“यूके डान्स अफ” २०१६ सफलतापूर्वक सम्पन्न

“यूके डान्स अफ” २०१६ सफलतापूर्वक सम्पन्न


img_5574kanganलन्डन। सपन इन्टरटेनमेन्ट लिमिटेड यूकेद्वारा आयोजित “यूके डान्स अफ” २०१६ मा आफ्ना ८ प्रतिस्पर्धीहरुलाई पछि पार्दै जेनी सुनुवारले उपाधी हात पार्न सफल भएकी छिन् । २७ नोभेम्बरका दिन बेलायतस्थित सामुयल कोडी स्पोर्ट्स सेन्टर फार्नबरोमा भएको उक्त प्रतियोगाताले सुनुवारलाई उपाधि प्रदान गरेको छ ।
img_5592kanganनेपालकी चर्चित कोरियोग्राफर रिनासा बान्तवा राई, निर्माता निर्देशक मिलन चाम्स, नायिका प्रियेंका कार्की, नायक संजय गुप्ता लगायतको निर्णायक मण्डलद्वारा गरिएको चयनको आधारमा प्रतियोगिताको दोश्रो स्थानमा काजल गुरुङ, तेश्रो स्थानमा पुनम गुरुङ र रिजा, नेहा, एन्जोल समूह भएको घोषणा गरेको थियो ।
img_5586kanganप्रतियोगितामा प्रथम हुनेलाई एक हजार दुई सय पाउण्ड, दोश्रो हुनेलाई ८ सय पाउण्ड र तृतीय हुनेलाई ५ सय पाउण्ड नगद पुरस्कार प्रमाणपत्रको ब्यबस्था गरिएको थियो । प्रतियोगीहरुको छनौट प्रक्रियामा ट्युबको आधारमा २५ प्रतिशत, अडियन्सबाट २५ प्रतिशत र निर्णायक समितिबाट ५० प्रतिशत अंक प्रदान गरिएको थियो । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको पहिलो चरणको संचालन नेपालबाट आएका संचारकर्मी नरेश भट्टराईले गरेका थिए भने दोस्रो चरणको कार्यक्रम सरला थापा र सूर्य गुरुंगले गरेका थिए । कार्यक्रममा नायिका प्रियेंका कार्कीको नृत्यले सबैलाई उत्साहित बनाएको थियो भने आरके स्क्वाएरद्वयको प्रस्तुतिले पनि थप मनोरंजन प्रदान गरेको थियो । सन् २००८ मा ‘ट्यालेन्ट हन्ट’ गरेपछि करीब ८ वर्षको अन्तरालमा सपन इन्टरटेन्मेन्ट लिमिटेडले परिमार्जित रुपमा “यूके डान्स अफ” को आयोजना गरेको हो ।
img_5598kanganकार्यक्रममा प्रमुख अतिथि राजदूत सुवेदीद्वारा नगद तथा प्रामानपत्र प्रदान गरिएको थियो । यूके डान्स अफको लागि १५ वटा टिमको सहभागिता रहेता पनि फिनालेको लागि १० वटा टिमहरु आर्टिष्ट कल्चर ग्रूप, सविता एण्ड ग्रूप, जेनी सुनुवार, काजल गुरुङ, रीचा एण्ड स्नेहा, पुनम गुरुङ, श्रद्दा, प्रतिष्ठा त्रिपाठी, योजना थापा र प्रमिला तामांग चयन गरिएको थियो जसमध्ये प्रतियोगी नम्बर १ ले भने आफ्नो विशेष कारणले गर्दा सहभागिता जनाउन सकेन ।
img_5600kangan
-नरेन्द्र बस्नेत तस्वीरसहित
(गुर्खा रेडियाे)