‘हो, म छोरीको आमा हुँ’-राजन घिमिरे

‘हो, म छोरीको आमा हुँ’-राजन घिमिरे


आफ्नोबारेमा वास्तविक तथ्यहरू बजारमा आएमा ती कुरालाई गलत रूपमा लिने नायिकाहरूको भीडमा झरना थापा यस्ती नायिका हुन् जो खुला किताबजस्तै मानिन्छिन् । आफ्नाबारेमा चलचित्रकर्मी र दर्शकहरूले सबै कुरा थाहा पाउँदा आफ्नो कलाकारिता यात्रामा कुनै पनि फरक नपर्ने कुरा उनी बताउँछिन् ।
विवाहित हुँदाहुँदै पनि आफूलाई अविवाहित भन्न रुचाउने अनि विवाहित भनेमा क्यारियर बिग्रनेजस्ता भ्रम पालेका नायिकाहरूको जमात बढिरहेको अवस्थामा नायिका झरना थापा आफ्नो वास्तविक बेलिविस्तार लगाउन कुनै पनि कसुर बाँकी राख्दिनन् । ‘किन ढाँट्ने । अरूलाई ढाँटे पनि आफ्नो मनलाई त ढाँट्न सकिँदैन नि । सबैभन्दा ठूलो कुरा त मनलाई ढाँट्नु भएन,’ झरनाले भनिन् ।
त्यसो त उनका केही समकक्षीहरूले पनि झरनालाई आफू विवाहित भएको र एक छोरी पनि साथमा रहेको कुरा नबताउन सल्लाह नदिएका होइनन् । ‘तर म यस्तो वाहियात कुराहरूमा विश्वास गर्दिनँ । मैले आफ्नै परिवारको बारेमा ढाँटेँ भने भोलि मलाई परिवारबाट कसरी साथ मिल्छ र – आज म जहाँ छु परिवारकै कारण त छु नि । अनि यस्तो साथ दिनेका बारेमा कसरी ढाँट्ने -‘ झरना आफ्नो परिवारप्रति सम्मान गर्दै भन्छिन् ।
यहाँ यस्ता केही नायिका पनि छन् कि आफ्ना श्रीमान् वा सन्तानसँग सार्वजनिक स्थान वा समारोहमा जान हिचकिचाउँछन् । कसैले केही भन्लान् भन्ने डर उनीहरूमा देखिन्छ । तर, झरनालाई यस्तो कुराले कहिले पनि छोएन । अन्तर्वार्ताहरूमा पनि सन्तान र विवाहको बारेमा प्रश्न आउँदा ‘यसबारेमा नो कमेन्ट’ भनेर पन्छिन खोज्नेहरूका लागि गतिलो उदाहरण बनेकी छिन् झरना । ‘हो म छोरीकी आमा हुँ । यो कुरा भन्न किन लाज मान्ने,’ उनको तर्क छ ।
झरनाले बुझेकी छिन् कि कलाकारिता र क्रेजमा विवाहित वा अविवाहितले केही पनि प्रभाव पर्ने होइन । ‘कुनै पनि दर्शकले यो विवाहित नायिका हो योचाहिँ अविवाहित नायिका हो भनेर फिल्म कम हेर्ने र फिल्म बढी हेर्ने गदै । उनीहरूले कलाकारिता हेर्ने हुन् । त्यसैले अरूहरूलाई पनि म भन्न चाहन्छु कि आफ्नो वास्तविकता र धरातललाई नर्बिसौं,’ झरना भन्छिन् ।
१५ वषीर्या छोरीकी आमा झरना आफ्नो शरीरको सन्तुलनको बारेमा सन्तुष्टिलाई कारण मान्छिन् । आफू र छोरी एकसाथ हिँड्दा साथीभाइले दिदीबहिनी भन्ने गरेको कुरा स्मरण गर्दै उनले थपिन्, ‘यिनी त मेरी छोरी हुन् भनेर भन्दा सोध्नेहरू नै अचम्ममा पर्छन् भन्या । धेरैले त विश्वास पनि गर्दैनन् ।’
विगत दुइ दशकदेखि निरन्तर रूपमा झरना नायिकाको रूपमा चलिरहेकी छिन् । यसबीचमा उनलाई ढाल्न थुपै्र अविवाहित नायिकाहरू नआएका होइनन् । तर, पनि दर्शकहरूले यिनै विवाहित नायिकालाई साथ दिइरहेका छन् ।

राजेशको तारिफ
कुनै समय राजेश हमालको चलचित्र हेर्न दगुरेर सिनेमाहलमा पुग्ने रमेश पोखरेल यतिबेला आफैं देखेर आर्श्चर्यमा परेका छन् । त्यसो त आफ्नो सपना पूरा भएकोमा उनी खुसी पनि छन् । सिनेमा क्षेत्रप्रति सानैदेखि सौख भए तापनि यति चाँडै सिनेमाको निर्देशक बनिएला भन्ने कुरा सोचेकै थिएनन् उनले । ‘कहिलेकाहीँ जीवनमा नसोचेको कुरा पनि हुँदोरहेछ । त्यही भयो मेरो जीवनमा पनि,’ रमेशले भने ।
आफ्नो जन्मघर चितवनमा रहँदा स्थानीय टेलिभिजन, टेलिचलचित्र र भिडियो चलचित्रहरूमा आफ्नो क्षमता दर्शाइसकेका रमेश यतिबेला काठमाडौंमा दुइ सिनेमाको प्राविधिक कार्यमा व्यस्त छन् । उनले निर्देशन गरेको चलचित्र आफ्नै मनलाई सोधिहेर र भनिदेऊ न माया गर्छु, तिबेला पोस्टप्रोडक्सनमा व्यस्त छन् । आफूले थोरै समयमा नै महानायक राजेश हमाललाई निर्देशन गर्न पाएकोमा रमेश निकै दङ्ग छन् । यो अवसर दिलाइदिने चलचित्र भनिदेऊ न माया गर्छु, निर्माता जेबी घिसिङलाई पनि धन्यवाद दिन्छन् उनी । ‘यो चलचित्रमा नायक राजेश हमाललाई हामीले दर्शकहरूले पनि नसोचेको भूमिकामा उभ्याएका छौँ,’ रमेशले भने ।
चलचित्र भनिदेऊ न माया गर्छुमा नायक हमालको प्रवेशले चलचित्रलाई नै ऊर्जा थपेको दाबी गर्छन् उनी । नयाँ पुस्तालाई हौसला दिने उहाँको कार्यशैलीको पनि प्रसंशा गर्नुपर्छ,’ रमेश दङ्ग छन् ।

महंगा र आशलाग्दा टासी
नेपालको अति विकट मनिने कर्णालीको मुगु जिल्लाको मुगु गाउँका हिम ग्याप लामा नेपाली कलाजगत्मा टासी लामाका नामबाट परिचित छन् । विगत डेढ दसकदेखि निरन्तर रूपमा नेपाली कलासंस्कृतिको संरक्षण एवम् सर्म्बर्धनमा विविध तरिकाबाट परेका लामाले उक्त कार्यको सिलसिलामा करिब पचास नेपाली चलचित्रमा नेपालकै वरिष्ठ नृत्य निर्देशक वसन्त श्रेष्ठको सहयोगीको रूपमा काम गरिसकेका छन् ।
विभिन्न म्युजिक भिडियोहरू -गरिमा गरिमा, त्रि्रो पनि रगत आखिर मेरो जस्तै होलाजस्ता राष्ट्रिय भावनाले ओतप्रोत भएका राष्ट्रिय गीतका निर्देशक), डकुमेन्टका निर्देशक लामा हाल श्रीराम पुडासैनीद्वारा निर्देशित नेपाली कथानक चलिचत्र ‘गद्दार’ को नृत्य निर्देशनमा व्यस्त छन् । अहिलेका युवा नृत्य निर्देशकहरूमा सबैभन्दा व्यस्त, सबैभन्दा महँगा र सबैभन्दा बढी आशालाग्दा नृत्य निर्देशकका रूपमा नेपाली चलचित्र उद्योगले हेरिरहेको नृत्य निर्देशकमा पर्छन् उनी ।
नेपाली सांस्कृतिक कार्यक्रम लिएर नेपाल र नेपालीको पहिचान गराउन विदेशमा समेत पुगी आफ्नो क्षमताको प्रदर्शन गरिसकेका छन् । सो कामको सिलसिलामा उनी कतार, जापान, भारत, युरोपका विभिन्न देशहरूका साथै अमेरिकासमेत पुगिसकेका छन् । नेपाल साथै विदेशमा समेत विभिन्न सांस्कृतिक कार्यक्रमहरूमा नाच्ने-नचाउने कार्यका साथै विभिन्न किसिमका कार्यक्रमहरू आयोजना तथा संयोजन गर्ने गर्छन् । यसको अलावा उनी एउटा राम्रो छायाकार, सम्पादक, निर्देशक, कलाकार साथै कथालेखक पनि हुन् ।