मगर संघ यूकेको सदभावनात्मक कार्यक्रम

मगर संघ यूकेको सदभावनात्मक कार्यक्रम


फार्नबोरोह । वुद्ध जयन्तीकै सन्दर्भ पारेर मगर समुदायबीच भाइचार बढाउनुका साथै नयाँ पिँढीहरुमा मगर संस्कार र संस्कृतिको महत्वको चाख बढाउनका लागि गत शनिबार फार्नबोरोहस्थित रग्वी ग्राउण्डमा एक विशाल मगर जनसमूहहरुको भेलामा एक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मगर संघ यूकेका अध्यक्ष मे. कुलबहादुर थापामगरको अध्यक्षतामा बसेको कार्यक्रमलाई सचिव योगकुमार फगामीमगरले सञ्चालन गरेका थिए । बेलायतका लागि नेपाली राजदूत डा. सुरेशकुमार चालिसेको प्रमुख आतिथ्य रहेको सो भेलामा भर्खरै रानीबाट अफगानिस्तानमा भइरकेको लडाइँमा बहादुरीका लागि ग्यालेन्ट्री क्रस प्राप्त गरेर विश्वप्रसिद्ध भएका गोर्खा जवान दीपप्रसाद पुनको विशेष आतिथ्य रहेको थियो । यूकेका मगर समाजले वीर योद्धा पुनलाई सो सार्वजनिक समारोहमा सम्मान व्यक्त गरेका थिए । कार्यक्रममा एनआरएन यूके अध्यक्ष सूर्य गुरुङलगायत अन्य संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु ऋतिथिका रुपमा उपस्थित रहेका थिए ।
क्रान्ति आलेलगायत स्थानीय केही मगर कलाकारहरु र नेपालबाट झिकाइएका लोकगीत गानमा प्रख्यात रहेका कलाकारहरु मुना थापा अनि रामजी खाँडबाट लगभग तीन हजारको हाराहारीमा कार्यक्रममा सहभागिता राखेका दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो ।-याम, मेस, तस्वीरसहित
बाँकी तस्वीरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।