नेपाली दूतावासबाट सेवाग्राहीलार्इ थप सुविधा

नेपाली दूतावासबाट सेवाग्राहीलार्इ थप सुविधा


article-2314000-19751575000005DC-79_634x422लन्डन । लन्डनस्थित नेपाली दूतावासले अाजैदेखि पोस्टमार्फत नेपालको भीसाको लागि कागजात प्राप्त भएको दिनमा नै भीसा जारी गरी सम्बन्धितको ठेगानामा राहदानी फिर्ता पठाउने व्यवस्था गरेको दूतावासका उपनियोग प्रमुख शरदराज आरणबाट प्राप्त भएकाे प्रेस विज्ञप्तिमा उल्लेख छ। गैर आवासीय नेपाली परिचय पत्र, यात्रा अनुमति पत्र र अन्य पत्रहरु आवेदन गरेकै दिन जारी गरिने भएको छ ।

भीसाको लागि पोस्टमार्फत राजदूतावासमा पठाउँदा राहदानी र भरेको भीसा फारामसहित राजदूतावासको बैंक खातामा जम्मा गरेको भीसा शुल्क रसिद र राहदानी फिर्ता प्राप्तिको लागि हुलाक खाम अनिवार्य रुपमा पठाउनु पर्दछ । भीसाको लागि सेवाग्राहीले राजदूतावासमा उपस्थित भई सोही दिन भीसा प्राप्त गर्ने सुविधालाई समेत दूतावासले यथावत राखेको छ ।

थप जानकारीको लागि राजदूतावासको वेबसाइट www.nepembassy.org.uk हेर्न हुन अनुरोध गरिएकाे छ।
press-release