कसले निम्त्यायो भारत ? -बबिता बस्नेत

कसले निम्त्यायो भारत ? -बबिता बस्नेत


गत वर्ष नयाँदिल्लीमा भएको एउटा भेटमा भारतका पूर्वजनरल अशोक मेहताले यस पङ्क्तिकारसँग भनेका थिए, ‘छिमेकीको घरमा आगो लाग्यो भने त्यसले आफ्नो घरलाई पनि त्यत्तिकै क्षति गर्छ, आगोले यो अरूकै घर हो डढाउनुहुँदैन या यो घरमा त असाध्यै असल मानिस बस्छन् केही गर्नुहुँदैन भनेर पन्छिदैन । त्यसैले छिमेकमा भइरहेका क्रियाकलापप्रति विशेषगरी आफूलाई असर पर्ने कुरामा अर्को छिमेकी सदैव चनाखो रहनुपर्छ । छिमेकमा आगो लाग्दा उसकै बर्बादी भयो, मलाई के मतलब भनेर चुपचाप बस्यो भने त्यो आगो बढ्दै गएर हेर्दाहर्ेर्दै आफ्नो घर लान्छ, मेलमिलाप नभएका या जस्तासुकै छिमेकी भए पनि आगो लागेपछि अर्को छिमेकीले निभाउन तत्पर हुनर्ैपर्छ ।’ प्रश्न थियो- नेपालका विषयमा भारतले कति धेरै चासो राखेको – जनरल मेहता प्रायः भन्ने गर्छन्, ‘कतिपय यस्ता विषय छन् जहाँ भारतले वास्तै गर्नुपर्दैन, नेपालको आन्तरिक मामिलामा कुनै प्रकारको हस्तक्षेप गर्नुहुन्न भन्ने हाम्रो पनि धारणा हो तर जब परिस्थिति डरलाग्दो बन्न थाल्छ स्वाभाविकै रूपले सम्भावित आगलागी (दुघटना) बाट बचाउन र बच्न भारतले कुनै न कुनै कदम चाल्नैपर्ने हुन्छ । अशोक मेहता भारतका नेपालविज्ञमध्ये एक मानिन्छन्, नेपालको कुन जिल्लामा के गतिविधि भइरहेको छ, कुन जिल्लाको कुन गाविस सुरक्षाको दृष्टिकोणले कस्तो छ उनलाई प्रायः थाहा छ । केही महिनाअघि पछिल्लोपटकको भेटमा उनले भनेका थिए- तिमीहरू कति ससानो कुरामा अल्भिmरहेका छौ, यस्तो तरिकाले संविधान बन्छ ? जवाफमा मैले भनेकी थिएँ- हेरौँ, आगो लागिहाल्दैन कि ? त्यतिबेला आगो निभाउन छिमेकी आउने परिस्थिति बनिहाल्लाजस्तो लागेको थिएन । त्यसैले जवाफमा एकप्रकारको आत्मविश्वास थियो । तर अवस्था त्यस्तो रहेन, हाम्रो नेतृत्वले एउटा प्रधानमन्त्री पदका निम्ति जुन प्रकारको बचकना खेल खेल्यो त्यसले सारा नेपालीलाई लज्जाको अनुभूति गर्न बाध्य बनाएको छ । प्रधानमन्त्री पदका हिसाबले मुलुकलाई नेतृत्व गर्ने स्थान हो जुन स्थानबाट चाह्यो भने धेरै काम गर्न सकिन्छ । तर, देश र देशको प्रतिष्ठाका अगाडि प्रधानमन्त्री पद केही पनि होइन, देशलाई केन्द्रमा राखेर हेर्ने हो भने यो मुलुकको इज्जत र यहाँका जनताको चाहना प्रमुख कुरा हो । जनताको चाहना नेताहरूले मुलुकका बारेमा सोचून्, पदका बारेमा होइन भन्ने छ, फेरि हामी अहिले जुन प्रकारको सङ्क्रमणकालबाट गुज्रिरहेका छौँ यो अवस्था भनेको कुन पार्टी या व्यक्तिले कुन पद पाउने भन्नेबारेमा हारालुछ गर्ने बेला होइन, कसरी हुन्छ सबैलाई मान्य हुने संविधान बनाएर मुलुकलाई निकास दिने समय हो ।
प्रधानमन्त्रीको खेल र यहाँको अवस्थाका बारेमा केही समय चुपचाप बसेको भारतले नेपालको वर्तमान अवस्थाका बारेमा विभिन्न प्रकारले चासो राखेका समाचारहरू सार्वजनिक हुन थालेका छन् । नेपालमा यस्तो अवस्था लामो समयसम्म लम्बिन दिन नहुने र प्रजातान्त्रिक सरकारका निम्ति भारतले पहल गर्नुपर्ने कुरा भारतीय जनता पार्टीका एक प्रभावशाली नेता राजनाथले भनेका भनी अभिव्यक्तिहरू आएका छन् । पछिल्लोपटक उनले माओवादीले हिंसा त्यागे सरकारमा जान सक्ने भन्ने धारणा व्यक्त गरेको भन्ने कुरा पनि नेपाली छापामा आएका छन् । एउटा स्वाभिमानी नेपालीका निम्ति चाहे भारत, चीन, बेल्जियम या मोरक्को जुनसुकै देशका नेताले भनेका भए पनि को सरकारमा जाने को नजाने, प्रधानमन्त्री को बन्ने, किन बन्ने, कहिले बन्नेलगायतका कुरा बोल्नु यहाँको आन्तरिक मामिलामा अनावश्यक चासो हो । तर, यो परिस्थिति कसले निम्त्यायो – लामो समय चुपचाप बसेका भारतका नेताहरूलाई बोल्न बाध्य कसले बनायो – हामीले बनायौँ । एउटा प्रधानमन्त्रीका लागि पटकपटक मतदान गर्दै बहुमत नपुर्‍याउँदै फेरि मिति तोक्दै करिब एक महिनादेखि मुलुकलाई बन्दी बनाएर कुनै विदेशी या छिमेकीले राखेका होइनन्, हामीले राखेका हौँ ।
अहिले हाम्रा राजनीतिक दल र तिनका केही नेताहरूले भनिरहेका छन् हाम्रो राष्ट्रियता कमजोर भयो, राष्ट्रवादीहरू एक हौँ । यदि राष्ट्रियता कमजोर भएकै हो भने कसले राष्ट्रियता कमजोर बनायो – अब हामीले सोच्नैपर्ने बेला भएको छ कि हामीकहाँ बेलाबेलामा राष्ट्रियताका बारेमा जुन प्रकारले आवाज उठ्ने गरेको छ त्यो कति इमानदारीपूर्वक उठाइने गरेको छ – आफू सत्तामा जानका लागि राष्ट्रवादको मुखुण्डो प्रयोग गर्ने या जान नपाएर राष्ट्रवादको ढोंग रच्नेहरूले मुलुकलाई कता लाँदै छन् – के राष्ट्रवादको पर्याय सत्ता प्राप्ति हो – यदि यो मुलुकप्रति इमानदार भएर राष्ट्रियताको सवाल अगाडि सारिएको भए देशलाई बन्दी बनाएर, अस्थिरता र असफलताको बाटोतिर आफैंले धकेलेर राष्ट्रियता बलियो हुन्छ – राष्ट्रियता बलियो हुने आधारहरू के-के हुन् – के गर्दा राष्ट्रियता बलियो हुन्छ र के गर्‍यो भने वैदेशिक हस्तक्षेप बढ्दैन भन्ने कुरातर्फ हाम्रो नेतृत्वले कहिलै सोचेको छ – छैन, यो विषयमा हामीकहाँ बहस पनि हुँदैन, छलफलका निम्ति कसैले चासोसम्म पनि राखेको पाइँदैन । जब मुलुकमा कानुनी शासन हुन्छ, भ्रष्टाचाररहित राजनीति र कर्मचारीतन्त्र हुन्छ, जब आर्थिक विकासका बाटाहरू धमाधम खुल्छन् जहाँ मानिसले एकछाक खानका लागि सपना देख्नुपर्दैन काम गरे पुग्छ, त्यसपछि धेरै कुराहरू आफैं मिल्दै जान्छन्, राष्ट्रियता आफैं बलियो बन्दै जान्छ । राष्ट्रियताको जगर्ेना गर्नका लागि साढे दुइ करोड नेपाली छन्, यो कुनै एउटा पार्टी या त्यस पार्टीभित्रका केही सीमित नेताको मात्रै चिन्ताको विषय होइन । हामीजस्ता स्वाभिमानी नेपालीलाई त नेताहरूले दुनियाँ संसारका अगाडि लाजले शिर निहुर्‍याउन नपर्ने गरी देश मात्रै सञ्चालन गरिदिए पुग्छ । विधिको शासनमा जोड दिएर भ्रष्टाचारको अन्त्य गर्दै नेपालीलाई शान्तिपूर्वक आफ्नो दुःखसुख गरेर खाने वातावरण बनाइदिए पुग्छ । वर्तमान अवस्थाको जिम्मेवार हाम्रा अनुत्तरदायी राजनीतिक दलहरूबाहेक अरू कोही पनि होइनन्, केही हदसम्म हामी आफैं पनि हौँ जसले राजनीतिक दलहरूले जे-जे गर्दै गए चुपचाप बसेर तिनलाई मौन समर्थन गर्दै गयौँ । नागरिक समाज भन्नेहरूको त अहिले नामनिशान नै छैन, सर्वसाधारण जनता अब ठीक होला अब राम्रो होला भन्ने आशामा चुपचाप घटनाक्रम र परिस्थितिका साक्षी मात्र बन्दै रहे । यता मिडियाले पनि अब के हुनुपर्छ भनेर निकासका लागि ठोस सुझाव दिएन, केवल नेताले बोलेका कुराहरूको रिपोर्टिङ मात्रै गरिरह्यो । अहिले त छिमेकी मुलुकका नेताहरू चाँडै प्रधानमन्त्री बन्ने परिस्थिति बनाउन आग्रह मात्रै गरिरहेका छन् मुलुकमा यस्तै परिस्थिति रहिरहे कुनै दिन नेपाल असफल राष्ट्रको सूचीमा परेर विश्व समुदायबाट एउटा असफल राष्ट्रले पाउनुपर्ने व्यवहार पाउन थालियो भने त्यतिबेला हाम्रो नैतिक धरातल के होला –