काम खोज्दै सञ्चिता -राजन घिमिरे

काम खोज्दै सञ्चिता -राजन घिमिरे


‘आहा कति भलाद्मी नायिका । हेर्दा पनि स्पष्ट लाग्ने अनि सज्जन पनि छिन् । बोलीचाली पनि मीठो र व्यवहार त निकै राम्रो । आँखामा राख्दा पनि नबिझाउने’ नायिका सञ्चिता लुइँटेलको बारेमा धेरैले धेरैपटक यस्ता प्रशंसाका शब्दहरू खर्चिए । केही समय त उनी अरूले भनेजस्तै पनि भइन् र फटाफट सिनेमाहरू हात पार्दै अरू नायिकाहरूलाई पछाडि पार्दै अगाडि बढिन् । तर, यतिबेला उनी यति धेरै अगाडि बढिन् कि अब उनी पछाडि र्फकनै नसक्ने भएकी छिन् ।
‘नायक निखिल उप्रेतीसँग मैले विवाह गरेँ’ भनेर सञ्चिताको एकतर्फी भनाइ मात्र बजारमा आयो । तर, यो मामिलामा निखिल भने गुपचुप नै रहँदै आएका छन् । यसैबीच निखिलले गत हप्ता निर्माता गोविन्द शाहीको नयाँ चलचित्र ‘संसार आफ्नै’मा अभिनय गर्नका लागि सम्झौता गरेका छन् । यता निखिलले गुपचुप नयाँ फिल्ममा सम्झौता गर्नु अनि उता सञ्चिताचाहिँ निकै बाठी भएर ‘अब निखिल नेपाल र्फकँदैन । अब हामी मुर्म्बईमा नै बस्छौं’ भनेर खोक्दै हिँड्नुबीच मेल नखाएपछि बिस्तारै सञ्चिता लुइँटेलको अवस्था धराशयी हुने त होइन – चर्चा छ यतिबेला सिनेमा बजारमा । मुर्म्बईबाट सञ्चिता एक्लै पशुपतिको दर्शन गर्न आउनु तर, निखिल नआउनुले अब सञ्चिता मात्र एकतर्फी निखिललाई आफ्नै बनाउन लागिपरेकी तर निखिल भने यो मामिलामा गौण रहनुले निखिलका बारेमा सञ्चिताले भनेका सबै कुरा सही हुन भनेर पत्याउन गाह्रो हुने अवस्था छ ।
निखिल र सञ्चिता एकसाथ मुर्म्बई गएपछि सञ्चिता आफैं एक्लै भट्भटाएकी थिइन्- ‘निखिललाई नेपाली फिल्मले के दियो र, अब ऊ नेपाल आउने । अब निखिल नेपाल आउँदैन ।’ यसो भनेर आफ्नै क्षेत्रप्रति गलत विचार पोख्ने सञ्चिताको यो भनाइ पनि यतिबेला मिथ्या सावित भएको छ, जब कि निखिलले नारायणघाटमा आएर चलचित्र ‘कसम’को बाँकी छायाङ्कन सकाए भने हालै मात्र उनले नयाँ चलचित्रमा सम्झौता गरे । यति नै बेला निखिल र उनकी पत्नी कोपिलाबीच नारायणघाटमा भएको भेटघाटले भने अब सञ्चितालाई नमिठो झापड लागेको छ ।
करिब तीन महिना भयो निखिल उप्रेतीले नयाँ फिल्म साइन गरेका छैनन् । हालै मात्र एउटा सिनेमा साइन गरे । यसबीचमा निखिलले करिब एक दर्जन सिनेमा गुमाएका छन् भने एउटा फिल्मबाट उनले तीन लाख पारिश्रमिक लिन्थे भने यो हिसाबले करिब चालीस लाख गुमाएका छन् निखिलले । केही समय सञ्चिताको लहलहैमा लागेर भड्किए तापनि अब निखिललाई चेतना आएको कुरा उनका शुभचिन्तनहरू बताउँछन् । ‘त्यसैले त अब निखिल मेरो सिनेमा खेल्न भदौको दोस्रो साता नेपाल आउँदै छन्,’ संसार आफ्नै चलचित्रका निर्माता गोविन्द शाहीले बताए ।
अरूको परिवार बिथोल्नका लागि धेरै प्रपञ्चका साथ अगाडि बढेकी सञ्चिता अब भने केही सुस्ताएकी छिन् र विभिन्न बहानामा नेपाल आउने र चलचित्रकर्मीहरूसँग घुलमिल गर्न थालेकी छिन् । पहिलोपटक मुर्म्बईबाट काठमाडौं आउँदा विशिष्ट श्रेणीकी व्यक्तित्व आएजस्तो मिडियाले थाहा पाउला भनेर लुकेर हिँड्ने सञ्चिता यतिबेला आफैं फोन गरेर आफू काठमाडौं आएको जानकारी गराउन थालेकी छिन् र अफर आएमा सिनेमाहरू नछाड्ने बताउन थालेकी छिन् । गत हप्तामात्र पुनः काठमाडौं आएकी उनले केही निर्मातालाई त फोन गरेर ‘काम पाउँm न’ भनेर पनि भनिन् । मुर्म्बई फिल्म इन्डस्ट्रिजमा काम गर्ने र उतै स्थापित हुने भनेर ठूला-ठूला कुरा गर्ने अनि आफ्नो विगतलाई बिर्सने सञ्चितालाई आफ्नो फिल्ममा नलिने सोचमा पुगे ती निर्माता । बीचमा नै फिल्म छाडेर सञ्चिताले फेरि अर्को लफडा गर्लिन् भन्ने डर यतिबेला सबै निर्मातालाई छ । परि्खराख है र कोही मेरो नामक सिनेमाले सञ्चिताको डबिङका कारण हन्डर खाएको अरू निर्माताले पनि बिर्से छैनन् । त्यसैले यतिबेला ठूलो भाग खान गएकी बूढी झोलमा डुबेर मरी भनेजस्तै अवस्थामा पुगेकी सञ्चितालाई सबै निर्माताले फिल्ममा नलिने घोषणा गरे भने सञ्चिताको अवस्था के होला – उनी पनि कहालिलाग्दो यो दिनको कल्पना गर्न सक्दिनन् होला । किनकि मुर्म्बईमा बस्दा बचेको रकम पनि उनको सकिइसकेको छ, यता नाम पनि छैन र उता निखिलको साथ पनि नहुने निश्चित छ ।

रहरले आउनेहरू खहरेझैं सुक्छन
उमा कार्की यतिबेला टेलिभिजन दर्शकहरूका लागि लोकप्रिय रहेकी छिन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने चेतनामूलक सिरियल ‘थोरै भए पुगिसरी’ की प्रमुख पात्र उमा कार्कीको अब एउटै उद्देश्य रहेको छ कि ठूलो पर्दाको चलचित्रमा फड्को मार्ने ।
हुन त यसैबीच उनलाई ठूलो पर्दाबाट पनि अफर भने नआएको होइन । यसबारे उमाले भनिन्, ‘पहिले हात हालेकै कामलाई सफलतामा पुर्‍याऊँ, त्यसपछि ठूलो पर्दामा पनि फड्को मार्नुपर्छ । उद्देश्य त ठूलै लिनुपर्‍यो नि होइन र -‘
लय सङ्ग्रौलाद्वारा निर्देशित टेलिचलचित्र ‘थोरै भए पुगिसरी’ मा समाजमा स्वास्थ्य अनि शिक्षाका बारेमा चेतना बाँड्दै प्रमुख पात्रको रूपमा उभिएकी उमाले यसबाहेक केही म्युजिक भिडियो र टेलिविज्ञापनहरूमा पनि आफ्नो उपस्थिति जनाइसकेकी छिन् ।
अब उमा ठूलो पर्दाको चलचित्रमा नायिकका नै भएर आउने तयारीमा जुटेकी छिन् । ‘सिनेमाका लागि चाहिने आधारभूत ज्ञान मैले लिइरहेकी छु । त्यसै रहरमा मात्र आउनु त भएन नि,’ उनी सचेत देखिन्छिन् । उमाले बुझेकी छिन् कि रहरले आएकाहरू धेरै टिक्न सक्दैनन् र, आफूले रोजेको क्षेत्रमा लाग्न मनबाटै त्यो क्षेत्रप्रति समर्पित भावना हुनुपर्छ । ‘कामप्रति इमानदारी नै सफलता हो,’ उमाले भनिन् ।

व्यापार र अभिनय सँगसँगै
हरेक सिनेमामा उही अनुहार उस्तै उपस्थिति अनि एउटै प्रकारको अभिनय हेर्दाहेर्दा दिक्क भएका दर्शकहरूका लागि अब एउटा नयाँ र आशालाग्दो अनुहार सिनेमाको पर्दामा आउने भएको छ ।
नेपाली कलाकारिता फाँटमा केही गरौँ भन्ने उद्देश्यका साथ अभिनय यात्रालाई निरन्तरता दिने सोचका साथ आउन लागेका ती उत्साही युवक हुन्- प्रभाकर श्रेष्ठ । प्रभाकर अब एकसाथ दुईवटा चलचित्र भनिदेऊ न माया गर्छु, आफ्नै मनलाई सोधिहेरमार्फत नेपाली रजतपटमा आउन लागेका हुन् । यी दुवै सिनेमाका एकै निर्देशक हुन्- रमेश पोखरेल । पोखरेल पनि प्रभाकरको अभिनयको खुलेर नै तारिफ गर्छन् । भनिदेऊ न माया गर्छर्ुु प्रभाकर नायक हुन् भने आफ्नै मनलाई सोधिहेरमा सहनायकको रूपमा देखापर्ने छन् उनी । ‘यी दुई सिनेमा रिलिज भएपछि मलाई विश्वास छ कि सिनेमा बजारमा मेरो कामको तारिफ हुन्छ होला,’ उनी ढुक्क देखिन्छन् ।
प्रभाकर अभिनयसँगै विभिन्न क्षेत्रमा पनि संलग्न रहेका छन् । म्याग्नोलिया सहकारी तथा म्याग्नोलिया एजुकेसन एकेडेमीका प्रमुख प्रभाकर अभिनयसँगै आफ्नो व्यापारिक क्षेत्रलाई पनि अगाडि बढाउने योजनामा लागिपरेका छन् । प्रभाकर भन्छन्, ‘मलाई संवेदनशील अनि एक्सनप्रधान भूमिका बढी मात्रामा फिट हुन्छ र म चाहन्छु कि यस्तै भूमिकामा मलाई अफर आओस् ।’