नेपाल बेलायतकाे सम्वन्धकाे एेतिहासिकताकाे दूतावासमा सप्ताहव्यापी उत्सव

नेपाल बेलायतकाे सम्वन्धकाे एेतिहासिकताकाे दूतावासमा सप्ताहव्यापी उत्सव


17309452_10158494031180457_25054640883377603_nलण्डन । बेलायतकाे लागि नेपाली दूतावासमा हिजाे म‌ङ्गलबारदेखि सप्ताहव्यापी उत्सव शुरु भएकाे छ । नेपाल र बेलायतबीचकाे २०० वर्षाै‌देखिकाे कुटनीतिक सम्वन्धलार्इ अाधिकारिक रुपमा मनाउने क्रममा दूतावासले अाफ्ने परिसरमा विविध कार्यक्रमहरु गरी दुर्इ देशबीचकाे सम्वन्धकाे महत्वलार्इ सम्मान गर्ने भएकाे छ । गत वर्ष बेलायत सरकारले नेपालका तत्कालीन उप तथा विदेश मन्त्री कमल थापालार्इ निमन्त्रण गरेर अाफ्नाेतर्फबाट दुर्इ देशबीचकाे कुटनीतिक मित्रताकाे उत्सव मनाएकाे थियाे ।
17309525_1495970763760066_3371000694229164393_nसप्ताहव्यापी उत्सवकाे थालनीकाे दिनमा दूतावासमा ड्युक अफ ग्लाेसेस्टरसायर प्रिन्स रिचार्डसहित विविन्न गन्यमान्यहरुकाे उपस्थिति रहेकाे थियाे । गुर्खा नृत्यदेखि अन्य नेपाली साँस्कृतिक कार्यक्रमहरुलगायत सम्वन्धकाे प्रगाढता देखिने तस्वीरहरुकाे प्रदर्शन गरिएकाे थियाे जसकाे सबैले प्रश‌ँसा गरेका थिए ।
यसैगरी अाज बुधबार पर्यटकीय अवस्थालार्इ विस्तार रुपमा तस्वीर तथा भीडीयाेलगायतकाे प्रदशनी गरिने भएकाे छ । विहीबार नेपाल पत्रकार महासँघ बेलायत शाखाकाे सँयाेजनमा अन्तरक्रियात्मक कार्यक्रम हुनेछ । शुक्रबार नेपाली साहित्यिक महाेत्सव हुनेछ जसमा राजदूत सुवेदीकाे सम्पादकत्वमा प्रकाशित कविता सँग्रहकाे विमाेचन गरिने छ भने शनिबार नेपाली खाना तथा सँगीतकाे महाेत्सव रहने छ । त्यस्तैगरी अाइतबार नेपालमा लगानी भित्र्याउन सकिने क्षेत्र तथा सम्भावनाहरुउपर अन्तरक्रियात्मक कार्यक्रम रहने छ र अन्त्यमा विशेष रुपमा विविध अाैपचारिकताकाे कार्यक्रम गरी सप्ताहव्यापी महाेत्सवकाे विश्राम गराइने भएकाे छ ।
-प्रकाश