एनआरएन नेतृत्वको भारी बोक्न तयार छु -कुमार पन्त

एनआरएन नेतृत्वको भारी बोक्न तयार छु -कुमार पन्त


1-7फ्रयांकफोर्ट । मुलुककै सबैभन्दा पुरानो र प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेससँग आवद्ध साथीहरुलाई जर्मनीमा स्वागत गर्न पाउँदा मलाई खुशी लागेको छ। गैरआवासीय नेपाली संघ र नेपाली जनसम्पर्क समितिको सुरुवात सँगसँगै जस्तो भएको थियो। महामानव विश्वेश्वर प्रसाद कोइरालाको अगुवाइमा नेपाली कांग्रेसले प्रजातान्त्रिक आन्दोलनको नेतृत्व गरेको विषय कसैबाट छिपेको छैन। त्यस्तै एनआरएन अभियानले यो उचाई हाँसिल गर्नुमा पनि जनसम्पर्कमा आवद्ध साथीहरुको सुझबुझ र सहभागिताको महत्वपूर्ण योगदान छ।

एनआरएनएमा भएका प्रत्येक चुनाबमा जनसम्पर्क समिति मेरा लागि सधैँ प्रेरणाको स्रोत रहँदै आएको छ। एनआरएनभित्र कुनै न कुनै भूमिकामा रहेर झन्डै डेढ दशकदेखि जिम्मेवारीको भारी बोक्दै आएको मलाई तपाइँहरुको मार्गदर्शन, साथ र सहयोगले अघि बढ्न थप बल प्रदान गर्नेछ। नेतृत्व हस्तान्तरणको पूर्व सन्ध्याामा यतिबेला म विगतमा जस्तै आफ्ना कदमहरुमा तपाइँहरुसँग छलफल गर्दै, सुझाव लिँदै अन्तिम निर्णयमा पुग्न चाहन्छु।
यहाँ उपस्थितमध्ये धेरै साथीहरु गैरआवासीय नेपाली संघमा पनि आवद्ध हुनुहुन्छ। आइसीसी र अध्यक्ष भएर काम गरिसकेका साथीहरु पनि जनसम्पर्कमा हुनुहुन्छ। यसले गर्दा गैरआवासीय नेपाली संघलाई लोकतान्त्रिक पद्धतिअनुसार सुदृढ बनाउन बल मिलेको छ। एनआरएनए जुनसुकै विचार बोकेका व्यक्ति अँटाउने स्वतन्त्र संस्था बन्नुपर्छ भन्ने तपाइँ साथीहरुको सुझबुझपूर्ण विचारप्रति मेरो पूर्ण सहमति छ। म त्यही विचार प्रेरित भएर यहाँ उपस्थित छु।

नेपालको अवस्था सवल भइदिएको भए, नेपाल धनी भइदिएको भए आज हामी यसरी विदेशिनु पर्ने थिएन। हामीले मातृभूमिभन्दा टाढा आएर जनसम्पर्क पनि बनाउनुपर्ने थिएन। नेपालमै बसेर कांग्रेस बनाउनतर्फ काम गर्न सक्थ्यौं। नेपालको प्रजातान्त्रिक पद्धतिमा सहयोग होस्, नेपालको विकास निर्माणमा सहयोग होस् र समग्रमा सम्वृद्ध नेपाल निर्माणमा सहयोग पुगोेस् भनेर बनेको गैर आवासीय नेपाली संघको छाता संस्था जसमा सबै विचार अँटाउन् भन्ने प्रयासमा जनसम्पर्कका साथीहरुको योगदान सबैभन्दा महत्वपूर्ण छ। यो संस्थाको उज्जवल भविष्यका लागि तपाइँहरुको अटुट साथ र निरन्तर सहयोगको खाँचो अहिले पनि उति नै छ।

काम र शिक्षाको खोजीमा मुलुक छोडेर विदेशिएका हामी करिब ६० लाख नेपाली मुलुक बाहिर छौं। दैनिक करिब १५ सय नेपाली युवा अहिले पनि शिक्षा र रोजगारीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिरहेका छन्। यसले नेपालबाहिर अर्को नेपाल खडा गर्दै लगेको छ। भूगोलमा हामी नदेखिउँला तर नेपाली समाज विश्वका कुना कुनामा फैलिँदै गएको छ। विश्वका विभिन्न भागमा छरिएर रहेका हामी नेपालीलाई सिंगो मालाको एकता सुत्रमा जोड्न गैरआवासीय नेपाली संघले निर्वाह गरेको भूमिका विदितै छ।

नेपालमा गैरआवासीय नेपालीको पहिचान नागरिकको स्तरमा मात्र नभई सरकारी स्तरमा पनि बलियोसँग स्थापित भइसकेको छ। यो सँगै एनआरएनसँग नेपाल र नेपालीका अपेक्षामा पनि वृद्धि भएका छन्। वास्तविकता के हो भने हामीले ती स्वभाविक अपेक्षा पूरा गर्ने दिशामा धेरै काम गर्नुपर्ने अवस्था छ। रोजगारी सिर्जना गर्ने दिशामा, लगानी गर्ने दिशामा एवं सीप र ज्ञान नेपाल भित्र्याउने दिशामा हामीले गर्नुपर्ने थुप्रै कामहरु बाँकी छन्। ।

म सन् २००४ मा एनआरएन अभियानमा लागेदेखि नै देशमा केही न केही योगदान र्पुयाउनुपर्छ भनेर मन, वचन र कर्मले काम गर्दै आएको छु। म यो अभियानमा जोडिनुमा आदारणीय दिल गुरुङ दाईको महत्वपूर्ण भूमिका छ। उहाँले नै मलाई डोर्याउँदै यो अभियानसँग जोड्नु भएको कुरा आज म स्मरण गर्न चाहन्छु। यो संस्थालाई विश्वका नेपालीको एउटा पवित्र संस्थाको रुपमा विकास गर्नुपर्छ भन्ने डा।उपेन्द्र महतोको भिजनले प्रभावित भएयता संस्था र नेपाली समुदायको हितमा मैले आफ्नो समय उत्साहपूर्वक लगाउँदै आएको छु। ती जिम्मेवारी प्राप्तिको प्रक्रियाका लागि एनआरएनएमा भएका प्रत्येक चुनाबमा जनसम्पर्क समिति मेरा लागि सधैँ प्रेरणाको स्रोत रहँदै आएको छ। नेतृत्व हस्तान्तरणको पूर्व सन्ध्याामा यतिबेला म विगतमा जस्तै आफ्ना कदमहरुमा तपाइँहरुसँग छलफल गर्दै, सुझाव लिँदै अन्तिम निर्णयमा पुग्न चाहन्छु। एनआरएनएमा कुनै न कुनै भूमिकामा रहेर झन्डै डेढ दशकदेखि जिम्मेवारीको भारी बोक्दै आएको छु । तपाइँहरुको साथ र सहयोग पाए एनआरएनएको नेतृत्व भारी बोक्न म तयार छु। मलाई विश्वास छ तपाइँहरुले मेरो यो कदममा पनि विगतमा जस्तै साथ र सहयोग गर्नुहुने छ।
-चीरन

(गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले जर्मनीको फ्र्यांकफटमा आइतबार भएको युरोपभरिका नेपाली जनसम्पर्क समितिका प्रतिनिधिबीच विशेष रिसेप्सनमा दिएको मन्तव्यको सम्पादित अंश)