सामाजिक सेवाको लागि नेतृत्वमै बस्नु नपर्ने

सामाजिक सेवाको लागि नेतृत्वमै बस्नु नपर्ने


image2लन्डन, बेलायतस्थित निरमाया रोधिघरमा आइतबार साँझ भएको एक पत्रकार भेटघाटमा गैर आवासीय नेपाली संघ समन्वय परिषद्का उपाध्यक्ष्य भबन भट्टले संस्थालाई सहयोग तथा योगदान पुर्याउन पदमा नै बस्न आवश्यक नहुने र आगामी नेतृत्वको लागि खासै केहि नसोचे पनि संस्थालाई आवश्यक परेको खण्डमा आफू पूर्ण रुपमा सक्ष्यम एवम तयार रहेको बताएका छन् ।
नेप्लिज इन्टरटेनमेन्ट यूकेद्वारा आयोजित उक्त पत्रकार भेटघाटमा पत्रकारहरु, एनआरएन यूकेका अध्यक्ष्य मुछेत्र गुरुङ, पूर्व अध्यक्ष्यहरु सूर्य गुरुङ तथा योगेन क्षेत्री एनआरएनका सल्लाहकारहरु लगायतक व्यक्तिहरुको उपस्थिति रहेको थियो । सरला थापाद्वारा संचालित सो कार्यक्रममा पत्रकारद्वारा राखिएका जिज्ञासाहरुको भट्टले जवाफ दिएका थिए । गैर आवासीय नेपाली संघ सम्पूर्ण नेपालीहरुको सहयोगद्वारा संचालित संस्था भएकोले यसलाई सबैले माया गर्नुपर्ने र आ-आफ्नो शीप, योग्यता र पूँजीलाई सबैले सदुपयोग गरेको खण्डमा देशको विकास सम्भव हुने उनको धारणा थियो । एक थुकी सुकी हजार थुकी नदी भने झैं सबैको सहयोग र हातेमालो गरेर अघि बढेमा पक्कै पनि सफलता प्राप्त गर्न सकिने धारणा ब्यक्त गरेका थिए । स्थापनाकालदेखि नै सक्रिय रुपमा काम गर्दै आएका भट्टले कोषाध्यक्ष्य तथा दोस्रो पटक उपाध्यक्ष्यको पद सम्हाल्दै आएका छन् भने सन् २००८-२०१० मा जापानमा अध्यक्ष्य पदको पनि भूमिका निर्वाह गरिसकेका छन् ।
image1पत्रकार भेटघाटको क्रममा उनले आफ्नो दुई दशक लामो जापानको बसाइमा भोगेका दुखसुख र सफलताको बारेमा पनि उल्लेख गरेका थिए । विद्यार्थीको रुपमा गएका भट्टले रेष्टुरेन्टमा गरेको पार्ट टाइम जागीरको अनुभवका आधारमा फूड एण्ड वेभरेज सम्बन्धि व्यवशायामा लागेका भट्टले रेष्टुरेन्ट, एअर्लाइन्स, रियल स्टेट लगायतका थुप्रै व्यवशाय संचालन गर्दै आएका छन् ।सोहि कार्यक्रमको अवसर पारेर निरमाया रोधीघरका संचालक गणेश गुरुंगले भट्टलाई खादा लगाएर सम्मान गरेका थिए । नेपाली उद्योग धन्दालाई नै प्रोत्साहन दिनुपर्छ र नेपालीले नै रोजगारी पाउनुपर्छ भन्ने मान्यता बोकेका भट्टले विदेशबाट आयात गरिएका रंगीविरंगी खादा लाउन अस्विकार गरेका थिए । पछि उनलाई नेपालमै तयार गरिएको नेपाली ढाकाद्वारा निर्मित खादा लगाएर सम्मान गरिएको थियो ।
विदेशबाट आयात गरिएको खादाको तुलनामा स्वदेशमै उत्पादन गरिएको खादा तुलनात्मक रुपमा खासै महँगो नपर्ने र स्वदेशकै उत्पादनको प्रयोग गर्न सके हजारौं नेपालीले रोजगार पाउने भएकोले यसलाई प्रोत्साहन गर्ने अभियानमा आफू पनि लागिपरेको बताएका थिए । गाेर्खाली समाज यूकेको च्यारिटी डिनरमा सहभागी हुनको लागि जापानबाट आएका भट्टले भूकम्पबाट भएका टुहुरा बालबालिकाहरुलाई पढ्नको लागिप्रति व्यक्ति एक लाख रुपैयाँको दरले बीस जना बालबालिकाहरुलाई पढ्नको लागि बीस लाख रुपैयाँ दिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
image3कार्यक्रमको अन्तमा निरमाया दोहोरीद्वारा संचालित लोक तथा दोहोरी गीतमा उपस्थित सबैले नाचगान गरेर मनोरंजन गरेका थिए ।
-नरेन्द्र बस्नेत, गुर्खा रेडियाे [तस्वीरसहित]