यूकेमा पृथ्वी तथा एकता दिवस सम्पन्न

यूकेमा पृथ्वी तथा एकता दिवस सम्पन्न


Photo Source: Everest Gautam
Photo Source: Everest Gautam
लण्डन । नेपालमा मूल राजनीतिक पार्टीलगायत नेपाल सरकारले पनि पृथ्वीजयन्ति तथा राष्ट्रिय एकता दिवस, लण्डनमा भने उत्साहपूर्वक मनाइएकाे छ । नेपाल नरहे, नेपाली रहन्न भन्ने मन्त्रणालार्इ अात्मसात गर्दै साेही नेपाललार्इ एक स्वतन्त्र र ठूलाे अाकारकाे नेपाल बनाउने राष्ट्र निर्माता पृथ्वीनारायण शाहकाे २९५अाैं जन्मजयन्तिलार्इ याेपालि पनि सधैंजस्ताे गर्वका साथ संयुक्त राष्ट्रवादी नेपाली संगठनले मनाएकाे छ । कार्यक्रमकाे शुरूमा नेपालकाे राष्ट्रिय गीत बजाइएकाे थियाे, जुनबेला काेशेली समूहले प्रत्यक्ष रूपमा मंगल धुन बजाएका थिए र त्यसपछि राष्ट्र निर्माता पृथ्वीनारायण शाहकाे तस्वीरमा माल्यार्पण उपस्थित सबैबाट गरिएकाे थियाे ।

photo Everest Gautam
photo Everest Gautam
समाजसेवी डा. राघवप्रसाद धिताल(अाेवीर्इ) प्रमुख अतिथि रहेकाे कार्यक्रमलार्इ संगठनका अध्यक्ष भरत राेक्का क्षेत्रीले सभापतित्व गरेका थिए । लण्डनकाे सडवरीस्थित हिमालयज क्लवमा सम्पन्न भएकाे साे कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलगायत लेखक, पत्रकार, कविहरूले अाअाफ्ना मन्तव्यहरू राखेका थिए । गैरअावासीय नेपाली संघकाे युराेप संयाेजक कूल अाचार्यले पृथ्वी नारायण शाहबाट एकीकृत भएकाे स्वतन्त्र राष्ट्र नेापलकाे एक पटककाे नागरिक सधैंकाे नागरिक भन्ने माग विशेष गरी राख्ने हाामी गैरअावासीय नेपाली संगठनले स्वदेशकाे विकासकाे लागि संयुक्त रूपमा लगानी गरी धेरै कामहरू गर्दै गरेकाे जनाउँदै शाहकाे विशेष कदरसहितकाे सम्झना गरेका थिए । कृष्ण भट्टले पृथ्वीनारायण शाहसम्वन्धी विशेषगरी अाफ्नाे मन्तव्यमा कविता सुनाएका थिए । त्यस्तै पत्रकार तथा कवि नृपेश उप्रेतीले मुक्तकहरू सुनाउँदै पृध्वीनारायण शाहकाे याेगदानकाे चर्चा गरेका थिए । नेपालबाट भ्रमणकाे क्रममा अाएका प्राे. सुरेज्द्र पाैडेलले भावानात्मक रूपमा नेपालकाे एैतिहासिक परिवेशकाे सम्झना गर्दै वर्तमान अवस्थामा राजनीतिक परिवर्तनपश्चात् देशमा अाएकाे अराजकताकाे चर्चा गर्दै नेपालमा इतिहास मेट्ने काेशिस असक्षम नेताहरूबाट गराइएकाे भन्ने अाराेप लगाएका थिए । पृथ्वीनारायण शाहकाे तत्कालीन परिवेशकाे अप्ठ्यारा अवस्थाकाे कुरा गर्दै राष्ट्रकाे विशालतालार्इ बनाउनका लागि साे बेला भए वा गरिएका कार्यहरू साे बेलाकाे उत्कृष्ठ कार्य भएकाे जीकिर गरेका थिए र शाहकाे याेगदानलार्इ भुल्नु भनेकाे अाफ्नाे पुर्खालार्इ भुल्नु हाे भनेका थिए । अाफ्नाे मन्तव्यकाे क्रममा ….जसले पृथ्वीनारायण शाहलार्इ बिर्सन्छ, त्यसले अाफ्नाे जन्म दिने बाबुलार्इ बिर्सन्छ…. भनेका थिए । नारायण अधिकारीले सञ्चालन गरेकाे साे कार्यक्रममा बाेल्दै लेखक शिवजी श्रेष्ठले शाहकाे याेगदानकाे गर्वपूर्वक सम्झना गर्दै वर्तमान हालातमा अाएकाे पृथ्वी जन्मजयन्तिसम्वन्धी असमझदारीबारे बाेल्दै पृथ्वीनारायण शाहदेवकाे याेगदानकाे चर्चा गर्नकाे लागि सन् १८अाैं शताब्दीताका समय तथा परिवेशकाे सम्झना गर्नुपर्दछ भन्ने धारणा व्यक्त गरे । क्षेत्री समाजका भूपू अध्यक्ष भीम बानियाले जुनसुकै मुलुक, जस्तै सम्पन्न हालातमा बसे तापनि नेपाली, नेपाली मूलका नै भनेर जानिन्छन् । एक अकाट्य सत्य बनेर बसेकाे नेपालीकाे स्थायी परिचयकाे धराेधर भनेका पृथ्वीनारायण शाह हुन्, हामीले उनकाे याेगदानलार्इ कहिल्यै भुल्नुहुँदैन भनेका थिए ।

बेलायतस्थित नेपाली दूतावासले संयुक्त राष्ट्रवादी नेपाली संगठनकाे अनुराेधलार्इ स्वीकार गरेकाे थिए । नेपालकाे राष्ट्र निर्माता मानिएका, पृथ्वीनारायण शाह जसकाे अथक प्रयासले बार्इसे चाैवीसे राज्यबाट एक स्वाधीन राष्ट्र बनाए, उनै व्यक्तित्वकाे जन्मजयन्ति मनाउन राखिएकाे कार्यक्रममा उपस्थिति नदिने दूतावास वा राजदूत भने बेलायतकाे अधिकांश जातजातिलगायत क्षेत्रीय, राजनैतिक पार्टीगत, तथा टाेले कार्यक्रमहरूमा गरिमापूर्वक दूतावासकाे प्रतिनिधित्व गर्ने गरेकाे उपस्थितहरू अाश्चर्यजनक भएकाेबारे चर्चा गर्दै थिए ।

कार्यक्रममा विकलचन्द्र अाचार्य, चिरन्जिवी ढकाल, विष्णुबहादुर शाही, ध्रुव के.सी.अादिले मन्तव्य राखेका थिए । प्रमुख अतिथि डा. राघवप्रसाद धितालले विस्तृतमा पृथ्वीनारायण शाह, तत्कालीन स्थिति, राजनीतिक अवस्था अादिकाे चर्चा गरेका थिए । अन्त्यमा सबैलार्इ धन्यावाद दिर्इ नेपाल रहे, नेपाली रहन्छ भन्दै पृथ्वीनारायण शाहकाे जन्म जयन्ती अाफ्नाे संगठनले बेलायतबासी लगभग डेढलाख नेपालीहरूकाे प्रतिनिधित्व गर्दै संधै मनाउने भन्दै साे कार्यक्रमकाे विसर्जन गरेका थिए ।

-प्रकाश के.सी., लण्डनबाट, तस्वीर: एभरेष्ट गाैतम, भीडीयाे: मिलन शर्मा