माधवले देखाए सक्कली रूप -नवीन उप्रेती

माधवले देखाए सक्कली रूप -नवीन उप्रेती


पछिल्लो समयमा एमाले अध्यक्ष झलनाथ खनालको फूर्ति एकाएक बढ्नु र पार्टी केन्द्रीय कमिटीमा आफूलाई अल्पमतमा पुर्‍याउन सक्ने कुनै ‘माइकालाल नरहेको’ चुनौती दिनसक्नेसम्मको हैसियत दर्शाउनुको पछाडि के कारण हुनसक्छ – धेरैको अनुमान ‘झलनाथलाई चाइनाले निकै गतिलो आड-भरोसा दिएको’ भन्ने हुनसक्छ । तर, चीन मात्राको साथ-सहयोगका कारणले खनालको फर्ूर्ति नबढेको रहस्य हालै खुलेको छ । प्राप्त जानकारीअनुसार माधव नेपाल र झलनाथ खनालबीच भित्री सम्झौता भएको र सम्झौताअनुसार माधव नेपालले झलनाथ खनाललाई प्रधानमन्त्री बन्न सघाउने तथा खनालले माधव नेपाललाई पार्टी अध्यक्ष पद हस्तान्तरण गर्नुपर्नेछ । प्रधानमन्त्री पद त्याग गरिसक्नुभएका माधव नेपाल अब अध्यक्ष बन्न पाइने कुराले यति पुलकित हुनुभएको छ कि उहाँले कुन ठीक र के बेठीक भनी छुट्याउन पनि छोड्नुभएको बताइन्छ । केपी ओलीसँगको बाह्य निकटताका कारण धेरैले माधव नेपाललाई प्रजातन्त्रका पक्षधर भन्ने ठानेका थिए । तर, वास्तविकता के देखियो भने ओलीले माधव सरकारलाई वैचारिक कारणले सघाउनुभयो, नेपालले चाहिँ विचारका लागि नभई आफ्नै लागि मात्र ओलीको ‘स्टे्रन्थ’लाई उपयोग गर्नुभयो । जतिबेला ओलीलाई नेपालको साथ चाहिन्थ्यो त्यस्तो बेलामा माधव मौन या विपरीत रहनुभयो, तर आफूलाई आवश्यक पर्दा भने माधवले हदैसम्म ओलीको प्रयोग गर्नुभयो ।
बुटवल महाधिवेशनमा मौन बसेर केपीलाई अध्यक्ष पदबाट पराजित गर्ने भूमिका निर्वाह गर्नुभएका माधव नेपालले केहीअघि ओलीलाई सभासद् बनाउन भएको पहलमा पनि साथ दिनुभएन । राजीनामा दिनुअघि नै माधव नेपालले ओलीलाई सभासद् बनाउने प्रस्ताव मन्त्रिमण्डल बैठकमा पेस गर्ने अपेक्षा गरिएको थियो । एमालेका अनेकौं नेता तथा कार्यकर्ताहरूको यसप्रकारको चाहना र भावनाको नेपालले कुनै वास्ता राख्नुभएन । माओवादी दबाब सिर्जना गर्न ओलीले राख्नुभएका कैयन प्रस्ताव र सुझावप्रति पनि उहाँले कुनै चासो दर्शाउनुभएन । बरु राजीनामा दिनुभन्दा ठीक अघिल्लो साता नेपाली काङ्गे्रसका युवा नेता अमरेशकुमार सिंहको उपस्थितिमा माधव नेपाल र प्रचण्डबीच रात्रिभोजसहितको बैठकमा नेपालले प्रचण्डसँग झलनाथलाई प्रधानमन्त्री बनाउन प्रस्ताव राख्नुभएको थियो । आफूले राजीनामा दिइसकेपछि ६ महिनाका लागि झलनाथलाई प्रधानमन्त्री बनाउने र त्यसबीचमा शान्तिप्रक्रियाका टुङ्गो लाग्न बाँकी समस्याहरूको समाधान गरी प्रचण्ड प्रधानमन्त्री बन्नुपर्ने प्रस्ताव नेपालले प्रचण्डसमक्ष प्रस्तुत गर्नुभएको थियो । त्यसबेला प्रचण्डले ‘पहिले तपाईंको राजीनामा आओस्, त्यसपछि सम्भावनाका धेरै ढोकाहरू खुल्न सक्छन्’ भनी माधवलाई आश्वस्त पार्नुभएको बताइन्छ । जब कि त्यसताक काङ्गे्रसका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूसँगको भेटमा माधव नेपाल आफूपछि सरकारको नेतृत्व गर्ने अवसर काङ्गे्रसले पाउनुपर्छ भन्ने गर्नुहुन्थ्यो र त्यसनिम्ति आफूले कुनै कसर बाँकी नराखिने आश्वासन पनि उहाँले दिने गर्नुहुन्थ्यो । कतिपयसँग त नेपालले आफूपछि प्रचण्ड र झलनाथलाई प्रधानमन्त्री बन्न कुनै हालतमा सहयोग पुर्‍याउँदिनँ पनि भन्नुहुन्थ्यो । तर, अहिले झलनाथले पार्टीको अध्यक्ष पद हस्तान्तरण गरिदिने वचन दिएपछि माधव नेपाल पग्लिएर पानी-पानी हुनुभएको छ र भित्रभित्रै खनाललाई प्रधानमन्त्री बनाउने भूमिका निर्वाह गर्दै हुनुहुन्छ । यिनै माधवको आडमा झलनाथ अहिलेसम्म टिक्नुभएको हो र प्रधानमन्त्रीका दुवै उम्मेदवारहरूले उम्मेदवारी फिर्ता लिएर स्थिति जिरो बनाउने सफलता प्राप्त भएमा अब माधव नेपालले पनि प्रधानमन्त्रीमा झलनाथलाई नै समर्थन गर्नुहुने बुझिएको छ । आफ्नो यसप्रकारको कृतघ्न भूमिकालाई ‘जस्टिफाई’ गर्न माधव नेपालले पार्टीलाई फुट हुनबाट जोगाउनका लागि हो भन्ने गर्नुभएको छ । यसरी तथ्यहरूले माधव नेपाल नेपालका सबैभन्दा अवसरवादी एवम् आत्मकेन्द्रित र अविश्वसनीय व्यक्ति हुनुभएको पुष्टि गरेको छ । तथ्यहरूले माधव नेपालको सक्कली अनुहार र्छलङ्ग देखाएको महसशुस राजनीतिक विश्लेषकहरूले गरेका छन् ।

मिति सारे पनि कुरा उस्तै
प्रधानमन्त्री चयनका लागि पूर्वघोषित भदौ दुइ गतेको मिति पर सारिएको छ । यसअघि तीनपटक निर्वाचन भएर पनि प्रधानमन्त्री चयन कार्य सफल हुन नसकेकोमा त्यसले निराशाजनक स्थिति सिर्जना गरेको थियो र भदौ दुइ गते निर्वाचन गराइएकै भए पनि प्रधानमन्त्री छान्न सक्ने विश्वास थिएन । अब भदौ ६ गते प्रधानमन्त्रीका लागि पाँचौँपटक निर्वाचन हुने बताइएको छ । संसद्को कार्य व्यवस्था समितिले छलफल गरी अर्को निर्वाचनको तिथि टुङ्गो लगाइनेछ । तर, यसरी चुनावको तिथि सारिए पनि एमालेले आफ्नो निर्णय नबदलेका कारण मुलुकले तत्काल नयाँ प्रधानमन्त्री प्राप्त गर्नसक्ने सम्भावना देखिएको छैन । एमालेले निर्णय नबदलेसम्म जतिपटक निर्वाचन गराए पनि परिणाम एकै प्रकारको आइरहने र देश अरू अन्योलमा पर्न सक्ने चिन्ता बढाएको छ ।

मध्येरातसम्म गुप्त बैठक, झलनाथ ढुक्क
गत आइतबार -साउन ३० गते) माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष झलनाथ खनालबीच विशेष वार्तालाप भई सम्झौता भएको जानकारी घटना र विचारलाई प्राप्त हुन आएको छ । जानकारीअनुसार नयाँबजारस्थित प्रचण्ड निवासमा झलनाथ खनाल साँझ अँध्यारो हुनेबित्तिकै आफ्ना सहयोगीहरू वामदेव गौतम र्रर् इश्वर पोखरेललाई लिएर पुग्नुभएको थियो । राति करिब साढे एघार -११.३०) बजेसम्म चलेको बैठकमा प्रचण्डले चाहिँ नारायणकाजी श्रेष्ठ र वर्षमान पुन अनन्तलाई सामेल गराउनुभएको थियो । बैठकमा जसरी भए पनि अब फेरि पहिलेकै अवस्थामा र्फकने र उम्मेदवारी फिर्ताका लागि रामचन्द्र पौडेल तथा नेपाली काङ्गे्रसमाथि दबाब सिर्जना गर्ने टुङ्गो लागेको थियो । त्यस अवसरमा प्रचण्डले स्थिति ‘जिरो’मा फर्किएपछि आफ्नो पार्टीका तर्फबाट प्रधानमन्त्रीमा झलनाथ खनाललाई समर्थन गर्न औपचारिक निर्णय हुने वचनबद्धता प्रकट गर्नुभएको थियो । अबको स्थितिमा माओवादीले प्रधानमन्त्रीमा दाबी नै नगर्ने र सोझै आफूलाई समर्थन गर्ने भएपछि झलनाथ खनाल बैठकमा निकै प्रफुल्ल देखिनुभएको थियो । बैठकमा भएको समझदारीअनुसार नै एमाले संसदीय दलको बैठक राखी सोमबार झलनाथले दुवै उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन आह्वान गर्ने निर्णय गराउनुभएको थियो र त्यस्तो निर्णय सार्वजनिक भएको केही मिनेटपछि नै -सोमबार) प्रचण्डले एमाले संसदीय दलको आह्वानलाई ‘रेस्पोन्स’ गर्दै सकारात्मक पत्र पठाउनुभएको थियो । बैठकको निर्णयअनुसार यदि अब नियमावली या संविधान संशोधन गरेर प्रधानमन्त्री चयनको नयाँ प्रक्रिया थालनी हुने हो भने सुरुमै माओवादीले झलनाथ खनाललाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नेछ । पार्टी अध्यक्ष पाउने प्रलोभनमा परेका माधव नेपालको सहयोगमा एमाले केन्द्रीय समितिले माओवादी प्रस्तावमा समर्थन जनाउने निर्णय गर्नेछ ।
त्यस गुप्त बैठकबारे जिज्ञाशा राख्दा माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अस्वीकार गर्नुभएको छ । घटना र विचारको जिज्ञासामा श्रेष्ठले भन्नुभयो, ‘त्यस्तो कुनै बैठक नै भएको छैन ।’ तर, हाम्रो सूत्रले जनाएअनुसार बैठक भएको थियो र बैठकमा सहभागीहरूमध्ये प्रचण्ड-झलनाथ गठबन्धनको सरकार बनेमा सबै मन्त्री बनाइनेमा परेका छन् । एमालेको तर्फबार्टर् इश्वर पोखरेल र वामदेव तथा ओवादीका तर्फबाट उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा वर्षमान पुनसमेतलाई सामेल गरी सरकार गठन गर्ने योजना बनेको बुझिएको छ ।

पूर्वराजदूतले गरे बेग्लै कुरा
आफूलाई स्वतन्त्र कूटनीतिज्ञ दाबी गर्ने मुरारीराज शर्मा सबैतिर असफल भइसकेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापासँग बोलीमा लोली मिलाउन पुग्नुभएको छ । हालै ब्रिटेनमा नेपालीहरूद्वारा आयोजित एक कार्यक्रममा शर्माले आफू कमल थापाको पक्षमा रहेको स्पष्ट सङ्केत दिनुभएको हो । करिब एक वर्षअघिसम्म नेपालका लागि बेलायतको राजदूत रहनुभएका र हाल बेलायतमै स्थायी बसोबास गर्ने तयारीमा लाग्नुभएका विद्वान शर्माले कार्यक्रमलाई सम्बोधन गर्दै राजतन्त्रबारे जनमतसङ्ग्रह गरिनुपर्ने विचार व्यक्त गर्नुभएको थियो । उहाँले माओवादीले देशलाई कंगोको जस्तो अवस्थामा पुर्‍याउन सक्ने आशंका पनि प्रकट गर्नुभएको थियो । ज्ञातव्य छ, थापाले धेरैअघिदेखि नै राजसंस्थाबारे जनमतसङ्ग्रह गरिनुपर्ने धारणा प्रस्तुत गर्दै आउनुभएको छ ।
मुरारीराज शर्मालाई राजदूत पदबाट मुक्त गरिसकेपछि पनि उहाँ नेपाल र्फकनुभएको छैन र कूटनीतिज्ञका रूपमा प्राप्त रातो पासपोर्टको सुविधालाई अहिले पनि उहाँले प्रयोग गरिरहनुभएको छ । शर्माले बेलायतमा शरण लिनका लागि शरणार्थीका रूपमा निवेदन दिएर नेपालको कूटनीतिक क्षेत्रकै बेइज्जत गर्नुभएको महसुस बेलायतस्थित नेपालीले गरेका छन् ।

झुक्याएर ँराजा’ भेटाएको खुलासा
गैरमाओवादी कित्ता सबल र सुदृढ नहोस् भन्ने चाहनेहरूले पछिल्लो समयमा पूर्वराजा ज्ञानेन्द्र र माओवादीलाई जोडेर प्रचार अभियान सुरु गर्न थालेका छन् । माओवादीले कथित सांस्कृतिक राजाको परिकल्पना गदर्ैर्ैैवघोषित राजावादीसमक्ष राष्ट्रवादीहरू एक हुनुपर्ने अवस्था आएको प्रस्ताव राखे पनि अहिलेसम्म ‘राजा’ लाई भेट्ने माओवादीको प्रचण्ड प्रयास भने असफल रहेको छ । भनिन्छ, पूर्वराजा ज्ञानेन्द्र नेपालमा प्रजातन्त्र पक्षधर शक्तिहरूको बलियो एकता चाहनुहुन्छ र, माओवादीबाट धेरै ठूलो धोखा पाएको महसुस गरिरहनुभएका उहाँले माओवादीसँग कुनै पनि स्तरको सम्झौता गर्न या समीकरण बनाउन चाहनुहुन्न । त्यसैले पूर्वराजाले माओवादीका तर्फबाट भेटघाट तथा छलफलका लागि भएका अनेकौँ प्रयासहरूलाई अस्वीकार गर्दै आउनुभएको बताइन्छ । चिनियाँ अग्रसरता र समन्वयमा माओवादी, राजावादी, झलनाथ र नारायणमानलगायतलाई एउटै मोर्चामा राख्न प्रयास भइरहेको भन्ने चर्चा चलिरहेका बेला प्रचण्ड तथा माओवादीका अन्य नेताहरूसँग पूर्वराजा तथा अन्य राजावादीहरूको भेटघाट भएको भन्ने प्रचारबाजी सुरु भएको छ । यसरी प्रचार गरिनुको मुख्य उद्देश्य लोकतन्त्र पक्षधर शक्ति तथा अन्तर्राष्ट्रिय शुभेच्छुकहरूसँग ‘राजा’को सम्बन्ध थप चिसो बनाउनकै लागि हुनुपर्छ भन्ने अनुमान सम्बद्ध पक्षले गर्न थालेको छ । निर्मलनिवास निकटको एक सूत्रले जनाएअनुसार पूर्वराजाले माओवादी नेताहरूसँगको भेटघाटप्रति कहिल्यै कुनै प्रकारको चासो राख्नुभएको छैन, अन्नपूर्ण र कुनै पनि होटलमा उहाँले कोही पनि माओवादी नेतासँग भेट्नुभएको छैन । सूत्रको दाबी छ- यो प्रजातन्त्र पक्षधर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूलाई पूर्वराजाविरुद्ध भड्काउने चालबाजी मात्र हो ।
यसैबीच पूर्वराजा ज्ञानेन्द्रसँग नेपालका लागि पूर्वभारतीय राजदूत केभी राजनले भेट गर्नुभएको कुराले पनि गत साता निकै चर्चा पायो । यस प्रकरणमा पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेको धेरै ठूलो भूमिका रहेको बुझिएको छ । राजनलाई ‘राजा’ समक्ष देखाउने र अखबारमा समाचार लेखाउनेसम्मको भूमिका पाण्डेले निर्वाह गर्नुभएको बताइन्छ । प्राप्त जानकारीअनुसार गत साउन २७ गते बिहीबार धीरेन्द्रपुत्री शीताष्माले ‘राजा’सहित पूर्वराजपरिवारका सदस्यहरूलाई रात्रिभोजका लागि अन्नपूर्ण होटलमा आमन्त्रण गर्नुभएको थियो । होटलभित्रै बुटिक सञ्चालन गरेर बस्नुभएकी शीताष्माको निम्ता मँन्न पूर्वबडामहारानी कोमल, पूर्वयुवराज्ञी हिमानी, ज्वाइँहरू आदर्श र राजीव शाह तथा पूर्वशाहज्यादी पूजा र दिलासालगायत साँझ ६ बजेतिरै पुगिसक्नुभएको थियो । तिजका लागि केही सामान तथा कपडा खरिदका लागि पनि उहाँहरू त्यहाँ पुग्नुभएको बताइन्छ । तर, पूर्वराजा ज्ञानेन्द्र भने राति आठ बजे मात्र अन्नपूर्ण होटल पुग्नुभएको थियो । उहाँलाई माथिको कोठामा भोजनको प्रबन्ध मिलाइएको र उहाँ त्यहाँ पुग्नेबित्तिकै भोजनमा सरिक हुनुभएको बताइन्छ । ‘राजा’ खानपिनमा व्यस्त रहनुभएका बेला नेपालका लागि भारतका पूर्वराजदूत केभी राजनलाई अघि लगाउँदै रमेशनाथ पाण्डे अप्रत्यासित रूपले भोजनकक्षमा पुगेका थिए र त्यस अवसरमा ‘राजा’ र राजनबीच उभिएरै केही क्षण -मुस्किलले दस मिनट) मात्र निजी तहका औपचारिक कुराकानी भएका थिए । त्यसरी अप्रत्यासित रूपमा मामुली भेटघाट गराइसकेपछि रमेशनाथले तीनकुनेबाट प्रकाशित हुने एक दैनिकका संवाददातालाई बोलाएर बढाइ-चढाइ समाचार प्रकाशित गर्न लगाएका थिए ।
भए छ के भने त्यस दिन -साउन २७ गते) नेपाल फोरम फर एसिएन स्टडिज नामक गैरसरकारी संस्थाको आयोजनामा एक कार्यक्रम अन्नपूर्ण होटलमा हुँदै थियो र कार्यक्रममा सहभागिता जनाउन राजनसहित भारतका केही प्रभावकारी व्यक्तिहरू पनि त्यहाँ उपस्थित भएका थिए । आफ्ना सुपुत्र निश्चलनाथको अतिथि बनेर त्यहाँ पुगेका रमेशनाथलाई ‘राजा’ त्यहाँ पुग्नुभएको जानकारी मिल्यो । लोकतन्त्र स्थापना भएयता पटकपटक ‘राजाको दर्शन पाउन’ आग्रह गर्दा पनि असफल भएका पाण्डेलाई उक्त अवसर गुमाउन मन लागेन । वास्तवमा पाण्डे एक्लै गएर ‘राजा’लाई भेट्न चाहनुहुथ्यो, तर आफू एक्लै गएमा ढोकैबाट फर्काइन सकिने त्रास पाण्डेमा थियो । त्यसैले केभी राजनलाई अघि लगाएर ‘राजा’समक्ष पुग्नु उपयुक्त हुने ठहरसहित पाण्डे राजनलाई लिएर ‘राजा’कहाँ जानुभएको बुझिएको छ । भनिन्छ, पूर्वराजा ज्ञानेन्द्र र केभी राजनबीच व्यक्तिगत सम्बन्ध रामै्र छ र एक-अर्काले चाहेमा कुनै पनि बेला भेट गर्न सकिने स्थिति पनि छ । वास्तविकता यस्तो हुँदाहुँदै पनि रमेशनाथले यसप्रकारको नाटक किन रच्नुभएको हो, रहस्यको विषय मानिएको छ । आफैंले नाटक रचेर पत्रपत्रिकामार्फत बढाइचढाइ गरिएको समाचार सार्वजनिक गर्न लगाएका कारण ‘राजा’का दृष्टिमा पाण्डेको वजन अरू घट्न पुगेको बताउन थालिएको छ ।

काङ्ग्रेस अधिवेशनले देखायो नेताहरूको साइज
अधिकांश जिल्लाहरूमा अधिवेशन सम्पन्न भइसकेपछि नेपाली काङ्गे्रसमा कुन नेताको प्रभाव कति भन्ने कुराको वास्तविक तस्बिर स्पष्ट भएको छ । चुनाव परिणामले काङ्गे्रसमा सबभन्दा बलियो नेता सुशील कोइराला हुनुभएको देखाएको छ भने रामचन्द्र पौडेल, शेरबहादुर देउवा र खुमबहादुर खड्का सुशीलपछिका बलिया नेता रहनुभएको प्रमाणित गरेको छ । काङ्गे्रसका अन्य नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. रामशरण महत र अर्जुननरसिंह केसी पनि पार्टीमा प्रभावकारी रहनुभएको सङ्केत निर्वाचन परिणामले दिएको छ । उहाँहरूबाहेक लक्ष्मणप्रसाद घिमिरे, पूर्णबहादुर खड्का, डा. नारायण खड्का, गोपालमान श्रेष्ठ, डा. सशांक कोइराला, बालकृष्ण खाँण, कुलबहादुर गुरुङ, गोविन्दराज जोशी आदिको आवश्यकताबोध कार्यकर्ताहरूले गरेको पाइएको छ । यसपटक नयाँ गति र ऊर्जा प्राप्त हुने विश्वास बढाएको छ । तीन हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिमध्ये एकतिहाइ कार्यवाहक सभापति सुशील कोइरालाका पक्षमा स्पष्ट रूपले देखिएका छन् भने शेरबहादुर देउवा र खुमबहादुर खड्काको समर्थनमा बराबरीजस्तै समर्थकहरू रहेको अनुमान गरिएको छ । सभापति पदमा कसको चयन हुँदा उपयुक्त हुनसक्छ भन्ने मोटामोटी धारणा बनिसकेको भए पनि पार्टीमा पदाधिकारीको जिम्मेवारी लिन योग्य नेताहरूको सङ्ख्या बढी देखिएकोले क-कसलाई कुन जिम्मेवारी दिने भन्ने विषयमा नेता र कार्यकर्तापङ्क्तिमा एकप्रकारको अन्योल देखापरेकोे छ । सभापति पदमा सुशील कोइराला र शेरबहादुर देउवाले उम्मेदवारी घोषणा गर्नुभएको भए पनि महामन्त्री र अन्य पदमा को-को उम्मेदवार हुँदै छन् भन्ने स्पष्ट भइसकेको छैन । यसअघि सभापति पदको उम्मेदवारका रूपमा चर्चामा रहनुभएका नेता खुमबहादुर खड्काले सभापतिमा उम्मेदवारी दिनुहुने या महामन्त्रीमा भन्ने यकिन भइसकेको छैन । खड्कालाई कार्यकर्तापङ्क्तिले भावी महामन्त्रीका रूपमा कल्पना गर्न थालेका छन् । खड्काले महामन्त्रीमा उम्मेदवारी दिनुभएमा उहाँको विजय सुशील कोइरालाको सभापतिमा झैं निश्चित मानिएको छ । यद्यपि महामन्त्रीमा नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. रामशरण महत, अर्जुननरसिंह केसी र सुजाता कोइरालाले पनि उम्मेदवारी दिन सक्नुहुने अनुमान गरिएको छ । कोषाध्यक्ष पदमा हाल चित्रलेखा यादवको नाम र्सवाधिक चर्चामा रहेको छ । केन्द्रीय सदस्यमा भने यसपालि धेरै नयाँ अनुहारले उम्मेदवारी दिने रुचि देखाएका छन् । महाधिवेशन प्रतिनिधिहरूको रूप र अवस्थाको सूक्ष्म अध्ययन गर्दा यसपटक केन्द्रीय समिति सदस्यमा नयाँ अनुहारलाई मौका मिल्ने देखिएको छ ।
जिम्मेवार नेताको भूमिकामा रहेर पनि माओवादी एजेण्डालाई काङ्गे्रसमा स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने केही व्यक्तिहरू यसपालि बढारिन सक्ने अनुमान धेरैले गरेका छन् । झापाका कृष्णप्रसाद सिटौला, डा. शेखर कोइराला र नरहरि आचार्यलगायतमाथि काङ्गे्रसमा रहेर पनि माओवादीलाई सहयोग पुग्ने भूमिका निर्वाह गरेको आरोप लागेको छ ।

धादिङ सभापतिमा रामनाथ
धादिङ काङ्ग्रेसको गत २७ र २८ गते सम्पन्न जिल्ला अधिवेशनमा भएको निर्वाचनबाट जिल्ला सभापतिमा पुनः रामनाथ अधिकारी विजयी बन्नुभएको छ । यसपटकको निर्वाचनमा अधिकारी पराजित हुन सक्ने पूर्वअनुमानलाई गलत सिद्ध गर्दै उहाँ पुनः विजयी बन्नुले जिल्लामा उहाँको लोकप्रियता र प्रभाव प्रस्टिएको छ ।
त्यसैगरी महासमिति सदस्यहरूमा ३ नं. क्षेत्रबाट हरि अधिकारी, देवप्रकाश त्रिपाठी, मधु श्रेष्ठ, माधव पाण्डे र बुद्धलक्ष्मी लामा विजयी हुनुभयो ।
यसैगरी २ नं. क्षेत्रबाट रामनाथ अधिकारी, रमेश धमला, उर्मिला थपलिया, डा. राजाराम कार्की र भीमप्रसाद ढुङ्गाना महासमिति सदस्य निर्वाचित हुनुभएको छ भने क्षेत्र नं. १ मा सर्वसम्मत रूपमा सदस्य चयन गरिएको थियो ।

सममुक्ति सेना अब ँभोलेन्टियर्स’
राष्ट्रिय सममक्ति पार्टीले आफ्नो स्वयम्सेवक दस्ताको नाम ‘सममुक्ति भोलेन्टियर्स’ राखिएको जनाएको छ । यसअघि ‘सममुक्ति सेना नेपाल’ नाम रहेको सो दस्ताले सशस्त्र गतिविधि गर्न लागेको आरोप लगाएर सममुक्तिका अध्यक्ष ठाकुरचन्द्र गहतराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवगठित उक्त पार्टीका उपाध्यक्ष माधव तामाङले हिजो मंगलबार पे्रस विज्ञप्ति जारी गरी सममुक्ति भोलेन्टियर्स लोकतान्त्रिक पद्धतिलाई अङ्गीकार गर्दै शान्तिपूर्ण आन्दोलनमार्फत जनहित, समाजसेवा, दैवीप्रकोप उद्धारजस्ता कल्याणकारी काममा सरिक रहने जनाएका छन् ।

चीनमा नेपाल दिवस
आगामी १८ गते -सेप्टेम्बर ३ तारेख) का दिन चीनको सांर्घाईमा नेपाल दिवस मनाइने भएको छ । उक्त दिन सांर्घाईमा एक भव्य समारोहको आयोजना गरिने र सो समारोहमा लुम्बिनीबाट द्वीप प्रज्वलन गरी सांर्घाईसम्म पुर्‍याइने कार्यक्रम रहेको बताइएको छ ।
आउँदो ९ गते बुधबार कपिलवस्तुको लुम्बिनी उद्यानमा शान्ति ज्योति प्रज्वलन समारोहको आयोजना गरिनेछ र त्यहाँ आमन्त्रित विशिष्ट चिनियाँ पदाधिकारीहरूको विशेष स्वागत गरिने कार्यक्रम रहेको छ । त्यसपछि भदौ ११ देखि १४ गतेसम्म लुम्बिनीदेखि पाल्पा, पोखरा हुँदै काठमाडौंसम्मको शान्ति ज्योति प्रोसेसन हुने भएको अयोजकहरूले बताएका छन् । भदौ ११ र १२ गते लुम्बिनी उद्यानमा बुद्धपूजा एवम् भोजन दान, वस्त्रदान, लुम्बिनीको माटो, मायादेवी पोखरीको जल र बोधीवृक्षका पातहरू उपहारको रूपमा आयोजकलाई उपलब्ध गराइने तथा भदौ १४ गते शान्ति द्वीप सांर्घाई पठाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुर्‍याइने भएको छ ।
नेपालको दिवसको अवरमा नेपालबाट सांर्घाई पुगेको नेपाली टोलीद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत हुनेछ । सांर्घाईमा नेपाल दिवसको अवसरमा नेपालको पर्यटन वर्ष सन् २०११ लाई मुख्य रूपमा फोकस गरी कार्यक्रम सम्पन्न गर्ने बताइएको छ ।

गार्मेन्टकी गायत्री
साहित्यकार तथा पत्रकार हरि अधिकारीको कवितासङ्ग्रह ‘गार्मेन्टकी गायत्री’ सार्वजनिक भएको छ । स्त्री, समाज र राजनीति गरी तीन भागमा विभाजित गार्मेन्टकी गायत्रीमा ५६ वटा कविता समेटिएका छन् ।
स्त्री शीर्षकअर्न्तर्गतका १७ वटा कवितामा महिला शरीरको वर्णन प्रसस्त गरिए पनि कतिपयमा भने तिनका भावना र सङ्घर्षका कथाहरूलाई पनि त्यत्तिकै सशक्त रूपमा उतारिएको छ । जस्तो आफ्नो शरीरलाई बिक्री गरिरहेकी एक महिला भन्छे-
किन चुम्यौ तिमीले मेरा आँखा
मैले आफैंबाट पनि जोगाएर राखेका
यी आँखाहरू नै त थिए मसँग बाँकी
यिनले देखेका थिए कुनै दिन
मेरो सपनाको राजकुमारलाई सङ्ग्रहमा समेटिएका गार्मेन्टकी गायत्रीदेखि बबिता केसीको बस यात्रा हुँदै क्याबिनकी कल्पनासम्मका विविध महिला पात्रका भोगाइहरू उल्लेख छन् । यस्तै समाज र राजनीति शीर्षकअर्न्तर्गतका कविताहरूले वर्तमानका यथार्थहरूलाई समेटेका छन् । फाइनप्रिन्टद्वारा प्रकाशित सो कवितासङ्ग्रहको मूल्य ९९ रुपैयाँ रहेको छ ।

काफ्लेको कला रामेश्वर राउत मातृदास
नेपाली यात्रा साहित्यको इतिहास पल्टाउँदा सर्वप्रथम जंगबहादुर कुँवर -पछि राणा) को वि.सं. १९०६ को बेलायत यात्रा उपस्थित हुन्छ । घोडचढी, पैदल र जहाजको समेत सयर गर्दै उनी आफ्ना दलबलका साथ लगभग ६ महिना लगाएर उनी बेलायत पुगेका थिए । यो उनको प्रथम विदेश भ्रमण थियो । बेलायतको साहित्य, कला, संस्कृति, रहनसहन, विधि-व्यवहार, शासन शैली आदि देखेर उनी ज्यादै प्रभावित भएका थिए । उनले आफ्ना यात्रामा कलाकार भाजुरत्न चित्रकारलाई पनि लगेका थिए ।
वि.संं १९१० को मुलुकी ऐन जंगबहादुर बेलायत यात्राको देन हो । बेलायत यात्राबाट फर्केपछि उनले आफ्ना दरबारहरू बेलायती शैलीमा निर्माण गर्न लगाएका थिए । शासनशैली विधिसम्मत हुनुपर्छ भन्ने अवधारणाको विकासमा पनि उनले परिवर्तन ल्याएका थिए भन्ने इतिहासकारहरूको राय रहेको देखिछ । त्यसै क्रममा सुप्रसिद्ध साहित्यकार डा. तारानाथ शर्माको ‘बेलायततिर बरालिँदा’ एवम् उनैद्वारा रचित ‘घनघस्याको उकालो’ लगायत थुपै्र यात्रा साहित्यसम्बन्धी कृतिहरू नेपाली साहित्य भण्डारमा आएका छन् ।
यही यात्रा साहित्य-शृङ्खलाको लहरमा ‘पहिलो भ्रमण ः अहिलेको संस्मरण’ कलाकार काफ्लेकृत कृति सार्वजनिक भएको छ । लेखकले यस कृतिभित्र भारत, जापान, दक्षिण कोरिया र श्रीलङ्कासम्बन्धी यात्रा-निबन्धहरूलाई बिटो बनाएका छन् । सङ्ग्रहभित्र रहेका सबै संस्मरण पठनीय र रोचक छन् । जति पढ्यो उति पाठकको मनमा जिज्ञासा जगाउने शैली र घटनाक्रमहरूको संयोजन गर्ने कुशल क्षमता छ लेखक काफ्लेमा । त्यसका अतिरिक्त स्वदेश र विदेशका थुपै्र चालचलन, बानी-व्यहोरा र आनी-बानीलाई तौल र तुलना गरेर पाठकले आफूलाई सुधार्ने अवसर उपाय छन् कृतिभित्र, निर्झ शैली-सिल्पले गर्दा कतै पनि अलमतो छैन । वस्तु-धरातलीय यथार्थता र भाषिक स्पष्टताले गर्दा लेखनकलाको कोलाज पाइन्छ कलाधारका संस्मरणहरूमा ।
आज हुनेखाने र पुगिसरी आउनेहरूका लागि संसार पानीपँधेरो भएको छ । हातमा पैसा भएपछि सम्पूर्ण साधनस्रोत र सुविधा भोगविलासीहरूकै दायाँ र अघिपछि लाग्छन् । अझ शासन-सत्ताको वागडोर समातेर बसेकाहरूका लागि त देशको ढुकुटी ‘मामाको धन फुपूको श्राद्ध’ नै भएको छ ।
तर, सत्जन, विद्वान्, इमानदार, कवि, लेखक, साहित्यकारका लागि अवस्था झन् उस्तै जटिल र निर्दयी निरङ्कुश बनेको छ । यस कृतिका र्सजक कलाधरले लामो समय निजामती सेवामा समर्पित रहँदा उनको योगदान-मूल्याङ्कनको कदरस्वरूप अमेरिकामा अध्ययन गर्न जाने अवसर आउँदा त्यो जालझेल र षड्यन्त्रले गर्दा त्यस अवसरलाई अर्कैले टप्काएछ । र, उनले आफ्नो भागमा आइसकेको त्यो मौकाबाट विमुख बन्नुपर्दाका यथार्थता पनि कृतिमा उल्लेख भएको पाइन्छ ।
कलाधर काफ्लेको लेखनीमा परिपक्वता र वैचारिक सघनता पाइन्छ । आकर्षक तथा नवीन शैली र आफ्नो अलग पहिचान दिने उनको बेग्लै विशेषता छ । कृतिको अर्को अध्यायले नियात्राकारको जापानको भ्रमण वृत्तान्त प्रस्तुत गरेको छ । नेपालका सरकारी कार्यालयमा विदेश भ्रमणका सर्न्दर्भमा हुने षड्यन्त्रलाई उदाङ्गो पार्दै एक सरकारी अधिकृतका रूपमा उनी कसरी जापानको तालिम कार्यक्रम भाग लिन पुगे भन्ने कुराबाट यसको उठान भएको छ । काठमाडौं-बैंकक-जापानको जम्बो जेटको उडान र जापानको बुलेट टे्रनको यात्राका साथै जापानी रेष्टुराँ, कलकारखाना, बस्तीहरू आदिको सुरुचिकार वर्णनले कृतिलाई मनमोहित बनाएको छ ।
कृतिभित्र जापानीहरूद्वारा पाहुनाहरूप्रति प्रदर्शित हुने शिष्टाचार र आदर-सत्कार अनि उनीहरूमा अन्तरि्नहित इमानदारी र सहयोगको भावनाको पनि लेखकले खुलेर प्रशंसा गरेका छन् । बम विस्फोटद्वारा दोस्रो विश्वयुद्धमा ध्वस्त भएको हिरोसिमालाई देखेर एकातिर उनी अत्यन्त संवेदित र भावुक बनेका छन् भने अर्कातिर जापानीहरूले गरेकोे अथक प्रयासबाट भएको नवनिर्माणलाई उदाहरणीय बनाएका छन् ।
अरूको दया, माया, कृपा र भिक्षाबाट मुलुक बन्दैन । बनेको उदाहरण पनि संसारमा कतै छैन । देश बनाउने दायित्व र जिम्मेवारी त्यही देशका लगनशील, कर्मशील र कर्मठ नागरिकहरूकै हुने वास्तविक र दर्बिलो उदाहरण जापानी जनताले देखाएका छन् । यसबाट हामी नेपालीले पनि पर्याप्त पाठ सिक्नुपर्ने सन्देश स्रष्टाले यस संस्कराणात्मक कृतिमार्फत दिएका छन् । कवि, लेखक, साहित्यकारहरूले दिने भनेकै चेतनाको धून हो । लाटोकोसेरालाई उज्यालो मन नपर्नु घामको भूल होइन ।
मनोरम हरिद्वार र त्यहाँका बगलीमारा-शीर्षकअर्न्तर्गत छिमेकी देश भारतको आन्तरिक विधि-व्यवस्था र्छलङ्ग भएको छ । हरिद्वार पुगेकै दिनमा हामी स्थानीय मन्दिर, पर््रदर्शनी, दर्शनीय स्थल आदि अवलोकन गर्नेतर्फ लाग्यौँ । तीन/चारवटा भङ्गालाहरूमा विभाजित भागीरथीका तटमा अवस्थित हरिद्वार बिजुलीको झिलीमिली र आरती गायनका साथ हजारौं दीप प्रज्वलित भएको देख्दा साँच्चिकै त्यो त हरिकोद्वार नै हो कि जस्तो पनि लाग्यो । त्यतिखेरै कामविशेषले खल्ती छाम्दा खल्ती मात्रै थियो, पैसा थिएन । आफ्नो ध्यान आरती गायनको श्रव्यदृश्यतर्फ केन्द्रित भएको बेला अरू कसैको ध्यान मेरो खल्तीतिर केन्द्रित हुन पुग्यो र खनखनाउँदा भारतीय ३६० रुपैयाँ क्षणभरमा नै गायव भए । हामीसँग भएको पुँजीलाई श्रीमती र मेरा विभिन्न खल्तीमा विभाजन गरेका थियौँ र तै बाँचियो, एकै ठाउँमा राखेको भए हरिद्वारमा भीख मागेर काठमाडौं र्फकनुपर्ने स्थिति पनि आउन सक्थ्यो ।
प्रस्तुत साहित्यिक कृतिको अर्को सुन्दर पक्ष भनेको स्थानगत विशेषताहरू र तिनका मौलिकतालाई जस्ताको तस्तै प्रस्तुत गर्दा पाठकको संवेदनशीलता र उत्सुकतालाई बढी ध्यान दिइनु पनि रहेको छ । भारत बसाइमा अनुभव गरिएको नियात्राकारको अनुभव चाहे त्यो एपोलो अस्पतालको चुस्त व्यवस्थापनको होस् या पट्टपर्ूर्तिको धार्मिक भ्रमणबाट मिलेको अर्न्तर्मनको सन्तुष्टि होस् या जापानीहरूको सद्व्यवहारबाट आल्हादित अनुपम अनुभव, यी सबैमा केही न केही व्यक्तिफरक सोचको प्रतिविम्बन भने भएको देखिन्छ । बुलेट टे्रनको रोमाञ्चक यात्रालाई जनकपुर-जयनगर रेलसँगको तुलना, हिरोसिमाको शान्तिबाटिकाको वर्णन, पुट्टपर्तिदेखि बेंग्लोरसम्मको बाटोको अनुभव र पट्टपर्तिको शान्त शालीन बसाइ, हङकङका दुइ दिन, दक्षिण कोरियाका नगरबधुको चर्तिकला, श्रीलङ्काको कृषकको जीवनस्तर जस्ता मनछुने शीर्षकमा यात्रा निबन्धकारका व्यक्तिपरक उच्छवास मिसिएका छन् ।
लाखौं खर्च गरेर राजनीतिक खाइदेउहरू पानीपँधेरोझैं विदेश सयर गर्छन् । दुभाग्य तर तिनको विदेश सयरको उपलब्ध कानाको कौडीजति पनि हुन्न अर्थात् शून्य हुन्छ । त्यसको तुलनामा एउटा सिर्जनशील हृदय भएको स्रष्टा व्यक्तित्व जाँदा राष्ट्र र समाजलाई के-कस्तो उपलब्धिमूलक तत्त्व प्राप्त हुनेरहेछ भन्ने कुराको राम्रो नमुना हो कलाधर काफ्लेकृत संस्मरण सङ्गालो जसलाई आद्योपान्त अध्ययन गरेर पाठकहरू स्वयम्ले लाभ लिन र रसास्वादन गर्ने स्वतन्त्रता पाउनुभएको छ ।

ँअधिकार कटौतीमा वन अधिकँरकर्मीकै भूमिका’
‘वन क्ष्ँेत्रकँ वर्तमँन सवँल र वन अधिकँरकर्मीहरूकँे भूमिकँ’ बिष्ँयमँ केन्द्रित रही कँठमँडँैं उपत्यकँकँ वन अधिकँरकर्मीहरूकँे भेलँ सम्पन्न भएकँे छ । गत सँउन २९ गते सम्पन्न कर्ँयक्रममँ वन उपभँेक्तँ महँसङ्घकँ अध्यक्ष्ँ एवम् अधिकँरकर्मी भँेलँ भट्टर्रर्ँइले नेपँलकँे वनक्ष्ँेत्र केही ब्यक्तिहरूकँे रँजनीति गर्ने थलँे बनेकँे बतँउँदै अधिकँरकँे कुरँ गर्नेहरूकै कँरण्ँ वनमँथिकँे सँमुदँयिक अधिकँर कटँैती भएकँे रहस्यँेद्घँटन गर्नुभयँे । नेपँलकँे सँमुदँयिक वनमँथि सरकँरले कर लगँउने तथँ अन्य अधिकँर कटँैती गर्न लँगिरहेको सर्न्दर्भममँ भएकँे उक्त भेलँमँ अध्यक्ष्ँ भट्टर्रर्ँइले विदेशीकँे पैसँमँ पैरवी गर्न खँेज्नेहरूले उपभँेक्तँकँे अधिकँर कटँैती गर्न मद्दत पुर्‍यँएकँे दँबी गर्नुभयँे ।
सँेही कर्ँयक्रमकँ प्राकृतिक स्रँेत व्यवस्थँपन, नेपँलकँ अध्यक्ष्ँ रँमेश्वर थँपँले जलवँयु परिवर्तनकँे मँरमँ उपत्यकँवँसी परेकँे उल्लेख गर्दै जलवँयु परिवर्तनसम्बन्धी नीति तथँ कर्ँयक्रममँ उपभँेक्तँकँे पहुँच नपुगेकँे उल्लेख गर्नुभयँे । कँठमँडँैं, ललितपुर, भक्तपुर, कँभ्रेलगँयतकँ जिल्लँकँ करिब सयजनँ अधिकँरकर्मीकँे उक्त भेलँमँ वन अधिकँरकर्मी रँजेन्द्र लँमिछँनेले सरकँरले ल्यँउन लँगेकँे वन ऐन परिवर्तनकँे एजेन्डँमँ तत्कँल बृहत् परर्ँमर्श हुनुपर्ने धँरण्ँँ अघिसँरे भने भेलँकँ अधिकँंश सहभँगीले सरकँरले फुल्चँेकी-चन्द्रँगिरी क्ष्ँेत्रलर्ँइ संरक्ष्ँण्ँ क्ष्ँेत्र बनँउन खँेजेकँे भन्दै सरकँरकँे अँलँेचनँ गरेकँ थिए । सँथै उपत्यकँ अँसपँसकँ क्ष्ँेत्रमँ भइरहेकँे वँतँवरण्ँीय विनँस रँेक्नसमेत भेलँले सरकँरलर्ँइ अनुरँेध गरेकँे छ ।
भेलँले वन अधिकँरकँे पक्ष्ँमँ उपत्यकँभित्रैकँ अधिकँरकर्मीकँे ‘वन तथँ वँतँवरण्ँकँ लागि सञ्जँल’ समेत निमर्ँण्ँ गरेकँे छ । उक्त सञ्जँलमँ संयँेजक रँजेन्द्र लँमिछँने र सदस्यहरूमँ रँमेश्वर थँपँ, हरिशरण्ँ गिरी, विमलँ घिमिरेर्,र् इश्वररँज गिरी, धनबहँदुर लँमँ, मनकरँम लँमँ, कल्पनँ रँजथलँ, रँमकृष्ण्ँ बस्नेत, गँेपीकृष्ण्ँ त्रिपँठी, रँधिकँ अधिकँरी, गंगँ चँलिसे र शङ्कर लँमिछँने रहेकँ छन् ।

सिटिजन्सले सेयरधनीलाई लाभांश बाँड्ने
बैंकिङ कारोबार सुरु गरेको छोटो अवधिमै चर्चा र नाफा कमाएर निजीक्षेत्रका वाणिज्य बैंकबीच अलग वर्चश्व जमाउन सफल सिटिजन्स बैंकले आफ्ना सेयरधनीलाई १२ दशमलब ४६ प्रतिशत नगद लाभांश उपलब्ध गराउने निर्णय गरेको छ । बैंकको चौथो साधारणसभा र राष्ट्रबैंकबाट स्वीकृत भएपछि यसै वर्षभित्र बोनस बाँडिने तयारी भइरहेको बैंकले जनाएको छ । सिटिजन्स बैंकका १८ वटा शाखाबाट ग्राहकले बचत तथा ऋण सेवालगायत एटीएम, रेमिट्यान्स, ड्राफ्ट, टीटी तथा कर्ुर्नै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने ‘एबीबीएस’ सेवा सुविधा प्रदान गरिरहेको छ ।

तराईवासी विद्यार्थीको बेग्लै सोसाइटी
पोखरा इन्जिनियरिङ कलेज फिर्के, पोखरामा अध्ययनरत तराईवासी विद्यार्थीको एक भेलाले एजाजुर रहमानको अध्यक्षतामा तराई इन्जिनियरिङ स्टुडेन्ट सोसाइटी गठन गरेको छ । सोसाइटीको उपाध्यक्षहरूमा राजशङ्कर सिंह, विकास मिश्र र त्रिदेव चौधरी रहेका छन् भने सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः प्रकाश यादव, राजकुमार मण्डल र सुशील साह छानिएका छन् । यसैगरी टुकराज चौधरी, प्रवेश झा, नवीन यादव र नागेन्द्रप्रसाद यादवले सदस्यको जिम्मेवारी पाएका छन् ।

नयाँ बेलायती राजदूतको आगमन
नेपालका लागि बेलायती महारानीका राजदूत जोन एन्थोनी टक्नट आप\mनो कार्यभार सम्हाल्न गत साता काठमाडौं आइपुग्नुभयो । श्रीमती रिटा-लिनाका साथ साउन २८ गते काठमाडौं उत्रिनुभएका नवनियुक्त राजदूत टक्नटलाई सहायक शिष्टाचार महापाल र बेलायती चार्ज डेअफेयर्सले विमानस्थलमा स्वागत गरेका थिए । काठमाडौं आगमनलगत्तै राजदूत टक्नटले नेपालजस्तो संस्कृति र इतिहासको धनी देशमा सेवा गर्न पाउँदा आफू गौरवान्वित भएको अभिव्यक्ति दिनुभयो । आफ्नो कार्यकालमा बेलायत र नेपालका जनतालाई अझ निकट ल्याउन प्रयत्न गर्ने पनि उहाँको कथन थियो । सन् १९७७ देखि कूटनीतिक सेवामा प्रवेश गरेका टक्नटले तेत्तीसवर्षो सेवाजीवनमा स्वदेश तथा विदेशमा विभिन्न ओहदामा रही कुशलताका साथ काम गरिसक्नुभएको बेलायती दूतावासले जनाएको छ ।

इथिनिसिटीमा ँनेपाली’ लेख्न आग्रह
अल्डरसट -युके)/ प्रगतिशील नेपाली समाज बेलायत -पीएनएस यूके)को ब्ल्याक वाटर भ्याली क्षेत्रीय समिति गठन गरिएको छ । गत ८ तारिखमा अल्डरसटस्थित स्पाइस जोन रेस्टुरेन्टमा भएको बृहत् भेलाले कपिल श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय क्षेत्रीय समिति गठन गरेको हो । जसअनुसार उपाध्यक्षमा पुरन गिरी, सचिवमा सुमन गैरे, कोषाध्यक्षमा मिठुलाल विश्वकर्मा रहेका छन् भने सदस्यहरूमा राजकुमार गुरुङ, टंक सुवेदी, लक्ष्मण गुरुङ, राजु गैरे, शिला श्रेष्ठ, धर्मराज राई र राजेन्द्र गुरुङ छानिएका छन् । सो क्षेत्रीय समितिले अल्डरसट, फानबरो, क्याम्बर्ली, स्यान्हर्स्टलगायतका क्षेत्रहरूलाई समेटेको बताइएको छ ।
उक्त भेलाका प्रमुख अतिथि प्रगतिशील नेपाली समाज बेलायतका केन्द्रीय अध्यक्ष रणबहादुर केसीलेे पीएनएस यूके बेलायतका नेपालीको हकहितका लागि समेत गठन भएको बताउँदै सो सङ्गठनमा आबद्ध भई नेपालको शान्तिप्रक्रियालाई सफल पार्ने कार्यमा सहयोग पुर्‍याउन पनि सम्पूर्ण नेपाली समुदायलाई अनुरोध गर्नुभयो । उहाँले सन् २०११ मा बेलायतमा हुन लागेको जनगणनामा इथिनिसिटीमा नेपाली लेख्न नबिर्सन पनि बेलायतवासी नेपाली समुदायमा आग्रह गर्नुभयो ।

अठार जिल्ला पोलियोको उच्च जोखिममा
पोलियो थोपा जतिपटक खाए पनि फरक नपर्ने भएकोले एक वर्षमुनिका आफ्ना बालबालिकालाई नछुर्टाई पोलियो थोपा खुवाउन बाल स्वास्थ्य महाशाखाले आग्रह गरेको छ । गत साता राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र टेकुमा आयोजित चेतनामूलक कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका तालिम तथा सामाजिक परिचालन संयोजक जगतमान श्रेष्ठले सन् २००० सम्ममै संसारबाट पोलियो उन्मूलन गर्ने लक्ष्य राखिएको भए पनि नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान र नाइजेरियामा यो लक्ष्यप्राप्ति राखिएको भए पनि यो लक्ष्य प्राप्त नभएको जानकारी गराउनुभयो । काठमाडौंलगायतका १८ जिल्लालाई पोलियो रोगको उच्च जोखिममा राखिएको जानकारी पनि कार्यक्रममा दिइयो । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख विश्वराम श्रेष्ठले महोत्तरी रौतहटमा पोलियो देखापरेको बताउँदै तराईका मानिस नियमित राजधानी आइरहने भएकोले काठमाडौंवासीमा पोलियो सर्नसक्ने प्रबल सम्भावना रहेकोले उच्च जोखिमयुक्त जिल्लाका रूपमा राखिएको जानकारी गराउनुभयो । उहाँका अनुसार एकजना पोलियोरोगीबाट हजारजनालाई सर्न सक्छ । सरकारले एक महिनाअघि मात्र देशभर दुइ चरण गरी पोलियो खोप कार्यक्रम सञ्चालन गरेको भए पनि गत साउन २९ र ३० गते काठमाडौंमा पोलियो खोप कार्यक्रम सम्पन्न गरेको छ ।

सहकारीद्वारा पोलिक्लिनिक रिर्सच सेन्टर
अष्टमात्रिका बचत तथा ऋण सहकारी संस्था लि.को सहयोगमा ललितपुरको रिङरोडस्थित धोबीघाटमा पोलिक्लिनिक रिर्सच सेन्टर सञ्चालनमा आएको छ । सो सहकारी संस्थामा आबद्ध र सोभन्दा बाहिरका मानिसका लागि सेन्टरमार्फत सुपथ मूल्यमा उपचार गरिने र सुपथ मूल्यमा औषधिसमेत बिक्री-वितरण गरिने बताइएको छ । गत शनिबारदेखि सञ्चालनमा आएको रिर्सच सेन्टरको उद्घाटन कार्यक्रममा करिब एक सय ५० जनाको निःशुल्क स्वास्थ्य परीक्षणसमेत गरिएको थियो ।
सेन्टरले प्रत्येक महिना निःशुल्क उच्च रक्तचापको परीक्षण गर्ने योजना बनाएको छ । समाजमा छरिएर रहेको स-सानो पुँजीलाई एकत्रित गरी केही गर्ने जोस-जाँगर भएका तर आर्थिक अभावका कारण त्यसै बसेका मानिसलाई सस्तो र सुलभमा ऋण सुविधा उपलब्ध गराई मुलुकको आर्थिक, व्यावसायिक, सामाजिक विकासमा योगदान दिने उद्देश्यले सञ्चालित अष्टमात्रिका बचत तथा ऋण सहकारी संस्थाले स्थापनाको छोटो अवधिमै सफलता हासिल गरेको सहकारी सञ्चालकहरूले दाबी गरेका छन् ।

गाँजासहित पक्राउ
लुकाइछिपाइ राजधानीमा गाँजा भित्र्याउँदै गरेको अवस्थामा काठमाडौं चक्रपथका प्रेम कुँवर र कलङ्कीनिवासी श्रीजन राणा प्रहरी कब्जामा परेका छन् । धादिङबाट काठमाडौं आउँदै गरेका उनीहरू सवार बा.२४ प ३१६८ नम्बरको मोटरसाइकबाट नागढुङ्गामा चेकजाँचका क्रममा ३१ केजी गाँजा बरामद भएको थियो ।

नेपाल-भारत आर्थिक सम्बन्ध विस्तारमा जोड
नेपाल र छिमेकी देश भारतबीच आर्थिक साझेदारीलाई कसरी थप प्रगाढ बनाउन सकिन्छ र आर्थिक सम्बन्धलाई निरन्तरता दिन के गर्नुपर्ला भन्ने विषयमा गत साउन २७ गते नेपाल उद्योग वाणिज्य महासङ्घ सचिवालयमा दुवै देशका पदाधिकारीहरूबीच छलफल भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यवाहक अध्यक्ष सुरज वैद्यको नेतृत्वमा महासङ्घका पदाधिकारीहरू र भारतीय सुरक्षा अध्ययन तथा विश्लेषण संस्थाका तर्फबाट भारतीय परराष्ट्र मन्त्रालयका सहसचिव डा. अरविन्द गुप्ता एवम् नेपालका लागि पूर्वभारतीय राजदूत केभी राजन संलग्न उच्च अधिकारीहरूबीच भएको छलफलमा राजनीतिक अस्थिरताका बीच आर्थिक मुद्दाले उच्च प्राथमिकता पाउनुपर्नेमा जोड दिइयो ।
महासङ्घका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठ, उपाध्यक्ष भाष्करराज राजकरि्णकार, कार्यकारिणी समिति सदस्यहरू कुमुदकुमार दुगड, अशोककुमार तोदी, ज्ञानेन्द्रलाल प्रधान, महासङ्घका पूर्वमहानिर्देशक बद्रीप्रसाद ओझा, पूर्वसचिव भरतबहादुर थापा सहभागी रहेको सो छलफलमा आयात निर्यात, संयुक्त लगानी, नेपाली वस्तुहरूको भारत निकासीको क्रममा उत्पन्न समस्या, लगानीका सम्भाव्य क्षेत्रहरू, सीमा क्षेत्रमा उत्पन्न सुरक्षा समस्या, बढ्दो व्यापारघाटा, आर्थिक सम्बन्ध विस्तारका क्रममा देखापरेका नवीनतम चुनौती, प्राकृतिक विपत्ति पर्दाका बखत हुनुपर्ने सहयोगलगायतका विषयमा छलफल भएको थियो । उक्त अवसरमा भारतीय प्रतिनिधिमण्डलको स्वागत गर्दै कार्यवाहक अध्यक्ष वैद्यले नेपालमा सम्भाव्यता रहेको जलविद्युत् उत्पादनमा संयुक्त लगानी विस्तार गरी उत्पादित जलविद्युत् भारत निकासी गरेर व्यापारघाटा न्यून गर्न सामूहिक प्रयास हुनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा भारतीय पक्षबाट नेपाली निजी क्षेत्रसँग आर्थिक, व्यावसायिकलगायतका विषयमा व्यापक छलफल गरी प्राप्त सुझावहरूलाई आफूहरूले भारतीय सरकार, निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाहरू र अन्य सरोकारवाला संस्थाहरूसँग बसेर छलफल गरी अगाडि बढ्ने विश्वास दिलाउँदै राजनीतिक तहबाट आर्थिक मुद्दामा न्यूनतम प्रतिबद्धता भएको खण्डमा नेपालको आर्थिक विकास द्रुततर अगाडि बढ्न सक्ने र जलविद्युत् क्षेत्रलाई लगानी आकर्षणको मुख्य क्षेत्रको रूपमा विकास गरी लैजानुपर्नेमा जोड दिइएको थियो ।

स्वतन्त्रता दिवसका अवसरमा एम्बुलेन्स र बस उपहार
नेपालका विभिन्न भागमा अवस्थित चिकित्सा संस्थान, परोपकारी संस्था तथा शैक्षिक संस्थाहरूलाई भारत सरकारले २० एम्बुलेन्स र ४ वटा विद्यालय-बसहरू उपहार प्रदान गरेको छ । भारतको ६४औँ स्वतन्त्रता दिवसको अवसर पारेर सो उपहार प्रदान गरिएको हो । १५ अगष्ट भारतको ६४औँ स्वतन्त्रता दिवस हो ।
गत आइतबार स्वतन्त्रता दिवस मनाउन लैनचौरस्थित राजदूतावास परिसरमा आयोजित सार्वजनिक कार्यक्रमा नेपालका लागि भारतका राजदूत राकेश सुदले उपहार प्राप्त गर्ने १७ जिल्लाका संस्थाहरूलाई एम्बुलेन्स र चारवटा बस उपहार प्रदान गर्नुभयो । सोही अवसरमा चारवटा एम्बुलेन्स वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत टी. अशोकले वीरगञ्ज महावाणिज्यदूतावासको क्षेत्रअर्न्तर्गत पर्ने पर्सा महोत्तरी, रौतहट र चितवनका संस्थाहरूलाई उपहारस्वरूप प्रदान गर्नुभयो । स्वतन्त्रता दिवस समारोहमा राजदूत सुदले देशका केही दुगम जिल्लासहित नेपालका विभिन्न क्षेत्रमा अवस्थित शैक्षिक र तालिम प्रदान गर्ने २५ वटा संस्थालाई विभिन्न पुस्तक उपहारका रूपमा प्रदान गर्नुभयो भने सोही समारोहबीच उहाँले भारतीय भूतपूर्व सैनिक कल्याणकारी सङ्गठनद्वारा प्रकाशित नेपालमा बसोबास गर्ने भारतीय निवृत्तहरूका लागि भएका कल्याणकारी कार्यक्रमहरूको जानकारी प्रदान गर्ने ‘भूपू २०१०’ नामक वारि्षक प्रकाशनको विमोचनसमेत गर्नुभयो ।
भारत सरकारले सन् १९९४ देखि नेपालका ६८ जिल्लामा अवस्थित विभिन्न संस्थाहरूलाई २८२ एम्बुलेन्स प्रदान गरिसकेको छ । यसले विशेषतः दुगम क्षेत्रमा बसोबास गर्ने स्वास्थ्य सेवाको पहुँचभन्दा टाढा रहेका हजारौँ मानिसलाई सबभन्दा नजिकको जिल्ला अस्पताल तथा स्वास्थ्य केन्द्रहरूसँग जोडी उनीहरूको घरदैलोसम्म स्वास्थ्य सेवा पुर्‍याउन सहयोग पुगेको छ । प्राप्त जानकारीअनुसार भारतद्वारा उपहारस्वरूप प्रदान गरिएका एम्बुलेन्सहरूले जुन २००५ देखि हालसम्म करिब १० लाख बिरामीलाई सेवा पुर्‍याइसकेको छ ।
भारत सरकारले हालसम्म नेपालका २३ जिल्लाका विभिन्न शैक्षिक तथा कल्याणकारी संस्थालाई ५४ वटा बस पनि प्रदान गरिसकेको छ । यसले हजारौँ विद्यार्थीलाई विद्यालयसम्म सहज पहुँच राख्न ठूलो सहयोग पुगेको विश्वास गरिन्छ । वञ्चित समुदायलाई सेवा प्रदान गर्ने उद्देश्यले प्रदान गरिने एम्बुलेन्स तथा बसहरू भारत-नेपाल आर्थिक सहयोग कार्यक्रमअर्न्तर्गत पर्दछन् र यिनको समग्र लागत ५७ करोडभन्दा बढी रहेको बताइन्छ ।

दुर्व्यसन रोक्न स्विप अपरेसन
चन्द्रनिगाहपुर । नगरोन्मुख चन्द्रनिगाहपुरमा बढ्दो सहरीकरणको क्रमसँगै लागूऔषध तथा कुलतमा संलग्न दुर्व्यसनीको सङ्ख्या एक्कासि बढ्न थालेपछि स्थानीय अभिभावकहरूले चिन्ता व्यक्त गरेका छन् । रौतहटको दोस्रो सदरमुकामका रूपमा रहेको चन्द्रनिगाहपुरमा लागूऔषध सेवन गर्ने र बिक्री-वितरण गर्ने समूह सक्रिय रहेको गुनासो बढ्न थालेपछि प्रहरीले आफ्नो सक्रियता बढाएको छ ।
लागूऔषध सेवन गर्न चन्द्रनिगाहपुरमा र्सलाही तथा बाराबाट समेत युवायुवती आउने गरेको गुनासो आएपछि गत साउन २५ देखि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले स्विप अपरेसन सुरु गरेको छ । यसअघि ती दुर्व्यसनीले स्थानीय होटल, लज एवम् एकान्त स्थानहरूको प्रयोग गरी लागूऔषधको व्यापार तथा सेवन गर्दै आएका थिए ।
हालै प्रहरीले चन्द्रनिगाहपुरका विभिन्न घर तथा होटलहरूमा छापा मारी लागूऔषध सेवनकर्ता तथा बिक्रेतालाई पक्राउ गरेको छ । बाहिरी जिल्लाबाट आएर सेवनकर्ताहरूले यहाँको वातावरण बिगारेको गुनासो जनस्तरबाट आएपछि स्विप अपरेसन सुरु गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक गौतम मिश्रले बताए । चन्द्रनिगाहपुरका विभिन्न स्थानबाट लागूऔषध कोरेक्स तथा ट्याब्लेट, गाँजा, चरेस बित्रLmकर्ताहरूमध्ये दुइजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको बताइएको छ भने पछिल्लोपटक प्रहरीले स्थानीय सन्तपुर गाविस वडा नं. ४ घर भएका एक युवकलाई चार किलोग्राम गाँजासहित पक्राउ गरेको छ । चन्द्रनिगाहपुरलाई समुन्नत समाजका रूपमा विकसित गर्ने अभियानमा स्थानीय सामुदायिक सेवा समिति, एकीकृत ग्रामीण विकास केन्द्रलगायतका विभिन्न सङ्घसंस्थाहरू सक्रिय भए पनि दुर्व्यसनीको सङ्ख्या बढिरहेपछि प्रहरीले समयसमयमा छड्के चेकजाँच पनि सुरु गरेको छ ।
विगत लामो समयदेखि चन्द्रनिगाहपुरमा ब्राउनसुगर तथा विभिन्न अन्य लागूऔषधहरूको बिक्री-वितरण हुन थालेपछि अन्य जिल्लाका सेवनकर्ताहरूको अखडाका रूपमा चन्द्रनिगाहपुर परिचित हुन थालेको छ । स्थानीय बासिन्दाले यसरी दुर्व्यसनीहरू दिनप्रतिदिन बढ्न थालेपछि कडा निगरानी राख्न अनुरोध गरेपछि प्रहरीले सक्रियता देखाउँदा साउन महिनाभर एक दर्जनभन्दा बढी दुर्व्यसनीहरू पक्राउ परिसकेका छन् । ती अभियुक्तहरूलाई अनुसन्धानका लागि राख्ने स्थान पनि इलाका प्रहरी कार्यालयमा नभएको कारण थप समस्या सिर्जना भएको छ । प्रहरीले चन्द्रनिगाहपुरमा कडा निगरानी नराखेको खण्डमा सेवनकर्ताको सङ्ख्या बढ्दै जाने स्थानीय समाजसेवी देवप्रसाद तिमलसिनाको भनाइ छ । प्रहरीले पक्राउ परेका अभियुक्तहरूलाई हिरासतमा राखेर यसको सञ्जालमा रहेका व्यक्तिहरूको बारेमा थप अनुसन्धान गरिरहेको छ ।
यसअघि प्रहरीले चन्द्रनिगाहपुरको एक किराना पसलबाट ३४५ थान नाइटोभेट ट्याब्लेटसहित चारजनालाई पक्राउ लागूऔषध बेचविखन तथा सेवन मुद्दा चलाएको छ । स्थानीय चन्द्रनिगाहपुर २ का सन्तमान लामा, किरण रानामगर, प्रेम रानामगर र सागर अर्याललाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ । लागूपदार्थ दुर्व्यसनको रोकथाम तथा न्यूनीकरणको क्षेत्रमा रौतहटमा लगभग आधा दर्जन गैरसरकारी संस्थाहरू कार्यरत रहेको भए पनि दुर्व्यसनीको तथ्याङ्क सङ्कलन गर्ने तथा उनीहरूको नाम भजाएर बजेट ल्याउने कामबाहेक केही हुन नसकेको गुनासो सर्वत्र रहेको छ । यसैबीच एक गैरसरकारी संस्थाले हालै गरेको एक र्सर्वेक्षणअनुसार, रौतहटको चन्द्रनिगाहपुरमा एक सय १९ तथा गौरमा एक सय ४० जना लागूऔषधका दुर्व्यसनीहरू रहेको दाबी गरेको छ । अरुणोदय युवा क्लब मधुवन पर्साको आयोजनामा शुक्रबार चन्द्रनिगाहपुरमा आयोजना गरिएको एक कार्यक्रममा सहभागी वक्ताहरूले चन्द्रनिगाहपुरमा गाँजा, चरेसको कारोबार तथा लागूऔषधका दुर्व्यसनीहरूको सङ्ख्या दिनप्रतिदिन बढिरहेकोमा चिन्ता व्यक्त गरेका थिए । एक तथ्याङ्कमा चन्द्रनिगाहपुरमा एचआईभी/एड्स सङ्क्रमित व्यक्ति, लागूऔषध दुर्व्यसनी, यौनकर्मी, गाँजा, चरेसको कारोबारमा दैनिक रूपमा वृद्धि भइरहेको उल्लेख छ । – नरहरिराज आचार्य

ँदरबार हत्याकाण्ड लागूपदार्थको उपज’
राजविराज । लागूऔषधको कुलतमा फसेपछि मान्छे चेतनाविहीन बन्ने र त्यसपछि परिवार, समाजसँगै मुलुक पनि बर्बाद हुने भएकाले यस्ता विकृति रोक्न सचेतना अभियान थालिएको नार्कोनन नेपालका अध्यक्ष वसन्तराज कुँवरले जानकारी गराएका छन् । नार्कोननको सहयोग तथा तराई सञ्चार समूहको आयोजनामा हालै राजविराजमा सञ्चालित ‘लागूऔषधको रोकथाम र पुनर्स्थापना’ विषयक अन्तरक्रियामा कुँवरले नेपालको राजसंस्थाको वंशै नास हुनेगरी भएको दरबार हत्याकाण्ड पनि लागूऔषधकै उपज भएको बताए । उनले भने, ‘यस्ता घटनाबाट आजको युवा पुस्ताले पाठ सिक्नैपर्छ ।’ दरबार हत्याकाण्डका बेला कुँवर बागमती अञ्चलका प्रहरी प्रमुख थिए ।
‘दूध र जुसका लागि कुनै पनि छोराछोरीले बा-आमालाई तर्साउने या कुटपिट गर्दैनन् तर मादक पदार्थका लागि आजका युवाहरू घरमा उत्पात मच्चाउने र आपराधिक गतिविधिमा लाग्ने गरेको खबर हामीले दिनहुँ सुन्न थालेका छौँ’ भन्दै कुँवरले बिहान उठ्नेबित्तिकै कुनै न कुनै बहानामा रक्सी धोक्ने व्यक्ति र नशालुपदार्थको सेवन गर्ने युवाको सङ्ख्या दिनानुदिन बढ्दै गएको उल्लेख गरे । उनले लठ्याउने कुनै पनि पदार्थको सेवनले मान्छेलाई दुर्व्यसनी बनाउने उल्लेख गर्दै त्यस्ता पदार्थको आजैदेखि सदुपयोग होइन, दुरुपयोग गरौँ भन्ने प्रतिबद्धता व्यक्त गर्न कार्यक्रमका सहभागीलाई आग्रह गरे । लागूऔषधको कुलतमा लागेकालाई दण्ड, जरिवाना र कारबाहीले मात्र सुधार गर्न नसकिने चर्चा गर्दै उनले स्वच्छ जीवन र सुधारका लागि उनीहरूको पुनर्स्थापना र ड्रग व्यवस्थापन जरुरी भएको बताए ।
सोही अवसरमा विकृतिरहित समाज निर्माण गर्न नार्कोननले थालेको अभियानमा सबैखाले सहयोग गर्ने प्रतिबद्धता प्रजिअ रामप्रसाद घिमिरेले व्यक्त गरे भने नागरिक सञ्जालका अध्यक्ष सुखराम यादवले नार्कोननद्वारा सञ्चालित लागूपदार्थविरुद्धको अभियानले जिल्लामा राम्रो सन्देश र चर्चा पाएको उल्लेख गर्दै संस्थाको प्रयासमा सदा सहयोग रहने बताए ।
तराई सञ्चार समूहका अध्यक्ष वैद्यनाथ यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक केशरीराज घिमिरे, पत्रकार महासङ्घ सप्तरीका सभापति व्यासशङ्कर उपाध्यायलगायतले मन्तव्य दिएका थिए । – हेमशङ्कर सिंह