जनसम्पर्क समिति बेल्जियमको जिम्मेवारी सीताको काँधमा

जनसम्पर्क समिति बेल्जियमको जिम्मेवारी सीताको काँधमा


Sita Sapkota 2

नेपाली जनसम्पर्क समिति बेल्जियमको चौथो अधिवेशनबाट सीता सापकोटालाई अध्यक्षको जिम्मेवारी हासिल भएको छ । अध्यक्ष पदका लागि सुरुमा अनुजा प्रधान, माधव सापकोटा र सिता सापकोटा अघिसरेका भए पनि अनुजाले निर्वाचनको एक दिनअघि नै फेसबुकमार्फत् नाम फिर्ता लिएकी थिइन् । मतदानमा जम्मा एक हजार एकहत्तर मत खसेकामा सीताले पाँच सय चौसट्ठी मत ल्याएकी थिइन् भने प्रत्यासी रहेका माधव सापकोटाले चार सय उनासी मतमै चित्त बुझाउनु प¥यो । यसैगरी, वरिष्ठ उपाध्यक्षमा देवेन्द्र पौडेल देवु, उपाध्यक्षमा कमल सिटौला, अर्का उपाध्यक्ष नरहरि सापकोटा, महामन्त्रीमा दिनेश भण्डारी र सुुवास गुरुङ, कोषाध्यक्षमा विराट जोशी तथा सदस्यहरूमा गीता पुडासैनी, सुवर्ण अधिकारी, रेना बस्नेत, जगदिश सापकोटा र जुमकाजी गुरुङ विजयी भएका छन् ।

सर्वसम्मत भएकाहरूमा वरिष्ठ महिला उपाध्यक्ष दिलमाया शर्मा पौडेल, सहमहामन्त्री धर्म पाठकलगायत छन् । ब्रसेल्सबाट केशव सापकोटा, पार्वता शर्मा, राजु थापा, आन्तोरपेनमा विजय मल्ल, उल्लका घिमिरे, राधा प्रधान, जोगमान तामाङ, दामन तामाङ, वेष्टभलान्दरनबाट राजेन्द्र शर्मा, पुर्ण तिमल्सिना र रविन पण्डित सर्वसम्मतमा चयन भएका हुन् ।

Sita

यसै क्रममा जनसम्पर्क समिति बेल्जियमको अधिवेशनमा अतिथिका रूपमा पुगेका नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा व्यवस्थापिका संसदका सांसद् एनपी साउद र चन्द्र भण्डारीलाई एक रात्रीभोजको आयोजना गरेर नेपाली जनसम्पर्क समिति बेल्जियमले विदाई गरेको छ । विदाई कार्यक्रममा बोल्दै नेताद्वयले अधिवेशनमा आमन्त्रण गरेकोमा आभार प्रकट गर्दै निमन्त्रणा दिएर जनसम्पर्क समितिहरूको संस्थगत विकास र नेपाली काङ्ग्रेस केन्द्रिय समितिसँगको सम्बन्ध थप प्रभावकारी बनाउन भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाए ।

नवनिर्वाचत अध्यक्ष सीता सापकोटाले नेताहरूको उपस्थितिले समितिको चौथो अधिवेशन भव्य भएको भन्दै नेपाली जनसम्पर्क समिति बेल्जियमस्थित नेपाली समुदायको हितका पक्षमा अत्यन्तै गम्भीर भएर अगाडि बढ्ने प्रतिबद्धता जनाइन् । देवु पौडेलले स्वागत मन्तव्य दिएको सो कार्यक्रममा पूर्वअध्यक्ष इन्द्र क्षत्री, दिनेशप्रसाद भण्डारीका अलावा गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतम, एनआरएन केन्द्रिय सदस्य जानकी गुरूङलगायतले शुभकामना मन्तव्य दिएका थिए ।