बेलायतकाे अल्डरसटमा नेपाली महिलाद्वारा नेपाली वृद्धकाे हत्या

बेलायतकाे अल्डरसटमा नेपाली महिलाद्वारा नेपाली वृद्धकाे हत्या


manlimbuलण्डन । न्युह्याम्सायरस्थित अल्डरसटकाे भिक्टाेरिया राेडमा रहेकाे एक फ्ल्याटमा पुलिस तथा प्यारामेडिक्सले गत शुक्रबार अपरान्ह एक ७५ वर्षीय वृद्धलार्इ अचेतावस्थामा फेला पारेका थिए जसकाे केही बेरकाे निरीक्षणपश्चात् घटनास्थलमा नै मृत घाेषित गरिएकाे थियाे ।
अल्डरसटकै ग्राेभ राेडकाे एक फ्ल्याटमा बस्ने पेन्शनर ७५ वर्षीय मानबहादुर लिम्बूकाे साे हत्यामा भिक्टाेरिया राेडमा बस्ने ५० वर्षीया सुनमाया तामाङलार्इ पुलिसले हिरासतमा लिएकाे छ र अाज नै बेसिङ्स्टाेक मेजिस्ट्रेटमा उपस्थित गराइने भएकाे छ ।
google-grove५० वर्षीया तामाङलार्इ हत्या र ग्राेभ राेडकाे एक घरमा एक ४७ वर्षीया महिलाकाे हत्याकाे प्रयास अनि लूटपाट तथा चाेरीकाे पनि अाराेप लगाइएकाे छ ।
:तस्वीर र सूचना साैजन्य -बीबीसी