लन्डन / वयान गरेर नसकिने संसारको पाचौं महादेशहरुको भ्रमणको क्रममा आफूले भोगेका, देखेका अनि आत्मसात गरेका घटनाहरुलाई टिपोटका रुपमा उतारी, श्रीमतीको दबावमूलक प्रेरणलाले गर्दा पुस्तकको रुपमा संसारको सरसर्ती अनुभवहरु खुलाउने गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछानेको र उनको पुस्तक ‘सरसर्ती संसार’को चर्चा यतिखेर लण्डनमा व्यापक छ । लामिछाने उच्च शिक्षा हासिल गर्नको लागि वर्षौंपहिले नेपाल छाडी रसिया पुगेका थिए र जीवनका अप्ठ्यारा समयहरुको भोग भोग्दै गर्दा व्यापारमा लागेका उनको अहिले रसियालगायत विश्वका धेरै मुलुक अनि स्वदेश नेपालमा पनि विविध किसिमका व्यवसायहरु सन्चालन भइरहेका छन् । इज्जतदार व्यापारीको रुपमा गनिएका लामिछानेले ११० राष्ट्रहरुका करीव चालीस लाख जनसंख्या रहेको गैरआवासीय नेपालीहरुको संस्था ‘गैरआवासीय नेपाली संघ’को अध्यक्षताको एक कार्य अवधि पूरा गरेका छन् र अवकाशपश्चात् सो संस्थाको अन्तर्राष्ट्रिय समन्वय परिषदको एक संरक्षक पनि रहेका छन् । देशका सीमा तथा भौगोलिक व्यवधानले वर्तमान हालातमा कानूनी रुपमा विदेशी भए तापनि आत्मिक रुपमा, भावानात्मक रुपमा ‘एक पटकको नेपाली संधैको नेपाली’ हुँदो रहेछ भन्ने खासगरी तीन पुस्तादेखि वर्मामा बसोबास गर्दै आएकी एक वृद्ध महिलासँगको कुराकानीको सन्दर्भ पुस्तकमा राख्ने लामिछानेमा देखिएको आफ्नो देशप्रतिको माया आत्मसात लायकको रहेको छ ।
‘गाढा मायाको महत्व साथ छुटेपछि ज्यादा हुँदो रहेछ’, यो जीवनमा सबैले कुनै न कुनै बेला पक्कै पनि अनुभव गरेकै हुन्छन् । नेपाल छोडी विदेशिएका नेपालीहरुको मनमा स्वदेशको माया कस्तो र कत्तिको हुँदो रहेछ भन्ने कुनै गैरआवासीय नागरिकलाई सोधे हुन्छ । साहित्यिकताले भरिपूर्ण लामिछानेका मन त ‘सरसर्ती संसार’का एक-एक अध्यायमा छताछुल्ल भएको छ ।
आईसीसी संरक्षक अध्यक्ष तथा वर्तमान संरक्षक जीवा लामिछानेद्वारा सिर्जित पुस्तकको विमोचन भएर पनि हुन सक्दछ, बेलायतस्थित नेपाली दूतावासको राजदूत दुर्गाबहादुर सुवेदीलगायत काउन्सिलर डीसीएम शरदराज आरनको पनि उपस्थिति भएको पुस्तक विमोचनको कार्यक्रममा तराइ लोकतान्त्रिक जनअधिकार फोरमका नेता तथा सांसद जीतेन्द्रनारायण देवले लामिछानेको पुस्तक ‘सरसर्ती संसार’बाट, इमान्दिारिताका साथ स्वीकार गर्ने हो भने नेपाली राजनैतिक पार्टीका नेताहरुले धेरै कुराहरु सिक्न सक्ने आफ्नो मन्तव्यमा बताएका थिए लण्डनस्थित भेन्यू फाइव नाम रेष्टुरेन्टमा ‘मिट द अथर’ नाम दिएको उक्त पुस्तकको विमोचन गरिएको कार्यक्रममा जहाँ प्रमुख अतिथि राजदूत दुर्गाबहादुर सुवेदी रहेका थिए भने विशेष अतिथि सांसद जीतेन्द्रनारायण देव थिए । नेपाल व्रिटेन डट कमले आयोजना गरेको सो कार्यक्रमलाई चीरण शर्माले संचालन गरेका थिए । उक्त कार्यक्रममा राजदूत दुर्गाबहादुर सुवेदीले, जीवा लामिछाने एकजना सफल व्यवसायी, समाजसेवी, नेपाली भाषा तथा साहित्यसेवी र गैरआवासीय नेपाली अभियानका अभियन्ताबाहेक एक लेखकको रुपमा आफूलाई स्थापित बनाएको बताएका थिए ।
राजदूत सुवेदी तथा सांसद देवले पुस्तक ‘सरसर्ती संसार’को संयुक्त रुपमा लोकार्पण गरेकाथिए । पुस्तक तथा सर्जक लामिछानेबारे एनआरएनए यूकेका सल्लाहकार विश्वआदर्श पण्डित, बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली, पत्रकार नारायण गाउँले, एनआरएनएका पूर्व प्रवक्ता डा. हेमराज शर्मा, पत्रकार फडिन्द्र भट्टराई एनआरएनका युरोप क्षेत्रीय संयोजक कुल आचार्य, ब्रिटेनका लागि नेपाल पर्यटन बोर्डका मानार्थ प्रतिनिधि पशुपति भण्डारी, एबीआई कलेजका सीईओ कृष्ण भट्ट, एनआरएन आईसीसी सदस्य संगीता मरहट्टालगायतले चर्चा गर्दै शुभकामना व्यक्त गरेकाथिए । सोही कार्यक्रममा पत्रकार नरेन्द्र बस्नेतले लामिछानेको जीवनीबारे तयार पारिएको अडियो प्रोफाइल प्रस्तुत गरेकाथिए ।
-प्रकाश के.सी.
प्रतिक्रिया