नोकरलाई एकलाख पचहत्तर हजार हर्जाना

नोकरलाई एकलाख पचहत्तर हजार हर्जाना


लण्डन । हिजो इम्प्ल्वायमेण्ट ट्राइबुनलले एकजना अरब राष्ट्रका पूर्व राजकुमारका परिवारलाई राहतस्वरुप उनका पूर्व घरेलु नोकरलाई एकलाख पचहत्तर हजार पाउण्ड स्टर्लिङ रकम दिने फैसला सुनाएको छ । उनले र उनका परिवारले नोकरलाई दास सरहको व्यावहार गरेर बिहानदेखि बेलुकि रातिसम्म प्रतिघण्टामात्र साढे २ पाउण्डको हिसाबले काममा दलेका थिए ।
मोहम्मद कल्लु शैख नाम गरेको नोकरलाई यूएई, रास अल खाइमाका पूर्व राजकुमार शेख खालिद बिन साकर अल कासिमीका परिवारले प्रताडीत गर्ने खालको व्यावहार गरेको थियो । उनको पासपोर्ट उनीबाट खोसेर घरवालाले राखेका थिए । कल्लु, प्रमुख सेफको हैसियतले घरका खाना पकाउने सामग्रीहरु पनि हेरोडबाट कहिलेकाँहि आफ्नै पैसाले किनेर ल्याउनु पर्दथ्यो । ४१ वर्षीय कल्लुले उनलाई दुबईमा रहँदा मात्र तलब दिएका थिए र सानो रकम पश्चिमी लण्डनस्थित केन्सिङटनको उनीहरुका घरमा काम गर्दा दिएका थिए भनेर मध्य लण्डनको इम्प्ल्वयमेन्ट ट्राइबुनलमा जाहेरी दिएका थिए । कल्लुका वकील माइकल रिडले …उनलाई एकदमै कम तलब दिएको अनि बढी काम गर्न लगाउँदै उनीसँग लामो समयदेखि परिवारले गलत व्यवहार गर्दै आएका थिए..भनेका छन् । शैख खालिदका पत्नी शिखा फावाघीलाई गलत तरिकाले कामबाट निकालेकीले ७४८६ पाउण्ड स्टर्लिङ, वार्षिक अवकासको रकम २२८४.०० पाउण्ड स्टर्लिङ, नियममा तोकिएको तलब दरभन्दा कम पैसा तिरेकोले १५६,९५७.०० पाउण्ड स्टर्लिङ र जातीय भेदभाव राखेकोले ८ हजार पाउण्ड स्टर्लिङ मिलाएर कूल एकलाख पचहत्तर हजार पाउण्ड स्टर्लिङ ट्राइबुनलले तिर्ने आदेश दिएको छ । यी सबै पैसाको हिसाब वकीलले सन् २००४ देखको मात्र हो भनेका छन् । श्रोत – नेट, सुमल, मेस ।