प्रवासी मंच यूकेको १२औं स्थापन दिवस सम्पन्न

प्रवासी मंच यूकेको १२औं स्थापन दिवस सम्पन्न


15676236_10154830868174282_7668519291730804891_oलन्डन, यही डिसेम्बर २० तारिख मंगलबारका दिन साँझ प्रवासी नेपाली मंच यूकेले आफ्नो स्थापनाकालको १२ वार्षिकोत्स्वको अवसर पारेर नर्थहल्टको दीले से ब्यांकेटिंग हलमा मंचका अध्यक्ष्य रामशरण सिम्खडाको अध्यक्ष्यतामा एक भव्य कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपा [एमाले] निकट प्रवासी मंच यूकेद्वारा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथि सांसद कृष्णभक्त पोख्रेल र विशेष अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी रहेका थिए भने अतिथिहरुमा बेलायतका सांसदहरु बीरेन्द्र शर्मा [इलिंग, साउथहल], ब्यारी गार्डनर [ब्रेंट नर्थ], ग्यारेथ थोमस [ह्यार्रो वेष्ट]र एनआरएनए युरोप कोअर्डिनेटर कुल आचार्य रहेका थिए । कार्यक्रममा नेपाली तथा बेलायती सांसदहरुलाई नेपाली ढाकाटोपी र ढाकाको खादा लगाएर सम्मान गरिएको थियो ।

15626334_10154830846764282_8289660529159880542_oकार्यक्रममा बोल्दै बेलायती सांसदहरुले बेलायत र नेपाल बीचको २०० वर्ष पूरानो सम्बन्ध र गोर्खाली सेनाको बारेमा प्रशंसा गरेका थिए । सांसद बीरेन्द्र शर्माले नेपाली समुदायले पनि बेलायतको राजनीतिमा चासो बढाउनु पर्ने भन्दै आफू लेवर पार्टीसंग सम्बन्धित भएतापनि सोही पार्टीमा लाग्न अनुरोध नगरे पनि लेवर पार्टी नै उत्तम रहेको भन्दै ठट्यौली गरेका थिए । सांसद कृष्णभक्त पोखरेलले नेपालको राजनैतिक अवस्था र संविधानमा विशेष गरी दलित, महिला र गैर आवासीय नेपालीहरुको बारेमा गरिएका व्यबस्थाको बारेमा प्रष्ट पार्दै देश आर्थिक सम्वृद्धितर्फ बढ्दै गइरहेकोले प्रवासी नेपालीहरुको तर्फाबाट निरन्तर सहयोग र सुझावको खाँचो रहेको बताएका थिए । आफ्नो मंतव्यका क्रममा विशेष अतिथि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बेलायतमा बसोबास गर्ने नेपाल र नेपाली संघसंस्थाहरु देशका लागि परेको सहयोग गर्न सधै तत्पर रहेको बताएका थिए । साथै यहाँ बस्ने सम्पूर्ण नेपाली र नेपाली संस्थाहरु नेपाल र नेपालीका हितका लागि सदैव अगाडि बढ्नुपर्ने धारणा पनि ब्यक्त गरेका थिए । गैर आवासीय नेपाली संघ युरोप कोअर्डिनेटर कुल आचार्यले १२ वर्ष पुगेको उपलक्ष्यमा प्रवासी नेपाली मंचलाई बधाई तथा शुभकामना दिंदै राजनैतिक र सामाजिक क्षेत्रमा गरेको उल्लेखनीय कार्यहरुको प्रशंसा गरेका थिए ।

15540925_10154830846624282_9009797656408178572_oकार्यक्रममा लिभरपुल जोन मोर युनिभर्सिटीका एशोसियट डीन डा। पदम सिम्खडालाई प्रमुख अतिथि तथा विशेष अतिथिको हातबाट खादा तथा सम्मानपत्र प्रदान गरिएको थियो । दुई चरणमा संचालन गरिएको उक्त कार्यक्रमको संचालनको पहिलो चरण मंचका महासचिव तुंग भुसालले गरेका थिए । त्यस्तै गरी मंचका बेलायत नर्थ वेष्ट कमिटिका अध्यक्ष्य वसन्त नेपालले स्वागत मन्तव्य दिएका थिए भने उपाध्यक्ष्य रबिन्द्र कंडेलले धन्यबाद मन्तब्य प्रस्तुत गरेका थिए ।

15585050_10154830877854282_7833089351190869053_oप्रवासी नेपाली मंचका अध्यक्ष्य रामशरण सिम्खडाले उपस्थित सबैलाई धन्यबाद दिदैं कार्यक्रमलाई एक पार्टीको बीचमा मात्र हैन बेलायतका सबै सामाजिक संघसंस्था तथा व्याक्त्तिहरुलाई लाई समेटिएको भन्दै विभिन्न व्यक्तिहरुको नाम लिएका थिए । कार्यक्रममा सहभागिता जनाउन युरोपबाट समेत केही व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमम प्रवासी मंचको १२औं वर्षको उपलक्ष्यमा केकसमेत काटिएको थियो ।

15626525_10154830876254282_524801264476650483_oदोस्रो चरणको कार्यक्रममा नेपालबाट आएका अनि अहिलेको चर्चित गीत ‘निर जहिले रिसाउने’ बोलको गीतका गायक तथा ‘बिग आइकन २०१६’ का विजेता साजन आलेले ‘निर जहिले रिसाउने’, ‘पिउँदिन भन्दाभन्दै पिलायो साथीले’ जस्ता गीतहरु गएर मनोरंजन दिलाएका थिए । तेस्तैगरी यूके डान्स अफमा समेत सहभागिता जनाएकी प्रतिष्ठा त्रिपाठी, रश्मी गौतम र विजया भण्डारीले नेपाली गीतमा नृत्य प्रदर्शन गरेका थिए । डीजे प्रमोद शर्माले पनि नारायण गोपालको गीत गएर मनोरंजन दिलाएका थिए । -नरेन्द्र बस्नेत, गोर्खा रेडियो