नेपालको विकास पूर्वाधारबारे बेलायतमा छलफल

नेपालको विकास पूर्वाधारबारे बेलायतमा छलफल


London 3

सोसाईटी अफ़ नेप्लिज इन्जिनियर्स युके को आयोजनामा यहि १८ सेप्टेम्बर २०१७ मा नेपालको इन्फ्रास्टक्चर डिभेलेप्मेण्टसम्बन्धी छलफल कार्यक्रम नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् भुतपूर्व उपप्रधानमन्त्री, सभामुख माननीय रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भयो । सो अवसरमा कार्यक्रमलाई शुभकामना दिनुहुँदै बेलायतमा भएका विभिन्न इन्जिनियरहरुले हासिल गरेको विशिष्टतालाई नेपालको विकास र समुन्नतिका लागि, बेलायती ज्ञान र सीपलाई नेपालमा ट्रान्सफर (स्थानान्तरण) गर्नुपर्ने बताउदै बवदेशी भूमिमा धेरै नबसी ज्ञान र सीप लिएर नेपाल फर्कन आब्हान गर्नुभयो ।

अर्का अतिथि राजदुत डा. दुर्गाबहादुर सुवेदीले नेपाली राजदुतावास यस प्रकारका टक प्रोग्रामहरुको लागि सदैव सहयोगको हात बढाउन तयार रहेको र आफु पनि इञ्जिनियएरिङ पृष्ठभूमिबाट कुटनैतिक क्षत्रमा आएकाले यस प्रकारका विकासलाई प्रभाबी बनाउने कार्यक्रमहरु राजदुतावासमै आयोजना गर्ने बताउनुभयो । तीन चरणमा सम्पन्न कन्फरेन्सको प्राविधिक सत्रमा बेलायतमा रहेका विभिन्न क्षेत्रका व्यक्तिहरुले आ आफ्नो कार्यपत्र पेश गर्नुभएको थियो । सोने युकेका सभापति घनश्याम पौड्यालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सुसञ्चालन महासचिव शैलेन्द्र काजी श्रेष्ठले गर्नुभएको थियो ।

उपस्थित सबैलाई स्वागत गर्दै कन्फरेन्स कमिटिका संयोजक डा. वीरेन्द्र श्रेष्ठले कन्फरेन्सका बारेमा जानकारी गराउनु भयो । विभिन्न संगठनका प्रतिनिधिहरुको उत्साहपूर्ण उपस्थिति रहेको उक्त कार्यक्रममा जनसम्पर्क समितिका सभापति लोक गुरुङ, एनआ एन इन्टरनेसनलका संस्थापक सचिव चिरन्जिबी ढकाल, गोर्खा ज्वेलरी साउथ हेरो, भण्डारी ब्रदर्सको स्पोन्सर थियो । टेक्निकल सत्रको सभापतित्तो डा. बवनोद लाल अमात्यले गर्नु भएको थियो । किनोट स्पिकरका रुपमा प्रोफेसर डा. केशव दाहालले नेपालको सुचना र संचार प्रविधिमा भएका प्रगति र विश्वको बढ्दो प्रभावबाट नेपालले सिक्न सक्ने सम्भाव्यताका बारेमा बताउनुभयो । अन्त्यमा प्लेनरि सेसनमा सामुहिक छलफल र फीड ब्याकसम्बन्धी कार्यक्रमको सभापतित्व डा. रमेश मरशानीले गर्नुभएको थियो । कार्यक्रमा सोनेयुकेका भुतपूर्व अध्यक्ष कृष्णकिशोर श्रेष्ठ लगायतका पधाधिकारीहरुको उत्साहपूर्ण सहभागिता देखिन्थ्यो ।

नेपालको सुचना र सञ्चार प्रविधिले देशको आर्थिक विकासको क्षत्रमा पार्ने चुनौती र सम्भाव्यताका बारेमा हरि न्यौपाने, बजेटको परिधिभित्र प्रोजेक्ट समापनमा नेपालका प्रोजेक्टहरुको सञ्चालनमा हुने स्थितिको विश्लेषनात्मक अध्ययनका बारे सचिदा चतुर्बेदी, ओपन नलेज नेटवर्क र यसको पूर्वाधार बवकाशको भूमिकाका बारेमा अन्जनी फुयाल, नेपालको इनर्जी संकट र नवीकरणीय उर्जा बाट हुने शीघ्र समाधानका बारेमा स्वनजी युनिभर्सिटीमा पीएचडीरत रामहरि पौड्याल, हेल्थ एंड सेफ्टीले कसरी मानविय क्षति कम गर्न सकिन्छ भन्ने बारे इञ्जिनियर राजकुमार त्रिपाठीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । प्रश्नोत्तरसहित रोचक किसिमले भएको उक्त कार्यक्रमबाट निकालिएको प्राविधिक निचोडलाई देशको पूर्वाधार विकाशमा सहयोग पुराउने उद्देश्यले नेपाली राजदुतावासमार्फत नेपाल सरकारलाई पठाइने जानकारी दिइयो ।