहाँको उद्दण्ड क्रियाकलापले काङ्ग्रेसका तमाम कार्यकर्ताहरूलाई सचेत बनाएको छ । देउवालाई मतदान गरेर पार्टी विभाजनको आधार बलियो बनाइदिनुभन्दा उहाँलाई कमजोर बनाएर पार्टीको एकता र भविष्य जोगाउनुपर्छ भन्ने सोच आमकाङ्ग्रेसजनले बनाएका छन् । त्यसैले जे-जस्ता हथकण्डा अपनाए पनि सभापति पदमा देउवाको विजय असम्भव हुँदै गएको छ ।

प्रधानमन्त्री नेपाल अमेरिका जानुहुने
मुलुकमा लगातार निर्वाचनको माध्यमबाट प्रधानमन्त्रीको खोजी भइरहेको भए पनि आगामी सेप्टेम्बरको तेस्रो हप्तामा सुरु हुने संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री माधव नेपालले नै भाग लिने गरी तयारी भइरहेको छ । संयुक्त राष्ट्रसङ्घमा सेप्टेम्बर २० तारिख -असोज ४ गते) का दिन प्रधानमन्त्रीले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । महासभामा भाग लिनका लागि प्रधानमन्त्री सेप्टेम्बर १७ मा अमेरिका जाने र २५ मा र्फकने कार्यक्रम तय गरिएको छ । प्रायः महासभाको बीचमा पर्ने नेपालको सम्बोधन यसपटक सुरुकै दिनमा परेको छ । राष्ट्रसङ्घमा १३औँ वक्ताका रूपमा नेपालका प्रधानमन्त्रीलाई राखिएको छ । प्रधानमन्त्रीका साथमा प्रम पत्नी, परराष्ट्रमन्त्री सुजाता कोइराला, शिष्टाचार महापाल, परराष्ट्र सचिव, प्रधानमन्त्रीका सल्लाहकारलगायतका मानिसहरू रहनेछन् । राजनीतिक दलहरूबाट भने कस-कसले प्रतिनिधित्व गर्ने भन्नेबारेमा निश्चित भइसकेको छैन ।
प्रधानमन्त्री को बन्ने र सरकार कसको बन्ने भन्ने अन्योलका कारण प्रधानमन्त्रीले महासभामा बोल्ने मन्तव्य भने प्रभावित भएको छ । यद्यपि नेपालको शान्तिप्रक्रिया र संबिधान निर्माण प्रक्रियाले नै प्रमुखता पाउनेछ । शान्तिप्रक्रियाको क्रममा संयुक्त राष्ट्रसङ्घीय मिसन अनमिनको भूमिकामा असन्तुष्ट प्रधानमन्त्रीले अनमिनका बारेमा के बोल्नुहुने हो त्यो भने थाहा हुन सकेको छैन । संयुक्त राष्ट्रसङ्घको राजनीतिक मिसन भएकाले महासभामा प्रधानमन्त्रीले अनमिनको भूमिकाका बारेमा बोल्नैपर्ने हुन्छ । साथै नेपालले एक वर्षका बीचमा गरेको प्रगतिका बारेमा सम्बोधनमा उल्लेख हुनेछ । प्राप्त जानकारीअनुसार परराष्ट्रमन्त्री सुजाता कोइराला राष्ट्रसङ्घको महासभामा भाग लिएर न्युयोर्कबाट पोर्चुगल जाने कार्यक्रम रहेको छ । यसअघि यही भदौ १६ गते उहाँ चीनको भ्रमणमा जाँदै हुनुहुन्छ । भ्रमणमा नेपाली काङ्ग्रेससम्बद्ध सिर्जना अधिकारीलगायतको सहभागिता रहने बुझिएको छ ।

काङ्ग्रेसमा उम्मेदवारको चर्चा सुरु
नेपाली काङ्ग्रेसका नेता खुमबहादुर खड्का सभापति या महामन्त्री कुन पदमा चुनाव लड्नुहोला भन्ने चासो र चर्चा बढिरहेका बेला अन्ततः उहाँले महामन्त्री पदमै उम्मेदवारी दिनुहुने सम्भावना देखिएको छ । शुभेच्छुक तथा समर्थकहरूको सल्लाहमा उहाँले महामन्त्रीमा उम्मेदवारी दिने स्थिति बनेको हो । काङ्ग्रेस पार्टीमा ‘मेरुदण्ड’को भूमिका निर्वाह गर्नसक्ने नेताका रूपमा स्थापित खड्काले महामन्त्रीमा उम्मेदवारी दिने कुराले एकथरी नेताहरूमा चिन्ता र आमकार्यकर्ताहरूमा उत्साह बढाउने ठानिएको छ । महामन्त्रीमा वर्तमान उपसभापति प्रकाशमान सिंह, महामन्त्री विमलेन्द्र निधि, नेता डा. रामशरण महत, प्रवक्ता अर्जुननरसिंह केसी, परराष्ट्रमन्त्री सुजाता कोइराला, झापाका कृष्ण सिटौला र नरहरि आचार्यले उम्मेदवारी दिनुहुने चर्चा यसअघिदेखि नै चलिरहेको छ । तर, खड्का आफैं महामन्त्रीको उम्मेदवार बन्नुभएको अवस्थामा उल्लिखितमध्ये केहीले उम्मेदवारी नै नदिने अनुमान पनि गरिएको छ ।
काङ्ग्रेसको केन्द्रीय सदस्यमा भने यसपालि करिब तीन सय व्यक्तिको उम्मेदवारी पर्न सक्ने ठानिएको छ । पुराना नेताहरूभन्दा पनि नयाँ अनुहारले यसपटक केन्द्रीय सदस्य बन्न अभिरुचि राखेका छन् । केन्द्रीय सदस्यको सम्भावित उम्मेदवारका रूपमा हालसम्म काभे्रका मधु आचार्य, धादिङका हरि अधिकारी, डा. राजाराम कार्की,
दिलमान पाख्रिन, लमजुङका गमप्रसाद गुरुङ, चितवनका केशवराज कँडेल, ओखलढुङ्गाका रामहरि खतिवडा र मित्रसेन दाहाल, सर्लाहीका अमरेशकुमार सिंह, झापाका कुमार बुढाथोकी, पर्सर्ाा अजय चौरसिया, इलामका केशव थापा, पाल्पाका राजन पन्त, गुल्मीका चन्द्र भण्डारी र त्रैलोक्यप्रताप सेन, झापाका ममता थेबे, काठमाडौंका नवीन्द्रराज जोशीसहित नेताहरू लक्ष्मणप्रसाद घिमिरे, पूर्णबहादुर खड्का, ओमकारप्रसाद श्रेष्ठ, डा. प्रकाशशरण महत, बालकृष्ण खाँण डा. नारायण खड्का, डा. मीनेन्द्र रिजाल आदिको नाम विशेष रूपले चर्चामा आएको छ । कोषाध्यक्ष पदमा चित्रलेखा यादवको नाम चर्चामा छ भने पत्रकारिता क्षेत्रमा लामो समय बिताएका केही व्यक्तिले पनि यसपटक केन्द्रीय सदस्यमा उम्मेदवारी दिने सम्भावना रहेको बुझिएको छ ।र्

इश्वर पोखरेलको बेग्लै कुरा
नेपाल कम्युनिस्ट पार्टी एमालेको भूमिकालाई लिएर सर्वत्र आलोचना भइरहेका बेला त्यस पार्टीका एक नेताले पाकिस्तानका निम्ति काम गर्ने गरेको चर्चा उक्त पार्टीभित्रै सुरु भएको छ । सदैव रहस्यमयी भूमिका निर्वाह गर्ने भनी पार्टीमा स्थापित महासचिवर् इश्वर पोखरेलमाथि यस्तो आरोप लागेको हो । नेपालस्थित पाकिस्तानी राजदूतावासँग निकै अघिदेखि नै घनिष्ट सम्बन्ध रहेका पोखरेलले प्रजातान्त्रिक गठबन्धनको सरकार गठन हुन नदिन पर्दापछाडिबाट विशेष भूमिका निर्वाह गरिरहेका छन् र यसप्रकारको भूमिका निर्वाह गर्नुको कारण पनि पाकिस्तान नै भएको बताउन थालिएको छ । पाकिस्तानले नेपालको आन्तरिक राजनीतिमा भूमिका निर्वाह गर्न नसक्ने स्थिति विद्यमान रहेको भए पनिर् इश्वर पोखरेलले भने पाकिस्तानबाट प्राप्त हुने आर्थिक सहयोगलाई आफूअनुकूलको परिस्थिति सिर्जना गर्न उपयोग गर्ने गरेको बताइन्छ ।
उत्तरतर्फका छिमेकीबाट प्रोत्साहित झलनाथ खनाललाई पाकिस्तानी सहयोगमा उचालिएकार् इश्वर पोखरेलको भूमिकाले धेरै ठूलो सहयोग पुगिरहेको ठानिन्छ । पोखरेलले पाकिस्तानका लागि काम गर्ने गर्नुभएको भन्ने चर्चा एमालेभित्र चलिरहेको भए पनि उनले जाली भारतीय नोटको कारोबार गर्ने गरेको प्रमाण भने अहिलेसम्म नभेटिएको बताइन्छ ।
– सुधीरराज खत्री

नेतालाई सताउन निर्दोषको अपहरण
नेपाली काङ्ग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काका जेठान तथा काङ्ग्रेसका जुझारू कार्यकर्ता मुकुन्द गौतमलाई माओवादीले अपहरण गरेर बेपत्ता बनाएको तीन साता बितिसक्दा पनि गौतमको खोजीमा सम्बद्ध निकायले चासो नलिनु आर्श्चर्यको विषय भएको छ । गत साउन १६ गते दाङको विजौरीबाट काठमाडौं जाने बस चढ्नुभएका गौतमलाई माओवादीले बीचबाटोमा ओरालेर उहाँलाई अज्ञात स्थलतर्फ लगेको बताइएको छ । तर, प्रहरी-प्रशासनले गौतम कुन बसमा यात्रा गर्नुभएको थियो र त्यसको चालक को थिए भन्नेसम्म पत्ता लगाउन सकेको छैन । खोजबिनमा सरकार अत्यन्त उदासीन देखिएको छ । एक सूत्रबाट प्राप्त जानकारीअनुसार मुकुन्द गौतमलाई बसबाट ओरालेर माओवादीले रोल्पास्थित दहवनको माओवादी शिविरमा पुर्‍याई त्यहीँ राखेको छ । अत्यन्त साधारण जीवन बिताइरहेका गौतमलाई अपहरण गर्नुको कारण अहिलेसम्म खुलेको छैन । उहाँलाई नेता खड्काको नातेदार भएकै कारण दुःख दिने र सताउने नियतले अपहरण गरिएको हुनसक्ने अनुमान गरिन्छ । गौतमको खोजीमा मानवअधिकार आयोग तथा सम्बद्ध अन्य सङ्घ/संस्थाले चासो नदेखाइनुलाई अत्यन्त खेदजनक मानिएको छ ।

अनमिनका कारण माओवादीमा छटपटीे
नेपालको शान्तिप्रक्रियालाई सघाउने उद्देश्य लिएर नेपाल भित्रेको ठानिएको संयुुक्त राष्ट्रसङ्घीय मिसन अनमिन अन्ततः नराम्ररी विवादमा फसेको छ । अनमिनको म्याद सकिँदै जाँदा मुलुकको राष्ट्रिय सेना तथा सत्तामा रहेका राजनीतिक दलहरू नेकपा एमाले र नेपाली काङ्ग्रेसले यसको क्रियाकलापप्रति व्यापक असन्तुष्टि देखाएका कारण पुनः म्याद थपिने सम्भावना क्षीण हुँदै गएको छ । माओवादीबाहेक अरू सबै दलले अनमिनको आवश्यकता र औचित्य नरहेको साझा धारणा बनाएका छन् । अहिले अनमिनका लागि माओवादीले लिएको अडानले अनमिन सुरुदेखि नै माओवादीपरस्त थियो भनेर लाग्ने गरेको आरोपलाई पुष्टि गरेको छ । नेपाल भित्रिएदेखि नै शान्तिप्रक्रियाका नाममा नेकपा माओवादीलाई सघाउँदै आएको आरोप अनमिनलाई लाग्दै आएको थियो । पछिल्लो चरणमा अनमिनले आफूलाई प्राप्त कार्यादेशभन्दा बाहिर गएर माओवादी लडाकु समायोजनका सम्बन्धमा १५ महिने कार्ययोजना प्रस्ताव अघि सारेको थियो । उक्त प्रस्तावमा माओवादीबाहेक मुख्य सबै राजनीतिक दलले गम्भीर आपत्ति जनाएका थिए । अनमिनलाई नेकपा माओवादीसँग मिलेर १५ महिने तालिका सार्वजनिक गरेको आरोपसमेत लागेको थियो । पार्टीहरूले मात्रै नभएर नेपाल सरकारले समेत अनमिनको त्यसप्रकारको गतिविधिको कडा आलोचना गरेको थियो । शान्तिप्रक्रियाका नाममा नेपाल भित्रिएको भए पनि यहाँको शान्तिप्रक्रियाका विभिन्न चरणमा कुनै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभन्दा आफ्नो जागिर जोगाउन तल्लीन अनमिनका प्रतिनिधि तथा कर्मचारीहरूको पछिल्लो प्रस्ताव आफ्नै जागिरलाई ध्यानमा राखेर आएको भनी व्यापक आलोचना हुँदै आएको छ ।
नेपालको शान्तिप्रक्रियालाई सघाउन पूर्णतः असफल मानिएको अनमिनको औचित्य समाप्त भएको भन्दै नेकपा एमाले, नेपाली काङ्ग्रेस तथा नेपाली सेनाले लडाकु रेखदेख, समायोजन र पुनर्स्थापनाका लागि राजनीतिक दलहरू सम्मिलित विशेष समिति नै पर्याप्त रहेको भन्ने धारणा सार्वजनिक भइसकेको परिप्रेक्ष्यमा अनमिनको म्याद थपिए नै पनि त्यो त्यति सम्मानजनक हुने देखिँदैन । अनमिन प्रमुख करिन ल्याङ्ग्रेनले म्याद थप्ने भए पनि नथप्ने भए पनि चाँडै निर्णय दिनका लागि सरकारसँग आग्रह गरेकी छिन् । पछिल्लोपटक गत जेठ महिनामा चार महिनाका निम्ति थपिएको अनमिनको म्याद यही भदौ ३० गते सकिँदै छ । म्यादकै विषयलाई लिएर अनमिन प्रमुख ल्याङ्ग्रेनले प्रधानमन्त्री तथा सम्बद्ध अधिकारीहरूसँग भेट गरेकी छिन् । नेताहरूसँगको भेटमा उनले नेपाली सेनाले अनमिनको भूमिकाप्रति गरेको टिप्पणीमा आपत्ति जनाएको बुझिएको छ । तर, यता माओवादीबाहेक अन्य दलहरूले भने अनमिनको भूमिका एकपक्षीय र माओवादीपरस्त भएको भनी गम्भीर आपत्ति जनाउँदै आएका छन् ।
प्राप्त जानकारीअनुसार अनमिनप्रमुख करिन यही भदौ १६ गते आफ्नो प्रतिवेदन बुझाउनका लागि न्युयोर्क जाँदै छिन् । प्रतिवेदनमा नेपालमा भएका पछिल्ला गतिविधिहरूका बारेमा उल्लेख गरिनेछ तर आफ्ना पछिल्ला विवादास्पद गतिविधिहरू त्यहाँ उल्लेख हुन्छन् या हुँदैनन् त्यो भने थाहा हुन सकेको छैन । नेपालमा जस्तै द्वन्द्व भएका विभिन्न मुलुकहरूमा संयुक्त राष्ट्रसङ्घीय राजनीतिक मिसनहरू रहने गरेका छन् । अन्य मुलुकहरूमा जे-जस्तो गरेको भए पनि यहा भने अनमिनले सुरुदेखि नै व्रि्रोहीलाई मात्र एकपक्षीय ढङ्गले सघाउने भूमिका निर्वाह गरेको थियो । पछिल्लो चरणमा अत्यन्त आलोचित र माओवादीले मात्रै बस्नुपर्छ भनेको अवस्थामा अनमिनको म्याद थपिए पनि माओवादीलाई सघाउन या माओवादीका निम्ति मात्रै आवश्यक ठानिएको भनी अन्य पक्षबाट त्यहीअनुरूपको व्यवहार पाउने र नथपिँदा झनै असफल भएको प्रमाणित हुने अवस्थामा अनमिन पुगेको छ । अनमिनको म्याद नथपिने हो कि भनी माओवादीमा पैदा भएको छटपटीले पनि अनमिन र माओवादीबीचको गुप्त सम्बन्धलाई उजागर गरेको छ । माओवादीहरूले अनमिनको म्याद थप्नैपर्छ भनेर सडक-सङ्घर्षको घोषणा गर्न मात्र बाँकी राखेका छन् ।

निजी क्षेत्रसँग सहकार्य बढाउन, नेदरल्यान्ड सहयोग नियोग इच्छुक
स्थानीय जनतालाई आर्थिक क्रियाकलापको मूलधारमा समावेश नगरेसम्म उनीहरूको जीवनस्तर उकास्न नसकिने हुँदा दातृ निकायहरूलाई निजी क्षेत्रसँग अधिकतम् सहकार्य गर्न नेपाल उद्योग वाणिज्य महासङ्घले नेदरल्यान्ड सहयोग नियोगका पदाधिकारीहरूलाई सुझाव दिएको छ । स्थानीय जनतालाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउन विभिन्न कार्यक्रमहरूमार्फत महासङ्घ स्थानीय तहमा क्रियाशील भइरहेको अवस्थामा यो सुझाव दिइएको हो ।
महासङ्घका अध्यक्ष कुशकुमार जोशी, उपाध्यक्ष कृष्णप्रसाद ताम्राकार र एसएनभी-एसिया क्षेत्रीय निर्देशक एण्डी विकेम्प र अलर्ट भेन डिन हेमबीच गत साता महासङ्घ सचिवालयमा भएको भेटघाटमा महासङ्घका तर्फबाट सो सुझाव दिइएको महासङ्घले जनाएको छ ।
नेपालमा व्यावसायिक कृषि विकासमा महासङ्घको कृषि उद्यम केन्द्रले एसएनभी नेपालसँग मिलेर विभिन्न जिल्लामा कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । सो भेटका अवसरमा महासङ्घ अध्यक्ष जोशीले स्थानीय तहमा वस्तु उत्पादन विकास गरी निश्चित मूल्य अभिवृद्धिका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन महासङ्घले आफना सदस्य सङ्घहरूको प्रत्यक्ष सहभागितामा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम, ‘युवाहरूको सीप विकासका लागि ट्रेड स्कुल’ जस्ता कार्यक्रमहरू सफल सञ्चालन गरिरहेको र निजी क्षेत्रको सहभागितामा सञ्चालित अधिकांश कार्यक्रम सफल रहेकोले सहकार्यका लागि आग्रह गर्नुभयो । कार्यक्रममा आधारित सहयोगभन्दा पनि महासङ्घ र एसएनभीजस्ता संस्थाबीच निरन्तर सहकार्य र समन्वयको संयन्त्र निर्माण हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सो कार्यक्रममा एसएनभी नेपालका देशीय निर्देशक ह्यान्स हेज्रा, महासङ्घका महानिर्देशक हेमन्त दवाडी र एसएनभी नेपालका पोर्टफोलियो कोअर्डिनेटर उज्ज्वलराज पोखरेलसमेतको सहभागिता थियो ।

शान्तिसुरक्षाको अवस्था दयनीय
गौर । रौतहटका ग्रामीण भेगमा प्रहरी निष्त्रिmयताका कारण शान्तिसुरक्षाको अवस्था दयनीय बन्दै गएको छ । करिब एक गाविस बराबर एक प्रहरीचौकी भए पनि त्यहाँबाट प्रभावकारी रूपमा सुरक्षाकर्मी परिचालन हुन नसकेको कारण रौतहटका ग्रामीण भेगमा लुटेरा तथा भूमिगत समूहले आपराधिक क्रियाकलापलाई तीव्र बनाएका छन् । त्यस्ता लुटेरा समूहले प्रहरीचौकीका सुरक्षाकर्मीको आँखा छलेर चोरी-डकैती गरिरहेका छन् ।
रौतहटका जनताको जीउधनको सुरक्षा गर्नमा जिम्मेवार निकायले उदासीनता देखाएपछि जिल्लाका विभिन्न ग्रामीण भेगमा चोरीडकैती तथा वारदातका घटनाहरूमा एक्कासि वृद्धि भएको छ । द्वन्द्वकालपछि विभिन्न ग्रामीण भेगमा इलाका प्रहरी तथा प्रहरीचौकीहरू धमाधम स्थापना गरिएको भए पनि त्यहाँ कार्यरत केही इन्चार्जहरू भ्रष्ट स्वभावका भएका कारण शान्तिसुरक्षाको राम्रो अनुभूति स्थानीय बासिन्दाले गर्न पाएका छैनन् । भूमिगत समूहको चन्दाआतङ्कबाट आजित भएका स्थानीय बासिन्दाहरू अहिले पुनः चोरी, लुटपाट तथा डकैतीबाट पीडित बन्न थालेका छन् । – नरहरिराज आचार्य

नुवाकोट काङ्ग्रेसको नेतृत्व हस्तान्तरण
नेपाली काङ्ग्रेसको हालै सम्पन्न १२औं जिल्ला अधिवेशनले नुवाकोट जिल्ला काङ्ग्रेसको नेतृत्व जगदीश्वरनरसिंह केसीलाई सुम्पिएको छ । गत ४ गते नुवाकोटको विदुरमा निवर्तमान सभापति ध्रुव अधिकारीको सभापतित्वमा सम्पन्न बरबुझारथ तथा नेतृत्व हस्तान्तरण कार्यक्रमकाबीच जिल्ला सचिवमा रमेश महत र कोषाध्यक्षमा फैसिंङ तामाङको नामसमेत घोषणा गरियो । जिल्ला समिति, क्षेत्रीय समिति, नगर समितिलगायतका भ्रातृ सङ्गठनसँग सम्बन्धित व्यक्ति र काङ्ग्रेस कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रममा निवर्तमान कार्यसमितिले नयाँ कार्यसमितिलाई आफ्नो कार्यकालको विवरणसहित जिम्मेवारी हस्तान्तरण गर्‍यो भने विभिन्न वक्ताहरूले सङ्गठन सुदृढीकरण र प्रगतिका लागि दत्तचित्त भएर लाग्नुपर्ने आवश्यकतामाथि जोड दिएका थिए । निवर्तमान सभापतिले पार्टीले अह्राएको जुनसुकै काममा आफू पूर्ववत सक्रियताका साथ लागिरहने अभिव्यक्ति दिनुभयो भयो भने नवनिर्वाचित सभापति केसीले सबैको सल्लाह र सहयोग लिएर पार्टीहितका लागि आफू अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
– देवकी डोटेल

क्रान्तिकारी अपाङ्ग सङ्घको काठमाडौं कमिटी
अखिल नेपाल क्रान्तिकारी अपाङ्ग सङ्घको हालै सम्पन्न प्रथम काठमाडौं जिल्ला अधिवेशनले सुन्दर न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति चयन गरेको छ । कमला बास्तोला सचिव र कमला परियार कोषाध्यक्ष रहेको उक्त समितिको सदस्यहरूमा टीकाराम पराजुली, डिल्लीबहादुर विष्ट, पार्वती लामा, युवराज कट्टेल, केशव शर्मा दाहाल, विष्णुमाया ऐर, वीरबहादुर सुनार, हिमाल लामा, वीरकमल श्रेष्ठ, अर्जुन पौडेल, पार्वती सापकोटा, टीकाराम बास्तोला, कृष्ण कँडेल, हेमकला र्राई, सुशान्त तामाङ, राजन र्राई, गोमा दवाडी र छविरमण पोखरेल रहेका छन् ।
एकीकृत -माओवादी) का केन्द्रीय सदस्य कुमार पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा माओवादीको केन्द्रीय सल्लाहकार तथा सभासद् दिलीप मजर्हनलगायतका व्यक्तिहरूको उपस्थिति थियो । क्रान्तिकारी अपाङ्ग सङ्घको अगुवा कार्यकर्ता भेला तथा प्रथम काठमाडौं अधिवेशन नामकरण गरिएको उक्त कार्यक्रमको सभापतित्व सङ्घका केन्द्रीय अध्यक्ष टेकनाथ न्यौपानेले गरेका थिए ।

तत्काल बजेट ल्याउन जोशीको आग्रह
सरकारले पूर्ण बजेट ल्याउन नसक्दा उद्यमी-व्यवसायीहरूमा अन्योल छाएको र यसको असर मुलुकले दीर्घकालसम्म भोग्नुपर्ने नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष कुशकुमार जोशीले औंल्याएका छन् । लमजुङ उद्योग वाणिज्य सङ्घको २४औँ वारि्षक साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष जोशीले निरन्तर ओरालो लागिरहेको मुलुकको अर्थतन्त्रलाई थप नोक्सानी हुन नदिन तत्काल पूर्ण बजेट ल्याउन सरकारसँग माग गरे । कहालीलाग्दो अवस्थाबाट मुलुकलाई सकुशल उद्धार गर्न राजनीतिक दलहरूलाई आह्वान गर्दै उनले पटकपटकको निर्वाचनबाट समेत प्रधानमन्त्री छान्न नसक्दा राष्ट्रिय-अन्तर्राष्ट्रिय रूपमै मुलुकको छवि धमिलिन पुगेकोसमेत बताए । उनले निर्धारित समयभित्र संविधान निर्माण गर्नुपर्ने ठूलो अभिभारा बोकेका राजनीतिक दलहरूबाट मूल कार्यमा भएको ढिलाइ तथा सत्ता प्राप्तिका लागि भएको किचलोले राम्रो सन्देश नदिएको भन्दै निर्धारित मितिमै संविधान निर्माण गरी मुलुकलाई सही दिशा दिन आग्रहसमेत गरे । निजी क्षेत्र राष्ट्र निर्माणको संवाहक भएकाले विकासका लागि निजी क्षेत्रसँग साझेदारी गर्नुपर्नेमा जोड दिँदै उद्यमी-व्यवसायीहरूलाई सामाजिक उत्तरदायित्वसहितको व्यवसाय गर्न पनि उनले आग्रह गरे ।
लमजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रमोदकुमार श्रेष्ठको सभापतित्वमा आयोजित सो कार्यक्रमकमा सङ्घका पूर्वअध्यक्ष रमेशकुमार पियालाई मरणोपरान्त सम्मान गरिएको थियो भने सङ्घका उत्कृष्ट कर्मचारी कुसुम श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । साधारणसभामा सङ्घका भोटेओडार र उदीपुर इकाइलाई सचिवालय निर्माणका लागि एक/एक लाख नगद सहयोगको घोषणा गरिएको थियो । – सिर्जना चापागाईं

स्यार्पुतालको छेउमा पर्यटन महोत्सव
पर्यटकीय स्थलहरूको धनी जिल्ला रुकुममा विश्व पर्यटन दिवसको अवसर पारेर पहिलोपटक पर्यटन महोत्सव आयोजना हुन लागेको छ । ‘स्यार्पु पर्यटन महोत्सव-२०६७’ नाम दिइएको सो मेला आगामी असोज ११ देखि पाँच दिनसम्म आयोजना हुने स्यार्पु पर्यटन महोत्सवकी संयोजक सभासद् जुनकुमारी रोकाले बताएकी छिन् ।
रुकुममा स्यार्पुताल, सिस्ने हिमाल, कमलताल, पूजा हिँउचुली, सामझाङ हिँउचुली, नेपालको एक मात्र ढोरपाटन सिकार आरक्ष, तातोपानी मूल, प्राचीनकालीन प्रख्यात डिग्रेसाइकुमारी मन्दिर, गादिघर, बुरालमष्ठ मन्दिर, राडीज्युला, भगवती मन्दिरलगायत एक दर्जनभन्दा बढी आकर्षक पर्यटकीय गन्तव्यहरू रहे पनि आवश्यक प्रचारप्रसार र संरक्षणको अभावमा तिनीहरू ओझेलमा परेका छन् । तर्सथ यिनको प्रवर्द्धन गरी पर्यटन व्यवसायको विस्तार गर्ने र र्’पर्यटनका लागि सँगसँगै’ भन्ने मूल नारासहितको नेपाल पर्यटन वर्ष २०११ लाई सफल पार्ने मुख्य उद्देश्यले स्यार्पु पर्यटन महोत्सव २०६७ को आयोजना गरिएको संयोजक रोकाले जानकारी गराइन् । विकासशील देशहरूका लागि मुख्य आर्थिक स्रोतको रूपमा रहेको पर्यटन व्यवसायको सामाजिक, सांस्कृतिक र राजनीतिक मूल्यबारे जनसमुदायमा चेतना फैलाउनु पनि यसको उद्देश्य रहेको उनको कथन छ ।
रुकुम जिल्लाको बाँफीकोट गाविसमा अवस्थित आकर्षक स्यार्पुताल क्षेत्रमा आयोजना हुन गइरहेको स्यार्पु पर्यटन महोत्सवमा विभिन्न बहुमूल्य जडीबुटीसहित स्थानीय उत्पादनका ५० वटा स्टलका साथै लोपोन्मुख स्थानीय कपडा राडीपाखीसहित विभिन्न वास्तुकलाका सामग्रीहरू स्टलमा राखिनेछन् । जीवनबुटीको नामले चिनिने बहुमूल्य जडीबुटी यार्सर्ााम्बा, पाँचऔंले, कटुकीलगायतका आयर्ुर्वेदिक जडीबुटीहरूको पनि छुट्टै स्टल रहने बताइएको छ । यसैगरी रुकुमको लोकसंस्कृतिमा आधारित प्रसिद्ध पैंसेरु नाच, मयूर नाच, झाँक्री नाच, झ्याउरे, बलपूजा नृत्य र देउडा नाचका साथै ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति पनि महोत्सवमा अवलोकन गर्न पाइने छ । महोत्सव अवधिभर डुङ्गा चढेर कञ्चन पानी भएको स्यार्पुतालमा शयर गर्न सकिने व्यवस्था मिलाइएको छ । स्यार्पु पर्यटन महोत्सवमा सहभागी हुनका लागि काठमाडौंबाट हवाईमार्ग प्रयोग गर्दा चार हजार ६ सय साठी भाडा तिरेर १ घन्टा २० मिनेटमा रुकुमको सदरमुकाम पुग्न सकिन्छ भने एक्सप्रेस बससेवामार्फत १ हजार चार सय साठी भाडा तिरेर १८ घन्टामा रुकुम पुग्न सकिन्छ । – सम्पन्नता शाह

एटमको डायस्पोरा
समकालीन पुस्ताका समालोचक नेत्र एटमद्वारा लिखित ‘नेपाली डायस्पोरा र अन्य समालोचना’ कृतिको राजधानीको भृकुटीमण्डपमा हालै एक कार्यक्रममाबीच लोकार्पण गरियो । भृकुटीमण्डपमा आयोजित बृहत् पुस्तक प्रदर्शनीको मौका छोपेर सो समालोचना सङ्ग्रहको प्रकाशक एकता प्रकाशनले लोकार्पणको चाँजो मिलाएको हो । पाठकद्वय रजनी ढकाल र पत्रकारसमेत रहेका अजित बरालले एकसाथ कृतिको लोकार्पण गरे । लोकार्पणपछि ढकालले लेखक एटमको प्रशंसा गर्दै सो कृति परम्परागत समालोचना लेखनबाट मुक्त रहेको बताइन् । नेपाली समालोचना राजनीतिक गुट-उपगुटजस्तै विभाजित भएको भन्दै उनले भनिन्, ‘समालोचकहरू पहिले राम्रो लेख्छन्, पछि आफैं दुर्घटित बन्दै जान्छन् ।’ पत्रकार बरालले नेपाली समालोचना अहिले पनि दह्रो रूपमा उभिन नसकेको भन्दै अङ्ग्रेजी समालोचनाले पनि स्थान पाउनुपर्ने तर्क राखे ।
कवि होमराज आचार्यले प्रस्तुत कृतिले नेपाली डायस्पोरा अध्ययनमा ठूलो सहयोग पुर्‍याउने चर्चा गरे । प्रा.डा. दयाराम श्रेष्ठ, डा. कृष्णहरि बराललगायतले एटमको कृतिले नेपाली समालोचना परम्परामा नयाँपन दिन खोजेको उल्लेख गरे । तर, त्यसमा पाश्चात्य साहित्य समालोचनाको प्रभाव पाइएको उनीहरूको विश्लेषण थियो । लेखक एटमले त्यसलाई स्वीकार्दै भने, ‘पूर्वीय -संस्कृत) भन्दा पाश्चात्य समालोचनाको शैली र पहुँच सहज छ, त्यसैले पाश्चात्य प्रभाव देखिएको हो ।’ नेपालीमा डायस्पोरा लेखनको परिचर्चा सुरु भए तापनि कृतिको विश्लेषण गर्ने आधार नबनेको समयमा निश्चित प्रारूप तयार पार्न कृतिले सघाउन पुर्‍याउने उनको दाबी थियो । लेखकले सो कृतिमा ११ वटा फरक विषयमा समालोचना गरेका छन् ।
– फणीन्द्र संगम

लुम्बिनी अञ्चलबाट पन्तको उम्मेदवारी
नेपाली काङ्ग्रेसका युवा नेता राजनप्रसाद पन्तले पार्टीको बाह्रौँ महाधिवेशनमा लुम्बिनी अञ्चलबाट केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । ०२९ सालदेखि नेविसङ्घमा आबद्ध भई ०३० सालमा भैरहवा क्याम्पसमा स्ववियु सभापति निर्वाचित हुनुभएका पन्त त्यसयता लगातार प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील व्यक्तित्व हुनुहुन्छ । बहुदलको प्रचारमा सक्रियता देखाएको आरोपमा ०३६ सालमा ६ महिना कारागारमा बन्दी तुल्याइनुभएका उहाँलाई ०४२ सालको सत्याग्रहमा सरिक रहँदा काठामाडौंबाट गिरफ्तार गरी पुनः ६ महिना तौलिहवा जेलमा राखियो । लोकतन्त्र प्राप्तिको पछिल्लो निर्ण्ाायक आन्दोलनमा जुझारू भूमिका निर्वाह गर्ने क्रममा तीन महिना १९ दिन बन्दी बनाइनुभएका काङ्ग्रेस नेता राजन पन्त ०३५ सालदेखि काङ्ग्रेसको पाल्पा जिल्ला समितिको सदस्य हुनुहुन्थ्यो भने जिल्ला समितिमा क्रमशः सचिव, उपसभापति हुँदै ०५६ देखि ०६७ सम्म उहाँले पाल्पा काङ्ग्रेस सभापतिका रूपमा कमाण्ड सम्हालिसक्नुभएको छ । अत्यन्त मिलनसार स्वभाव र शालीन व्यक्तित्वका धनी नेता पन्तले लुम्बिनी अञ्चलबाट दिनुभएको केन्द्रीय सदस्यको उम्मेदवारीलाई आमकाङ्ग्रेसजनले सकारात्मक रूपमा लिएका छन् ।
यसैगरी नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य तथा काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल लिम्बु सङ्घकी केन्द्रीय उपाध्यक्ष ममता थेवेले पनि आदिवासी-जनजातिको कोटामा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएकी छिन् । उता भक्तपुर क्षेत्र नं. २ बाट काङग्रेसको बाह्रौं महाअधिवेशन प्रतिनिधिमा कविर राणा, लेखनाथ न्यौपाने, महेश श्रेष्ठलगायत निर्वाचित भएका छन् ।

काङ्ग्रेसलाई पाखा लगाउने अभियानअर्न्तर्गत महानगरपालिकामा माओवादी आतङ्क
सहमतीय राजनीतिको वकालत गर्दै आफ्नो एकदलीय अधिनायकवाद लाद्न उद्यत् एकीकृत नेकपा माओवादी काठमाडौं महानगरपालिकालाई एकलौटी रूपमा कब्जा गर्ने रणनीतिबाट अघि बढेको बुझिएको छ । यस राणनीतिअर्न्तर्गत यतिबेला काठमाडौं महानगरपालिकामा रहेका केही भ्रष्ट तथा पञ्चायती पृष्ठभूमिका कर्मचारीसमेतको मिलेमतोमा माओवादीका दलीय प्रतिनिधिको इसारामा कार्यकारी अधिकृत आनन्द पोखरेलले नेपाली काङ्ग्रेस र अन्य ११ दलका प्रतिनिधिसँग सल्लाह नै नगरी १७औँ महानगर परिषद् गरेको घोषणा गरेका छन् । नेपाली काङ्ग्रेसबाट महानगरपालिकामा प्रतिनिधित्व गर्ने सभासद् एवम् नेपाली काङ्ग्रेस काठमाडौंका पूर्वसभापति ध्यानगोविन्द रञ्जितले परिषद्को निम्ति तयारी नपुगेको भनी परिषद् बैठक स्थगित गर्ने माग गर्दागर्दै पोखरेलले जबर्जस्ती परिषद् सम्पन्न गरेको घोषणा गरेका छन् । महानगर परिषद्मा काङ्ग्रेसका प्रतिनिधि उपस्थित हुन नपाऊन् भनी माओवादीले योजनाबद्ध रूपमा नेपाली काङ्ग्रेस काठमाडौंको जिल्ला निर्वाचन भएकै दिन गत साउन ३१ गते महानगर परिषद् गर्न दिएको थियो र ध्यानगोविन्द रञ्जित पार्टी अधिवेशनमा व्यस्त रहेको मौका छोपेर त्यही रणनीतिअर्न्तर्गत गुपचुप रूपमा परिषद् बैठक गरिएको बुझिएको छ । गत वर्षको नगरपरिषद् बैठकले काठमाडौं महानगरपालिकाको बजेट निर्माण गर्ने समिति काङ्ग्रेसका प्रतिनिधि ध्यानगोविन्द रञ्जितको संयोजकत्वमा गठन गरेको थियो, तर माओवादीका सर्वोत्तम डङ्गोल, कार्यकारी अधिकृत आनन्दराज पोखरेल र केही भ्रष्ट कर्मचारीको मिलेमतोमा रञ्जित नभएको मौकामा कार्यकारीको कोठामा गोप्य रूपमा नगरपरिषद् बैठक गरेको स्रोतको दाबी छ । करिब पौने २ अर्बको बजेट बनाउँदा पनि दोस्रो ठूलो दल काङ्ग्रेसलाई सोध्दै नसोधी जति पनि योजना बनाइएका छन्, ती केवल माओवादीलाई फाइदा पुग्ने गरी बनाइएको महानगर कर्मचारीहरू बताउँछन् । उनीहरूका अनुसार बजेट कतिसम्म दुरुपयोग गरिएको छ भने माओवादीनिकट नेवाः मुक्ति मोर्चा र अन्य यस्तै दर्जनौँ क्लब र सङ्घसंस्थालाई पाँच करोड बजेट छुट्याइएको छ । जनताको राजस्वमाथि माओवादीले यसरी लुट मच्चाउन खोजिरहेको छ । उनीहरूले नेपाली काङ्ग्रेसको पक्षमा बढी भोट आएका वाहल तथा टोलहरूमा विकास योजना नपारी एमाले र कङ्ग्रेसलाई भोट दिए पनि विकास भएन भन्ने भ्रम सिर्जना हुने रणनीतिअर्न्तर्गत बजेट बनाएको स्रोतको दाबी छ ।
माओवादीले काठमाडौं महानगरपालिकामा ०४८ सालदेखि चुनाव हार्दै पछिल्लोपटक संविधानसभाको चुनावमा समेत पराजित बनेका अलोकप्रिय व्यक्तिलाई दलीय प्रतिनिधि बनाई पठाएको छ । माओवादी प्रतिनिधि डङ्गोलले कामनपामा मुद्दा हेर्ने वकिलको रूपमा माओवादी युद्धका बेला पलायन भई हाल पुनः माओवादी बनेका मुक्ति प्रधानका भाइ श्याम प्रधानलाई नियुक्ति गरेका छन् भने आम्दानी हुने नक्सा शाखामा पनि माओवादीकै माान्छे नियुक्त गरेका छन् । मुद्दा शाखाका कर्मचारी सूत्रका अनुसार डङ्गोलले हरेक मुद्दामा मोलमोलाई गर्ने गर्छन् भने नक्सा पास गर्ने शाखाको हालत पनि उस्तै छ । उनले यसरी उठाएको रकमको हिस्सा पार्टीमा पठाउने गरेको पनि बताइएको छ ।
गत वर्ष जापान भ्रमण गर्न नपाएसम्म महानगर परिषद् गर्न नमान्ने माओवादी र एमालेका लोभीपापी प्रतिनिधि विदुर मैनालीले यसपटक भने कार्यकारी अधिकृत पोखरेलसँग मिलेमतो गरी रकम खाएर काङ्ग्रेसको बहिष्कारका बाबजुद परिषद् गर्न लगाएका छन् । देशमै सहमतिको राजनीतिको अभ्यास भएको बेला काङ्ग्रेसलाई बहिष्कार गर्दै नगरपरिषद् गर्नु सरासर बेइमानी र हेपाहा प्रवृत्ति हो । कर्मचारीहरू भन्छन्, यसका पछिल्तिर एक त माओवादी प्रतिनिधिले ठूलै रकम चलखेल गरेका छन् भने अर्कोतिर महानगरमा काङ्ग्रेस सफाया अभियान चलाइएको छ । यही अभियानअर्न्तर्गत अब महानगरपालिकाका कुनै पनि विकास निर्माण योजना बनाउँदा काङ्ग्रेसलाई सहमति नगराउने भित्री गठजोड पनि भएको बुझिएको छ । त्यतिमात्र होइन, वडासचिव बनाउँदा पनि माओवादीलाई प्राथमिकता दिने, ठेक्कापट्टामा पनि माओवादीको धाक दिने, भ्रष्ट ठेकेदारलाई अगाडि सार्ने र उक्त रकम पार्टीमा जान्छ भन्दै आफ्नै खातामा जम्मा गर्ने, माओवादी आन्दोलनको बेला पार्टीबाट पानी र बासको पैसा लिने तर त्यो रकम आफैं खाएर महानगरपालिकाको ट्याङ्करबाट सित्तैमा पानी सप्लाई गर्दै सभागृहसहितका ठाउँमा सित्तै बास दिनेजस्ता कार्यसमेत माओवादीका महानगरपालिका प्रतिनिधि डङ्गोलबाट भएको महानगरकै कर्मचारीहरू यतिबेला बताउँदै छन् । महानगरमा माओवादी र कार्यकारी अधिकृत आनन्द पोखरेलले काङ्ग्रेसलाई पाखा लगाउँदा पनि स्थानीय निकायको जिम्मा पाएका काङ्ग्रेसकै मन्त्रीले माओवादीनिकट कर्मचारीलाई महानगर जिम्मा लगाएकोमा काङ्ग्रेसनिकट कर्मचारीहरू दुःख र आर्श्चर्यमा परेको बुझिएको छ ।
यसैबीच गत साउन ३१ मा सम्पन्न १७औं नगरपरिषद् हुनुअगाडि बोलाउनुपर्ने राजस्व परामर्श समितिको बैठक नबोलाई काङ्ग्रेसका महानगरपालिका प्रतिनिधि तथा महानगरपालिकाको बजेट समितिका संयोजक ध्यानगोविन्द रञ्जितको अनुपस्थिति र सक्रिय सहभागिताबिना बजेट प्रस्तुत गरी पारित गरिनु अवैधानिक हुने धारणा कार्यकारी अधिकृत आनन्दराम पोखरेलसँग राख्दै आउनुभएका कामनपाका सहसचिव गणेश र्राईलाई उक्त अवैधानिक परिषद् घोषणाको विरोध गरेको आरोपमा कारबाहीको हास्यास्पद नाटक मञ्चन भएको बुझिएको छ । महानगरपालिकाको जिम्मेवार अधिकृतको हैसियतले आफ्नो विचार राख्दा उनीमाथि स्पष्टीकरण सोधिनु घोर पर्ूवाग्रहपूर्ण र गैरकानुनी भएको जानकारहरूको कथन छ । जानिफकारहरूका अनुसार अक्षम, लोभी र भ्रष्ट महानगरपालिका प्रमुखलाई महानगरबाट फिर्ता बोलाउन ढिला भइसकेको छ । महानगरपालिकामा खारेज भइसकेको सचिव पदबाट पोखरेललाई हटाउनुको सट्टा त्यहीँ थमौती र प्रोत्साहित गर्ने काम मुख्य सचिव माधव घिमिरेले किन गरे भन्ने सवालसमेत उब्जिएको छ । गत भदौ २ गते कार्यकारी अधिकृत पोखरेलले मुख्यसचिव घिमिरेसँग सिंहदरबारको गोप्य कोठामा करिब डेढ घण्टा एक्लै भेटेर नजराना चढाएको प्रमाण आफूहरूसँग भएको महानगरपालिकाका कर्मचारी ट्रेड युनियन र सङ्घका नेताहरू बताउँछन् । सडकपेटीका पसल हटाउने नाममा रकम उठाउने र नियम मिचेर बनाएका ठूला र निजी भवनमालिकहरूबाट कालो धन असुल्ने र बुझाउने जिम्मा नगरनिरीक्षक धनपतिलाई दिइएको पनि बुझिएको छ । सहसचिव र्राई कामनपा आएपछि ६ सय कर्मचारीको एकैपटक सरुवा गरी जरो गाडेको भ्रष्टाचार र माफियाहरूको सञ्जाल तोडेका थिए । त्यही रिसइवीकै कारण भ्रष्टहरू उनीविरुद्धसमेत खनिएका छन् भने कामनपालाई अस्तव्यस्त तुल्याइरहेका छन् । नेपाली काङ्ग्रेससहितका ११ साना दललाई बहिष्कृत गरी भ्रष्ट र निकम्मा पोखरेलले महानगरपालिकालाई चर्ुर्लुम्म डुबाउँदा पनि निजलाई खुला लुट र मनपरी गर्न छुट दिने सरकारी रवैयाप्रति सरोकारवालाहरू आर्श्चर्यचकित बनेका छन् ।

सममुक्तिका अध्यक्षलाई फसाइएको दाबी
नवगठित सममुक्ति पार्टीका अध्यक्ष ठाकुरचन्द्र गहतराजमाथि सुनियोजित षड्यन्त्र गरेर फसाइएको सो पार्टीका उपाध्यक्ष माधव तामाङले दाबी गरेका छन् । गत जेठ १६ गते पार्टी घोषणा भए पनि अध्यक्ष गहतराजको अस्वस्थताका कारण पार्टीले कुनै पनि कार्यक्रमहरू तय नगरेको तर यसबीचमा अहिंसावादमा विश्वास राख्ने सीधा-सादा अध्यक्षलाई फसाउन पार्टीभित्रै र बाहिरबाटसमेत चलखेल भएको उनको कथन छ । पार्टीका खेम स्वर्णकार र सन्तोष परियारलाई प्रयोग गरी पार्टीबाहिरका केही व्यक्तिहरूले षड्यन्त्रकारी भूमिका खेलेको रहस्य पर्दाफास भइसकेको र पार्टीले थप छानबिन गरी वास्तविकता सार्वजनिक गर्ने सममुक्तिकी प्रवक्ता बिना बुढाथोकीले बताएकी छिन् ।
पार्टीको छवि नै बिगार्ने यस्तो षड्यन्त्रकारी कार्य भएको पार्टीभित्रै पनि सदस्यहरूलाई जानकारी नभएको उनीहरूलगायत प्रहरी हिरासतमा बसेका अन्य सदस्यहरू बताउँछन् । अरूको लहलहैमा लागेर पार्टी तथा नेताहरूलाई बद्नाम गराउन खोज्ने र आफ्ना कार्यकर्तालगायत गाउँठाउँका केही कलिला युवाहरूलाई धम्काउँदै कम्ब्याक्ट डे्रस लगाउन बाध्य बनाएर ‘केही परेमा हामी जिम्मेवार हुनेछौँ’ भन्दै गत साउन २१ गते धादिङ सलाङघाटबाट काठमाडौं ल्याउँदै गर्दा थानकोटमा पुलिसले पक्राउ गरेको थियो । यसरी पार्टीको जिम्मेवार नेतृत्वलाई जानकारी नै नदिई युवाहरूलाई बहकाएर कम्ब्याक्ट ड्रेस पहिर्‍याएर आफूहरूचाहिँ सिभिल ड्रेसमा आएका स्वर्णकार र परियार त्यहीँबाट फरार भएको बताइन्छ । थानकोटमा पक्राउ परेका ‘कम्ब्याक्ट डे्रस’वाला युवाहरूलाई प्रहरीले हनुमानढोकामै नियन्त्रणमा राखेको थियो । तर, निर्दोष गहतराजलाई ‘पार्टीको अध्यक्षका हैसियतले कार्यकर्ताको जुनसुकै गल्ती पनि जिम्मा लिनुपर्छ’ भन्दै दर्ुइ सातासम्म हनुमानढोकामा राखिएकोमा सममुक्ति नेतृत्वले दुःख र आपत्ति जनाएको छ । थुनामा रहेका भोलेन्टियर प्रमुख श्याम लामा, कोषाध्यक्ष वीरबहादुर के.सी., रविन रेग्मी, परशुराम कार्कीलगायतले आफूहरूलाई बहकाएर ल्याई फसाउने ती दर्ुइ अपराधीलाई प्रशासनले अविलम्ब खोजेर आवश्यक कारबाही गरोस् भन्ने अनुरोध गरेका छन् । तर, फरार भएका स्वर्णकार र परियारलाई अहिलेसम्म पनि प्रहरीले खोजी नगर्नुले यस षड्यन्त्रकारी चालबाजीमा उच्च ओहदामा रहेका व्यक्तिको पनि हात रहेको ठहर उनीहरूले गरेका छन् । अरूको धम्कीबाट डराएर आफ्ना कार्यकर्तालाई कम्ब्याक्ट पोसाक पहिराएर ल्याउनुमा भोलेन्टियर प्रमुख श्यामको पनि पूरै कमजोरी देखिएको छ ।
स्मरण रहोस्, सो पार्टीले प्रचार-प्रसार कार्यका लागि स्वयम्सेवी दस्ता तयार पारेको थियो र त्यसको नाम ‘सममुक्ति सेना, नेपाल’ राखेको थियो । पार्टी अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएपछि नाम परिवर्तन गरी ‘सममुक्ति भोलेन्टियर्स’ राख्ने निर्णय सममुक्तिको केन्द्रीय कमिटीले निर्णय गरेको बताइएको छ ।

गहतराज रिहा
राष्ट्रिय सममुक्ति पार्टीका अध्यक्ष ठाकुरचन्द्र गहतराज गत सोमबार रिहा भएका छन् । साउन २१ गते कम्ब्याट ड्रेससहितका सममुक्ति सेनाका १६ जवान नागढुङ्गामा पक्राउ परेपछि उनलाई महानगरीय प्रहरी परिसर हनुमानढोकाले अनुसन्धानको बहानामा नियन्त्रणमा लिएको थियो । त्यसविरुद्ध निजकी बहिनी द्रौपतीदेवी तिवारीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । सोही मुद्दामा गत सोमबार प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ र न्यायाधीश कृष्णप्रसाद उपाध्यायको संयुक्त पूर्ण इजलासले ‘केही सार्वजनिक मुद्दामा बिनाकारण गैरकानुनी ढङ्गबाट थुनामा राखिएको देखिन आएकोले निजलाई तत्काल रिहा गरी जानकारी गराउनू’ भन्ने आदेश जारी गरेपछि गहतराज १३ दिनपछि रिहा भएका हुन् ।

बेलायतका पूर्वप्रहरी अधिकृत प्रप्रकामा
बेलायतका अवकाशप्राप्त प्रहरी अधिकृत ग्यारी म्याडनले अपराध वा अपराधसम्बद्ध घटनाका पीडित वा साक्षीहरूको सुरक्षासम्बन्धी कानुनी तथा व्यावहारिक पक्षहरू, विद्यमान व्यवस्था तथा चुनौतीलगायतका विषयमा प्रहरी प्रधान कार्यालयमा प्रस्तुतीकरण गर्नुभयो । गत ४ गते शुक्रबार आयोजित कार्यक्रममा उहाँले विभिन्न घटनाहरूबारे जानकारी गराउनुकासाथै महिला तथा बालबालिका बेचविखन, सामाजिक अपराध, आतङ्कवाद, लागूऔषधको कारोबार रोकथाम तथा शान्तिसुरक्षालगायतका विषयवस्तुबारे पनि प्रकाश पार्नुभयो । कार्यक्रममा उपस्थित प्रहरी अधिकृतहरूबाट राखिएका विभिन्न जिज्ञासाको म्याडनले जवाफ दिनुभएको थियो ।

नेजस भर्जिनियाको अधिवेशन सम्पन्न
नेपाली जनसर्म्पर्क समिति अमेरिका भर्जिनिया च्याप्टरको पहिलो अधिवेशन गत शनिबार सम्पन्न भयो । अधिवेशनले केशव बरालको अध्यक्षतामा १६ सदस्यीय कार्यसमितिको चयन सर्वसम्मत रूपमा गरेको छ भने अधिवेशनले तीनजना उपाध्यक्षमा शारदा सिलवाल, रामशरण हुमागाईं र मणिन्द्रराज जोशीलाई निरि्वरोध निर्वाचित गरेको छ ।
यसैगरी महासचिवमा मोहन घिमिरे, सचिवमा टंक दाहाल र कोषाध्यक्षमा सकुन्तला अधिकारी छानिएका छन् । सदस्यहरूमा भुवन भण्डारी, दीप राना, मदनकुमार थापा, यमप्रसाद कोइराला, प्रेमकुमार लिम्बू, रूपबहादुर कार्की, पद्मराज शर्मा पोख्रेल, डम्बरसिंह कठायत र यशोदा थापा चयन भएका बताइएको छ । तयारी समितिका संयोजक कृष्ण शर्मा पौड्यालको सभापतित्वमा सम्पन्न उद्घाटन सत्रमा पूर्वमन्त्री वीरमणी ढकाल, केन्द्रीय तयारी समितिका सदस्य प्रभा शर्मा, निर्वाचन समितिका संयोजक डा. रमेशराज पन्तलगायतले आ-आफ्नो मन्तव्य राख्नुभएकोे थियो । अधिवेशनमा कुल १६२ जना सदस्य सहभागी थिए ।

धोबीघाटमा ए-वन डेकोर
ए-वन डेकोर प्रा.लि.ले ललितपुरस्थित धोबीघाट चोकमा फरि्नचरको विशाल शोरुम सञ्चालनमा ल्याएको छ । घर तथा कार्यालयको इन्टेरियरप्रति मानिसमा बढेको सचेतनालाई ध्यानमा राखी आकर्षक, आरामदायी र सुपथ मूल्यमा उच्च गुणस्तरका आयातित फरि्नचर उपलब्ध गराउने उद्देश्यले फरि्नचर शोरुम खोलिएको प्रोपाइटर राजकुमार खड्काले जानकारी दिए । घर तथा कार्यस्थलमा प्रयोग हुने सम्पूर्ण आकर्षक फरि्नचरहरू उपलब्ध हुने ए-वन डेकोरबाट विशेषगरी लिभिङ रुम, बेडरुम, किचन, अफिस, रेस्टुरेन्टलगायतलाई आवश्यक आकर्षक डिजाइनका फरि्नचरहरू सुपथ र सुलभ रूपमा उपलब्ध हुने बताइएको छ ।

आगामी साता क्यान सफ्टटेक मेला
कम्प्युटर एसोसिएसन अफ नेपाल -क्यान) को आयोजनामा आगामी १६ देखि १९ गतेसम्म क्यान सफ्टटेक- २०१० आयोजना हुन लागेको छ । त्रिपुरेश्वरस्थित युनाइटेड वर्ल्ड ट्रेड सेन्टरको चौथो तलामा रहेको डाइरेक्सन एक्जिबिसन एण्ड कन्भेन्सन सेन्टरमा बिहान दसदेखि साँझ ६ बजेसम्म क्यान टेक आयोजना हुने कम्प्युटर एसोसिएसन अफ नेपालका महासचिव विनोद ढकालले जनाएका छन् ।
विगत १६ वर्षदेखि नियमित रूपमा सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी क्यान इन्फोटेक तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको सूचना प्रविधि सम्मेलनहरू आयोजना गर्दै आएको क्यानले सफ्टवेयर विकास तथा प्रबर्द्धनका क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्य राखेर सफ्टटेक आयोजना गर्दै आएको बताइएको छ ।