नयाँ शक्ति देशकै प्रमुख पार्टी बन्ने डा. बाबुराम भट्टराई

नयाँ शक्ति देशकै प्रमुख पार्टी बन्ने डा. बाबुराम भट्टराई


15016334_10154694881389282_7797816790277244654_oलन्डन, अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतको निमन्त्रणामा लन्डन आइपुगेका नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी भविष्यमा नेपालको प्रमुख पार्टी बन्ने दावी गरेका छन् । शुक्रबार दिउँसो इलिंगस्थित मन्टीज रेष्टुरेन्टमा भएको स्थानीय पत्रकारहरुसंगको भेटघाटको क्रममा बोल्दै नयाँ शक्ति पार्टीले ७ वर्षभित्र देशलाई गरिवीको रेखामुनिबाट मुक्त गर्ने, १५ वर्षभित्र मध्यमस्तरमा पुर्याउने र २५ वर्षभित्रमा देशलाई सम्वृद्धिको शिखरमा पुर्याउने मार्गचित्र तयार भइसकेको उनले बताएका थिए ।
देश विकासको लागि आर्थिक विकास र सम्वृद्धिको सपना आवश्यकता भएको हुँदा राजनीतिक परिवर्तन पश्चात अब विकास र सम्वृद्धिको पालो आएकोले भट्टराईको धारणा थियो । राजतन्त्र फाल्नको लागि गरेको संघर्षको स्मरण गर्दै निरंकुश र सामन्तवादको अन्त भइसकेपछि लोकतन्त्रलाई दरिलो बनाउन आर्थिक विकास र सम्वृद्धिका लागि आफ्नो पार्टी लागि परेको बताएका थिए । आफ्नो लक्ष्य तथा उद्देश्य पूरा गर्नको लागि सत्तामा पुगेर सरकारको नेतृत्वमा पुग्न आवश्यक भएकोले लोकतान्त्रिक प्रक्रियामा सामेल भएर निर्वाचनमा अग्रता कायम गरि देशको विकासलाई सम्भव तुल्याउने दावी समेत भटराईले गरेका थिए । नेपालका वर्तमान प्रधानमन्त्री पुष्प कमल दाहालको प्रसंग कोट्याउँदै भने, “उहाँको सय दिनभित्र देखाउन लायक उपलब्धिमूलक कुनै पनि कार्य नभएकोले” आफ्ना मन्त्रीलाई दोष थोपर्न खोजेको भन्दै क्याबिनेट प्रणालीमा प्रधानमन्त्री प्रमूख भएकोले आफैले सम्पूर्ण जीमा लिनुपर्ने धारणा ब्यक्त गरेका थिए ।
त्यत्सैगरी पत्रकारहरुको जवाफ दिने क्रममा भने अंगीकृत नागरिकलाई कार्यकारी प्रमुखको जिम्मेवारी बनाउन नहुने र विश्वको कुनै पनि मुलुकमा त्यस्तो प्रचलन नभएको धरान ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन कर्मा पाहाडी शेर्पाले गरेका थिए भने अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतका मीडिया संयोजक बीरेन्द्र श्रेष्ठले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।
पार्टीका केन्द्रीय सदस्य तथा कृषिवीद मदन राईले पंचायात कालदेखि नयाँ शक्ति सम्मको यात्राको सम्झना गर्दै नयाँ शक्तिबाट मात्र देश विकास सम्भव हुने धारणा ब्यक्त गरेका थिए । समाजका संयोजक भोला खनालले डा. भट्टराईका बाँकी कार्यक्रमहरुको बारेमा बताउंदै कार्यक्रमको समापन गरेका थिए । पत्रकार समेलनपश्चात भट्टराई साँझ नेपाली दूतावास लण्डनमा आयोजित बेलायतस्थित विभिन्न पार्टीका प्रतिनिधिहरुमाझको अन्तरक्रियामा सामेल भएका थिए ।
डा. भट्टराईले शनिवार गोर्खाली समाज यूकेको आयोजनामा हुने च्यारिटी कार्यक्रमा प्रमुख अतिथिको रुपमा सहभागी हुनेछन् । उनले आगामी सोमवार साँझ लन्डन स्कुल अफ इकोनोमिक्स र मंगलवार अक्सफोर्ड युनिभर्सिटीमा ‘नेपालको आर्थिक विकास र सम्भावना’ विषयमा आफ्ना विचार राख्ने भएका छन्।
15003421_10154694895569282_7723635400407163466_o
[youtube]http://www.youtube.com/watch?v=5VLlYhqCmhc[/youtube]
-तस्विरसहित नरेन्द्र बस्नेत, गुर्खा रेडियाे