निन्द्रा खल्बलिएको झोंकमा हत्या

निन्द्रा खल्बलिएको झोंकमा हत्या


लण्डन । एकजना बन्दुकधारीले आफ्नो मुखभित्र बन्दुकको नाल छिराएर हत्या गर्न आँटेको बेलामा १० वर्षीय छोरीलाई बचाउनका लागि आमाले तिनलाई भाग्न लगाएकी थिईन् । चेल्सी फ्लिट्ट नाम गरेकी बच्ची माथिल्लो तल्लाको बेडरुमको झ्यालबाट भागेर ज्यान जोगाउन सफल भएकी थिईन् । तर, तिनकी आमा खृष्टिन च्याम्बर्स र दुर्इ वर्षकी सानी बहिनी शानियालाई गोली हानी हत्या गरिएको समाचार प्राप्त भएको छ ।
हिजो राति सिकिस्त घाइते अवस्थामा रहेका ५० वर्षीय बन्दुकधारी, जसलाई स्थानीय वासिन्दहरुले ड्याभिड ओक्शको नामबाट चिन्दछन्, लाई गार्डहरुका निगरानीमा अस्पतालमा राखिएको छ । प्रहरीहरुलाई राति तीनबजे संन्दिग्ध घटनासम्बन्धी खबर गरिएको थियो, तर, छिमेकीहरुका अनुसार प्रहरी अधिकारीहरु ४ बजेर ४५ मिनट जाँदा बन्दुकधारीले दुर्इ राउण्ड गोली फायर गरेको सुनेपछि मात्र घरभित्र पसेका थिए । गोली फायर हुनुभन्दा अघि निकै लामो घटनालाई लिएर कुराकानी भएको थाहा हुनआएको छ ।
एकजना छिमेकी प्रहरीको कार्यमा क्रुद्ध भएर चिच्याउँदै … तपाईलाई यो घटना हुँदैछ भनेर थाहा थियो .. तपाईले यसलाई रोक्न सक्ने थियो … भनेर आफ्नो आक्रोश पोखेका थिए । नजिकै रहेका ५० वर्षीय ड्याभिड् ओक्सको एक्कासि बच्चा जोडले चिच्याएको अवाजमा निन्द्रा भंग भएको थियो र उनले आवेगमा आक्रोशित भएर बन्दुक उठाएर बौलाएका थिए । उनले बन्दुकको नाल तिनीहरुका मुखभित्र कोचेका थिए । त्यतिबेला आमाले आफ्नो ज्यान जोगाउन भाग भनेर छोरीलाई भनेकी थिईन् । छोरी तल्लो तल्लाबाट माथिल्लो तल्लाको बेडरुमको झ्यालबाट उम्कन सफल भएकी थिईन् । चेल्सीको सौतेनी दाइ २६ वर्षीय स्टुआर्टले केही दिनअघि मात्र च्याम्बर्सले प्रहरीलाई टेक्स्ट म्यासेजबाट प्राप्त सयौं धम्कीका म्यासेजहरुलाई देखाउँदै बाराम्बार सचेत गरेकी कुरा बताएका छन् । बच्चाको संरक्षणका लागि हिजो ओक्श र च्याम्बार्स आदलतमा सुनवाइका लागि जानुपर्ने दिन थियो भन्ने कुरा प्रकाशमा आएको छ । प्रहरी श्रोतका अनुसार यस घटना बारे प्रहरी अधिकृतहरुले त्रुटि गरे वा गरेनन् भन्ने कुराको छानबिन हुँदैछ भनिएको छ । श्रोत – नेट, सुमल, मेस ।