प्रिन्स ह्यारीले गरे नेपालको प्रशंसा

प्रिन्स ह्यारीले गरे नेपालको प्रशंसा


London 11

लन्डन/ नेपाल र संयुक्त अधिराज्य बेलायतको दौत्य सम्बन्ध स्थापना भएको द्विशतवार्षिकी पूरा भएको उपलक्ष्यमा लन्डनस्थित नेपाली दूतावासले गरेको साताव्यापी विशेष कार्यक्रमको अन्तिम दिन गत सोमबार दुताबास परिसरमा भव्य समापन गरिएको छ । साताव्यापी कार्यक्रमको अन्तिम दिन ब्रिटिश राजपरिवारका सदस्य राजकुमार ह्यारीले नेपालको स्मरण गरेका हुन् । विशेष आतिथ्यता ग्रहण गर्दै कार्यक्रममा सरिक भएका राजकुमार ह्यारीले आफ्नो एक वर्षअगाडिको नेपाल भ्रमणको स्मरण गरेका गर्दै नेपाल भ्रमणका क्रममा आफूले गोर्खा सैनिकका केही गाउँ पुग्ने अवसर पाएको बताए । प्रिन्स ह्यारीले गोर्खा सैनिकहरूको दृढ चरित्र कसरी बन्छ भन्ने कुरा आफूले बुझ्ने मौका पाएको उल्लेख गरे । भूकम्पपछि ब्रिटिस तथा अन्य निकायबाट नेपालमा गरिएको राहत कार्यको प्रशंसा गर्दै ह्यारीले पूनर्निर्माणको काममा समय लाग्ने उल्लेख गरे । उनले नेपालको पुनर्निर्माणमा ब्रिटिश जनताको साथ रहने प्रतिबद्धता दोहो¥याए । राजकुमार ह्यारीले नै पानसमा दीप प्रज्वलन गरी उक्त समारोहको उद्घाटन गरेका थिए । समारोहबीच प्रिन्स ह्यारीले दूतावास हलमा भिक्टोरिया क्रस (भिसी) प्राप्त गर्ने १३ भूपू गोर्खाहरूको तस्बिर अनावरण समेत गरे ।

London 22

कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशीले बेलायत–नेपाल सम्बन्ध सरकारी स्तरमा मात्र नभई जनस्तरमा समेत सुदृढ भएको बताए । उनले गत वर्ष नेपालमा लोकतान्त्रिक र समावेशी संविधान जारी भएको स्मरण गर्दै नेपालमा जलश्रोत, पर्यटन व्यापार र लगानीका प्रशस्त अवसरहरु रहेको धारणा समेत राखे । यस्तै, राजदूत डा. दुर्गाबहादुर सुवेदीले राजकुमार ह्यारीको उपस्थितिले नेपाल र नेपाली जनताप्रति बेलायती राजदरबार, सरकार र जनताको सदभावना र सम्मानको भावना प्रतिविम्बित गर्ने बताए । उनले गोर्खा सैनिकको साहस, इमान्दारिता र वीरताले बेलायतसँगको सम्बन्ध सुदृढ तुल्याएको उल्लेख गर्दै बेलायतले नेपालको आर्थिक र सामाजिक विकासमा र्पुयायाएको योगदानको प्रशंसा गरे ।

दूतावासका उपनियोग प्रमुख शरदराज आरणले सञ्चालन गरेको उक्त विशेष समारोहमा बेलायती रक्षामन्त्री मार्क ल्यान्केस्टर, बेलायती सेनाका डेपुटी कमाण्डर इन चिफ, बेलायती सांसद्, मन्त्रालयका उच्चपदस्थ कर्मचारी, विभिन्न देशका राजदूत, मेयरलगायत सयौँ नेपालीको सहभागिता थियो ।

London 33