लुट-२ का नायकद्वय लण्डनमा, चलचित्र उत्कृष्ट रहेको दावी

लुट-२ का नायकद्वय लण्डनमा, चलचित्र उत्कृष्ट रहेको दावी


16804472_10154138025137121_6753758252834321200_oलन्डन, निश्चल बस्नेतद्वारा निर्देशित चलचित्र “लुट -२” को प्रिमियरको लागि नायकद्वय दयाहांग राई र सौगात मल्ल यतिबेला बेलायतमा ब्यस्त छन् । बिहीबार लण्डनको हिथ्रो बिमान्स्थल उत्रिएका दयाहांग र सौगात साँझ लन्डनस्थित काठमान्डौ जोन नेप्लिज रेस्टुरेन्टमा आयोजित पत्रकार भेटघाटमा उपस्थित भएका थिए । गोर्खा वरियर्सको आयोजनामा चलचित्र लुट-२ बेलायतमा प्रदर्शन गर्न लागिएको हो ।
पत्रकारहरुसंगको कुराकानीमा चलचित्रले दर्शकहरुको मन जित्नुका साथै साफल हुनेमा आफूहरू आशावादिरहेको दयाहांग राइले बताए । विगतमा भन्दा अहिले नेपाली चलचित्र क्षेत्रमा निकै परिवर्तन आएको हुँदा नेपाली चलचित्रहरू पनि विश्व बजारतर्फ उन्मुख भइरहेको राईले बताए । चलचित्र लुटको सिक्वेल “लुट-२” भएको हुँदा त्यस्तै नजरले हेर्नको लागि दर्शकहरुलाई सिनेमा हर्न जानको लागि पनि राइले आग्रह गरेका छन् । त्यस्तै नायक सौगात मल्ल (हाकु काले)ले पनि “लुट-२” निकै स्तरीय फिल्म बनेको रचलचित्र लुटभन्दा लुट-२ ले व्यवसायिक रुपमा बढी सफलता हासिल गर्ने धारणा व्यक्त गरेका थिए ।
16864079_1447606578603163_4579180379374689919_nयस चलचित्रको ‘ठमेल बजार’ बोलको गीतलाई युटुबमार्फत चलचित्र रिलिज हुनुअघि नै एक करोडभन्दा बढी दर्शकले हेरिसकेका छन् । सौगात मल्ल, कर्मा, दयाहाङ राई, ऋचा शर्मा, बिपिन कार्की, रामेश्वर चौरासिया, सिर्जना सुब्बा, एलिसा राई लगायतका कलाकारहरुको यो चलचित्रमा मुख्य भूमिका रहेको छ ।
आयोजकले दिएको जानकारीअनुसार यहीं फेब्रुअरी २५ तारिख शनिबारका दिन अल्डरसटस्थित प्रिन्सेस हलमा प्रिमिएर सो को आयोजना गरिएको छभने लगतै बेलायतका विभिन्न स्थानहरुमा प्रदर्शनी गरिने तयारी भैसकेको छ । यही शुक्रबारबाट देशभरका एक सय हलबाट एकसाथ रिलिजमा आएको यो चलचित्रले धेरै रेकर्ड तोड्ने आशा गरिएको छ । यस चलचित्रले बक्स अफिसमा राम्रो पकड जमाउनेमा दर्शकदेखि वितरक समेत आशावादी देखिएका छन् । निश्चल बस्नेतले यसअघि ‘लुट, टलकजंग भर्सेज टुल्के’ लगायतका चलचित्र बनाएका थिए ।

-नरेन्द्र बस्नेत